November 23, 2024
म्याग्दी, १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । ‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर […]
काठमाण्डू, मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक […]
रसुवा, सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो-५ मा निर्माणाधिन ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको सम्पूर्ण प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार आयोजनाको बाँकी दुई युनिटको परीक्षण समेत २०८१/०८/०९ गते सम्पन्न गरी कूल जडित क्षमता अनुरुपकै विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण […]
झापा, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया […]
November 22, 2024
काठमाण्डू, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको साढे ६८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख, ‘ख’ वर्गका बैंकले १० करोड २७ लाख ५० हजार र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ४२ लाख ५० हजार बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो […]
काठमाण्डू, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरिएको छ । उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका, २०८१” रहेको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा परिच्छेद–२क। थप सम्बन्धमा धितोपत्र बाँडफाँड तथा निष्कासन निर्देशिका, २०७४ को दफा ११ पछि परिच्छेद–२क। थपिएको छ । यस परिच्छेदमा संयुक्त लगानीको […]
काठमाण्डू, साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यस्तै महासंघका अनुसार चाँदीको […]
काठमाण्डू, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा प्रहरी नियन्त्रणमा रहेका गोर्खा मिडियाका सञ्चालक पूर्वप्रहरी नायव महानिरीक्षक ९पूर्वडीआईजी० छविलाल जोशीलाई काठमाडौं ल्याएर बिहीबार बयान लिइएको छ । यही मङ्सिर ४ गते कास्कीको पोखराबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा […]
रसुवा, लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो । आयोजनाले […]
काठमाण्डू, बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानूनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानून परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारीसम्बन्धी समस्या सम्बोधन गर्न विधेयकको मस्यौदा तयारीका लागि प्रधानमन्त्री कार्यालयका कानून सचिव फणीन्द्र गौतमको संयोजकत्वमा गठित समितिले कानून संशोधनका विषय पहिचान गरेको छ । विषय पहिचान र विधेयक मस्यौदा तर्जुमाका लागि […]
November 23, 2024
November 20, 2024
November 15, 2024
November 12, 2024
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ः अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन […]
एजेन्सी, पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन् । बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको […]
December 13, 2020
December 13, 2020
December 13, 2020