एमालेद्वारा प्रदेशसभाको समानुपातिकतर्फ सदस्यको नामवली सार्वजनिक

काठमाडौं । प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये  ७५ सिटमा जित हात पारेको नेकपा एमालेले सात वटै प्रदेशको लागि  समानुपातिक सदस्य छनोट गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले बन्दसूचीमा समावेश ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य हुनेमा धेरै महिला छन् । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्यमा  अधिकांश महिला सिफारिस भएका हुन्  ।

एमालेको तर्फबाट प्रदेशसभाको समानुपातिकतर्फ छनोट भएका सदस्यहरुको नामावली :-

प्रदेश नं १

१. विनादेवी राई २. सावित्री जोश ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. होमकुमारी साँवा ७. आशारत्न जबेगु ८. यशोदा अधिकारी ९. अम्बिका थापा १०. सरिता थापा ११. सावित्राकुमारी रेग्मी १२. सुनिताकुमारी चौधरी १३. जसमाया गजमेर (विश्वकर्मा) १४. वसन्ती देवी यादव  १५. गुलेफुन मियाँ

प्रदेश नं २

१. सीता गुरुङ २. रवीन्द्र बैठा धोवी ३. डा. मनोजकुमार सिंह ४. जकतारैन देवी सुडिन साह ५. अनिता कुमारी यादव ६. मञ्जुकुमारी याद ७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले २. जुनेलीमाया श्रेष्ठ ३. सरस्वती बाटी ४. शान्ति थिङ ५. देवकी श्रेष्ठ (वान्तवा) ६. इन्द्रमाया गुरुङ ७. सीता लामा ८. आशमाया तामाङ  ९. उर्मिला कर्माचार्य १०. रचना खड्का ११. मुनु सिग्देल १२. सरस्वती बस्नेत १३. गोमा भूर्तेल १४. मिना ज्ञवाली (नेपाल) १५. पार्वती सिलवाल १६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन २. मित्रकुमारी गुरुङ सुवेदी ३. सावित्रा राना ४. मिना गुरुङ ५. मायानाथ अधिकारी ६. श्रृजना शर्मा ७. प्रभा कोइराला ८. पुष्पा केसी भण्डारी ९. लक्ष्मी सुनार १०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती २. थानकुमारी थापा चापागाइँ ३. विमला शर्मा पन्थी ४. सरस्वती गौतम ५. जालपा भुसाल ६. भगवती देवी भण्डारी ७. कृष्णी थारु ८. धमकली चौधरी ९. कमलादेवी वि.क. १०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार ११. सुनिता कुमारी ठठेर १२. चिन्तावती कुर्मी १३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिँह रखाल २. बदमी क्वारी बोहोरा ३. पद्मा खड्का ४. देवी  ओली ५. कौशिलावती खत्री ६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट २. मनाकुमारी साउद ३. पूर्णा जोशी ४. माया तामाङ बोहरा ५. सुशीला बुढाथोकी ६. चुनकुमारी चौधरी ७. अर्चना गहतराज ८. दुर्गा बिक

ओलीको बैंकक बसाई लम्बियो

नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वनिर्धारित समय भन्दा २ दिन पछि मात्रै नेपाल फर्किने भएका छन् ।

 अध्यक्ष ओली दुइ दिन बैंककमै आराम गर्ने उनको सचिवालयले जानकारी दिएको छ । गत बुधबार आफ्नो श्रीमती र चिकित्सक सहितको टोलि लिएर  बैंकक उडेका ओलीको  स्वास्थ्यमा   कुनै समस्या नरहेको खबर आएको छ ।

उनि संगै गएका चिकित्सक भने फर्किसकेका छन् । केहि वर्ष अघि मृर्गौला प्रत्यारोपण गरेका ओली  नियमित स्वास्थ्य परीक्षण गर्न  बैंकक जाने गरेका छन् ।

सरकारद्वारा सातै प्रदेशका प्रदेश प्रमुख तोकिए

सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सिनासका प्रोफेसर पनि हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश नम्बर ७ मा भने मोहनराज मल्ल प्रमुखमा तोकिएका हुन्।

प्रदेशसभामा निर्वाचित सांसदहरुको शपथग्रहण हुदै

प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका ५५० सांसदहरुले आज आआफ्नो प्रदेशबाट शपथग्रहण लिदै छन् ।सातवटै प्रदेशसभाका प्रमुखहरुले आआफ्नो प्रदेशका निर्वाचित सांसदहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रदेश नम्बर १ मा प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा निर्वाचित सांसदहरुलाई शपथग्रहण गराउने छन् । प्रदेश नम्बर १ को शपथग्रहण कार्यक्रम विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुदै छ ।

प्रदेश नम्बर २ मा भने प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले  प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर २ का सांसदहरुलाई शपथग्रहण गराउने छन् । प्रदेश नम्बर २ को शपथग्रहण कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा हुदै छ ।

त्यस्तै प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ३ का सांसदहरुलाई हेटौंडास्थित प्रदेश सचिवालयमा सपथ गराउने भएकी छन् ।

प्रदेश नम्बर ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरले  आज प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ४ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ४ को शपथ ग्रहण कार्यक्रम पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय सभा हलमा हुदै छ ।

त्यस्तै प्रदेश नम्बर ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ५ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ५ को शपथ ग्रहण कार्यक्रम बुटवल स्थित उद्योग वाणिज्य संघको सभाहलमा हुदै छ ।

प्रदेश नम्बर ६ मा प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ६ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ६ को शपथ ग्रहण कार्यक्रम जिल्ला समन्वय समिति सुर्खेतको हलमा  हुदै छ ।

त्यस्तै प्रदेश ७ मा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा निर्वाचित प्रदेश नम्बर ७ का  सांसदहरुलाई शपथ गराउने भएका छन्। प्रदेश नम्बर ७ को शपथ ग्रहण कार्यक्रम  धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा आयोजना हुदै छ ।

शपथग्रहणको क्रममा संवैधानिक व्यवस्थाअनुरूप सातवटै प्रदेशसभाका प्रमुखहरुले आआफ्नो प्रदेशका निर्वाचित सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । र अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।

एमालेले छान्यो ३वटा प्रदेशबाट राष्ट्रिय सभाका १३ जना उम्मेदवार

नेकपा एमालेको सोमवार राती अवेरसम्म जारी स्थायी समितिको बैठकले ३ वटा प्रदेशको राष्ट्रिय सभाका उम्मेदवारको सूची तय गरेको छ ।बैठकले ५,६,७, प्रदेश बाट मात्रै उमेद्वारको नाम छनौट गरेको हो ।

राष्ट्रिय सभाकोलागि कुल २९सिट नेकपा एमालेको नाममा परेको छ । जस मध्य ५,६ र ७ प्रदेश बाट १३ जना उम्मेद्वारक छनौट गरिसकेको र अब अन्य प्रदेश बाट १६ उम्मेद्वारको नाम टुङ्गो लाउन बाँकी रहेको छ ।

प्रदेश नम्बर ५,६,र ७ बाट छनौट भएका नेकपा एमालेका उम्मेद्वारका सुचि यस प्रकार छन् ।

प्रदेश नम्बर ५ बाट

(१)रामलखन हरिजन (दलित) पश्चिम ,नवलपरासी (२)खिमलाल भट्टराई(खुला), रुपन्देही (३)मीना बुढा (महिला), रोल्पा (४)कोमल वली (महिला)दाङ

त्यस्तै प्रदेश नम्बर ६ बाट

(१) कविता बोगटी (महिला), हुम्ला (२) नन्दा शर्मा ( महिला), सुर्खेत (३) नरपति लोहार (दलित), कालिकोट (४) भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट (५) ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नम्बर ७ बाट

(१) कमल ओली (महिला), कैलाली (२) इन्दुकडेरिया बिष्ट (महिला), कञ्चनपुर (३) शेरबहादुर कुँवर (खुला), अछाम(४) चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा रहेका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ४ ओटा प्रदेशमा पार्टीले उठाउने उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार गरि २ दिन बसेको कांग्रेस पदाधिकारीसहित शीर्ष नेताको बैठकले ४ वटा प्रदेशमा उम्मेदवारहरुको नाम टुंगो लगाएको जनाएको छ ।

नेपाली कांग्रेसले टुंगो लगाएको  राष्ट्रिय सभाका उम्मेदवारहरु  यस प्रकार रहेका छन् ।

प्रदेश नम्वर ४ : सररेन्द्रराज पाण्डे-अन्य समुह, बृन्दा राना मगर-महिला, जीतबहादुर नेपाली-दलित र काश पन्त-अपाङ्ग

प्रदेश नम्वर ५ : दुर्गाप्रसाद उपाध्याय-अन्य समुह, अनिता देवकोटा- महिला,मैकुलाल बाल्मीकि-दलित र  लुटबहादुर खत्री-अपाङग्

प्रदेश नम्वर ६ : विष्णुबहादुर शाही-खुला, सूर्यदेवी मल्ल-महिला,सिताराम विके-दलित र गोपालप्रसाद शर्मा-अपाङ्ग

प्रदेश नम्वर ७ : बद्री पाण्डे-खुला, तारादेवी भट्ट- महिला,शेरी राम पार्की-दलित र छत्रराज जोशी-अपाङ्ग

राष्ट्रिय सभा सदस्यको लागि मनोनयन दर्ता सुरु

काठमाडौँ । माघ २४ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। ५६ सिटको लागि आज सातैवटा प्रदेशमा १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

सातै वटा प्रदेशको उच्च अदालत रहेको स्थानमा राष्ट्रिय सभाको मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। उमेद्वारहरुले आ-आफ्नो प्रदेशमा भएको  निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्न सक्नेछन ।

राष्ट्रिय सभा सदस्यको लागि कुल ५९ सिट मध्य ३ सिटको लागि संवैधानिक व्यवस्था अनुरुप मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने र अन्य ५६ जना प्रत्यक्ष चुनाब बाट निर्वाचित हुने छन्।

राष्ट्रिय सभाको सदस्यको लागि नेकपा एमाले बाट २९  माओबादी केन्द्रबाट १३ र नेपाली काँग्रेसबाट २० जनाले उम्मेदवारी दर्ता गराउदै छन् ।

भारतिय विदेशमन्त्रि सुस्म स्वराज नेपाल आउदै

भारतीय विदेशमन्त्री सुषमा स्वराज भोलि नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी उच्चस्तरीय कूटनीतिक टोली सहित २ दिने भ्रमणका लागि बिहिबार काठमाडौं आउन लागेकी हुन् ।नया सरकार गठनको लागि तयारी भइरहेका बेला  विदेशमन्त्री स्वराज भारतीय प्रधानमन्त्रि मोदीको विशेष सन्देश लीएर आउन लागेको धेरैको बुझाई छ।

उनले बिहिबार बाटै राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको खबर आएको छ  । दुइ दिनको लागि मात्र आउन लागेको भारतीय विदेशमन्त्री सहितको टोलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताइएको छ । बिशेषगरि नेकपा एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केपी शर्मा ओली र विदेशमन्त्री स्वराज बिचको हुने भेटवार्तालाई दुवै देशले चासोको रुपमा हेर्ने छ ।

प्रदेश नम्बर ३को प्रदेशसभा बैठक बस्यो

हेटौंडा । प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक हेटौडामा बसेको छ । प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा आज बिहिबार अपरान्ह १ बजे क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो।

बैठकमा जेष्ठ सदस्यको हैसियतले प्रदेश संसद डोरमणि पौडेलले सभामुखको भूमिका निर्वाह गर्नु भएको छ । बैठकको सुरुवातमा प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर डोरमणि पौडेलले सुनाउनु भएको थियो ।

त्यसपश्चात प्रदेशसभामा प्रतिनिधित्व गर्ने उपस्थित दलका एक-एक जना नेतालाई बोल्न दिइएको थियो । बैठकले माघ २७ गते सभामुख चयनको मिति तोकेको छ। नेपालको इतिहासको पहिलो प्रदेशसभा बैठक प्रदेश न ३ बाट सुरु भएको हो। बैठकको लागि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय विदेशमन्त्री राजनीतिक भेटघाटमा व्यस्त

दुइ दिनको नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज राजनीतिक भेटघाटमा व्यस्त छिन। उनले आएकै दिन बिहिबार बाटै राजनीतिक दलका नेताहरू संग भेटघाट गरेकी हुन्।

नेकपा एमालेले स्वराजको सम्मानमा हिजो राती राखेको रात्रिभोज कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य एमाले नेताहरु सित  स्वराजको भेटवार्ता  भएको छ । त्यसै गरि मधेसवादी दलका नेतालाई  सामुहिक रूपमा भेटेकी  छिन् ।

भेटवार्ता गर्ने क्रममा स्वराजले आज बिहानै माओबादी केन्द्रका अध्यक्ष प्रचन्डसंग भेटवार्ता गरेकी छिन्। स्वराज भेट्न प्रचण्ड एक्लै सोल्टी होटेल पुगेका थिए।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र स्वराजबीच भेट भएको थियो भने राष्ट्रपतिसँगको भेटपछि स्वराज प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी  थिइन्। उनी आजै  भारत फर्कने कार्यक्रम रहेको छ।

बम फ्याक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई

असार २७, काठमाडौं– दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो ।

‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भन्नुभयो ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो ।  यसैबिच गृहमन्त्री शर्माले आफुले हल्दार रानालाई १५ सय दिएको हल्ला मात्र भएको   भन्दै खण्डन गर्नु भएको छ । उहाँले सामाजिक संजाल फुसबुक मार्फत स्पष्ट पार्नु भयो, ‘ नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’

महानिर्देशक शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

असार २८, काठमाडौं । भ्रष्टाचारको आरोप लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न र गराउन आदेश दिएको हो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको छ ।
निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

कार्यविधि बनिनसकेकाले स्थानीय तहमा काम गर्न कठिनाई : स्थानीय सचिव थपलिया

साउन २, काठमाण्डौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह संचालन कार्यविधिको अभावका कारण जनप्रतिनिधीले काम गर्न समस्या भएको बताएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरि सचिव थपलियाले संविधानले स्थानीय निकायलाई दिएको अधिकार आजैदेखि प्रयोग गर्न सकिने भएपनि कार्यविधि बनिनसकेकाले समस्या भएको बताएका हुन् ।
उनले संविधानमा भएको स्थानीय तहसम्बन्धी व्यवस्थाको अनुसुचि–८ मा भएको २२ वटा र अनुसुचि–९ मा भएको १५ वटा काम नै स्थानीय तहले गर्न पाउने स्पष्ट पारे । सचिव थपलियाले ती कामका लागि आवश्यक नियम कानून बन्ने क्रममा रहेको समेत जानकारी दिए । आवश्यक कानुनहरु चुनावअघि नै बनिसक्नुपर्नेमा त्यसो हुन नसक्दा अहिले जनप्रतिनिधी अधिकारविहिन जस्तै बन्नुपरेको थपलियाको तर्क छ ।
जनताले स्थानीयतहको विकासका लागि भोट दिएर पठाएको हुनाले उनीहरुले मासिक तलबको रुपमा केही सुविधा समेत लिन नपाउने सचिव थपलियाको भनाई छ । थपलियाले भने,“स्थानीय जनप्रतिनिधी भनेको तलब खाने व्यक्ति होइनन् । तर स्थानीय स्तरमा नै कानुन बनाएर सेवा सुविधा तोक्न सकिनेछ ।”
थपलियाले थपे,–“आफुले पाउने सेवा सुविधालाई मात्रै समस्या ठान्ने हो भने त जनप्रतिनिधीहरुमाथि प्रश्नपनि त उठ्लानि । जनप्रतिनिधीहरुले के बुझ्नु जारुरी छ भने उनीहरुले कहिल्यै पनि तलब पाउँदैनन् । किनकी उनीहरु कर्मचारी होइनन् । तर कुनै निकाय वा कार्यलयमा खटिएर काम गरेपछि सेवा सुविधा त पाउनुपर्छ । त्यो पाउँछन् ।” यद्वपी संविधान बमोजिम तयार बन्ने कानुनपछि भने स्थानियतहको स्रोत साधन र सामथ्र्यसँग तालमेल मिल्ने गरी जनप्रतिनिधीले सेवा सुविधा निर्धारण गर्न पाउने छन् । केही कानुन बनिसकेर संसदमा अड्किएको र केहीबन्ने क्रममा रहेको थपलियाले जानकारी दिएका छन् ।

कर फस्र्यौट आयोगले २०६३ मा गरेका निर्णय पनि छानविन गर्न माग

२०३३ सालमा कर फछ्र्यौट आयोग ऐन निर्माण भयो । उतिबेला कर अधिकारीले मनोमानी ढंगले व्यापारीलाई कर निर्धारण गर्ने प्रचलन रहेको र त्यसरी मनोमानी कर निर्धारण गर्दा कर्मचारीले न्यायसंगत काम नहुने आशंकामा आयोगका माध्यमद्धारा व्यापारीलाई परेको मर्का उपर पुनरावलोकनको व्यवस्था गर्ने गरि यस्तो ऐन निर्माण गरिएको मनिन्छ । तर समयसंगै मुलुकमा बारम्बार राजनीतिक परिवर्तनहरु हुँदै गए ।
०४६ सालको राजनीतिक परिवर्तन पछि पुराना ऐन कानुनहरुको पनि समयानुकुल परिवर्तन हुँदै गयो । यस्तै क्रममा आयकर ऐन लगायत मुलुकको राजस्व सम्बन्धी थुर्पै ऐनहरु आए । परिवर्तित सन्दर्भमा यो कर फछ्र्यौट ऐन २०३३ का केहि प्रावधानहरुमा संशोधन गरिएको पक्कै थियो । तर त्यो ऐन आवश्यक छैन भनेर कसैले खारेज गर्नुपर्ने बिषय उठान किन गरेनन् सरकोरहरुवालाहरुको भनाई छ ।

अदालतले समेत प्रश्न उठाउन नपाइने स्पष्ट व्यवस्था कर फस्र्यौट आयोगले ऐन २०३३ ले स्पष्ट गरेपनि मुद्दा कानुनी प्रक्रियामा गईसकेको छ । मुलुकले ग्रहण गरिरहेको ऐनका आधारमा बनेको कर फछ्र्यौट आयोगमा बसेका नेपाल सरकारका सहसचिव एवं आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले व्यापारीलाई व्यापक छुट दिएको आरोपमा महिनौँदेखि अख्तियारले हिरासतमा राखेको छ । अख्तियारले गरिरहेको यो कार्य न मलुकको कानुन बमोजिम छ न न्यायको सिद्धान्त बमोजिम नै । जबकी मुद्दा अदालतमै पेश भईसकेको छ । यसै नजिरलाई लिएर २०६३ सालमा हालका प्रमुख आयुक्त दिप बस्नेतले पनि आन्तरिक राजस्व विभागका महानिर्देशक रहँदा ३९ अर्ब छुट दिएको विषयमा अख्तियारले पत्र पठाउँदा कर फस्र्यौट आयोगको ऐन २०३३ लाई देखाउँदै आयोगले गरेको निर्णयलाई कसैले बुझ्ने अधिकार छैन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई पत्र पठाएको थियो । गल्ती कसैले गरेको छ भने कानुनी कठघराम जोकोही पनि पर्नैपर्छ ऐनमा परिभाषित जिम्मेवारी दिने र जिम्मेवार व्यक्तिलाई आफू अनुकूल व्याख्या गरेर बलीको बोको बनाउने हो भने भोलीका दिनमा गर्नैपर्ने निर्णयहरु कसले गर्ला ? बौद्धिक जगत्मा यो प्रश्नपनि तेर्सिएको छ । चुँडामणि शर्माले बद्मासी गरेका छन् भने बचाउनुपर्छ भन्ने होइन तर एउटै ऐन २०६३ मा एउटा परिभाषा, २०७४ मा अर्को परिभाषा लगाउन मिल्छ कि मिल्दैन ? कानुन व्यवसायीहरु चकित भएका छन् ।
यसैबीच, निवर्तमान महानिर्देशक शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेर मानसिक यातना दिइरहेको उनको परिवारले जनाएको छ । यस विषयमा उनकी श्रीमतीले अदालतमा कानुनी उपचारका लागि वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यलगायतका कानुन व्यवसायीहरुको मद्दत लिएकी छिन् । आफ्नो श्रीमान्लाई अमानवीय हिसाबले बन्दी बनाईरहेको भन्दै आफ्नो परिवारका सदस्यहरुको समेत मानवअधिकारको हनन भइरहेको, विभिन्न सुराँकीहरु पछि लगाईरहेकोले मानसिक तनाव दिँदै सामाजिक प्रतिष्ठामा समेत आँच पु¥याउने गरेको निष्कर्षसहित आफ्नो मानवअधिकार रक्षाका लागि सबैसामू अपिल गर्दै भनेकी छिन् अदालतलाई प्रभावित बनाउने काम कसैबाट हुनु हुँदैन । अदालतबाट न्याय हुने आशामा छौँ । तर यो केशलाई प्रायोजित रुपमा लिनेहरुका तर्फबाट भने कानुन व्यवसायी भिमार्जुन आचार्यलगायत कानुन व्यवसायीलाई शर्माका पक्षमा मुद्दा नलड्न दबाब परेको एक समाचार स्रोतबाट बुझिन आएको छ । साँच्चै यस्तो दबाब दिएको हो भने यो प्रसङ्ग पूर्वाग्रह र रिसिइबीबाट त भएको हैन ? पछिल्लो समय आम जनमानसमा प्रश्न खडा भएको छ ।

महानगरी यप्रहरी बृत्त गौशालाको नवनिर्मित भवनको उद्घाटन

काठमाडौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको आज उद्धघाट्न गरेका छन् । आईतबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन उनले गरेका हुन् । साथै उनले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको अवस्थामा प्रहरी भवन निर्माणको लागि नागरिकहरूले देखाएको तत्परताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको भएतापनि अपराध समाजकै व्यक्तिले गर्ने, त्यसको असर समाजलाई नै पर्ने र अपराधी समाजमै लुकेर बस्ने हुनाले समाजको सहयोग र सहकार्य विनाशान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउँदै नागरिकको सहयोग नै महत्वपूर्ण हुने बताए । उनले भने,‘समाजको सहयोगमा यो भवन निर्माण भएपछि यसले प्रहरी र जनतावीचको सम्बन्धलाई थप मजबुद बनाएको छ ।’
भवनले दिएको सुबिधाको उपयोगले मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै जनताले प्रहरीबाट गरेको अपेक्षा पुरा गर्ने कार्यमा अलिकता पनि पछि नहटि कार्य सम्पादन गर्न मातहत कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा भवननिर्माण समितिका अध्यक्ष रघुनाथ पुरीले जनताको सेवा र शान्ति सुरक्षामा खटिने प्रहरीको निम्ति भवन निर्माण गरि सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए ।
उनका अनुसार उक्त भवन ६ महिनाको अथक प्रयासबाट वृत्तका प्रहरी प्रमुख नवराज कार्की र आफूहरुको अथक प्रयासबाट निर्माण हुन सफल भएको हो ।
विभिन्न स्थानीय व्यक्ति तथा समाजसेवीहरूको सहयोगमा कुल २२ लाख ७ हजार २ सय ६२ रुपैयाँको लागतमानिर्माण कार्य सम्पन्नभएको उनले जानकारी दिए ।
उक्तकार्यक्रममा सो वृत्तकाप्रमुखसमेत रहेका डिएसपी कार्कीले भवननिर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामीदिनमाप्रहरीले जनतामा पुर्याउने थप सेवा सुविधाउल्लेखनीय सहजहुने विश्वास दिलाए ।