माध्यमिक शिक्षा परीक्षा एसइइ नियमित तालिकामै सञ्चालन हुने सरकारले जनाएको छ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको उनले बताए।
कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा समेत परीक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उनले बताए। खतिवडाका अनुसार परीक्षा गरिरहदा केही पूर्व तयारी चाहिन्छ।
परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मीहरु खटाउन पर्ने ठाउँमा खटाउने छ।
सरकारले एसइइ परीक्षा नरोकेपनि शैक्षित्र सत्रको भर्ना नलिन भने विधालयमा अपिल गरेको छ।
सुनको मुल्य मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९० को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।
यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।
कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डोमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।
यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो ।
कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।
नेपालको अर्थतन्त्र अहिले मिश्रित अवस्थामै गुज्रिरहेको छ । अर्थतन्त्रमा केही सकारात्मक सन्देश छन भने केही चुनौतीहरु पनि छन् । अर्थतन्त्रको पहिलो सुचक आर्थिक वृद्धिदरलाई मानिन्छ । पछिल्लो दुई वटा आर्थिक वर्षको कुरा गर्दा बैंकले उच्च अर्थिक वृद्धि हासिल गरेको छ । पहिला जम्मा ३, ४ प्रतिशत मात्रै रहेको आर्थिक वृद्धिदर अहिले झण्डै ७ प्रतिशतको हाराहारीमा पुगेको छ । अहिले हामीले ८ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको महत्वकांक्षा राखिरहेका छौं । यस्तै मुलुकमा विकास निर्माणका कामहरुले पनि गति लिइरहेको अवस्था छ । शान्ति र स्थायीत्व कायम भएको छ ।
संविधान कार्यान्वयन भइरहेको अवस्था छ । तर, यस्ता विकास निर्माणका सकारात्मक कार्यहरु भइरहँदा तरलता अभाव, कर्जा प्रवाहमा समस्या लगायतका समस्याहरु खडा भैदिँदा समस्या खेप्नुपरेका घटना विद्यमान छन् । तर, यस्ता समस्या दिर्घकालका लागि राम्रै मानिन्छन, किनकी मानिसहरु उद्यमी बन्न चाहिरहेका छन् । कर्जा लिन खोजिरहेका छन् । तर, यसको व्यवस्थापनको पक्षलाई नियाल्दा चुनौतिहरु देखिएको छ । यस्तै मुल्यवृद्धिको कुरा गर्दा पहिला ४ प्रतिशतको मूल्यवृद्धि भइरहँदा अहिले बढेर ६ प्रतिशत भन्दा माथि छ । तत्कालका समस्या र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशहरुले गर्दा मुल्यवृद्धि अझै आकाशिने देखिन्छ । यो हामीलाई चुनौतिपूर्ण हुनसक्छ । आयात निर्यातमा आउने समस्याहरु केही घटेका छन् । आयात सधैं बढ्ने निर्यात न्युन हुने समस्यालाई नियाल्दा पछिल्लो समय निर्यात बढ्नु र आयात अलिक घट्नु हाम्रो लागि सकारात्मक सन्देश हो । बचतमा पनि हामी सकारात्मक नै छौं ।
संविधान कार्यान्वयन भइरहँदा ७५३ वटै स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना गर्ने निति लागु गर्दा जम्मा २५७ ठाउँमा मात्रै स्थापना भएको थियो । तर, अहिले ७४५ वटा स्थानीय तहमा बैंकका शाखाहरु स्थापना गरिएका छन् ।
लगभग २५, २६ अर्बको बचतलाई तत्कालै नकारात्मक मान्न मिल्दैन । तर अन्तराष्ट्रिय बजारमा देखिएको कोरोना भाइरसको प्रकोपले गर्दा रेमिटान्स घट्ने संकेत पनि देखिएको छ । यसले तत्कालका लागि केही हदसम्म चुनौति दिन सक्ने अनुमान लगाउन सकिन्छ भने दिर्घकालकामा कर्जा प्रवाहका लागि रकम जुटाउन नीतिगत रुपमा सुधार गर्दै अगाडी बढ्नुपर्ने पनि देखिन्छ । वित्तिय पहुँच, वित्तिय विस्तार, समावेशीकरणको अवस्थालाई हेर्ने हो भने यो बीचमा हामीले छलाङ मार्न सकेका छौं । संविधान कार्यान्वयन भइरहँदा ७५३ वटै स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना गर्ने निति लागु गर्दा जम्मा २५७ ठाउँमा मात्रै स्थापना भएको थियो । तर, अहिले ७४५ वटा स्थानीय तहमा बैंकका शाखाहरु स्थापना गरिएका छन् ।
अधिकांश ठाउँमा बैंकिङ्ग पहुँच पुगेको छ । ६१ प्रतिशतमा हामीले माइक्रो फाइनान्स र सहकारीमा कारोबार गर्नेहरुको संख्या समेत जोड्ने हो भने निकै राम्रो प्रतिशतमा बैंकिङ्ग पहुँच पुगेको मान्न सकिन्छ । मानिसहरु पछिल्लो समय विदेश जाने प्रवृत्तिमा भन्दा स्वदेशमै केही गरौ र उद्यमी बनौं पौरखी बनौं भन्नेतर्फ बढि लागेको देखिन्छ । यसले हाम्रो मुलुकले कल्पना गरेको अर्थतन्त्रको स्थापना गर्ने कुरामा केही हदसम्म जोड हुने देखिन्छ । यस्तै सरकारले अब उत्तरी नाकाहरु खोल्ने, दक्षिण जस्तै उत्तरी नाकाहरुलाई पनि अलिकति सहज बनाउने र सधैं दक्षिणमा मात्रै निर्भर नरहने र हामी समान छिमिकी मुलुकहरुलाई समान ढंगको व्यवहार गर्ने भन्ने हाम्रो प्राचिन कालको संकल्पलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नेछौं । आगामी दिनमा सरकारले उत्तरी र दक्षिणी नाकारहरुमा समान पहुँच विस्तार गर्यो भने हामी बीचको करिडोर बन्न सक्छौं । यसले गर्दा हामीले आगामी दिनहरुमा विकासको फल प्राप्त गर्ने संकेत देखिएका छन् । त्यसले गर्दा अर्थतन्त्रका यस्ता सुचकहरुलाई नियाल्दा निराश हुनुपर्ने अवस्था छैन ।
अहिले हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । अब कोरोनाको कारणले गर्दा वर्तमान स्थितीमा कतिपय गन्तब्य मुलुकहरुमा जान बन्द भइसकेको छ भने कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । यसले गर्दा रेमिट्यान्स स्वत घट्न जान्छ । कोरोनाले गर्दा विश्वव्यापी अर्थतन्त्रलाइ नै असर पर्न जाने पक्का छ । हामीले भ्रमण वर्ष २०२० पनि स्थगन गर्न बाध्य बन्यौं । यसले गर्दा पर्यटन व्यवसाय खस्किन गई व्यवसायबाट प्राप्त गर्ने राजस्व घट्न जान्छ । अझ गहिरिएर हेर्दा हाम्रो वैदेशिक व्यापारमा पनि कमि आउँछ । आयात पनि घट्नु त एक तरिकारले हाम्रो लागि राम्रो कुरा हो । तर, हामीलाई वस्तुहरुको चरम अभाव हुन सक्छ । वस्तुहरुको अभाव हुँदै गर्दा मूल्यवृद्धिका समस्याहरु झन जटिल बन्न सक्छन् । यस्तै हाम्रा उद्योग धन्दा कल कारखानाका लागि कच्चा पदार्थ कम हुन गई बन्दै गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । यस्तै मुलुकका थुप्रै स्थानमा निर्माण भइरहेका हाइड्रो पावरहरुमा चिनिया कामदारहरु कमी हुँदा समस्या निम्तन सक्छ । यस्तै पर्यटन व्यवसाय खस्किँदा होटलहरुले लिएका कर्जा तिर्न नसक्दा कर्जा विग्रेर खराब कर्जामा परिणत हुन सक्छ । यसले गर्दा समग्र अर्थतन्त्रमा प्रभाव पर्न जान्छ । विगतमा जस्तो मुलुकमा अहिले द्वन्द्वका अवस्थाहरु छैनन् । मुलकमा संविधान लागु भई शान्ति स्थापना भएको छ । अहिले आम जनमानसमा केही व्यापार व्यवसाय गरौं, उद्यमी बनौं भन्नेतर्फ जनता लागेका छन् । विगतमा जस्तो उद्योगधन्दा, कल कारखाना कतिबेला पड्कने हो । उत्पादन भएका वस्तुभाउ बजारसम्म कसरी पुर्याउने भन्ने खालको त्रास छैन । यसले गर्दा मानिसहरु अहिले वित्तिय संस्थाहरुमा गई कारोबार गर्नेको संख्या बढेको पाइन्छ । यसरी बैंकले कर्जा प्रदान गर्दा बैंकमा रकम अभाव हुन पुगेको छ । यो भनेको दिर्घकालको लागि नराम्रो कुरा होइन ।
कतिपय मानिसहरु विदेश जाने रहर गर्न छाडेका छन् । विदेश जानेको शंख्यामा पनि कमी आएको छ । त्यसमा पनि यो कारोना भाइरस लगायतका थुप्रै समस्याले पनि विदेशीएका नेपालीहरु तत्काल नेपाल आउन सक्छन । जाने तरखरमा रहेका पनि रोकिन सक्छन् । यही नेपालमा बसेर व्यापार व्यवसायमा लाग्ने इच्छा गर्न सक्छन् । यही स्थायीत्व हुनसक्ने नेपाली जनताले बुझिसकेका छन् । त्यसकारण उनीहरु व्यापार व्यवसायको लागि कर्जा लिन बैंक जान्छन् । यसले गर्दा बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव हुन पुग्यो । र तुरुन्तै यसलाई बढाउने जादुगरी उपायहरु पनि छैनन् । हामीले खासरी बढाउनका लागि विदेशबाट आर्थिक सहायता, वैदेशिक लगानी, वैदशिक क्रण ल्याउनुपर्ने हुन्छ । फेरि कोरोनाका लगायतका भाइरस र आपत्तिले गर्दा सहायता कम हुन जान्छ भने लगानीका लागि हामीले विगतमा भन्दा केही सुधार गर्दै आइरहेका छौं ।
यो प्रावधान भर्खरै ल्याइएको हो। ०७२ सालको महाभुकम्पमा ठुलो धनजनको क्षेती भइसकेपछि सबैंजना मानविय भावना उत्प्रेत हुनुपर्छ भन्ने कुरा गरियो । सामाजिक क्षेत्रमा सबैं बैंक तथा वित्तिय संस्थाहरुले पनि खर्च गर्नुपर्छ भनेर हामी लाग्यौं । तर, हामीले आर्थिक सहायता माग्दा अत्यन्तै न्युन रकम उठ्यो । उनीहरुले जुन ढंगले आर्थिक मुनाफा आर्जन गरिरहेका छन् त्यस ढंगले समाजमा उनीहरुले आफ्नो दायित्व स्वीकार्यको महशुस भएन । यसरी रकम उठ्न गाह्रो भएपछि राष्ट्र बैंकले सामाजिक उत्तरदायीत्वको नितिगत व्यवस्था गर्यो ।
यसपछि सबैले बाध्यात्मक रुपमा कोषमा रकम जम्मा गर्छन र त्यसबाट रकम खर्च गर्न सजिलो हुने एउटा अवधारणा आयो । त्यसपछि हामीले मुनाफाको १ प्रतिशत रकम मुनाफामा छुट्याउने र सामाजिक क्षेत्रमा खर्च गर्ने प्रावधान लागु गर्यौ । अहिले यसको कार्यविधि पनि बनिसकेको छ र हामीले अनुगमन पनि सुरु गरिसकेका छौं । कतिपयले यसलाई कार्यान्वयन गरेको पाइन्छ भने कतिपयको अझै पनि त्रुटीहरु, कमि कमजोरीहरु भेटिएका छन् । यसलाई हामीले सच्याउँदै जानेछौँ ।
कुल कर्जा लगानीको २५ प्रतिशत प्राथमिकताका क्षेत्रमा, १० प्रतिशत कृषि क्षेत्रमा र विपन्न वर्गमा ५ प्रतिशत गर्नुपर्छ भनेर निर्देशन दिएका छौं । कुनै पनि क्षेत्रमा कर्जा लागनी अपुग हुने वित्तिकै बैंकहरुलाई आर्थिक जरिवाना लाग्ने व्यवस्था छ । पटकपटक हामीले त्यास्ता कामहरु पनि गर्दै आइरहेका छौं । गत असार मसान्तमै हामीले साढे ४ करोड जरिवाना लगाएको अवस्था पनि छ । यसमा तिनवटै क्षेत्रमा अपुग भएको खण्डमा छुट्टाछुटै जरिवाना भने लाग्दैन । तर सबैभन्दा बढि कुन चाही क्षेत्रमा जरिवाना पर्छ त्यसमध्ये एउटामा बैंकहरुलाई जरिवाना लाग्ने प्रावधान छ । कतिपय अवस्थामा भने उनीहरुले पुर्याउने प्रयत्न गर्दा गर्दै पनि पुर्याउन नसक्ने अवस्था आउँछ । त्यसकारण कृषि क्षेत्रमा कर्जा अपुग भएकै हो भन्न चाही सकिँदैन ।
थप्ने सहुलियत कर्जालाई हेर्दा अहिले ४७ अर्ब लगानी पुगेको अवस्था छ । झन्डै २४ हजार ऋणीहरु यसबाट लाभान्वित भएका छन भने त्यसमा ठुलो अंश कृषि क्षेत्रमै छ । सहुलियत कर्जा लागु हुँदा सुरुका दिनहरुमा कार्यक्रम राम्रो भएता पनि कार्यविधिमा भने केही कुराहरु अपुग थिए । त्यस्ता कुराहरुमा हामीले कार्यन्वयनको क्रममा पहिचान गर्दै केही क्रमिक सुधार गरेका छौं । यसकारणले सौलियत कर्जामा चासो बढेको पनि छ । मानिसहरुले यसलाई राम्रोसँग बुझेका छन र गाउँ–गाउँमा पनि यसको माग बढेर जानेछ भन्ने हामीले विश्वास राखेका छौं । सौलियतपूर्ण कर्जा आफैमा पनि लोक कल्याणकारी छ । किनकी धितो नहुने व्यक्तिहरुले पनि विनाधितो बढिमा १५ लाखसम्मको कर्जा पाउनेछन भने अरु कर्जाहरुको तुलनामा यसको व्याजदर पनि कम छ ।
अझै भन्नुपर्दा यसमा सरकारले ५ प्रतिशत भन्दा बढि अनुदान दिने पनि व्यवस्था छ । यसमा गरिने सुरक्षणको कारणले गर्दा बैंकको कर्जा नडुब्ने ग्यारेन्टी गरिएको छ भने सुरक्षा शुल्क पनि ७५ प्रतिशत सरकारले र २५ प्रतिशत बैंकले तिर्दिने हुँदा यो कर्जाको आवेदन बढेको छ । आवेदन गर्दा भने अलिकति व्यवसायिक कार्ययोजना बनाउनुपर्ने हुन्छ । यो आउने आषाढ मसान्त भित्रमा वाणिज्य बैंकले ५०० वटा, विकास बैंकले २०० वटा र वित्त कम्पनीहरुले १०० वटा कर्जा अनिवार्य लगानी गरेको हुनुपर्ने तार्गेट पनि हामीले सेट गरेका छौं ।
हामीले निकट भविष्यमा शत प्रतिशतको बैंक खाता बनाउने भनेका छौं । तर शत प्रतिशत कहिल्यै पनि हुँदैन । किनकी मान्छेहरु जन्मीने क्रम भइरहन्छ । तर बढि भन्दा बढि खाता मानिसहरुमा पुर्याउने प्रयत्न जारी छ । बिना खाता अबको समाज चल्दै चल्दैन । किनकी अब सरकारले दिने भुक्तानीहरु जस्तै छात्रावृत्ति, वृद्धाभत्ता, ठेकेदारलाई दिने पैसा कर्मचारीको तलब लगायत सम्पुर्ण भुक्तानी सम्बन्धीत व्यक्तीको खातामा हाल्दीन्छ । अब खाता नभएपछि समस्या भइहाल्यो नि । त्यसकारणले अबका दिनमा बैंक खाता अनिवार्य छ । गत वर्ष सरकारले ल्याएको ‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाता’ नामको कार्यक्रम अन्तर्गत अहिले धेरै नेपालीले खाता पनि खोलिसकेको छ । यो कार्यक्रम लागु भएपछि करिव ५२ हजार बढि नेपालीको खाता खोलिएको छ ।
अब खोल्न बाँकी भनेको ८ वटा स्थानीय तहमा हो । त्यसमा खासै नखोले पनि फरक पर्ने अवस्था भने छैन । किनकि ती स्थानीय तहहरु यस्ता ठाउँमा छन जहाँ ३, ४ महिनासम्म पनि मानिसहरु हिँउ परेर बस्नै सक्दैनन् । अब त्यस्ता ठाउँमा भएका पालिकाहरुमा खासै ठुलो प्रभाव पर्दैन । अब मोटामोटी हाम्रो पुगेकै हो । कुनै पालिकामा भने केन्द्रको कुरा नमिलेर कता शाखा खोल्ने भनेर बैंकहरु अन्यौलमा परेको अवस्था पनि छ ।
यसमा कुनै पनि अध्ययन अनुसन्धान गरेर केही तय गरिएको छैन । तर नेपालको आर्थिक अवस्थालाई नियाल्दा करिब १२, १५ वटा वाणिज्य बैंकहरु भए पुग्ने हामीले महशुस गरेका छौँ । त्यसैगरी ८, १० वटा विकास बैंक र ५, ७ वटा फाइनान्स कम्पनीहरु भए भने हामीलाई पुग्छ । हामीले विगतको तुलनामा बैंक तथा वित्तिय संस्थाहरुको शंख्या घटाएका छौँ । यसलाई अझै घटाउने पर्यत्न हामीले गरेका छौँ । हामीलाई चाहीने भनेको शाखा हो, वित्तिय पहुँच हो र वित्तय समावेशीता हो । बैंक मात्रै लगेर मात्रै भएन बैंकहरुको क्षमता अभिवृद्धि गर्नुपर्यो । किनकी अब हामीलाई बैंक अत्यन्तै आवश्यकता भइसक्यो । सबैको खाता हुन जरुरी भइसक्यो । कारोवारहरुलाई सुरक्षित र पारदर्शी बनाउन पनि बैंक खाता चाहिन्छ ।
त्यो त हुनै पर्यो नि । तपाइले ल्याएको पैसालाई चाहीँ ब्याज दिने । अनी मैले कर्जा लिए भने मैले ब्याज तिर्ने । बैंक भनेको बीचको काम गर्ने हो । अनी बीचको काम गर्ने कम्पनीले तपाइसँग १० प्रतिशतमा ल्याएर १० सै प्रतिशतमा कर्जा दिने हो भने बैंक कसरी चल्छ । बैंक पनि त चल्न पर्यो नी । बैंको भाडा तिर्नपर्यो, कर्मचारीको तलव, विजुली पानी आदि इत्यादी खर्च त बैंकका पनि हुन्छन् नी । त्यसैले बैंकले ब्याजमा आउने मुनाफा लिनै पर्छ । यदी नलिने हो भने बैंक नै चल्दैन । त्यसकारणले लिने र दिनेको ब्याजदरमा फरक त पर्छ नै ।
सुरक्षा संवेदशलितमा ध्यान नदिएको भए त त्यती छिटै अपराधी पक्राउ पर्दैनथ्यो हो । यस्ता घटनाहरु बैंकले छिटो थाहा पाएरै त हो यो छिटो भएको । तर यस्ता घटनाबाट हामी सधैं सजग रहनपर्छ । सतर्कता अप्नाउनुपर्छ । तर यस्ता घटना हाम्रोमा मात्रै घटेका छैनन् । बंगलादेशको केन्द्रय बैंकमै स्वीफ्ट हेयाकिङ भयो । भारतमा पनि यस्ता घटना कति भए । अमेरिकामा पनि यस्ता काम कति भए । त्यसकारण यस्ता घटनाहरुबाट बच्नका लागि हामीले के वाइ सी फर्म भर्न जरुरी छ । यस्ता बैंकिङ अपराध न्युनीकरणका लागि के वाइ सी फर्म अहिले अनिवार्य गरिएको छ । यस्ता खालका कुरामा ध्यान दिएमा आगामी दिनमा यसको न्युनीकरण गर्न सहज हुनेछ ।
फेरि यसमा धेरै फरक चाही नआओस है भनेर हामीले स्प्रेडमार्फत यसलाई व्यवस्थीत गरिरहेका छौँ । पछिल्लो समय हामीले लिने र दिने ब्याजदरको औसत ४।४ प्रतिशत स्प्रेड कायम गर्न बैंकहरुलाई निर्देशन पनि दिएका छौँ । यद्यपी ४।४ प्रतिशतसम्म त अझै आएको छैन तर हामीले ६।प्रतिशतको स्प्रेड दर लाई घटाएर ५।११ प्रतिशत कायम गरेका छौँ । यसलाई हामीले घटाउने प्रयास गरिरहेका छौँ । यदी कुनै बैंकले स्प्रेड दर बढि कायम गरेको खण्डमा हामीले उनीहरुलाई आर्थिक जरिवाना गर्छौ ।
मेरो ४ वर्षे कार्यकाल अत्यन्तै उत्साहजन रह्यो । अत्यान्तै कठिन परिस्थितीका बावजुत हामीले हाम्रो काम निरन्तर गरिरह्यौ । खासगरी ०७२ को महाभुकम्पमा नेपाल राष्ट्र बैंकका काठमाडौं स्थित ३ वटै भवनहरु जिर्ण बने । त्यसवखत हामीलाई काम गर्न निकै कठिन भयो । तैपनी हामीले पुरातात्व विभाग र अन्य सरकारी निकायसँग समनव्य गरी हामी भवन निर्माणमा लाग्यौँ। हामीले भवन बनाउँदै गर्दा काम गर्ने कर्मचारीलाई कहाँ राखेर काम गर्ने भन्ने विषयमा हामीले ठुलो चुनौति खेप्नुपर्यो ।
यद्यपी हामीले सहज वातावरण सिर्जना गर्न सक्यौँ । यसबीचमा हामीले अत्यान्तै महत्वपूर्ण काम भनेको २ अर्ब पुँजीलाई ८ अर्ब बनाउने एकदमै महत्वकाँक्षी योजना थियो । यती धेरै पुँजीवृद्धी हुँदैन है भनेर विभिन्न खालका टिका टिप्पणीहरु पनि भए । विरोध पनि गरिए । तर यस बावजुत पनि त्यसलाई सम्पन्न गरेका छौँ । अहिले सबैं बैंक तथा वित्तिय संस्थाहरु पुँजीको हिसावले सक्षम बनेका छन् । दक्षीण यशीयाली क्षेत्रमा हाम्रो मुलुकका बैंकहरुको मात्रै पुँजी अत्यान्तै कम भएको अवस्थामा अन्य मुलुकको हारहारीमा हामीले त्यसलाई ल्याउन सकेका छौँ ।यो बीचमा हामीले १८५ वटा संस्थाहरुलाई गाभेर ४१र४२ वटा संस्थाहरु भएर झण्डै १४० वटा संस्थाहरु विलय भएको अवस्था छ । यो हाम्रो एउटा सफल कार्य हो ।
यो बीचमा वित्तिय पहुँच र विस्तार व्यापक रुपमा भएको छ । हजारौ लाखौ खाता खोलिएका छन् । शाखा विस्तार व्यापक रुपमा भएको छ । हामीले अन्तराष्ट्रिय मापदण्ड अनूरुपको नेपाल फाइनान्सीङ रिपोर्टीङ सिस्टम यही बीचमा लागु गर्यौ । ठुला व्यवस्थापनको लागि ुआर टी जि एसु व्यवस्था पनि लागु गर्यौ । यस्तै डाटा हरुको संरक्षणको लागि विराटनगरमा डाटा रिकोभरी साईटको स्थापना गर्यौ । पछिल्लो समय हामीले सुपरभाइजर इन्फर्मेसन सिस्टम पनि लागु गरिसकेका छौँ । यसले बैंक तथा वित्तिय संस्थाहरुले हामीलाई पठाउनुपर्ने सुचनाहरु अनलाईनमार्फत सजिलै पाउन सकिन्छ । यसले गर्दा ठेली का ठेली कागजहरु प्रिन्ट गरी राष्ट्र बैंकमा बुझाउन पर्दैन । यस्तै ब्रान्च अडिटको कार्यलाई पनि हामीले अगाडी बढाएका छौँ ।
यसबीचमा हामीले भुकम्प पिडितहरुलाई राष्ट्र बैंकले शुन्ना प्रतिशतमा र बाणिज्य बैंकहरुले २ प्रतिशतमा लगानी गर्ने व्यवस्था लागु गर्यौ । यसमा धेरै मानिसहरुले सहजै निजि आवाश निर्माण गर्न सकेका छन् भने उनीहरुले लिएको कर्जा १० प्रीतशतसम्म दिए पुग्ने व्यवस्था हामीले जारी गरेका छौँ । यसबीचमा हामीले इन्फ्रास्टक्चर बैंक स्थापना गरी कार्यान्वयनमा ल्याएका छौँ । निरिक्षण सुपरिवेक्षणका कार्यहरुलाई पनि हामीले प्रभावकारी ढंगले अगाडी बढाएका छौँ । यो ४ वर्षे कार्यकालमा हामीले कुनै संस्था विग्रेको भनेर घोषणा गर्नुपरेन । यो निकै नै खुशीको कुरा हो ।
बरु यसभन्दा अगाडी १६,१७ वटा संस्थाहरु समस्याग्रस्त संस्थाहरुको रुपमा सुचित थिए । हामीले त्यसलाई पुनारावेदन गर्यौ । विगतको तुलनामा अहिले बैंकिङ क्षेत्र शसक्त ढंगबाट अगाडी बढेका छन् । बैंकमा अत्यन्तै पारदर्शीता कायम भएको छ । समस्या नआएका भने होइनन् । एटिएममा ह्याकिङ देखि खाता नै स्वीफट गरेर पैसा चोर्ने कामहरु पनि भए । तर समयमा नै अपराधीहरु पक्राउ परे । त्यसैले देखिएका समस्याहरु समयमा नै समाधान भएका छन् । यो कार्यकाल चुनौतिपूर्ण थियो तैपनि सफलतापुर्वक सम्पन्न भयो । – डेपुटि गभर्नर चिन्तामणि सिवाकोटीसँगको कुराकानीमा आधारित
नेपाली समाजमा तथ्य नबुझि जस्तो हल्लामा पनि विश्वास गर्र्ने एउटा विडम्वना छ । कागले कान लियो भन्दैमा मान्छेहरु कान छाम्दैनन् की, कागको पछि दगुर्ने गर्दछन् । यही कारण कुनै कमजोरी नै नभएको व्यक्तिसमेत समाजमा आफ्नो टाउको लुकाएर लुकी लुकी हिंड्नुपर्ने अवस्था सिर्जना हुने थुप्रै उदाहरण छन् । कमजोरी गर्ने मानिसले टाउको लुकाएर हिंड्नुपर्ने अवस्था आउनु त स्वभाविकै होला तर कुनै गल्ती नगरेको व्यक्तिसमेत भयङ्कर ठूलो अपराधीजस्तो गरेर समाजमा नाक देखाउन लाज मान्नुपर्ने अवस्था आउँदो रहेछ ।
पछिल्लो समय केही नेपाली मिडियाहरुले एक यस्तै घटनामा आफ्ना कान नछामेर काग छोप्न हिंडिरहेको जस्तो गरिरहेका छन् । कुनै समय नेपाली ‘ग्यालमर’ क्षेत्रको उदारणीय जोडी मानिने पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद तिमिल्सिना (जिपी) बिचको वैमन्यश्यताको चुरो नै नबुझि मिडियाहरुले अँध्यारोमा ढुँगा हानिरहेका छन् । राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्रले नै यस्तो गर्न थालेपछि सर्वसाधारणले पनि विश्वास गर्नुपर्ने बाध्यता छ ।
आजभन्दा १९ वर्षअघि पर्साको वीरगञ्ज स्थायी घर भएकी उषा र रौतहटको चन्द्रनिगाहपुर घर भएका तिमिल्सिनाको पहिलो भेट नेपाल टेलिभिजनमा तिमिल्सिनाले ‘म्युजिक प्लस’ कार्यक्रम सञ्चालन गर्ने क्रममा भयो । जिपी सञ्चार क्षेत्र र अझ खासगरी सिने क्षेत्रको चर्चित पत्रकार भइरहेकै बेला समयले उनलाई उषा खड्गीसँगको सामिप्यतामा मात्रै ल्याएन, दुवैजनाले पत्तो नै नपाउने गरी उनीहरु गहिरो प्रेम सम्बन्धमा परे । एक अर्को बिना बाँच्नै नसक्ने अवस्थामा जस्तो उनीहरु पुगे ।
गहिरो प्रेमसम्बन्धका कारण उषा जिपीको क्यारियर बढ्दै गएकोमा मख्ख थिइन भने जिपी उषाका लागि उनले चाहना गरिरहेको मिस नेपालको ताजको पर्खाइमा थिए । जीवन संघर्षका क्रममा एक अर्कालाई असाध्यै माया गर्ने मात्रै होइन्, जुनीभरी सँगै जिउने वाचासहित २०५९ को वैशाख २६ गते जिपी र उषा विवाह बन्धनमा बाँधिए । यसबिचमा उषाले मिस नेपालको ताज पहिराइसकेकी थिइन् भने अथक संघर्षको उपजको रुपमा जिपीले राजधानीको नरेफाँटमा घर निर्माण गरिसकेका थिए । यही क्रममा जसरी जिपीले उषालाई मिस नेपाल बनाइ छोड्न आफ्नो पूरा ताकत लगाए त्यसैगरी उषाले पनि आफ्नो क्षेत्रमा सफलता हात पार्दै गएको देखिन्छ ।
कार्यक्षेत्रको निरन्तरको सफलता मात्रै होइन, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पनि दुवैजनाले ख्याती कमाउँदै गए । विस्तारै पहिलो सन्तानको रुपमा उनिहरुकी एक छोरी जन्मिइन । सन्तान प्राप्तीले उनीहरुलाई झन परिपक्व बनाउँदै लग्यो भने विस्तारै जिपीले पर्मोटर्स नेपाल नामक विज्ञापन ऐजेन्सी र उषाले कुपोण्डोलमा बुटिक व्यवसाय शुरु गरे । निकै व्यवस्थित परिवार क्या जमेर नाम कमाउँदै दाम पनि कमाइरह्यो । जिपीले निर्माण गरेको नरेफाँटको घरमा उषाले आफ्ना आमा बुवासमेत ल्याएर राखिन । अर्को सन्तानको रुपमा छोरा जन्मिएपछि त झन यो परिवारको खुसी झन बढ्यो । स्वदेशका राम्रा राम्रा स्थान मात्रै होइन् यो बिचमा उनीहरुले देश विदेश पनि सँगसँगै कति घुमे कति ।
अचानक डिभोर्सको समाचार २०७६ को दशैंलगत्तै एक राष्ट्रिय पत्रिकामा जिपी र उषाको घर बिग्रिएको समाचार आउँछ । समाचारमा उषाले जिपीलाई डिभोर्स दिएको उल्लेख भएपछि जिपी आश्चर्यचकित हुन्छन् । उषा पनि डिभोर्स यत्ति हल्का हुन्छ र ? भन्दै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानी गरेको मुद्दा हाल्ने प्रतिक्रिया सञ्चार माध्याममा दिन्छिन् । त्यो बेला वास्तविकता बुझ्न पत्रकारले जिपीलाई सोध्दा यो आफ्नो नितान्त व्यक्तिगत मामला भएकाले केही बोल्न नचाहने र डिभोर्स पनि हल्ला मात्र भएको बताउँछन् ।
तर ‘हावा नलागी पात हल्लिदैन’ भनिएझैं पत्रकारहरुले कुरोको चुरो बुझ्ने प्रयास गर्दै जाँदा उषाले २०७६ असारमा भक्तपुर जिल्ला अदालतमा एकपक्षीय रुपमा डिभोर्स दिएको भेटियो । तर उता अदालतमा जिपीसँग छोडपत्र गरेकी उषा यता भने जिपीले पसिना बगाएर जोडेको घरमै राज गर्दै आएको पाइयो ।
असार महिनामा अदालतमा दिएको एकपक्षीय डिभोर्सको निवेदनसँगै दुई बच्चा जिपीले पाल्नुपर्ने गरी आफूलाई कुल सम्पत्तिको एक भाग भराइ पाउँ भनेर माग दावी गरिएको पनि पत्ता लाग्यो । महानगरीय प्रहरी वृत्त भक्तपुरका अनुसार उनीहरुबिच ३/४ पटक त्यहाँ यस सन्दर्भमा लेखापढी नै भएको देखिन्छ ।
एक अपरिचित व्यक्तिको अचानक प्रवेश यसबिचमा उषा र जिपीको लफडामा अचानक अजय शर्मा नाम गरेका एक अपरिचित व्यक्ति प्रवेश गरे । उनले बेला बेला जिपीलाई फोनमा थर्काउने र धम्काउने गर्थे । तर विनाकारण कुनै पनि सम्बन्ध वा लेनदेन नरहेको व्यक्तिले आफूलाई धम्काउन थालेपछि जिपी बल्ल सतर्क हुन थाले । अजय शर्माले आफुलाई धम्काउने क्रम बढ्न थालेपछि सुरक्षा थ्रेट महशुस गर्दै जिपीले प्रहरीमा निवेदन दिए । आफू उषाको फ्यान भएको बताउने अजयले प्रहरीमा आएर आइन्दा नधम्काउने सहमतिसमेत गरे ।
महानगरीय प्रहरी वृत्त भक्तपुरका प्रहरी नायब निरीक्षक शान्ती कोइरालासँगको कुराकानीमा उहाँले तिमिल्सिनाले जिपीले शान्तिसुरक्षाको माग गर्दै हालेको निवेदनको आधारमा अजय शर्मालाई वृत्तमा झिकाएर सहमति गरेर छाडिएको बताए । तर अजय शर्मा किन जिपीलाई धम्काउने गर्थे वा किन जिपीको परिवारको बिचमा आउँथे भन्ने चाहिँ आफूलाई पनि थाह नभएको कोइरालाको भनाई छ । मिलापत्रका क्रममा अजय शर्मा भन्ने व्यक्तिले अबदेखि नधम्क्याउने भनेर माफिसमेत मागेको उहाँले बताउनुभयो । मिलापत्रपछि शर्माले प्रहरी वृत्तबाट उन्मुक्ति पाएका थिए । अजय शर्मा बारम्बार भिलेनको रुपमा उनीहरुको बिचमा आइरहनु र उषाले पनि उनलाई बढी महत्व दिनुले दुई सन्तानको भविष्य अन्यौलमा परेको एक खड्का थरका छिमेकीले बताएका छन् ।
प्रहरीमा त्यस्तो सहमति गरिएपनि यता जिपीलाई भने झन झन खतरा महशुस हुँदै गयो । एउटै घरमा भएपनि उषा र जिपी अलग अलग बस्ने गरेको लामो समय बितेको थियो । जुन उनले आफ्नो बुवाआमा र दाजुभाईलाई समेत बताएका थिएनन् । एकातिर अदालतमा श्रीमतीको डिभोर्सको निवेदन त अर्कोतिर अपरिचित व्यक्तिको निरन्तरको भयपछि जिपीले घरमै ३ महिना सेक्युरिटि गार्ड राखेर समेत गुजारे ।
स्रोतका अनुसार उषा र ती अजय शर्मा आजभोली सँगसँगै हुने गर्दछन् । सामाजिक सञ्जालमा उनीहरुले पोष्ट गरेका तस्बीरबाट पनि यो कुराको पुष्टि हुन्छ । कान्तिपुर टेलिभिजनको एक ‘लेट मी इन’ विज्ञापनमा पनि उनीहरु मिलेर भूमिका निर्वाह गरेका पाइएको छ । जिवनमा सँगै ज्यूने मर्ने वाचा कसम खाएको श्रीमानलाई त्यसरी अदालतमा मुद्दा हालेकी उषाले ०७६ को असार २३ गते दरबारमार्ग बोलाएर तीनै अजय शर्मासँग जन्मदिन मनाएको थाह पाएपछि जिपी त झन झस्किन पुगे ।
यसरी निस्किए एकाएक घरबाट मान्छेहरुको जिवनमा विडम्बना पनि कस्ता कस्ता आउँदा रहेछन भने आफैले दश नङ्ग्रा खियाएर बनाएको घरमा पनि छोडपत्र गरेकी श्रीमतीको त्रासका माझ जिपी लामो समय बस्नुपर्यो । आफ्ना बालबच्चाको लालनपालन तथा शिक्षा दिक्षा के कसो हुने हो ? भन्ने चिन्ताले ग्रस्त भएर होला उनले लामो समय जसोतसो व्यतित गरे । कुनै एक्शन उनले कहिल्यै किन लिन सकेनन भने उनी आफ्ना कारणले छोराछोरीलाई मानसिक तनाव नहोस भन्ने अझै पनि चाहन्छन् । पछिल्लो समय उषाको माग अनुसार उनको सुख, सयल र बच्चाहरुको शिक्षा दिक्षाको सम्पूर्ण खर्च बेहोर्नेदेखि लिएर मासिक ३० हजार दिइरहेका छन् ।
तर उषालाई भने कुल जेथाको १ भाग र मासिक ३० हजारले पनि पुगेन । त्यसैले उनले कुल अंशको ३ भाग माग दावी गरेर अंश चाहियो भन्दै यतिबेला फेरि उजुरी हालेकी छन् । त्यस्तै उता अजय शर्मासँगको उनको सम्बन्ध पनि पुरानै रफ्तारमा चलिरहेको छ ।
यसरी उषा फेरि अदालत पुगेपछि जिपी भने छोराछोरीलाई कुनै अफ्ठ्यारो नहोस भनेर जीवनको एक सपना आफ्नो घर नै छोडेर निस्किएका हुन् । केही दिन अघि अर्थात फागुनको अन्तिम सातामात्रै छरछिमेकी र साथिभाइसँग तनावका कारण भन्दै व्यवसाय नै अन्त सारेर जिपी घरबाट हिँडेका छन् । १६ वर्षकी छोरी र यो घटनाबारे बुझ्ने उमेर नै नभएका ६ वर्षीय छोरा भने उषासँगै बस्ने गरेका छन् ।
यो घटनाले समाजको उपल्लो वर्गकी महिलाहरुले कसरी पुरुषमाथि हिंसा गरिरहेका छन् भन्ने कुरा छर्लङ्गै मात्रै बनाउँदैन, यो दुर्दशा भोगिरहेको हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्नसमेत उब्जाउँछ । समाजमा महिलाहरुले जस्तो गल्ती गर्दा पनि दोष नदेख्ने तर पुरुषले केही नगर्दा समेत अनाहकमा बर्बादी भोग्नुपर्ने उदारहण बढ्दै गएका छन् ।
कतिपय महिलाहरु धनको लोभ तथा आफ्नो सुन्दरताको घमण्डले पनि घरबार नै ध्वस्त बनाइरहेका भेटिन्छन् । यतिमात्रै होइन, श्रीमान विदेश भएका कतिपय महिलाहरुले त श्रीमान विदेश रहुन्जेल स्वदेशमा उसको पैसामा मोजमस्ती गर्ने र स्वदेश फर्कने बेलामा अर्कैसँग हिंडेका कयौं उदाहरणहरु प्रहरी चौकिका कयौं पाइन्छन् । विदेशबाट घरमा श्रीमती र छोराछोरीसँग समय बिताउन आउनेहरुले श्रीमतीको बदमासीका कारण प्रहरी चौकीमा लफडामा फस्नु परिरहेको पाइन्छ भने सुन्दर घर नै उजाडिएको वियोग बेहोनुपर्ने गरेको छ ।
हाम्रो समाज पनि गजवकै छ, तथ्य नै नबुझि हल्लामा विश्वास गर्ने गरिन्छ । सरकार तथा कानुनका निर्माताहरुले पुरुषहरुमाथि पर्ने यस्ता दुखद घटनाबारे समयमै ध्यान नदिए यो एक सामाजिक विकृति नै बन्ने खतरा छ ।
पूर्व मिस नेपाल उषा खड्गीको वेग्लै गुनासो
पूर्वमिस नेपाल उषा खड्गी १६ वर्ष जीपीसँगै गुजारेपछि अब सँगै वस्न नसक्ने भनि डिभोर्सका लागी भक्तपुर जिल्ला अदालत पुगेकी हुन् । उनले हिंसा सहन नसकेर डिभोर्समा पुगेको बताएकी छिन् । उनले सम्पत्ती न्यूजसँग प्रतिक्रीया दिदै भनिन् “हिंसा सहन नसकेर म यो निर्णयमा पुगेकी हुँ । मलाई अरु भन्नु केही छैन ।”
उनले सम्पत्ती न्यूजमा पोष्ट गरेको समाचारप्रति आक्रोस समेत जनाएकी छिन् । उनले भनिन् “सक्नुहुन्छ भने यो न्यूज डिलिट गरिदिनु । होइन भने मेरो लडाइ म आफै लड्छु ।”
“जीपीलाई धम्की दिने अजय शर्मा को हुन् र किन धम्की दिएका हुन ?” भन्ने सम्पत्ती न्युजको प्रश्नमा उनले यो उनीहरुको निजी मामला भएको र यसमा आफु पर्न नचाहेको बताइन । “उनीहरुको निजी मामला हो । यसमा मलाई पर्नु छैन ।” उनले भनिन् ।
काठमाडौं । पोर्चुगलमा एक नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ । पोर्चुगलको फारो नगरपालिकास्थित कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको पाइएको हो ।
प्रारम्भमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको त्यहाँका मेयर रोगेरियो बाकल्हउले बताएका छन् ।
पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भएपनि गोप्य राखेको छ । त्यस्तै, ती बिरामीको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि कुनै जानकारी दिइएको छैन् । विदेशमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेश्रो घटना हो । टाइम २४ डट न्युज अनलाइनमा समाचार छ ।
यसअघि अस्ट्रेलियामा १ र यूएईमा २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।
रौतहट । धारिलो हतियार प्रहार गरी भाउजुको हत्या प्रयास गर्ने एकजना पक्राउ परेका छन् । खुकुरी प्रहार गरी भाउजूको हत्या गर्न प्रयास गरेको आरोपमा देवर पक्राउ परेका हुन ।
जिल्लाको यमुनामाई गाँउपालिका वडानम्बर १ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कोठामा सुतीरहेकी पुनमलाई बिहान ४ बजे सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेका थिए ।
सहनीले प्रहरी समक्ष घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको स्वीकारगरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोका अनुसार सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको छ ।
काभ्रेपलान्चोक चैत ४- सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र 3 वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो । स्थिति नियन्त्रण बाहिर नजाओस् भनी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ तिमल्सिनले बताउनुभयो । सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका थिए ।
ललिता निवास जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई जेल चलान भएका छन् ।
बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा प्रकरणका एकजना अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले गरेको थियो। विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो।
ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए। विशेष अदालतले पहिलो प्रतिवादीसँग धरौटी नमागी थुनामा पठाएपछि अरुमाथि पनि यस्तै आदेश आउने सम्भावना बढेको छ।
ललिता निवासको जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते गच्छदारसहित तीनवजना पूवमन्त्री, तीनजना पूर्वसचिव र अवकाशप्राप्त तथा बहालवाला कर्मचारीसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।
सरकारले काठमाडौं उपत्यकाभित्रका ६ वटा अस्पतालमा तत्काल २ सय २० वटा आइसीयु बेडहरुको स्थापना गर्ने भएको छ ।
सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका टेकु अस्पताल लगायतका अस्पतालमा आइसीयु बेड स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिनेछ । बैठकले त्यसको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित ७ स्थानमा एक हजार संख्यासम्मको बेड हुनेगरी आइसोलेटेड वार्डको व्यवस्था गर्ने जनाइएको छ । जसमा आयुर्वेद अस्पताल कीर्तिपुर २००,खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र २२०, तेलकोटस्थित खानेपानीको तालिम केन्द्र ६०, टेकु अस्पताल १००, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १०० र इचंगुनारायणस्थित शैक्षिक ब्यारेकमा २५० बेडको व्यवस्थापनसहितको आइसोलोटेड वार्ड स्थापना गरिने जनाइएको छ ।
त्यस्तै, विभिन्न प्रदेशहरुमा आवश्यकता हेरी १०० वटा आइसीयु कक्षको तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान,डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै कोराना संक्रमणको रोकथामका लागि प्रत्यक्ष रुपमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिमभत्ता उपलव्ध गराउने निर्णय भएको छ ।
विभिन्न उतार–चढावका बीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले सकारात्मक रहेर १३ सय १६ कायम भएको छ ।
पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । कारोबार भने थप खुम्चियो । मध्याह्नमा २२ अंक बराबरले उकालो लागिसकेको नेप्से अन्तिम समयतिर शिथिल भएको हो ।
उत्पादनमूलक, होटल र सामूहिक लगानी कोषबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ५३ अंक, जीवन बिमा समूहमा ४८ अंकको सुधार आयो । लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् । उत्पादनमूलक समूहमा ५२ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीको ४१ लाख ९१ हजार कित्ता सेयर जम्मा एक अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
काठमाडौं । प्रहरीले उपत्यकामा घुमुवा प्रहरी शुद्धिकरण अभियान शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेर पनि उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानबाट शुद्धिकरण अभियान शुरु गरिएको हो ।
७४ जना अधिकृत तथा जवानलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको हो । प्रहरीको आचरण तथा व्यवहार सुधार गर्ने र प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले प्रहरी शुद्धिकरण अभियान अघि बढाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारात्मक तालिम समेत दिइने बताइएको छ ।
यसपछि इन्टेलिजेन्ट ग्रुपमा कार्यरत कर्मचारीमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले फेरि वार्ता प्रयास थालेको छ । सरकारसँगको समन्वयमा सत्तारुढ नेकपाका नेता सोमप्रसाद पाण्डेले वार्ताको पहल थाल्नुभएको हो ।
नेता पाण्डेले विप्लव समूहलाई मूल धारमा ल्याउन तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफू सक्रिय भइरहेको बताउनुभएको छ ।
पाण्डेको नेतृत्वमा २०७५ भदौ पहिलो हप्ता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न बनाएको राजनीतिक वार्ता समितिले विप्लव समूहलाई मूल धारमा ल्याउन प्रयास गरिरहेको हो । तर विप्लव समूहसँग वार्ताको अझै हुन सकिरहेको छैन् ।
शुरुवातमा सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति २०७५ मंसिर पहिलो साता विघटन भएपछि फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । नेता पाण्डेका अनुसार अहिले फेरि विप्लव समूहलाई वार्तामा ल्याउने प्रयास सुरु भएको छ । आफूू विप्लव समूहसँग सम्पर्कमा रहेको र तपाइँहरु वार्तामा नआई सुखै छैन भन्ने गरेको पाण्डे बताउनुहुन्छ ।
पछिल्लो समय पाण्डेले विप्लव समुहका पूर्व पोलिटब्युरो सदस्य अनिल विरहीसँग भेट गरेर वार्ताको प्रस्ताव गरेको स्रोतको भनाई छ । श्रोतका अनुसार विप्लव समूहले विरहीलाई सरकार पक्षबाट जाने प्रस्तावबारे सूचना संकलन गर्ने जिम्मा दिएकोले पाण्डे र विरहीबिच निरनतर संवाद हुने गरेको छ ।
काठमाडौं । केही दिनदेखि ओरालो लागेको सुनको भाउ फेरि बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना भाइरसको सन्त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी शुरु भइ शेयर मार्केटमा उतार चढाव आउँदा सुनको मूल्यमा पनि घट बढ हुने क्रम चलिरहेको विज्ञहरुको विश्लेषण छ ।
यसैगरी अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत हुनु र भारतीय मुद्रा पनि कमजोर बन्दा आन्तरिक बजारमा सुनको भाउ स्थिर बन्न सकिरहेको छैन् ।