काठमाडौ पराजुली र भक्तपुर भट्टराई नयाँ सिडियोमा नियुक्त

काठमाडौ ।काठमाडौ का प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल गृह मन्त्रालयमा सरुवा भएका छन सो स्थानमा काली पराजुली लाई जिम्मेवारी दिइएको छ। त्यसै गरि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको स्थानमा प्रेम भट्टराई लाई जिम्मेवारी दिइएको छ। पाण्डे लाई गृह मन्त्रालय मा लगिएको छ। काठमाडौ मा प्रमुख जिल्ला अधिकारी मा झन्डै डेढ बर्ष कार्यरत दाहाल को कार्यकाल सुशासनको क्षेत्र मा महत्त्वपूर्ण रहेको जानकारहरु बताउछन् ।

सरकारी कर्मचारीले निजी इन्स्टिच्यूट वा अनलाईन मार्फत लोकसेवाका कुनै पनि प्रशिक्षण दिन नपाउँने

काठमाडौँ । काठमाडौ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय प्रशासन सुधारका नयाँ नयाँ फर्मुला ल्याउन सफल भएको छ। सरुवा बढुवाका लागी मन्त्रालय मै धाउनुपर्ने बिगतका परम्परागत ढाचा अब फेरिएको मात्र छैन पुरा पुर अनलाइन प्रणाली लागू हुने भएको छ।मन्त्रालयमा आज बसेको मन्त्री स्तरीय निर्णयबाट कुनै पनि कर्मचारीले निजि ईन्स्टिच्युटमा गएर वा भिडियो लाइभमा पढाउन नपाइने निति ल्याइएको छ।अफिसमा काम गर्दा आफ्नो राष्ट्र प्रति को जिम्मेवारीलाई पुरा गर्न सबै कर्मचारीलाई निर्देशन समेत दिएको छ।यो निर्णयले आम जनमानसमा सुशासनको आशा जगाएको छ भने काम चोर कर्मचारीलाई जिम्मेवारी बोध गराएको छ।यसैबीच मन्त्रालयमा सचिब एकनारायण अर्याल आएपछि सुधारका खाका अगाडि बढेका छन।
थप निर्णयहरु यस्ता छन्,

https://drive.google.com/file/d/1AdMap7Kcg3_E0ReB0MIWO7-ATjM8R9Su/view

“रोक, हेर र जाउँ लाई पालना गराउदैँ ट्राफिक प्रहरी”

काठमाडौँ । सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन ।
सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन रोक हेर र जाउँ का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ ।

“सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो ।” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताउनुभयो ।’
उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३–३ घण्टा ट्राफिक प्रहरी खटिने छन् । आज बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको छ ।
यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।
भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व(अनुशासित भई उक्त रोक, हेर र जाउँ को नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरि सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ ।

नेपालमा कियाको सब–कम्प्याक्ट एसयुभी सोनेटको बिक्री सुरु

काठमाडौँ । दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाल भित्र्याएको हो ।

कम्पनीले केहीअघि सोनेटको प्रि–बुकिङ खुला गरेकोमा सब–कम्प्याक्ट एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो ।

पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्यधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ । गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९,२६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारी साधनहरुको भन्दा बढी बिक्री हो ।

नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीहरुको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कम्पनीले यसपटक सोनेटका तीनवटा अप्सन–– एचटिई, एचटिकेप्लस एटी र एचटिएक्स नेपाली बजारमा पेस गरेको छ ।
त्यसैगरी, कम्पनीले ५७ लाख ९० हजार मूल्यको फुल अस्पन जिटिएक्सप्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा ६ वटा एयरब्याग र इएससी÷भिएसडब्लू÷एचएसी, हाइलाइन टिपिएमएस, बिओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १०.२५ एचडी टचस्क्रिन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सिट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट छन् । त्यसैगरी, भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्याप सहितको आर१६ क्रिस्टल अलो ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रूमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जिटीलाइन रेड प्याकेज जस्ता विशेषता यसमा छन् ।
समग्र उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १ इन्च छ । त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ । यसको ग्राउन्ड क्लियरेन्स ७ इन्च (२११ मिलिमिटर) र बुट स्पेस ३९२ लिटरको छ ।

राजस्व वृद्धिका लागि करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताए ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताए । उनले कर परीक्षण कर, अनुसन्धान , बजार अनुगमन , प्रशासनिक पुनरावलोकन , बक्यौता असुली , बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलार्इ कडाइका साथ लागू गर्न निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत , सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिए ।
उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष २
०७६–७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गरे ।
उहाँले कोभिड महामारीको विषम परिस्थितिमा समेत आ(आफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिए ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालार्इ अपिल गरेका छन्। यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचार प्रतिको सून्य सहनशीलताको नीतिलार्इ पालन गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नु हुने विश्वास पनि व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्याएको बताए ।

महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने

काठमाडौँ । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७÷७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।

नगरप्रमुख विष्टले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका अनुसार प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेण्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालन हुनेछन् । “सात वटै विषयमा ४० का दरले २८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।” उनले भने “ यसले यहाँको शैक्षिक विकासमा ठूलो फड्को मार्नेछ ।”

महेन्द्रनगरमा शनिबार शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् ।
नगरका प्रमुख विष्टले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र समयसापेक्ष समसापेक्ष शिक्षाको मागअनुरुप सिटिइभिटीइबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालन हुने बताए । उनले भौतिक पूर्वाधार जनशक्तिको कामसमेत अघि बढाइने जानकारी दिए।

सिटिइभिटिइको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाव परीक्षणकोलागी सरकारी परिचयपत्र अनिवार्य

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को परीक्षण गर्न अब अनिवार्य सरकारी परिचयपत्र चाहिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा सरकारी परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको छ ।

विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।

मुक्तिनाथ विकाश बैंकले जित्यो युरोपियन ‘माइक्रोफाइनान्स अवार्ड–२०२०’ को अवार्ड

काठमाडौँ । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकले जनाएको छ ।

चितवनको नाराबाजीबारे निष्पक्ष छानविन गर्न नेता नेपालको माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको उनको भनाई छ ।

उनले विज्ञप्ती जारी गर्दै ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।’

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गर्दै लखेटेका थिए ।

स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयद्वारा स्रोत सुनिश्चत

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

३३ एसएसपीको सरुवा,काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा बज्राचार्य

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही सात गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा गरिएको छ । उक्त स्थानमा परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई ल्याइएको छ ।

एसएसपी किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपसारी सरुवा गरिएको छ । त्यहाँ हाल कार्यरत बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका जनक भट्टराईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखामा पठाइएको छ । ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य महाशाखा ल्याइएको छ । ­­­

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न, संचालक समिति अध्यक्षमा दुगड़

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा मिति २०७७ साल मंसीर ४ गते बिहिबारका दिन बिहान १०ः३० बजे शुरु भई १२ः३० मा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४÷०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । साथै १० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित संचालक समितिको आजै बसेको १६२ औं बैठकले श्री विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम, पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवार भन्छन ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ । ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ ।
महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन्

‘शेखर गोल्छालाई धम्क्याउनु गलत’ पशुपति मुरारका, निवर्तमान अध्यक्ष
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउनुपर्ने बताए । उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्व अध्यक्ष चण्डीराज ढकालले विधान विपरितको बोली बोलेको आरोप लगाए । निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगेपनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको भएपनि जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो त्यसपछि आफू सक्रिय भएको उनको भनाई छ ।
‘शेखर गोल्छाले के अपराध गरेका छन् र हटाउँछु भनेर धम्की दिईन्छ ?’ मुरारकाले भने, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने विधान अनुसार मतदान गरेर जिताएका मतदाताको अपमान हुने गरी अहिले अध्यक्षका रुपमा काम गर्न दिन्न भनेर धम्क्याउने काम राम्रो होइन ।’
गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भनेकै कारण अध्यक्षले चाहेको समूहलाई निर्वाचनमा विजयी गराउनुपर्ने मुरारकाको भनाई छ ।
‘अध्यक्षले चाहेको समूहलाई सहयोग गरेको हुँ’ कुश कुमार जोशी, पूर्व अध्यक्ष
महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन् । उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताएका छन् ।
उनले सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भएपनि चन्द्र ढकालले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेका कारण सहमतिको वातावरण भाँडिएको पनि बताए ।
‘म भए हुन्छ, अर्को भए हुँदैन भनेर वार्ताको टेवलमा बसेर सहमति हुन सक्दैन’ जोशीले भने, ‘एउटा उम्मेद्वार पूर्व अध्यक्षहरु बस्नुहोस् जे निर्णय गर्नुहुन्छ मलाई मान्य छ भन्नुहुन्छ, अर्को उम्मेद्वार म अगाडी बढिसकेँ अब पछाडी फर्किन्न भन्नुहुन्छ । यसरी आफ्नो स्वार्थलाई केन्द्रमा राखेर संस्थाको हित हुन सक्दैन, पछाडी फर्किनै सक्दिन भनेका कारण सहमतिको प्रयास सफल हुन सकेन ।’
‘व्यवसायीको सम्मान दिलाउने पहिलो काम’ किशोर प्रधान, वरिष्ठ उपाध्यक्षका उम्मेद्वार
हाल महासंघको जिल्ला नगर उपाध्यक्ष एवम् असन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका छन् । करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।
‘मेरो पहिलो काम अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिड्न सक्ने बनाउनु हो’ प्रधानले भने, ‘केन्द्रमा अध्यक्षको वरियता मिलेपछि जिल्ला र नगरमा पनि सोही अनुसारको प्रोटोकल बन्छ ।’
‘यवसायी लुट्ने बैंकविरुद्ध लड्छौँ’ दिनेश श्रेष्ठ, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार
आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरेका छन् । बैंकहरु विगतका जमिनदार जस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्द लड्ने प्रण गरेका छन् ।
‘कर, भ्याटका समस्या जहाँको त्यही छन्, बैंकहरु नाफामुखी मात्रै भएका छन्’ उनले भने, ‘जमिनदार जस्ता बैंकहरु विरुद्द लडेर व्यवसायीको हितमा काम गर्ने र हरेक जिल्लाका साथीहरुको गुनासो २४ घण्टाभित्र सम्बोधन गर्ने कामलाई मैले पहिलो प्राथमिकतामा राखेको छु ।’
ध्रुबे हात्तीको आतंक अत्ति भयो अरुणराज सुमार्गी, केन्द्रीय सदस्यका उम्मेद्वार
महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ‘धुर्बे हात्ती’ को संज्ञा दिएका छन् । सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र वर्षौसम्म महासंघमा सेवा गरेकाहरु बाहिरिनुपर्ने बाध्यतालाई अब चिर्नुपर्ने बताए ।
‘महासंघमा एउटा ध्रुबे हात्ती छ’ सुमार्गीले भने, ‘ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि जिल्ला नगरबाट आजसम्म आनन्दराज मुल्मीबाहेक अरु व्यक्ति महासंघको नेतृत्वमा पुग्न सकेका छैनन् ।’
‘एउटा ३ दशक लामो महासंघमा सेवा गरेको किशोर प्रधान हुनुहुन्छ, अर्कोतिर पैसा र पावरको दम्भमा चुनाव जित्छु र जिताउछु भनेर हिडेको ध्रुबे हात्ती छ’ किशोर प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजकसमेत रहेका सुमार्गीले थपे, ‘अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।’
आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।