अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए।

राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए।

सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिए ।

बन्द गराउँदै प्रचण्ड निस्कीए सातदोबाटो सडकमा

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आजको आम हड्ताल कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बन्द गराउँदै सडकमा निस्कीएका छन् । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका हुन्। अन्य नेता कार्यकर्ता जसरी नै दाहाल शसक्त रुपमा सडकमा झण्डा लिएर निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल–नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

अख्तियारको प्रमुख आयुक्तमा राईको प्रवेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी छिन । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् ।

प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन गणेश राज जोशीले राजीनामा दिएका छ्न। नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले भने, ‘राजीनामा दिएरका हुन। नव नियुक्त प्रमुख आयुक्त राईको अख्तियार प्रवेश सङै सुशासन चाहानेहरुले खुशी व्यक्त गरेका छ्न।प्रमुख आयुक्त राई बिबेकसिल मात्रै नभएर निष्ठाको मान्यता बोकेका दुरदर्शि पुर्ब प्रशासकको हैसियतमा आम जनमानसमा छुट्टै छबि बनाएका ऊनका भोलिको अख्तियार यात्रा जनभावना अनुशार हुनेमा बिश्वस्त देखिन्छन्। चुनौतीपूर्ण अबस्थामा जिम्मेवारीमा आउनुभएका उहाँको कार्यकाल ऎतिहासिक बन्नेमा उहाँले बिगतमा खेलेका भुमिका नियाल्नेहरुको बिश्वास देखिन्छ ।

यी छात्रा हुन् जसले अहिलेको प्लस टु टप गरिन्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गर्दै नेपाल टप गरेकी छन् ।
शभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए । जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।
विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताए ।

सचिव कार्कीद्धारा खोटाङको मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन

काठमाडौं, २१ माघ । खोटाङको दिक्तेलमा मकैको बीउ प्रशोधन प्लान्ट भवन निमार्णको काम सकियसँगै उद्घाटन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले सोही भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङ र स्थानीय कोलेबारी कृषि तथा सहकारी संस्था दिक्तेलको साझेदारीमा यो भवन निर्माण गरिएको हो ।

२०७६ फागुन २७ गते सम्झौता गरेर गत असार ३१ गते निर्माण सम्पन्न गरिएको भवन मंगलबार उद्घाटन गरिएको हो । जोनको ५० प्रतिशत र कृषि तथा सहकारी संस्थाको ५० प्रतिशत लागतमा बीउ प्रशोधन गर्ने मेसिन सहितको भवन निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई खोटाङका प्रमुख डा. मणिरत्न अर्यालले बताए ।

उनले मकैको गुणस्तरयुक्त र स्वस्थ बीउ उत्पादन गर्ने, प्रशोधन गर्ने र बीउको उपचार गर्नेदेखि प्याकिङ गरेर किसानलाई बिक्रीवितरण गर्ने उद्धेश्यले उक्त भवन निर्माण गरिएको जनाए । भवन उद्घाटन अगावै कृषि तथा सहकारीले करिब दुई हजार केजी बीउ विक्री वितरण गरिसकेको छ ।

काम नलाग्ने भयो रु २८ करोडको मल

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।

कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।

सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले भने, “भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिदैन ।”

भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानूनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रतिबोरा १३२ रुपैया २० पैसा अनुदान रकममा आयात भई नेपाल भित्रिएको सो मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानूनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ ।

पाँच महिनादेखि मजदुरले पाएनन् ज्याला

काठमाडौँ । पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा ठूलो क्षति पुर्याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे ।

“बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम गर्यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ”, विकले भने, “काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।” मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गरे ।

दिनको रु एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा रु नौ हजारमात्रै पाएको उनको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

बाढी पसेर विद्युत्गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उहाँको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पुर्याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताए ।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उनले बताउँछन् । सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले रु पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताए । गण्डकी प्रदेश सरकारले रु २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उनको दुखेसो छ । “बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने”, उनले भने ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु चार लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उनको भनाइ छ । बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत्गृहको जेनेरेटर, टर्वाइनलगायत मेसेरेनरी सामानमा क्षति पुर्याएको थियो । बाढीले क्षति पुर्याएको विद्युत् मर्मत गर्नका लागि रु २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का आठ १०० घरधुरी जनता लाभान्वित छन् । बाढीले क्षति पुर्याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो । अध्यक्ष घर्तीमगरले रु १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताए । मजदुरलाई रु छ लाख भुक्तानी गर्न बाँकी छ ।

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण

काठमाडौँ । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक हुन भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए ।

बुढानिलकण्ठको दर्शन गर्दै बुधबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ २१ गते बुधबार इश्वी सन २०२१ फेब्रुवरी ३ तारीख माघ कृष्णपक्ष षष्ठी तिथी चित्रा नक्षत्र शूल योग भद्रा करण चन्द्रमा कन्या राशिमा ११ः५२ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिश्पर्दा जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । अपरान्ह पश्चात पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामान्य कार्यका निम्ती अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ अपरान्ह पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।

सहसचिव सुमनराज अर्याल सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव सुमनराज अर्याललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरिष्ठ सहसचिव अर्याललाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।

नासु बराल र लेखापढी महत्तो विरुद्द ११ हजार घुस लिएको आरोपमा अदालतमा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा (नासु) वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महत्तो विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नासु बराल र हरिवनका लेखापढी व्यवसायी महत्तोलाई जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोगमा मुद्दा दर्ता गराएको हो । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ८ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

७७ वटै जिल्लामा भूमि आयोगको पदाधिकारी नियुक्त (नामावलीसहित)

काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिने गरी जिम्मेवारी तोकिएर समिति गठन गरेको हो ।

ती जिल्लामा अध्यक्ष र सदस्य नियुक्तिका लागि भूमि व्यवस्था मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिस अनुसार माघ १५ को मन्त्रिपरिषदले सबै ७७ जिल्लामा आयोगका अध्यक्ष र सदस्य चयन गरेको हो । यसबारेको सूचना सोमबार राजपत्रमा आइसकेको छ ।

सबै जिल्लामा एकजना अध्यक्ष र दुईजना सदस्यसहित २३१ जनाले जिम्मेवारी पाएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जिल्लामा नियुक्तहरुको पद तथा गोपनीयताको सपथग्रहण यही माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने भएका छन् ।

नाम हेर्न तलको लिंक ओपन गर्नुहोस्

नाममावली

राष्ट्रपतिबाट सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए । उनले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत पदक र पुरस्कार प्राप्त गरेका छन्। जोशीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उनको तस्वीराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताए। ‘वाङ्मय शताब्दी पुरुष जोशीको आजदेखि जीवनको नयाँ इतिहास शुरु भएको छ, यो इतिहासको दस्तावेजका रुपमा रहेको छ’, नेपाल सरकारका प्रवक्ता गुरुङले भने, एक जुगमा एक दिन एक पटक आउँछ भने जस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ, त्यही एक हो जुन दिन राज्यले सम्मान प्रकट गरेको छ ।’

कला, संस्कृति र साहित्यको ज्ञाता जोशीलाई राज्यले बुझेको जनाउँदै मन्त्री गुरुङले उनी यस शताब्दीका हरेक दिनको साक्षीका रुपमा रहेको बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो ।

प्रचण्ड विरुद्ध परेको अवहेलना मुद्दाको पेसी सर्यो

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

सर्वाेच्च अदालतले मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको जनाएको छ । दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।

डा.केसीले पुनः फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने

काठमाडौँ । डाक्टर गोविन्द केसी फागुन १२ देखि २० औं सत्याग्रह सुरू गर्न लागेका छन् । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आज एक प्रस विज्ञप्ती जारी गर्दै फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका हुन्।

मंगलबार जारी विज्ञप्ति अनुसार आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे माग अघि सारेका छन्।

‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आगामी कैयौँ पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौ ।