काठमाडौँ । श्रीमतीको हत्या गरेको अरोपमा एक जना व्याक्ततीलाइबिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Month: February 2022
ट्रकको ठक्करका कारण प्रहरीको मृत्यु
काठमाडौँ । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरि प्रशासन कार्यालयले धनुसाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिनुभयो ।
ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
महामारीपछि अमेरिकी साप्ताहिक बेरोजगार सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम
काठमाडौँ । अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ । एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको सङ्ख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।
अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार सङ्ख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाब भनिएको छ । यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषकहरूले बताएका छन् ।
यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ ।
श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भएपनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ रेकर्ड भएको छ ।
इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान
कामाडौँ । इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।
संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।
राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् ।
अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उहाँलाई बहुमत पु¥याउन अरु ९ सिट आवश्यक पर्दछ ।
त्यसैगरी उहाँको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी यसपहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
ग्लोबल आइएमई बैंकले जारी गर्यो ग्लोबल ईकम डलर कार्ड
काठमाडौँ । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो ।
बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ ।
ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
खनाल–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाइको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दीनुभयो । राइले भन्नुभय बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुनेछ ।
गत शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न भन्दै सोमबार नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
ओली पक्षले तत्कालीन नेकपामा भएका गतिविधिसमेतलाई जोडेर स्पष्टिकरण मागेपछि खनाल–नेपालसमूहका स्थायी कमिटीका नेताहरु विहिबार पनि छलफलमा बसेका थिए । स्थायी कमिटीका एक सदस्यका अनुसार स्पष्टिकरण पत्रको जवाफ तयार हुँदैछ ।
यो समूहले केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण माग्ने तयारी गरेका छन् ।
फागुन २८ मा ओलीपक्षले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, दशौं महाधिवेशनको मिति तयलगायतका निर्णय गरेको थियो । खनाल–नेपालपक्ष उक्त निर्णय फिर्ता लिएर ०७५ जेठ २ कै अवस्थामा जानुपर्ने माग गरेको छ ।
केन्द्रीय सदस्य ठाकुर गैरेले ०७५ जेठ २ कै अवस्थामा गए सबै विवाद हल हुने बताए । तर, ओलीपक्ष भने उक्त निर्णय फिर्ता गर्ने पक्षमा छैनन् । दुवै पक्षका आ–आफ्ना अडानले विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले निर्णय नसच्याए खनाल–नेपालपक्षले देशैभर समानान्तर संगठन बनाउने निर्णय गरिसकेको छ ।
घर बाहिर निस्केर होलि खेलेमा कडा कारवाही गरिने
काठमाडौँ । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता समिरकुमार अधिकारीले पछिल्ला दिनमा स ङ्क्रम ण पुष्टि हुने दर बढेको भन्दै सा वधानी अपनाउनुपर्ने बताए ।भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।
प्रेस ब्रिफिङमा काठमाण्डौ विश्वविद्यालयकी सह–प्राध्यापक डाक्टर अर्चना श्रेष्ठले जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न र जो खिम वर्गको ख्याल गर्न आग्रह गरे।यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सह–प्रवक्ता अधिकारीले स ङ्क्रम णको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गरे ।
यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रकाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भिडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उनले बताए ।
बालगृह स्थापनाका लागि महिलामन्त्रीद्वारा अनुगमन
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिनुभयो ।
ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिनुभयो ।
ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खोरमा थुनेको बाघ भागेपछि उच्च सतर्कता
काठमाडौँ ।लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जल जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको शाहले जानकारी दिनुभयो ।
बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाइएको छ ।
खोरमा गथुनेको बाघ भागेपछि उच्च सतर्कता
काठमाडौँ ।लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जल जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको शाहले जानकारी दिनुभयो ।
बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाइएको छ ।
निःशुल्क स्वास्थ्य बीमा
काठमाडौँ । बारपाक सुलिकोट गाउँपालिकाले अतिसिमन्तकूत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
“पालिकाभित्रका करिब दुई हजारभन्दा बढी बराम समुदायको स्वास्थ्य बीमा गरिएको छ”, उहाँले भन्नुभयो, “अतिसीमान्तकृतभित्र पनि आयस्रोत नै नभएका घरपरिवारको पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिएको हो ।” बिरामी भइहाले उपचार गर्न सक्ने अवस्थामा नै नरहेका परिवारको स्वास्थ्या उपचारको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले सो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गरियको उहाँले बताउनुभयो ।
गाउँपालिकाले अहिलेसम्म करिब ५१३ घरघुरीका दुई हजार २३ को निःशुल्क स्वास्थ्य बीमा गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । “केही वडामा अझै बीमा गराउन बाँकी नै छ”, उहाँले भन्नुभयो, “दर्ता सहयोगीको व्यवस्थापन भएलगत्तै बाँकी रहेका वडाका बराम समुदायका परिवारको पनि बीमा गरिनेछ ।” आफैँले खर्च गरेर स्वास्थ्य बीमा गर्न नसक्ने परिवारका लागि गाउँपालिकाले ल्याएको कार्यक्रमले खुशी भएका छन् ।
गाउँपालिकाले वडा नं ३ का ३०६, ४ का २६६, ६ का ५८३, ७ का ३९७ र वडा नं ८ का ४७१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको उहाँले जानकारी दिनुभयो । बीमा गराएको परिवारको स्वास्थ्य बीमावापतको तिर्नुपर्ने रकम गाउँपालिकाले व्यहोरेको अध्यक्ष भट्टले बताउनुभयो ।
“बीमा गराएका सबैको बिमा शुल्कवापतको कूल रु १९ लाख २३ हजार ५५० रकम स्वास्थ्य बीमा बोर्डलाई गाउँपालिका उपलब्ध गराइसकिएको छ”, उहाँले भन्नुभयो, “बीमा गराउन बाँकी बराम समुदायका घरपरिवारको बीमावापतको रकम पनि गाउँपालिकाले नै व्यर्होने छ ।” स्वास्थ्य बीमा गराउन बोर्डले खटाएका गणक घरघरमा पुगेर बीमा गराएको बीमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ ।
गहुँ–जौको विस्थापन गदै सामूहिक स्याउखेती
काठमाडौँ । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामुहिक स्याउखेती सुरुवत गरियको छ छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।
जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तातोपानी –६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैँचा बनाउन जुटेका छन् । यहाँ एक लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे पाँच हजार स्याउका बिरुवा रोपिएको छ ।”
सो जमिनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जनाएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताउनुभयो । हिँयाखोलामा रोजगारीका अवसरसमेत छैनन् । बेरोजगार युवालाई रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ शैक्षिक र आर्थिक हिसाबले निकै पछाडि छ, गाउँमा एक जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैँचाले सिङ्गो गाउँको जीवनस्तर उठाउनेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।”
अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भन्नुभयो, “स्याउ किसान स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।”
ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैँचा बनाउने स्थानीयवासीको प्रयासलाई सहयोग पुग्ने गरी स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रु २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रु पाँच लाख बजेट दिने घोषणा गरेको उहाँले बताउनुभयो ।
सो बगैँचाको घेराबारका लागि रु ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “समुदायस्तरबाट यति ठूलो क्षेत्रफल र लगानीमा स्थानीय जातको स्याउ बगैँचा कतै पनि छैन ।”
स्याउ बगैँचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जनाएको छ । सामूहिक कृषि खेती गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिनुभयो । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले बताउनुभयो । परियोजनाले यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरिएको जनाएको छ । जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।
लोप हुँदै हिमाली जडीबुटी
काठमाडौँ । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गयकोमा चिन्ता व्यक्त गरियको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् ।
साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी परिपक्क नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभावी फोहरमैला फाल्ने, वनमा डडेलो लगाउने गरेका कारण जडीबुटी लोप हुन गयको सरोकार वला व्याक्तिको भनाइ छ ।
दुई हजार ५४१ जनसङ्ख्या रहेको साइपालमा मुख्य आयस्रोतका रुपमा नै जडीबुटी र पशुपालन रहेको छ । वातावरणमा परेको असरले जडीबुटी उत्पादनका क्षेत्रमा असर पुगिरहेको जनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले साइपालको सिमाना तिब्बतसँग जोडिएकाले अवैध सामग्री ओसारपसार रोक्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख खड्कबहादुर खड्काले डडेलोबाट वन र वातावरण जोगाइ बहुमूल्य जडीबुटीको संरक्षण गर्न सकिने बताउनुभएको छ ।
जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम सातादेखि नै इजाजत लिई यार्सा सङ्कलनमा जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले जानकारी दिनुभयो ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले जडीबुटी संरक्षणका लागि गाउँपालिकाले प्राथमिता दिएको बताउनुभयो । बझाङको सुर्मा, साइपाल, बुङ्गल, खप्तडछान्ना, छविसपाथिभेरा गाउँपालिकालगायत स्थानीय तहमा जडीबुटी पाइँने गर्छ ।
जिल्ला प्रशासन कार्यालयले सीमावर्ती भारतीय शहरमा जान रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बजार गर्नका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ ।भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । बेठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णय समेत गरेको छ ।
लक्षण देखिएका बिरामीको एन्टिजीन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।
भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँचकक्षमा जाँच गरी १० दिन क्वारेन्टिनमा राख्नुपर्ने र भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेशनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।
भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्यकक्ष स्थापना गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य कक्ष स्थापना गरेर कोरोना परीक्षण शुरु गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको स्वास्थ्यकक्ष सञ्चालनमा आएको छ । बुधबार पहिलो दिन मुम्बई, दिल्ली, महाराष्ट्रलगायतका शहरबाट आएका १० नेपालीको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा
काठमाडौँ । म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।
‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन ।
म्यान्मारमा सैनिक कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।