काठमाडौं । नेपाली कांग्रेसको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि गम्भीर वनी लकडउन बाहेक अन्या उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारलाइ गम्भीर ध्यानार्कसण गरायको हो । अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भने ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न माग गर्दछौं ।’
सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलन थालेको भन्दै कांषग्रेसले भविष्यमा अझ भयावह अवस्था आउने भएकाले बेलैमा सचेत हुन सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले कोरोनाका विरामीहरु बढ्न सक्ने हुनाले आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न समेत सुझाव दियको ।
त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पीसीआर परीक्षण दायरा व्यापक बनाउन, आम नागरिकमा खोप पुर्याउने कार्ययोजना बनाउन, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन र अस्पतालमा स्वास्थ्यकर्मीको संख्या कम हुन नदिन पनि कांग्रेसले आग्रह गरेको हो ।
सरकारले पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेको भन्दै कांग्रेसले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।
Month: February 2022
चीनको आयात, निर्यात बढ्यो
काठमाडौँ । चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ ।
पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले जनायका छन् ।
कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिड विरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चिनीया अधिकारिको भनाई छ ।
चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८.१ प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि हो ।
निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो ।
चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ ।
उपत्याकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौँँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू एक महिना बन्द गर्न सिफारिस गरेको छ।
उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको छ।
विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन।
पछिल्लोसमय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो।
नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको उहाँको भनाइ छ ।
परराष्ट्रमन्त्री भन्छन् महामारीका वावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्छै
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने बतायका छन् । आज नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने दाबि गरेका हुन् । उनले भने नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य पुरा गर्छै ।
उनले नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए । नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी बन्न सक्ने बताय ।
चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
काठमाडौ । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारीले भन्नुभयो उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।
गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
काठमाडौँ ।गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर दुइ बालकको मृत्यु भयको छ । गुल्मीको मदाने गाउँपालिका – ३ स्थित सिर्सेनी पनाहाखोलाको ढाडको रहमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार मृत्यु हुनेहरूमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको हो । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
एक्कासी पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको क्रममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण
काठमाडौँ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।
आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरीयको हो । काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलका अनुसार उपत्याका प्रवेस गर्न नागरिकले अनिबार्य एन्टीजेन परीक्षण गर्नुपनेछ ।
उहाँले स्वास्थ्या मापदण्द पनी अनिवार्या पालना गर्न जनतालाइ आग्रह समेत गर्नुभयो ।
नेपाली भूमिमा भारतीय पक्षले तटबन्ध निमार्ण
दार्चुला । नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेको छ । नेपालि भुमिमा पर्ने सो क्षेत्रमा भारतले तटबन्ध बनाउदा सम्म सरकारले खासै चासो देखायको भने छैन ।
तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुन्छ भन्ने थाहा हुदाहुदै पनी निर्माण सुरु हुदा कुनै चासो नदेखायको सरकार हाल भने झारतिर जस्तो गर्न सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न पठायको छ ।
इरानको परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण
काठमाडौँ । इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक अधिकारीले जानकारि दियका छन्। इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि साहेलीले बतायका छन् । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उनले जानकारी दिय । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने उनको भनाइ छ ।
सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको देखिदैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।
समग्रमा बजार बढ्दा नेप्से परिसूचकले नयाँ सफलता हासिल गरेको छ। आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन परिसूचक हालसम्मकै उच्च विन्दु हो ।
सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।
सबैभन्दा धेरै कमाउनेमा आज अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।
कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।
गयको २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।
पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।
भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।
एमसीसी परियोजना अघि बढाउनुपर्छः एमाले सांसद अधिकारी
काठमाडौँ । एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् ।
उनले भने, ‘३ ४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष छ । ३४ वर्ष कहिलेसम्म लड्काउने हो ? संसदको विजनेश बनाउन माग गर्दछु ।’
उनले राजनीतिक दलले एमसीसीलाई जुवाको खालजस्तो बनाएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रिय हितअनुकुल बनाइन्छ सत्ताबाहिर हुँदा । अरु कुरा त कार्यव्यवस्था समितिको बैठकमा समेत हुन्छ । तर एमसीसीका विषयमा कुनै कुरा हुँदैन । सत्ताको निम्ति जुवाको खालमा नराख्न माग गर्छु ।’
विद्यालय बन्द नगर्न सरकारलाई सुझाव
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिनुभयो ।
विराटनगरमा कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक–८ का ९२ वर्षीय वृद्धको आइतबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो।
चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मधुमेहबाट पीडित वृद्धको राति १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिनुभयो ।
उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जना पनि घर फर्किएका छन्। संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन्। लक्षण नभएकाले घर जान दिइएको भगतले बताउनुभयो ।
ओलीले डाके एमाले केन्द्रीय समितिको बैठक
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलिले वैठक नयाँ बर्ष लागेपछि बैशाख ६गतेको लागि बोलायका हुन् ।
बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।
समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई कारबाही स्वारुप ६ महिना निलम्बनको गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।
गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।