कोरोनाको खोप लगाउनेमा नेपाल सार्कमा चौथो

काठमाडौँ-कोरोनाको खोप लगाउनेमा नेपाल सार्कमा चौथो स्थानमा रहेको पाइएको छ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ ।

सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिनुभयो ।

“हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छाँै । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्‍याउँछौँ ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गर्नुभएको थियो ।

सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उहाँका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ ।

अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो ।

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

कुन जिल्लामा कतिले खोप लगाए

सबभन्दा बढी काठमाडौँ उपत्यकामा जनसङ्ख्यालाई खोप लगाइएको छ । काठमाडौँ जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसङ्ख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसङ्ख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ ।

रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ ।

स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

कुन प्रदेशमा कतिले खोप लगाए

मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइएको छ ।

गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४-२४ प्रतिशत जनसङ्ख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिनुभयो ।

“हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ”, उहाँले भन्नुभयो, “सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।” सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ ।

सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ ।

मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उहाँले बताउनुभयो ।

कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ ।

सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

सार्कमा नेपाल चौथो

कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । कोरोनाको खोप लगाउनेमा नेपाल सार्कमा चौथो रहदा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ ।

त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा अधिकारीले बताउनुभयो ।

दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला

दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं-आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुलेको छ।

सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिएका छन् ।

बसको अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट लिनेहरूको भिड बढेको छ।

टिकट लिन गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्टर’ थप गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुल्ला

‘बालबालिकालाई बालगृहभन्दा आमाबाबु काख नै प्यारो’

सुर्खेत-बालबालिकाका लागि आमाबुबाको काख नै प्यारो हुने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतमा संवाद डबलीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बालबालिकालाई आमाबाबुबाट छुटाउन नहुने बताएका हुन् ।

पछिल्लो चरणमा बाल गृह वा होस्टेलमा राख्ने क्रम बढेको त्यसले बालबालिकाको मनोविज्ञानमा असर गरेको सरोकारवालाहरुले बताएका हुन् ।

विगतदेखि नै आमाबुबा नभएका टुहरा बालबालिकालाई स्थानीय सरकारले सिफारिसमा बालगृहमा राख्ने चलन रहेको र त्यसले बालबालिकाको बौद्धिक तथा शारिरिक विकासमा असर गरेको त्यसको अन्त्य गर्न स्थानीय सरकार नै सक्रिय हुनु पर्ने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए । ‘आमाबुबामध्ये एकको मृत्यु भएमा बालगृहमा नै राख्नुपर्ने एउटा मनोविज्ञान समाजमा रहेको छ,’ उनले भने,‘त्यस्तो मानसिकताको अन्त्य स्थानीय तवरबाट नै गर्नुपर्छ ।’

बालगृहमा राख्नेभन्दा आर्थिक हिसाबले विपन्न तथा सहारा नभएका बालबालिकालाई स्थानीय समाजमा नै उनीहरुको संरक्षण गर्नु आवश्यक रहेको मन्त्री बुढाक्षेत्रीले बताए । ‘अयन्त्र लगेर बालगृह वा आश्रम राख्ने अवस्थामा अन्त्य गर्न कर्णाली प्रदेश सरकार नीति बनाउनेछ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकार त्यस्ता बालबालिकाप्रति संम्वेदनशिल रहेको छ ।’

कर्णालीबाट राम्रो शिक्षा पाउने लोभमा आमाबाबुले नै अबैध ढंगबाट बालबालिकालाई बालगृहमा पठाउने गरेको कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले बताए । ‘कर्णालीका विगत केही वर्ष द्वन्द्वका नाममा बालबालिकालाई अबैध बालगृहमा पठाउने चलन नै चलेको थियो ।

त्यस्ता बालबालिकाको पछि गएर केही संघसंस्थाले उद्दार गरेर परिवारमा नै पुर्नमिलन गराएका थिए,’ उनले भने,‘अहिले त्यो चलन केही कम भएपनि बालगृहमा जानेको संख्या घट्न सकेको छैन् । उनीहरुलाई समाज नै संरक्षणको व्यवस्था गर्न जरुरी रहेको छ ।’

विगतमा सहारा नभएका बालबालिकालाई बालगृह नै पठाउने गरेमा अबका दिनमा बालगृह नै बन्द गर्नुपर्ने आवाज उठ्न थालेको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बताए । ‘कुनै बालबालिका सहाराबिहिन भएका बालगृह नै राख्नुपर्ने आम मानसिकता रहेको छ,’ उनले भने,‘त्यसको अन्त्य गर्नुपर्ने अहिले आवश्यकता रहेको छ ।’

कर्णालीका १४ वटा बालगृहमा ५७९ जना बालबालिकाले आश्रय लिइरहेको तथ्याङ्क रहेको र तीनिहरुको अवस्था विषयमा अहिले पनि अनुगमन हुन नसकोको कार्यकारी निर्देशक धरेलले जानकारी दिए ।

‘प्रदेश सरकार र राष्ट्रिय बालअधिकार परिषद् मिलेर ती बालगृहको अनुगमन गरेर त्यहाँको अवस्थाका बिषयमा जानकारी लिन जरुरी रहेको छ,’ उनले भने,‘प्रदेश सरकारसँग मिलेर राष्ट्रिय बालअधिकार परिषद् बालबालिका क्षेत्रमा काम गर्न सदैब तयार रहेको छ ।’

कर्णालीका बालबालिको अवस्था भिन्न रहेको त्यसका लागि मन्त्रालयले बिषेश कार्यक्रम ल्याउने सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

कर्णाली जस्ता दुर्गम विकट जिल्लाबाट बालबालिकालाई राम्रो शिक्षा दिने भन्दै केही बालगृहहरुले काठमाडौं, पोखरा, विराटनगर, चितवन र भारतका शहरहरुपनि बालबालिका पुर्‍याउने गरेको आधार नेपालका देशीय निर्देशक प्रल्हाद ढकालले बताए । ‘कर्णालीका दुर्गम जिल्लाका बालबालिकालाई स्थानीय भोट बैंकका रुपमा प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘अभिभावकहरुबाट बालबालिकालाई राम्रो ठाउँमा पढाउने बाहनामा पैसा पनि असुल गर्ने गरेका छन् ।’

परिवारबाट बालबालिका टाढा राख्दा उनीहरुको बौद्धिक विकासमा असर गर्ने गरेको ‘फर्गेट मी नट’ का देशिय निर्देशक अन्जु पुनले बताइन् । ‘विश्वमा बालबालिका ओसारपसारमा नेपालको अवस्था भयाबह अवस्था रहेको छ,’ उनले भनिन्,‘बालबालिका ओसारपसार अन्त्य गर्नका लागि तिनै तहका सरकार लाग्नुपर्छ ।’

देशभर ४८९ वटा बालगृह रहेको त्यहाँ ११ हजार ३५० बालबालिका आश्रय लिइरहेको ती बालालिकामध्ये ८० प्रतिशतको आमा वा बाबु अभिभावक रहेको पाइएको हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले जानकारी दिए ।

नेपाल सरकारले ३९ वटा बालगृहबाट १ हजार ६९ जना बालबालिका बालगृहबाट उद्दार गर्दा कर्णाली प्रदेशका ६ सय २७ जना रहेको हिमाली नविन समाजका कार्यकारी निर्देशक लामाले बताए ।

कर्णालीमा बालगृहबाट उद्दार गरिएकामध्ये हुम्लाका सबैभन्दा बढी ७९ प्रतिशत, मुगुका २४ प्रतिशत, सुर्खेतका ४ प्रतिशत, रुकुमपश्चिम, जुम्ला, जाजरकोट र सल्यानका ३÷३ प्रतिशत बालबालिका रहेका हिमाली नविन समाजले जनाएको छ ।

त्यस्तै, कालिकोटका १ प्रतिशत, जाजरकोटका २ प्रतिशत र डोल्पाका ०.६ प्रतिशत बालबालिका रहेको हिमाली नविन समाजले जानकारी दिएको छ । संवाद डबलीका सचिब धनन्जय बुढाले केन्द्रीय राजनीतिको विषय र समस्याको बारे मात्रै नभएर बालबालिकाको क्षेत्रमा पनि आफ्नो सञ्चार माध्यम सक्रिय हुने र त्यहाँका समस्या समाधानमा आवाज बुलन्द पार्ने बताए ।

काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ ।

यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो ।

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।

“अहिले काठमाडौँ–काकँडभित्ता सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ”, उनले भने उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुटिने छ।

विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

भन्सार कार्यालयमा थन्किए सवारी साधन

भन्सार कार्यालयमा थन्किए सवारी साधन

लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् ।

कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो ।

बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठक राख्न नसकिएको भन्सार अधिकृतले जानकारी दिएका छन् ।

“भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उनले भने, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ ।

इञ्जिनीयरको फुर्सद नहँुदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।”

उनको भनाइ अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो ।

कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ ।

भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन ।

दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

भन्सार कार्यालयमा थन्किए सवारी साधन

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

काठमाडौँ-बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनी असोज ४ गते गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

विगत ५ दिन गंगालालमा उपचार गराइरहेका उनको मस्तिष्कको नाशामा रगत जमेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

न्यूरोमा २४ घण्टा उपचारपछि प्रमुख शर्माको स्वास्थ्य अवस्था केही सुधार आएसँगै उपचारमा संलग्न डाक्टरको सल्लाह अनुसार आइतबार बिहान उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएको स्वकीय उप–सचिव पारसमणि फुयालले जानकारी दिएका छन् ।

शनिबार दिनभर जसो प्रदेश प्रमुख शर्माको मुटुको चालमा कमी आई स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

अहिले भने उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको फुयालले बताएका छन् ।

प्रदेश प्रमुख शर्माको उपचारमा डा।सूर्य देवकोटाको नेतृत्वमा चिकित्सकहरु खटिएका छन् ।

उनी विगत ७ वर्षदेखि मुटु सम्बन्धी समस्याबाट पीडित छन् ।

सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

एजेन्सी-सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण भएको छ ।

उक्त बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

इपिएलमा चितवनको जीत

चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो ।

जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे ।

त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई-दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे ।

सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई-दुई विकेट लिए ।

जीतसँगै चितवनले दुई अङ्क जोडेको छ । विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।

सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

काठमाडौँ– सेयर बजारमा तरलता अभाबको प्रभाव देखा परेको छ ।

बैक तथा बितिय संस्थामा पैसाको अभाव तथा राष्ट्र बैकको ठुला लगानीकर्तालाई नियन्त्रण गर्ने नीतिले निरन्तर ओरालो लागेको बजार आजपनी घटेको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार घटेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क अनुसार आज सेयर बजार ६१.२७ अंकले घटेर २७५८.४८ अंकमा आएको छ ।

सेयर बजार कारोबारको अन्तिम ३ मिनेटमा २ अंकले घटेर ६१.२७ अंकमा ओर्लिएर २ हजार ७ सय ५८.४८ अंकमा सीमित भएको नेप्सेले जनाएको छ।

सेयर बजार २.१७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ५८.४८ अंकमा सीमित भएको हो।

आज १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ। गत साताको तुलनामा आज कारोबार पनि घटेको छ।

आज म्युचल फण्ड ०.०३ अंकले बढे पनि अन्य समूह घटेका छन् । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह ३७१ अंकले घटेको छ।

सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।

स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेकामा सातापछि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेकाले अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । अहिले पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी छन् ।

विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ ।

सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको नभएका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी भएकाले सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो।

भाइरल जरो र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले सजगता अपनाउन विद्यार्थीलाई भनिएकाले उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा जचाएर औषधि सेवन गरिरहेको प्रधानाध्यापक तिमिल्सिनाले बताउनुभयोे ।

जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो ।

जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ ।

अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

काठमाडौँ-अहिले नेपाली बजारमा चरम तरलता अभाव श्रृजना भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ बजारमा छोड्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ ।

गत दुई साता दुई हप्ताको लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो ।

७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो।

यस उपकरणको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम राष्ट्र बैंकले जम्मा गर्दछ।

तरलता अभावका कारण हरेक दिनजसो एसएलएफ (स्थायी तरलता) को प्रयोग गरिरहेको बैंकहरुले बुधबार पनि १२ पटक गरेर २८ अर्ब ३४ करोड रुपैयाँ प्रयोग गरेका छन्।

बैंकहरुले चालु आवमा मात्रै ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ बराबरको एसएलएफको प्रयोग गरेका छन्।

तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै

देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै

सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आज आइतबार देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै छ ।

प्रजनन स्वास्थ्य महिलाको अधिकारसँगै सुरक्षित गर्भपतन् प्रजनन् स्वास्थ्यको एक अभिन्न अंगको रुपमा परिभाषित गरिएको छ ।

संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ समेत जारी भई लागु भइसकेको छ ।

यद्यपि नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि जम्मा ४२ प्रतिशत महिला यसबारे जानकार रहेको पाइएको छ ।

यहीबीच १३ लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिइसकेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

गर्भपतन सेवा सुरक्षित, पहुँचमा पुर्याउनका लागि नीति र निर्देशिकाहरु परिस्कृत गरिदै लैजाने महाशाखाका निर्देशक डा. विवेकलाल बताउँछन् ।

४ हजारभन्दा धेरैलाई स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवालाई सञ्चालनमा आइरहेको महाशाखाको भनाइ छ ।

देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ ।

प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो ।

घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।

आज शव परीक्षण गरी अन्य थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् ।

यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।

महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भएको छ।

सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् ।

सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भएको छ ।

योसमेत आव २०७८\०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

काठमाडौं-गत हप्ता ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

काठमाडौंको कपनमा गत हप्ता ढलमा खसेर बेपत्ता भएका थिए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।

‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’

गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।

कपनमा ढलमा बेपत्ता भएका बालकको शव ललितपुरको घुसेलमा

इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

काठमाडौं-सरकारले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सार्वजनिक गरेको छ ।

आइतबार बिहान वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले एक हजार ४ सय जना कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।

इजरायल जान इच्छुक ६ हजार ३१७ जनामध्य जम्मा १ हजार ६ सय जना सिफारिसमा

सिफारिसको सुची