एमाले महाधिवेशन: सांस्कृतिक प्रस्तुति

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको छ ।

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् ।

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ ।

नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

एमाले महाधिवेशन: सांस्कृतिक प्रस्तुति

बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट

बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट

काठमाडौं-भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले आज बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् ।

भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागीता रहेको थियो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।

बालुवाटामा भाजपा नेताको देउवासँग भेटघाट

वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नभएपछि उपचारकालागी बैंककबाट चीनको सेन्जेन लगिएको छ।

उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचारका लागी लगिएको स्रोतले बताएको छ ।

वर्षमान पुनले डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचार गराइरहदा समेत स्वास्थयमा सुधार नभएपछी उनलाई अस्पतालले यहाँभन्दा थप उपचार गर्न नसक्ने भन्दै सेन्जेन लैजान सुझाव दिएको थियो ।

विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले नेता पुनलाई सताएको छ ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन गएका छन्।

आजै मध्यान्ह सेन्जेन अस्पताल पुगेर उपचार सुरू हुने बताइएको छ।

काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८ पुगेको थियो ।

थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुननिकट स्रोतले बताएको छ ।

यसरी बिलरुविन धेरै तलमाथि हुदा शरिरका अन्य अंगहरूमा पनि त्यसको असर पर्न सक्ने भएको र समितिभेज अस्पतालकै सुझावमा उनलाई चीन लगिएको बताईएको छ ।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका हुन्।

नेपालमा हुँदा पुनले ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका थिए ।

वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौँ-चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो ।

यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो ।

त्यसको अर्काे वर्ष अर्थात् आव २०७६/७७ मा यस कम्पनीले रु एक करोड २२ लाख नाफा कमाएको थियो ।

आव २०७७/७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा छ ।

सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनीनै नाफामा रहेको एकमात्र संस्था हो ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा पनि यो उल्लेख गरिएको छ ।

कम्पनीले आव २०७६/७७ देखि शेयरधनीलाई लाभांश बाँड्न थालेको छ ।

गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ ।

हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् ।

वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा रहेका छन् ।

सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।

नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् ।

वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ ।

हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ ।

यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताउनुहुन्छ ।

विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ ।

नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो ।

यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो ।

“यो तथ्याङ्कलाई हेर्दा नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ, विश्व बजारमा जडीबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडीबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित उत्तम अभ्यासलाई दिगो सङ्कलन, खेती, प्रशोधन, उत्पादन र बिक्री वितरणमा लागू गर्दै अधिकतम् रोजगारीको सिर्जना गरी विपन्न तथा निम्न आय भएका नागरिकको सामाजिक–आर्थिक अवस्थालाई उकास्ने काममा अघि बढेको छ”, महाप्रबन्धक कार्कीले भन्नुभयो ।

उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानीस्वरुप रु १८ करोड दिएको थियो ।

महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गर्नुभएको व्यापारिक योजनाअनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो ।

रु १० करोड शेयरका रूपमा रु आठ करोड ऋणस्वरुप सरकारले प्रदान गरेको हो ।

यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको जनाइएको छ ।

मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ ।

आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ ।

उत्पादन भवन अन्तिम चरणमा

कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ ।

यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ ।

नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ ।

यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ ।

राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो ।

कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ ।

आधुनिकरूपमा दोब्बर सन्चो उत्पादन

कम्पनीले लोकप्रिय उत्पादन सन्चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ ।

यसै आर्थिक वर्षदेखि ८५ लाख थान सन्चो सिसी उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ ।

कम्पनीले गत वर्ष पुसमा ४० लाख थान सन्चो सिसी उत्पादन गरी बिक्री गरेको थियो । विसं २०७७ अघि ३० लाख उत्पादन भइरहेको सन्चो नयाँ व्यावसायिक योजनासहित अघि बढेपछि दोब्बर उत्पादन हुन लागेको हो ।

नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ ।

सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या समाधान भई प्रयोग गर्नेको सङ्ख्या बढ्ने गरेको छ ।

कफ, रुघाखोकीलगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक रु ५० करोडको भारतबाट आयात हुने गरेको छ ।

सन्चोजस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ ।

बागमती प्रदेशसभा सदस्य विशाल खड्का यस्तै प्रकारका उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन नीति निर्माण तहबाट सहयोग गर्ने उद्देश्यले आफूले कम्पनीको भ्रमण गरेको बताउनुहुन्छ ।

प्रदेशसभा र प्रदेश सरकारका तर्फबाट जडीबुटी उत्पादन एवं प्रशोधनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ ।

कम्पनीले हाल बाराको तामाको गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गरेको छ ।

यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ ।

यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ ।

रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङ्ग्रे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

नेपालमा हिमाल, पहाड र तराई तीनवटै फरक भूगोल एवं हावापानीमा पाइने जडीबुटीलाई उपयोग गर्न तीनै तहका सरकारबीच सहकार्यको वातावरण बनाउन पनि कम्पनी लागिपरेको छ ।

स्थानीय तहसँग आफ्नो भूगोलभित्र कुन–कुन जातका कति थरि वनस्पति पाइन्छ भन्नेसम्मको सूचना नभएकाले सहकार्य गर्ने तयारीमा कम्पनी लागेको हो ।

नेपालमा पनि कर्णालीलाई जडीबुटीको भण्डार मानिन्छ ।

कम्पनीले कर्णालीको जडीबुटी क्षेत्रको अध्ययन भ्रमण गरेर त्यसको विकास र विस्तारका लागि मुख्यमन्त्रीसँग पनि वार्ता गरेको छ ।

अन्य प्रदेश सरकारसँग पनि सहकार्य गरी जडीबुटी उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको छ ।

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

एमालेको टुंगो हिन यात्रामा बादल

एमालेको टुंगो हिन यात्रामा बादल

काठमाडौं-माओवादी परित्याग गरेर एमालेका स्थायी कमिटी सदस्य भएका रामबहादुर थापा ‘बादल’को अहिलेसम्म आफू कुन पदमा उठ्ने भन्ने टुंगो लागेको छैन्।

एमालेमा भएका अधिकांश माओवादी नेता ओलीको मुख ताक्दै दिए खाने नदिए थुक निल्ने अबस्थामा रहेका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा उनले महाधिवेशनमा सकेसम्म एकताको सन्देश दिनको लागि सर्वसम्मतको प्रयासमै रहेको बताएका छन्।

एमालेमा उनको जनआधार नभएको हुदा त्यो भन्नु बाहेक उनिसँग अरु विकल्प नै छैन।

शुक्रबारबाट सुरु हुने महाधिवेशनको लागि चितवन पुगेका बादलले भोलिसम्मको परिस्थिति हेरेर आफ्नो उम्मेदवारीको विषय टुंगो लाग्ने प्रष्टाएता पनि उनलाई भोट हाल्ने मान्छे भने उनीसँगै लागेर एमाले प्रवेश गर्ने पुर्व माओवादी मात्रै हुन्।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतको प्रयास गरिरहेको बेलामा पुराना एमाले नेताहरूकै तीव्र आकांक्षाले ओलीलाई भाग पुर्याउन सकस परेको वेलामा यिन्ले के पाउने ठेगान छैन ।

पूर्व(माओवादी केन्द्र धारका नेता बादलले वरिष्ठ उपाध्यक्षमा दाबी गरेको भएपनी इस्वर पोखरेल र नेम्वाङ्ग का बिच ओलीले दया गरेमा यिनी कनिस्ट सम्म हुन सक्छन् ।

एमालेको टुंगो हिन यात्रामा बादल

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

दमक-पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।

खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो ।

जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो ।

सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ ।

सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ ।

लागुऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागुऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ ।

लागुऔषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ ।

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ ।

लागुऔषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ ।

बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागुऔषध जिल्लामा भित्रिने गरेको छ ।

त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पुर्‍याउने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागुऔषध ओसारपसार हुने गरेको छ ।

सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै

भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागुऔषध नेपाल आउने गरेको पाइएको छ ।

नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिणाममा भारततर्फ तस्करी हुनेगर्छ ।

सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन ।

तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उहाँको भनाइ छ ।

झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७÷७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्घि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए ।

तर चालू आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए ।

पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् ।

लागुऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् ।

लागुऔषध प्रयोगकर्ताहरूका अनुसार नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमावारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रैमास किनमेलका लागि काँकडभिट्टा र गौरीगञ्ज बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागूऔषध मुद्दामा जेलजीवन काटिरहेका एक युवा बताउँछन् ।

जहिल्यै भीडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागुऔषध तस्करले खेतबाट रातसाँझको समयमा समेत लागुऔषध नेपाल भित्रियाउने उहाँले बताउनुभयो ।

काँकडभिट्टा र गौरीगञ्जमा रु डेढ सयदेखि दुई सय पर्ने लागुऔषध काठमाडौं, चितवन र पोखरा पुर्‍याउँदा रु एक हजारदेखि तीन हजारसम्म प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू यस नाकातर्फ पल्किएको ती युवाको भनाइ छ ।

लागुओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन् ।

प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन् ।

विदेशी नागरिकले लागुऔषध नेपालको सीमानासम्म ल्याइदिने र त्यहाँबाट भने नेपालीले लागुऔषध स्थानीयस्तरमा पु¥याउने गरेको पाइएको छ ।

जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न हम्मेहम्मे पर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यसो त नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले पनि नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाइँमा पर्ने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

लागुऔषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरिआएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन् ।

झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् ।

त्यतिकै सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन् ।

सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ ।

पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ ।

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ-आगामी (मंसिर १५ गते) देखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय गरिएको छ ।

सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुने फुलकोर्टको निर्णय रहेको छ ।

यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित न्यायाधीशहरूले गएको कात्तिक ८ गतेदेखि नियमित सुनुवाइ गरेका छैनन् ।

बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेलीसहितका सीमित प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुँदै आएको छ ।

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

किबी खेतीबाट मनग्य आम्दानी

बनेपा-थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ ।

टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ ।

जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ फस्कोटमा विगत १६ वर्षदेखि किबीको स्याहार गर्दै आउनुभएका स्याङतानले यसबाट मनग्गे आम्दानी हुने बताउनुभयो ।

आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण किबी खेतीले दिएको छ ।

उहाँका अनुसार अब मङ्सिरको दोस्रो–तेस्रो सातादेखि किबी टिप्ने र ग्रेडिङ गरेर बजारीकरण गर्ने काम सुरु हुनेछ ।

हिमालयन अर्गानिक किबी फर्मले उत्पादन गर्दै आएको सो खेती १६ रोपनी जग्गामा भइरहेको छ ।

एउटा बोटमा ६० देखि ७० किलोसम्म फल्ने गरेको छ । फराकिलो क्षेत्रफलमा रोप्नुपर्ने भएकाले एक रोपनी जग्गामा करिब २० बोटसम्म खेती गर्न सकिने उहाँको भनाइ छ ।

रोपेको बोटबाट एक रोपनी क्षेत्रफलमा वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

यस हिसाबले यस खेतीबाट वार्षिक रु १६ लाखसम्म आम्दानी हुँदै आएको उहाँको भनाइ छ ।

विसं २०६२-६३ सालदेखि रोप्न सुरु गरेको सो खेती रोपेको तीन वर्षदेखि फल लाग्न थालेकोमा अहिले वार्षिक रुपमा निरन्तर उत्पादन र बिक्री हुँदै आएको स्याङतानले बताउनुभयो ।

“अहिले वार्षिक ६÷७ टन उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको किबी गुणस्तर भएकाले बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था छैन, स्तर अनुसारको उत्पादनको मूल्य पाउने गरेको छ ।”

नार्कमा जागिरे पाण्डेले जागिरबाट अवकासपछि किबी बगैँचा स्थापना गरेपछि मकवानपुर जिल्ला वाग्मती गाउँपालिका– ९ बेतेनी लिति घर भएका उहाँले अब व्यावसायिक रुपमा किबी खेतीमा काम गर्ने अवसर पाउनु भएको हो ।

सामान्यतया किबी फलेको २४० दिनमा फल पाक्ने गर्दछ ।

“वैशाखमा फल्न सुरु गरेर मङ्सिरसम्ममा पाकेर बेच्न तयार हुन्छ”, उहाँले भन्नुभयो, “ग्रेडिङको आधारमा आधा किलोको ए ग्रेडको रु ३५०, बी ग्रेडको रु २५० र सी ग्रेडको रु १५० देखि २०० सम्ममा बिक्री हुन्छ ।”

खेती गर्नेले एक पटक टिपेर थुपार्ने गरेका कारण समस्या आउने गरेको देखेको तर आफूहरुले गरेको खेतीमा भने मागको आधारमा टिप्ने र बजारीकरण गर्ने गरेका कारण खासै समया नभएको उहाँको भनाइ छ ।

पाकेर धेरै टिप्नुपर्ने अवस्था आएमा चिस्यानकेन्द्रमा लगेर राख्ने गरेको कारण खासै समस्या नहुने उहाँले बताउनुभयो ।

एक पटक लगाएपछि ५०–६० वर्षसम्म फल दिने किबीमा खासै रोग नलाग्ने भएकाले दुःख धेरै गर्नुनपर्ने र एक पटक लगाएपछि निरन्तर फल लिन पाउने भएका कारण पनि खती गर्नलाई सहज हुने उहाँको भनाइ छ ।

किबी खेतीसँगै सो फर्मबाट बिरुवासमेत बिक्री गर्दै आएको छ ।

सो फर्ममा फल बिक्रीका साथै नर्सरीसमेत राखेर थप आयआर्जन गर्दै आएको हो ।

कामदार स्याङतानका अनुसार भूकम्प अगाडि वर्षको ६÷७ हजार गोटा बिरुवा बेच्ने गरेकोमा त्यसपछि भने अहिले एक हजारदेखि एक हजार ५०० सम्म बिरुवा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सबै अर्डर अनुसार नै बिरुवा उत्पादन गरी थप आम्दानी गर्दै आउनुभएको छ ।

यहाँ उत्पादन भएका किबी काठमाडौँ भाटभटेनी सुपरमार्केटमा ग्रेडिङ गरेर प्याकेट बनाई बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

फर्म सञ्चालक पाण्डेले तेमाल गाउँपालिका–६ ठूलो पसलमा करिब ५०–६० रोपनीमा ड्रागन फ्रुट र मेकाडेमिय नटको खेती गरिरहनुभएको छ ।

यसअघि सबै परिवार नै सो फर्ममा काम गरेको उहाँले अब छुट्टै गर्ने सोच बनाएको सुनाउनुभयो ।

त्यसका लागि चार पाँच रोपनी जग्गाको व्यवस्थापनमा लागिरहको उहाँको भनाइ छ ।

अहिलेसम्ममा उहाँले मासिक रु २० हजारमा फर्म सञ्चालक डा सूर्यप्रसाद पाण्डेकोमा काम गर्दै आउनुभएको छ ।

सोही फर्ममा काम गरेको अनुभवको आधारमा नर्सरी सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

किबीलगायत एभोकाडो, कागतीको नर्सरी व्यवसाय सञ्चालन गर्ने तयारी

खेती सुरु गरेदेखि त्यही काम गर्दै आउनुभएका उहाँ अब आफैले किबीलगायत एभोकाडो, कागतीको नर्सरी व्यवसाय सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ ।

“स्थापनाकालदेखि नै यही काम गरेँ, अब आफैले लगानी गरेर छुट्टै नर्सरी व्यवसाय सुरु गर्ने गरी सबै तयारी गरिसकेको छु”, उहाँले भन्नुभयो, “उत्पादन हुने बिरुवा बिक्री गर्न कुनै समस्या नहुने भएकाले नर्सरी व्यवसाय गर्ने तयारीमा छु ।”

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ ।

फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ ।

किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ ।

एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो ४०० देखि ६०० रुपैयाँसम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।

ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

काठमाडौं-१५ सयजनालाई ठगेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल छाड्ने तयारीमा रहेको पाईएको छ ।

नेपाल छाड्ने तयारीमा रहेकै बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको तथ्य बाहिर आएको छ ।

उनलाई नेपाल छाड्ने योजना बनाइरहेकै बेला पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

इच्छाराज तामाङसहित १२ जनाविरुद्ध झन्डै १५ सयजनाले उजुरी दिएका छन् ।

उनीहरूविरुद्ध १४ सय ८० जनाले उजुरी दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जनाएको छ ।

सीआईबी प्रमुख धीरजप्रताप सिंहलेका अनुसार इच्छाराज तामाङ पक्राउ नपरेको भए नेपाल छाड्ने तयारीमा रहेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षणमा रहेका तामाङ्लाई सीआईबीले झन्डै दुई महिना लगाएर पक्राउ गर्न सफल भएको जनाएको छ ।

अघिल्लो निर्वाचनमा इच्छाराज तामाङ नेकपा एमालेको तर्फवाट प्रतिनिधी सभा सदस्य समेत भएका थिए ।

केपी ओलीको आर्शिवादले उनी प्रतिनिधी सभा सदस्य भएका हुन् ।

तामाङले आफू ओलीको साढु भाई भएको बताउँथे

राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए ।

ओलीको सरकार ढलेसँगै उनी नेपाल छाड्ने तयारीमा रहेका प्रहरीले जनाएको छ ।

इच्छाराज तामाङले महान्यायधीवक्ता अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेका थिए ।

खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ ।

तामाङसहित सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा १२ जनालाई गएको असोज १८ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

तामाङकी श्रीमती फरार छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको ब्युरो प्रमुख डीआईजी सिंहले बताए ।

प्रहरीले आज–भोलिमै उनको मुद्दा बुझाउने तयारी गरेको छ ।

तामाङले सिभिल सहकारीमा १४ सय ८० बचतकर्ताको पाँच अर्ब ६३ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ ।

तामाङले सिभिल सहकारीबाट ९० प्रतिशत बढी रकम आफ्नै नातागोताका नाममा विभिन्न कम्पनी खडा गरेर ‘लोन’ लिएको पाइएको छ ।

तामाङबाट सरकारी उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी समेत ठगिएको पाइएको छ ।

ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

काठमाडौँ-महासचिवभन्दा सानो पदमा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

१० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे ।

शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

भीम रावलले रोके ओलीको रात्रिभोज

भीम रावलले रोके ओलीको रात्रिभोज

काठमाडौं– महाधिवेशनस्थल चितवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको रात्रिभोज भीम रावलले रोकी दिएका छन् ।

पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि ओलीले गर्ने भनिएको रात्रिभोज रोकिएको हो ।

रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए।

अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो।

अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो।

एमालेको १० औं महाधिवेशनबाट ओलीले सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरेका थिए। सोही अपेक्षाबमोजिम उनले मनोनयन दर्तापछि रात्रिभोजको आयोजना गरेका थिए।

उपाध्यक्ष रावलले अध्यक्षमा चुनौती दिने घोषणा गरेका छन् । उनको घोषणापछि १२ गते मतदान भएपछि अध्यक्षको टुंगो लाग्नेछ।

भीम रावलले रोके ओलीको रात्रिभोज

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ ।

महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ ।

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

गैँडाको मस्कट तयार

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ ।

मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो ।

चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ ।

मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ ।

यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ ।

उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएके छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन् ।

होटलको २०० मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।

महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला सङ्घ र प्रगतिशील ललितकला सङ्घको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।

विसं २०५५ देखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा चित्र कोरिएको बताउनुभयो ।

करिब २०० लामो पर्खामा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीले चित्र चित्रकलामा भाग लिएका जानकारी दिनुभयो ।

कलाकारले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् ।

उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ ।

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं-आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् ।

नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ ।

मार्चपासमा सहभागी हुने बारसहितका पेशागत संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् ।

देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ ।

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

काठमाडौँ-चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।

राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो ।

पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो ।

यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौँकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताउनुभयो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनुभयो ।

राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताउनुभयो ।

उहाँले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राख्नुभयो ।

सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राख्नुभएको थियो ।

गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि

गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि

गुन्डा नाईके गणेश लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन्।

उनले आफू महाधिवेशन प्रतिनिधि जितेको फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।

उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन्।

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन्।

गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए ।

गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।

लामा पहिले ‘काभ्रेली समूह’ बाट गुन्डागर्दीमा सक्रिय थिए।

उनलाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएको थियो।

गुन्डा नाईके गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि