माओवादीको राष्ट्रिय सम्मेलन: नेतृत्व भन्दा नीतिमा केन्द्रित

माओवादीको राष्ट्रिय सम्मेलन: नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ ।

सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ ।

महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।

जनता,नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको थियो ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकका रूपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाइमा पुर्‍याउने र भरपर्दो कम्युुनिष्ट शक्तिका रूपमा स्थापित गर्ने बताएको छ ।

प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटनसत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन)मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौँमा आइसकेका छन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुने

सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् ।

ती प्रतिवेदनमाथि विभिन्न २० समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ ।

यसमा आवश्यकतानुसार केही परिवर्तन पनि हुन सक्नेछ ।

माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत छ ।

राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन)ले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरूपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन ।

सम्मेलनमा कूल एक हजार ६३१ जनाको प्रतिनिधित्व हुनेछ ।

नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनित १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने छ ।

माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधिमात्रै मनोनयन गर्ने बताएको थियो । यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् ।

यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ ।

महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा

महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो ।

त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो ।

आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्‍यो ।

प्रदेश २ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो ।

बागमती र प्रदेश १ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबारको स्थायी समितिको बैठकले पार्टीको पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ ।

माओवादीको यसपटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ ।

यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेश गरिसकेको अवस्था छैन ।

पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताले दाबी गरिरहेका छन् ।

सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दाबी गर्नुभएको छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गर्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दाबी गर्नुभएको छ ।

तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालिसकेको भन्दै भुसालले आफू महासचिवका लागि योग्य रहेको बताउनुभएको हो ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४)र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ ।

खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ ।

माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलन: नेतृत्व भन्दा नीतिमा केन्द्रित

रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने

रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने

काठमाडौँ-नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा रेडक्रसलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी गराउनुभएको थियो ।

डेढ वर्षअघि गठन भएको तदर्थ समितिले नियमावली संशोधन गरी कर्मचारी आतङ्कित गरेकाले त्यो निर्णय सच्याउन कर्मचारी सङ्घका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले माग गर्नुभएको छ ।

समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय काठमाडौँले पत्राचार गर्दा पनि विधान एवम् नियमावलीविपरीतका गतिविधि जारी राखेको, केन्द्रीय कार्यालय बाहिर बैठक बसेर गरिएका निर्णय कार्यान्वयन नहुने भन्दै कर्मचारीले विरोध जनाउँदै आएका छन् ।

रेडक्रसका कर्मचारी दुई साताअघिदेखि तदर्थ समितिका अवैध निर्णय खारेजीको माग गर्दै केन्द्रीय कार्यालय परिसरमै धर्नामा बसेका हुन् ।

तदर्थ समितिको २०७७ साल पुस ९ गतेको बैठकले कार्यकारी निर्देशकको पदावधि तीन वर्ष र निर्देशकको पदावधि पाँच वर्ष तोक्ने निर्णय गरेको थियो ।

यो निर्णय सोसाइटीको नियमावलीविपरीत भएको भन्दै कर्मचारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए ।

प्रशासनले विधान एवम् नियमावलीविपरीतका काम नगर्नु भनी सोसाइटीलाई पत्राचार गरेको छ ।

तदर्थ समितिले प्रशासन कार्यालयका पत्राचार विपरीत कार्यकारी निर्देशक र एक निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

तदर्थ समितिको गत मङ्सिर २२ गतेको निर्णयले कार्यकारी निर्देशक र निर्देशकलाई अवकाश दिएको हो ।

सहकर्मीलाई अवकाश दिएपछि सोसाइटी कर्मचारी सङ्घको ब्यानरमा एक हप्तादेखि विधिको शासनको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डा मनिता राजभण्डारीलाई निकालेपछि तदर्थ समितिले ती पदमा विज्ञापन गर्न लागेको जनाइएको छ ।

तदर्थ समिति नै अवैध

उच्च अदालत पाटनको आदेशअनुसार यही पुस ३ गतेदेखि तदर्थ समिति नै अवैध भएको कर्मचारीको भनाइ छ ।

सरकारले २०७७ साउन १२ गते रेडक्रसको तत्कालीन कार्य समिति भङ्ग गरी नेत्र तिमल्सिनाको अध्यक्षतामा तीन महिनामा अधिवेशन गर्ने गरी नयाँ कार्यसमिति गठन गरेको थियो ।

कोभिडका कारण तीन महिनामा अधिवेशन गर्न सकिएन भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर एक वर्ष म्याद थप भएको थियो ।

म्याद थप भएको एक वर्षमा पनि कोरोना महामारीले निषेधाज्ञा जारी भएको समय उच्च अदालत पाटनले थप गरेकामा त्यो पनि पुस ३ गते सकिएको कर्मचारी सङ्घका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

सङ्घको नेतृत्वमा कर्मचारी विभिन्न विषयमा कुरा सुनलगायत ‘प्ले कार्ड’ राखेर तालाबन्दीसहित धर्नामा बसेका छन् ।

सोसाइटी तदर्थ समितिका अध्यक्ष तिमल्सिना जिल्ला प्रशासन कार्यालयले कार्यकारी निर्देशक र निर्देशक हटाउने निर्णय गलत भनी नलेखेको दाबी गर्नुहुन्छ ।

कर्मचारीले म्याद सकियो भनी हल्ला गरे पनि आगामी माघ ४ गतेसम्म तदर्थ समितिको समय बाँकी रहेको पनि उहाँले सुनाउनुभयो ।

मानवीय सेवामा समर्पित हुने भनी विश्वमै नाम कमाएको रेडक्रस नेपालमा भने पछिल्लो समय विभिन्न विवादमा मुछिने गरेको छ ।

कर्मचारीको आन्दोलनले रक्त सञ्चारलगायत सेवा पनि प्रभावित भएका छन् ।

रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने

संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले संसदमा गाईजात्रा देखाइरहेको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेको सत्य सावित गर्न एमालेले संसदमा गाईजात्रा देखाइरहेको प्रचण्डको तर्क थियो ।

उनले भने, ‘संविधान उल्टाउन चाहने तत्वहरु अहिले पनि चुप छैन। सदनमा गाईजात्रा देखाइरहेका छन्।

सर्वोच्च र निर्वाचन आयोगको फैसलाविरुद्ध एमाले गुट प्रतिनिधिसभा काम छैन भन्ने सावित गर्नको लागि संसद चल्न दिइरहेको छैन । पहिला आफूले दुई पटक विघटन गरेको सत्य सावित गर्न गाईजात्रा देखाइरहेको छ।’

एमालेले गठबन्धन फुटाउन विभिन्न षड्यन्त्र गरिरहेको र यो एमालेको दिवा सपना कुनै हालतमा पुरा नहुने उनले बताए ।

संविधान र लोकतन्त्र उल्ट्याउनका लागि एमाले जस्ता भिजिलान्तेसँग लागेर प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउन थालेको उनको भनाई थियो।

प्रचण्डले भने, ‘गठबन्धन टुटाउन कांग्रेस तयार भयो भने एमसिसी पास गर्न दिएर कांग्रेसको एकलौटी सरकार बनाउन दिने बताइरहेका छन् ।

यी खालका नाटक चलिरहेका छन् ।

एमसिसीको बिषयमा राष्टिय हित र जनताको भावनालाई हितलाई लिएर आवश्यक परिमार्जन गरेर अगाडि बढाउने पक्षमा छौँ। अहिलेकै अवस्थामा अगाडि जाँदैन।’

पहिलो पार्टी बनेको बेलामा जनताहरुप्रति गम्भिर बन्न नसकेको उनले स्वीकारे ।

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अहिलेकै अवस्थामा पारित नहुने उनले बताए।

‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ।

अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ’ प्रचण्डले भने।

संसदमा एमालेको गाईजात्रा: प्रचण्ड

सैनिक सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ

सैनिक सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ

काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ गरेका छन् ।

बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गरि उनले ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जा–२०७८’ को सुभारम्भ गरेका हुन् ।

नेपाली सेनाले सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान वा श्रीमतिको नाममा नेपालभित्र आफ्नो घर नम्बर नभएका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर जम्मा ३.३२ प्रतिशतमा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याएको हो ।

हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरु प्राप्त हुने क्रममा रहेका छन् ।

प्रधानसेनापति शर्माले पदवहाली पश्चात सकलदर्जालाई सम्बोधन गर्दै उक्त आवासकर्जा कार्यक्रम लागु गर्ने प्रतिबद्धता गरेका थिए ।

सो बमोजिम मिति २०७८ कार्तिक २२ गते राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ मा सम्झौता भएको थियो ।

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०-३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ ।

चिसो अझै बढ्नसक्ने: सतर्कता अपनाउन अनुरोध

चिसो अझै बढ्नसक्ने: सतर्कता अपनाउन अनुरोध

पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ ।

दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।

गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो ।

आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

“अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “अधिकतम तापक्रम एक÷दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन” अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली

उहाँका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

उच्च पहाडी भेगमा हल्का हिमपात र एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ ।

महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा-सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

चिसो अझै बढ्नसक्ने: सतर्कता अपनाउन अनुरोध

क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना दिँदै उहाँले यस पावन पर्वले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राख्नुभएको छ ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्नु भयो ।

उहाँले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका स्मरण गर्नुभएको छ ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले विकृतिलाई रोक्दै भड्किलो हुन नदिन र कमभन्दा कम खर्चमा चाड पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

विश्वमा पुनःफैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ नेपालमा पनि थप फैलनसक्ने विज्ञले चेतावनी दिइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले विज्ञको सुझावलाई ध्यान दिन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै क्रिसमस मनाउन आग्रह गर्नुभएको छ ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।

यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ ।

समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो ।

इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

माओवादी स्थायी समिति बैठक बस्दै

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।

बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

माओवादी स्थायी समिति बैठक बस्दै

विराटनगरमै सिक्किमको एमजी रोड

विराटनगरमै सिक्किमको एमजी रोड

विराटनगर-प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ ।

सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवं ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ ।

यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना अघि सारेर काम सुरु गरेको बताइएको छ ।

भारतको सिक्किममा एमजी रोडबाट प्रशिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौँ एमजीरोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन् ।

अहिले सो झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरु गरेको अभियानका विषयमा अतिरञ्जित गर्न खोजिएको जनाइएको छ ।

महानगरपालिकाले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयसँग पर्याप्त छलफल गरेर नै यो कार्यक्रम ल्याएको जनाएको हो ।

विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ ।

महानगरका प्रमुख भीम पराजुलीले स्थानीय घरधुरीसँग निर्माणका विषयमा गुरुयोजना बनाउँदै सहमति गरिएको, स्थानीयको सुझावका आधारमा निर्माणका कार्य समाविष्ट गरिएको, रोड ब्लक नहुने गरी आवागमन व्यवस्थित गर्न लागिएको, रथयात्रा गर्नका लागिसमेत समस्या नपर्ने, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक आवागमन नरोकिने गरी र पार्किङको समेत व्यवस्थापन हुनेगरी व्युटिफिकेसन गर्न लागिएको जानकारी दिनुभयो ।

विकासका कुरामा नगरवासी कसैले पनि अवरोध नगरौँ

उहाँले पराजुलीले भत्रुभयो, “विकासका कुरामा नगरवासी कसैले पनि अवरोध नगरौँ, जनताको चाहनाअनुरुप नै विकास गर्ने हो, काम गर्न दिउँ ।”

हिमालय रोडको सौन्दर्यकरणका विषयमा केही मानिसले विरोध गर्दै आएका छन् । यसमा केही पसल व्यवसाय गर्ने मानिस पनि छन् ।

स्थानीयवासीका अनुसार कोठाभाडा बढ्ने हो की भत्रे चिन्ताका साथ केही मानिसले भ्रम फैलाइरहेको बताइन्छ ।

यद्यपी यो भ्रम र आरोपका कारण विराटनगरमा हुन लागेका विकास निर्माणका कार्य एकपछि अर्कोले पूर्णता पाउन सकिरहेको छैन ।

दिगो विकासका क्षेत्रमा काम गर्दै आएका शाहिल श्रेष्ठले भत्रुभयो, “स्थानीयको सुझावका आधारमा गर्न खोजिएको काममा बाहिरी मानिसको हस्तक्षेप नियोजित देखिन्छ, विकासको काममा राजनीति गरिरहने हो भने विराटनगरको विकास कहिले हुने ?” भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि महानगरपालिकाले यो योजना अगाडी सारेको हो ।

उक्त सडकलाई केही महिनाभित्रै सक्ने महानगरको योजना छ । एक सय ५० मिटर दूरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ ।

सिक्किमको एमजी रोड कै डिजाइनमा बत्र लागेको रोडमा घुम्न आउनेलाई बस्ने ठाँउ, सडकमै खान सकिने गरि स्ट्रिट फुडका स्टल, सडकका दुवै किनारमा आकर्षक रङरोगनसहितको मार्बल ओछ्याउनका साथै फूलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ ।

साथै रोडमा रातको समयमा विद्युत् जाँदा पनि बत्ती बलिरहने गरी सोलार बिजुली र सिसि क्यामेरा जडित आकर्षित मूर्ति राखिने भएको छ ।

सडकको दुवै किनारमा भएका भवनलाई आकर्षक रङ लगाइने बताइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हिमालय रोडको सौन्दर्यकरणले कसैलाई पनि हानी नहुने बरु सबैलाई आनन्दको अनुभूति हुने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले विराटनगरलाई नै चमक र चहकिलो बनाउने यो रोड करिब रु एक करोड ५० लाखभन्दा बढी लागतमा निर्माण हुनुले नै यसको सौन्दर्य र सजावटबाट विराटनगर आउने जो कोहीलाई आनन्द अनुभूति हुने बताउनुभयो ।

विराटनगरमै सिक्किमको एमजी रोड

केपि ओली गफाडी भैसके,‘बा’ भन्दिए पुग्छ: अध्यक्ष नेपाल

सल्यान-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी मात्रै भएको बताउनुभएको छ ।

जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी नै भएको उहाँले बताउनुभएको हो ।

पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताउनुभएको छ ।

‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुइतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उहाँले भन्नुभयो ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’

कम्युनिष्टको खोल ओडेर ओलीले यसरी गफ लगाउदैँमा कम्युनिष्ट हुनैनसक्ने उहाँको भनाई छ ।

पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सुर्य चिन्हमा ग्रहण लागेको बताउनुभयो ।

पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उहाँले बताउनुभयो ।

‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याणहुने छ’ उहाँले भन्नुभयो ‘पार्टी प्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुर्नगठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’

नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताउनुभयो । ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिकहो’ उहाँले भन्नुभयो ।

आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबिच गठबन्धन हुने बताउदैँ उहाँले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

फरक प्रसंगमा उहाँले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्लाभएको बताउनुभएको छ । जिल्लामा उत्पादनहुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उहाँले दाबी गर्नुभयो ।

उहाँले जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताउनुभएको छ ।

यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबैमा आग्रह गर्नुभएको छ ।

केही कार्यकर्ताहरु बिभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि बिस्तारै उनीहरु पनि आफ्नो भबिष्य सुनिश्चितको लागि कलम चिन्हभित्र गोलबद्धहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज शेर बहादुर केसी, प्रदेश अध्यक्ष अम्मर बहादुर थापा, केन्द्रिय सदस्य धिरेन्द्र श्रेष्ठ, भद्रसिंह बुढा, शारदा परियार, लक्ष्मण केसी, मोहन गौतम लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर दुइ सय बढी नेताकार्यकर्ताहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष उदय बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव भोला केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रमेश गौतमले गर्नुभएको थियो ।

जनताको भावनाअनुसार एमसीसी पास वा फेल

नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

शुक्रवार बिहान समाजवादी प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने बताउनुभयो ।

एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघिबढाउनु पर्ने उहाँको भनाई छ ।

समाजवादी प्रेस संगठन नेपाल सल्यानको अध्यक्षमा पुन सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको अध्यक्षतामा २ सदस्य पछि थपगर्ने गरी १५ सदस्यीय जिल्ला कार्यसमिती घोषणा गरिएको हो ।

जसको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा गिरी तथा कोषाध्यक्षमा महेश कुमार वली रहनुभएको छ ।

यस्तै सदस्यहरुमा सुनिल वली, लिला कुमारी वली, सुरेन्द चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनुनिश्चल बिक रहनुभएको छ ।

अग्रगमन पक्षधर ईन्जिनीयरलाई जिताउन पुर्व प्रधानमन्त्रि भट्टराईको अनुरोध

काठमाडौँ-पुर्व प्रधानमन्त्रि बावुराम भट्टराईले अग्रगमन पक्षधर गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ ।

एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उहाँले उक्त अनुरोध गर्नुभएको हो ।

काठमाडौस्थित कार्की बैंकेटमा आयोजना भएको भेलामा एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहका देसैभरका प्रगतिशिल ईन्जिनीयरहरुको उपस्थिती रहेको थियो ।

एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको निर्वाचन परिचालन मुल समितीका संयोजक ईन्जिनीयर सरोज कुमार उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष डा वाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

बिशिष्ट अतिथीमा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिती अध्यक्ष उपेन्द्र यादबको उपस्थिती रहेको थियो ।

साथै अर्का बिशिष्ट अतिथीमा वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको उपस्थिती रहेको थियो ।

कार्यक्रको बिशेष अतिथीमा उर्जा मन्त्री पम्फा भुसाल , सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, यातायात मन्त्री रेणु कुमारी यादव, पर्यटन मन्त्री प्रेम आले , कृषी मन्त्री महेन्द्र राय यादव , शहरी विकास मन्त्री राम कुमारी झाक्री, एकिकृत प्रगतिशिल ईन्जिनीयर समुहका सह संयोजक ई रामेश्वर लामिछाने तथा अर्का सह संयोजक ई तिमीला यमीको उपस्थिती रहेको थियो ।

पुर्व प्रधानमन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि भट्टराईले उमेदवार घोषणा भएका इन्जिनियरहरुलाइ बधाइ तथा शुभकामना दिदै समृद्ध नेपाल निर्माणका निम्ति पनि तपाईंहरूको बिजय आबश्यक रहेको भन्दै यो गठबन्धनले बिकासका निम्ति महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाले भन्नुभयो ‘अग्रगमन पक्षधर गठबन्धनलाई जिताउन म अनुरोध गर्दछु,। ‘उहाहरुलाई जिताउनुनै प्रतिगमन बिरुद्ध एउटा ठुलो सफलता हो ।’

कार्यक्रममा अर्का बिशिष्ट अतिथी जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिती अध्यक्ष उपेन्द्र यादबले सम्बोधन गर्दै परिवर्तनको लागी तपाईंहरूले जित्नुपर्छ र यो जित अग्रगमनको निम्ति पनि आवश्यक छ भन्दै हाम्रो सबै शक्ति तपाईंहरू माझ हुने बताउनु भयाे ।

उहाँले देश निर्माणको सम्बाहकको रुपमा ईन्जिनीयरलाई ब्याख्या गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको निर्वाचन परिचालन मुल समितीका संयोजक ईन्जिनीयर सरोज कुमार उपाध्यायले अबको चुनाब पश्चात एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहले नेपाल ईन्जिनीयरर्स एसोसियसनको तथा समग्र देश बिकाशको नेतृत्व गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उर्जामन्त्री पम्फा भुसालले समर्ग देश तथा उर्जा क्षेत्रको बिकाशमा ईन्जिनीयरको भुमिका महत्वपुर्ण रहेको बताउदै सम्पुर्ण उम्मेद्वारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले ईन्जिनीयर बिनाको बिकाश कल्पना गर्न नसकिने बताउनु भयो ।

उहाले नेपाल जस्तो बिकाश उन्मुख देशमा ईन्जिनीयरहरुले धेरै काम गर्न बाकी नै रहेको बताउदै सम्पुर्ण उम्मेद्वारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट संयोजक सरोजकुमार उपाध्यायले सबै उम्मेद्वारहरुको घोषणा गरि परिचय गराइदिनुभएको थियो।

कार्यक्रममा नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरुको घोषणा गरिएको थियो ।

त्यस्तै नेपाल ईन्जिनीयरर्स एसोसियसन वागमती प्रदेश दोस्रो कार्यकारिणी समितिका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरुको घोषणा गरिएको थियो ।

प्रगतिशील ईन्जिनीयर्स समुहले आफ्ना बिभिन्न उद्देश्यका साथ सम्पुर्ण ईन्जिनियरलाई सर्मथको आह्वान गरेर आफ्ना उम्मेद्वारको घोषणा गरेको हो ।

एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहले नेपाल ईन्जिनीयरर्स एसोसियसनको विधान संसोधन गरी विबेदकारी उमेर हद हटाउने , बिशुद्ध पेसागत संस्थाको रुपमा हस्तक्षेप रहित एसोसियसनको निर्माण् गर्ने, नयाँ ईन्जिनीयरलाई रोजगारी पर्वदन गर्ने लगायतका प्रतिबद्धता सहित देश भरका ईन्जिनीयरलाई हातेमालो गर्न आह्वान गरेको छ ।

नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरु निम्न रहेका छन्

अध्यक्ष: ई. डा. हरिराम पराजुली
उपाध्यक्ष: आ. न्हसला तुलाधर
महासचिव: ई. डा. शंकर ढकाल
उप-महासचिव: ई. डा. समित थापा
कोषाध्यक्ष: ई. श्याम नारायण चौधरी
सह-कोषाध्यक्ष: ई. स्मिता भट्ट
सदस्यहरु:
ई. संजिव नारायण यादव
ई. विकास महर्जन
ई. रामु श्रेष्ठ
ई. कुलभूषण शेखर शर्मा
ई. विशाल अधिकारी
ई. सुनिल दाहाल
ई. अशोक विष्ट
ई. रिजन गजुरेल
ई. रबिराज अधिकारी
ई. कृपानन्द यादव
ई. दिनबिनोद खड्का
ई. डा. हरि शंकर साह

नेपाल ईन्जिनियरीडं परिषद तर्फ

ई. गोविन्द पौडेल (समूह क)
आ. चादमाला श्रेष्ठ (समूह ख)
ई. देव नारायण यादव (समूह ग)
ई. यज्ञ प्रसाद गैरे (समूह घ)
ई. राहुल क्षेत्री (समूह ङ)

बागमती प्रदेश समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुह

केन्द्रीय सदस्य: ई. राम भारती

अध्यक्ष: ई. गिरीधर मिश्र
उपाध्यक्ष: ई. शिव प्रसाद भण्डारी
सचिव: ई. अमर चन्द्र निराला
सह-सचिव: ई. कमल पोखरेल
कोषाध्यक्ष: ई. उमेश जंग थापा
सदस्यहरु:
ई. राम बहादुर तामांग
ई. धिरेन्द्र कुँवर
ई. राम प्रसाद शर्मा
ई. मदन सुवेदी
ई.अर्जुन नेपाल
ई.नविन कुमार चौधरी
ई. आशिष थपलिया
ई.खेम बिक्रम थापा
ई. निज्ज्वल सिटौला
ई. धिरज बस्नेत

प्रदेश २ समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुह

सम्झौता गर्न देउवा भारत भ्रमण जादै

सम्झौता गर्न देउवा भारत भ्रमण जादै

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हुनेछ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला दुई देशका बीचमा महत्वपुर्ण सम्झौता समेत हुने बताइएको छ ।

नेपाल र भारत बीचको महाकाली सन्धि देउवाकै कार्यकालमा भएको थियो । महाकाली सन्धिका बेला त्यसको मुहान उल्लेख नगर्नुले अहिले लिपुलेक, लिम्पियाधुरा लगायतको भुभागको सन्द्रभमा भारतसँग नेपालको सिमाविबाद रहदै आएको छ ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।

सम्झौता गर्न देउवा भारत भ्रमण जादै

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा शर्मा नियुक्त

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौं-राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बोर्डको अध्यक्षमा शर्मा नियुक्त गरेको जानकारी गराएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । जसमध्ये शर्मालाई नियुक्त भएका हुन् ।

अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो ।

अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय दिएको थियो ।

बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए ।

प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा

प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा

काठमाडौं-नेपाल प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

संघीय प्रहरी कार्यालय, भैरहवाका कार्यरत नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादब मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले उनको परिवारलाई खबर गरेको छ ।

एसएसपी यादब त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत थिए ।

जिप्रका रुपन्देहीका डिएसपी नवरत्न पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक आँकलनमा उनले आत्महत्या गरेको देखिएको छ ।

कार्यालयमै रहेको क्वाटरमा भित्रबाट चुकुल लगाएको र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले शव नछोई परिवारलाई खबर गरेको हो ।

एसएसपी यादब अवकाशको मुखमा थिए । बढुवा नभएकोमा पनि उनी फ्रस्टेसनमा रहेको बताइन्छ ।

डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस

डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस

काठमाडौँ-नेपाल प्रहरी बढुवा समितिको बैठकले डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस गरेको छ ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाको लागि बुधवार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

डिआइजी बढुवाको लागि एसएसपीको नाम सिफारिस

नेपालद्वारा माल्दिभ्स पराजित

नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

नेपाले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो ।

यसअघि हिजो भएको पहिलो खेलमा भने नेपालले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो ।

लगातार दोस्रो जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

अब नेपाली महिला टोलीले भोलि आयोजक बङ्गलादेशसँग खेल्नेछ । महिलातर्फको खेलमा विभिन्न छ राष्ट्र सहभागी छन् ।

जसमा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविनका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी पुरुषतर्फको खेलमा नेपालले आज नै उज्वेकिस्तानसँग खेल्दैछ । खेल साँझ ५ः४५ बजे हुनेछ

पहिलो खेलमा आयोजक बङ्गलादेशसँग पराजित भएको नेपाल उज्वेकिस्तानलाई भने पराजित गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

पुरुषतर्फको खेलमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ ।

जसमा आयोजक बङ्गलादेशसहित, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

नेपालद्वारा माल्दिभ्स पराजित