प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

काठमाडौं-नेपाली कर्मचारीतन्त्रमा बेथिती र विसंगती सामान्य भैसकेको छ । तिनै बेथिती र विसंगती भित्र अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जोडिन पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवसहित ५ जना सचिवको दरबन्दी रहेको छ ।

तर ५ जना सचिबको दरबन्दी रहेको कार्यालयमा त्यसको दोब्बर सचिब रहेका छन् भन्दा जो केही सर्वसाधारणलाई अच्चम लाग्ने गर्छ ।

तर यो यर्थाथ हो चाकडीको भरमा दरबन्दी थपेरै सचिवमा बढुवा हुने परिपाटीले यो अबस्था श्रृजना भएको हो ।

अहिले ५ जनाको दरबन्दी रहेको कार्यालयमा १० जना सचिव भएपछि सबैको जिम्मेवारी तय हुन सकेको छैन ।

जिम्मेवारी तय नहुदा ५ जना सचिब प्रधानमन्त्री कार्यलयमा थन्किएर बसेका छन् ।

प्रधानमन्त्री कार्यालयले चाकडीको भरमा दरबन्दी थपेरै भएपनी सचिब नियुक्त गर्दै लैजान थालेपछि प्रशासनिक वृत्तमा यो बेथितिबारे बहस सुरु भएको छ।

एकपछि अर्का सचिव प्रधानमन्त्री कार्यालयमा पुग्दा उक्त कार्यलय अहिले सचिबको गोदामको रुपमा चित्रण हुन थालेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुनका एकसहित ५ सचिवको दरबन्दी थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि पुस २१ र ३० गते कार्यालयमा एक(एक जना सचिवको दरबन्दी थप गरियो ।

यो निर्णयपछि प्रधानमन्त्री कार्यालयमा सचिवको संख्या ७ पुग्यो।
त्यस पश्चात बिभिन्न क्षेत्रबाट सरुवा भएका अन्य सचिवलाई समेत गोदामको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याउन तथा पठाउन थालियो ।

सचिव ल्याउँदै गोदाममा थन्क्याउँदै गर्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले सचिव संख्या १० पुगेको छ ।

५ जना सचिवको भूमिका स्पष्ट भए पनि अन्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुनै काम छैन ।

हाल मुख्यसचिव शंकरदास बैरागीसहित शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा, लक्ष्मण अर्याल, रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया, सूर्यप्रसाद गौतम, धनराज ज्ञवाली, खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी) र मधुसुदन बुर्लाकोटी (अतिरिक्त) सचिव प्रधानमन्त्री कार्यालयमा छन्।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा लक्ष्मण अर्याल, डा. रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया र सूर्यप्रसाद गौतमसहित विशेष र अतिरिक्त सचिव भनिएकाहरूको पनि जिम्मेवारी विहिन देखाईएको छ ।

कानुनतर्फ र स्वास्थ्यतर्फका सचिवलाई पनि कार्यालयमा राखेर मन्त्रालयका गतिविधिलाई प्रधानमन्त्री कार्यालयबाट हेर्न लगाइएको छ।

सचिव यामकुमारी खतिवडालाई महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको हो। अहिले कार्यालयमा नै स्वास्थ्य हेर्ने जिम्मा खतिवडालाई दिइएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। बुर्लाकोटीलाई कुनै जिम्मेवारी दिइएको छैन।

बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशेष पद सिर्जना गरिएको भए पनि उनी सेवानिवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

विशेष दरबन्दीमा राखिएका सचिव नेपाललाई स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो ।

त्यहाँ सचिवकै विषयलाई लिएर विवाद भएपछि उनलाई फेरि प्रधानमन्त्री कार्यालयमा तानियो।

सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुपारेर के गर्न खोजिएको हो अहिले सम्म कसैले त्यस्को भेउ पाएका छैनन् ।

प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको चुनावको मतगणना सुरु भएको छ ।

लुम्बिनी प्रदेशको चुनाव दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

१२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदातारहेको लुम्बिनी प्रदेशमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।

लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

मन्त्रिपरिषद बैठक-जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

मन्त्रिपरिषद बैठक-जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारले सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बैठकले भोजपुरस्थित नेपाली सेनाको फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकाको वनक्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

सरकारले विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेसनरी प्रचलनमा नल्याउने र कानुनबमोजिम नष्ट गरी मिनाह गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठक-जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

काठमाडौँ-पुरातत्व विभागले एक जना कर्मचारीलाई सेवाबाट निश्काशित गरेको छ ।

प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना कर्मचारीलाई विभागले सेवाबाट हटाएको हो ।

विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट निश्काशित गरेको हो ।

९० दिनसम्म लगातार कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

उनले बिदा स्वीकृत समेत नगराई ९० दिनसम्म कार्यालयमा अनुपस्थित भएको कार्यालयले बताएको छ ।

यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्छ: अध्यक्ष नेपाल

काठमाडौं-सत्तासाझेदार नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले आफ्नो पार्टीले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ।

५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ ।

सातैवटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ ।

मोआवादी ५ जना, कांग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ ।

ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ। हामीलाई आशा छ। १९ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरंग पैदा गर्नेछ।

उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए।

अहिले आफ्नो पार्टी ५ दलीय गठबन्धनमा रहेको र ५ दलीय गठबन्धनका सबै दलहरू मिलेर राष्ट्रियसभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेको उनको भनाइ थियो ।

उनले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप नै हुनुपर्नेमा जोड दिएका छन् ।

उनले सत्तारुढ दलहरुबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए।

अध्यक्ष नेपालले आज (बुधबार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारूढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे ।

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै रातिसम्म

काठमाडौं-राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

१९ पदका लागि भैरहेकाे निर्वाचनकाे मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगले जनाएकाे छ ।

सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ ।

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ ।

रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते हुनुभएको छ ।

उहाँ सवार शुद्धोदन गाउँपालिकाको बा.२.झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु.१.प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो ।

उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते हुनुभएको छ ।

घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

बैंकर्स सङ्घको आग्रह

बैंकर्स सङ्घको आग्रह

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ ।

सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो ।

सङघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेकोे पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सङ्घले जारी गरेको सूचनामा भनिएको छ ।

यही माघ ९ गते नेपाल राष्ट्र बैंकले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

पछिल्लो समय नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएको छ ।

जसअनुसार मङ्गलबार राजस्व अनुसन्धान विभागले सो कारोबारमा संलग्न भएको भन्दै एकै परिवारका तीनसहित चार जनाविरुद्ध रु ३७ करोड बढी माग दाबी गर्दै मुद्दा दायर गरेकोे छ ।

बैंकर्स सङ्घको आग्रह

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको छ ।

यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।

तथ्यांक विभागका अनुसार पुरुषको संख्या महिलाको तुलनामा कम रहेको छ ।

६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको हे ।

विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो ।

यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् ।

यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ ।

२०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४।३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् ।

यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ ।

मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको अधिकतम् तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोे छ ।

सचिवको आवश्यकता अध्ययन गर्न कार्यदल: सचिवको दरबन्दी कटौती हुने

सचिवको आवश्यकता अध्ययन गर्न कार्यदल: सचिवको दरबन्दी कटौती हुने

सरकारले विशिष्ट श्रेणीका सचिव र प्रदेश सचिवहरूको आवश्यकता, सङ्ख्या र क्लष्टरको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको हो ।

गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आधा दर्जन सचिव सदस्य रहने गरि कार्यदल गठन गरेको हो ।

जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, अर्थ सचिव मधु कुमार मरासिनी, वन तथा वातावरण सचिव पेम नारायण कँडेल, कानुन सचिव उदय राज सापकोटा र सदस्य सचिवमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी रहेको उक्त कमिटीलाई अध्ययन गरेर प्रतिवेदन पेस गर्न ३० दिनको समय दिईएको छ ।

मन्त्रालयहरूमा दुई(दुई जना सचिवको आवश्यकता नरहेको भन्ने आबाज ब्यापक रुपमा कर्मचारी वृतमा उठिरहदा मुख्य सचिव शंकरदाश वैरागीको अग्रसरतामा कमिटी गठन गरिएको हो ।

सचिवहरुको कार्यकक्षसम्म व्यवस्थापन गर्न नसकेर हाजिर गरेर फर्कनु पर्ने अबस्था श्रृजना भएसँगै देशमा बास्तबिक रुपमा अबस्य सचिवहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको बुझिएको छ ।

प्रशासनतर्फ एक विशेष सचिव र प्राविधिक तर्फ दरबन्दी नै थप गरेसँगै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० जना सचिव रहेका छन् ।

निजी स्वार्थकालागी विशिष्ट श्रेणी जस्तो पद थपिँदा त्यसले सिङ्गो कर्मचारीतन्त्रलाई भद्रगोल बनाएको छ ।

पद थपिँदा राज्यलाई थप आर्थिक भार समेत श्रृजना भएको छ ।

कार्यदलले निष्पक्ष रूपमा प्रतिवेदन तयार पारेको खण्डमा हालकै अवस्थामा पनि दुई जना सचिव रहेका छ वटा मन्त्रालयका छ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका छ जना, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन, नेपाल ट्रस्ट तथा केही महत्त्वपूर्णबाहेक अन्य आयोगहरूमा गरी दर्जन बढी सचिवको दरबन्दी कटौती हुन सक्ने निश्चित देखिएको छ ।

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ ।

मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन ।”

पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो ।

कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो ।

उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

प्रदेश लोकसेवाको बिज्ञापनमा ईन्जीनियरिंग संगठनहरुको ध्यानाकर्षण

काठमाडौँ प्रदेश लोकसेवा आयोगले जारी गरेको ईन्जीनियर पदको बिज्ञापनमाईन्जीनियरिंग संगठनहरुले आयोग ध्यानाकर्षण गराएका छन् ।

आयोगले माघ १० गते जारी गरेको ईन्जीनियर पदको बिज्ञापनमा छैठौँ तह उल्लेख गरेकोवारे ईन्जीनियरिंग संगठनहरुले ध्यानाकर्षण गराएका हुन् ।

ईन्जीनियरको काम कर्तब्य र दायित्वको आधारमा छैठौँ तहले ईन्जीनियरको पढाई तथा योगदानको अबमुल्यन भएको ईन्जीनियरिंग संगठनहरुले निष्कर्ष निकाल्दै ध्यानाकर्षण पत्र जारी गरेका हुन् ।

ईन्जीनियरिंग संगठनहरुले जारी गरेको ध्यानाकर्षण पत्रमा छैठौँ तहमा ईन्जीनियरको बिज्ञापन जारी गरिनुले सम्पुर्ण नेपाली ईन्जीनियरहरुलाई मर्माहत तुल्याएको जनाउदै तत्काल संसोधन गर्न आग्रह गरिएको छ ।

ईन्जीनियरिंग संगठनहरुले इन्जीनियरकाे सबैभन्दा तल्लाे तह ७ साताै तह कायम गिरनु पर्ने माग रख्दै आएका छन् ।

सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ-लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आन्तरिक प्रतिष्प्रर्धाका आधारमा गएको मंसिरमा सञ्चालन गरेको न्याय सेवा,सरकारी वकिल,कानुन,लेखापरीक्षण,प्रशासन समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

न्याय सेवा सरकारी वकिल समूहबाट ३९ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये आयोगले अन्तर्वार्ताका लागि ८ जनाको छनौंट गरेको छ । अन्तर्वार्ताबाट ८ जना मध्यबाट १ जनाको छनोट गरिनेछ ।

यस्तै लेखापरीक्षण समूहबाट २ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित १६ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट भएका आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको नतिजा अनुसार, प्रशासन सेवाबाट १० जनाका लागि विज्ञापन खुलाइदा लिखित परीक्षामा सम्मिलित २४८ जनामध्येबाट १४ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

यस्तै कानुन सेवातर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट ६ जना,न्याय सेवा सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि छनौंट भएका ८ जना र न्याय सेवा न्याय समूहतर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षमा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि ३ जना छनौंट भएको लोकसेवाले प्रकाशन गरिएको नतिजामा उल्लेख गरिएको छ ।

आयोगले विभिन्न सेवा समूहबाट गरी १६ जना सहसचिवका लागि विज्ञापन खोल्दा लिखित परीक्षामा सम्मिलित ४२० जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ४२ जना छनौट भएका छन् ।

स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति

स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति

काठमाडौं-स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गर्दै निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको छ ।

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले आग्रह सहितको विज्ञप्ति जारी गरेको हो।

विज्ञप्ति मार्फत निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने बताएको छ ।

विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ ।

आयोगले सरकारबाट निर्वाचनको मिति तोक्ने कार्यमा विलम्ब हुदा समयमा निर्वाचन गराउन आयोगलाई ब्यवहारिक तथा प्राविधिक रुपमा समेत जटिलता थपिदै जाने आयोगले बिज्ञप्ती मार्फत बताएको छ ।

आयोगले निर्वाचनको ब्यवस्थापनका लागी मतदाता नामावली सङ्कलन मतदान केन्द्रको पुनावरालोकन लगायतकाकार्य समेत गर्दै आएको जानकारी समेत गराएको छ ।

सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति