फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?

काठमाडौँ । इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।

बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।

प्रतिनिधि सभा बैठक (लाइभ)

काठमाडौं । सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

महासङ्घका अनुसार तेजाबी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

https://drive.google.com/file/d/1h2FT0N7MMNiFzVEmNcoOBb9Oqt8Q5tPw/preview

मुग्लिन–आँबुखैरेनी सडक भासिँदा कार र मोटरसाइकल पुरियो, दुई जनाको मृत्यु एकको सनाखत

काठमाडौं । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो । मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ । नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ ।

मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ । लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।

अब एक लिटर पेट्रोलको मूल्य कति

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेका छन् । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टितेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

रगत अभाव भएको ठाउँमा उपलब्ध गराउने

काठमाण्डौ‌ । सामाजिक सेवा भाबका साथ स्थापित रामेछाप – सिन्धुली एकता समाजको विशेष पहलमा पर्सि शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वाड नम्बर ३ को बोजेपोखरीमा हुने कार्यक्रममा उपमेयर लक्ष्मी महर्जन ज्यूको प्रमुख आतिथ्यमा हुने कार्यक्रम आगामी शनिवार मिति २०७९/०२/२८ गते हुने रामेछाप -सिन्धुली एकता समाजका अध्यक्ष नवराज श्रेष्ठले सम्पत्ति न्युजलाई बताउनु भयो ।

बिश्व रक्तदाता दिवसको अवसरमा ललितपुरको रामेछाप -सिन्धुली एकता समाज र महालक्ष्मी एकता समाज बोजेपोखरी समाजद्धारा बिश्व रक्तदाता दिवसको शुभ अवसरमा बृहत रक्तदान कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महालक्ष्मी नगरपालीका वडा नं ३ बोजेपोखरीमा गर्ने कार्यक्रममा सयौं ब्यक्तिहरुले सहभागी जनाउनु हुने सो कार्यक्रममा सहभागिता जनाउनु हुन सबैलाई सामुहिक निमन्त्रणा समेत अध्यक्ष श्रेष्ठले गर्नुभएको छ ।

सो संकलित रगत रामेछाप – सिन्धुली वासीलाई उपलब्ध त हुन्छ नै तर जहाँ रगतको अभाव हुन्छ त्यहाँ यहाँ हामीले संकलन गरेको रगत पुर्याउने ब्यबस्था हुन्छ अध्यक्ष श्रेष्ठले सम्पत्ति न्युजलाई थप जानकारी दिनुभएको छ ।

टेन्डरमा ढिलाइ हुँदा वीर अस्पतालको फार्मेसी सञ्चालक ४० लाख नतिरी फरार

काठमाडौ । सर्वसाधारणको उपचारका निम्ति सहज अनि सरल ढंगले पहुँच पुग्नुपर्ने वीर अस्पताल आफैँ बिरामी जस्तो छ यहाँका उपचार पद्धति सग साक्षत्कार गर्न खोज्नेहरू धेरैलाई निराश बनाएको छ । देश कै जेठो अस्पताल भए पनि वीर अस्पताल भित्रको बेथिति हेर्दा लाग्छ कोहि गम्भीर छैनन । हुनेखानेहरु निजि अस्पताल जाने गरेकाले नि हुन सक्छ सरकारी अस्पताल भित्रको चरम लापरबाही प्रती सरोकारवालाहरुको ध्यानाकर्षण हुन सकेको छैन ।

अस्पताल भित्रको फोहोर सगैको दुर्गन्धले सामान्य मानिस पनि बिरामी पर्लान जस्तो हुन्छ भने साच्चै बिरामीले कस्तो सास्ती खेप्नुपरेको होला यो त कल्पना मात्रै गर्न सकिन्छ । दिनभर लाइन बस्यो कुन डाक्टरसँग उपचार गराए त्यो समेत बिरामीले थाहा पाउँदैनन । आफ्नो स्वास्थ जस्तो संबेदनसिल बिषयमा उपचाररत डाक्टरको नाम जानकारी नपाउनु जस्तो गैरजिम्मेवार शैली के होला । डाक्टर बस्ने प्रत्येक कोठा बाहिर नाम भयो भने मेरो उपचार यो डाक्टरले गर्यो भन्ने प्रत्येक बिरामीले जानकारी पाउथे त्यो जानकारी बाट सरकारी अस्पतालमा उपचार गराउने हरु बन्चित छ्न । अहिलेसम्बको परम्पराजो कोहि पनि अन्धाधुन्धमा आफनो उपचार गराइरहेका छ्न । यस्तो चलिरहेको प्रक्रियालाई सच्याउदै बिरामीले आफ्नो उपचार गर्ने डाक्टर थाहा पाउने अधिकारलाई कार्यनयन गराउन सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ । वीर अस्पतालले आफ्नो सात वटा सटार भाडामा लगाएको छ । टेन्डर गरेर सटर लिएकाहरुको समय सकिएसगै नयाँ टेन्डर भैसकेको छ ।

त्यो टेन्डर बमोजिम प्रक्रिया अगाडि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन । अस्पताल प्रशासनको मिलोमतोमा नयाँ ब्याक्तिलाई सटर दिएको छैन । नियमानुसार भन्दा सर्वोच्च अदालतको निर्णयले अस्पताल हाता भित्र कुनै पनि निजि औसधी पसल राख्न नदिनु भनट सटर भाडामा दिएको छ ।

अदालतले दिएको आदेश बिपरित सटर भाडामा दिएर लाखौं खाँदै आएको अस्पताल प्रशासन प्रति अख्तियारले छानबिन गर्नुपर्ने माग बढेको छ । पुन गर्ने टेन्डर प्रकिया ढिलो हुदा ४० लाखा भाडा नबुझाइ किरण सन्तोष फार्मेसी यतिबेला फरार भएको छ । अस्पताल प्रशासनको सल्लाहमा सो फार्मेसीलाई भगाइएको आरोप समेत अस्पतालका कर्मचारीको तहबाटै लागेको छ । यस्तो आरोप लागेपछि अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र बस्नेतले जानकारी पाएर पनि मौन बस्नुलाई रहस्यमय ढंगले हेरिएको छ ।

स्थानीय निर्वाचनमा सिट र मत दुवैमा कांग्रेस पहिलो स्थानमा भएको दाबी (प्रतिवेदनसहित)

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मत र सिट दुवैमा पहिलो भएको निष्कर्ष निकालिएको छ ।नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७५२ मध्ये ३२९ पालिका, १६६५ वडामा जित हासिल गरेको छ । विजयी भएका पालिकाका अध्यक्षमा १८८ र प्रमुखमा १४१ जना विजयी भएका छन् । जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउछ त्यस्तै, उपप्रमुख पदमा कांग्रेसले ३०० स्थानमा विजयी हासिल गरेकोमा १९० उपाध्यक्ष र ११० उपप्रमुखले विजयी भएका छन् । जुन कुल स्थानको ४० प्रतिशत हुन्छ ।

प्रतिवेदन अनुसार वडामा देशभरमा कांग्रेसले ३८ लाख ८३ हजार १३८ मत प्राप्त गरेको छ । त्यस्तै, प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो स्थानमा छ ।

प्रतिवेदन अनुसार ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएको हो । काँग्रेसले गठबन्धनसहित २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।

https://drive.google.com/file/d/1yETnSZVRPNvtFG6b2aGK3s0PVJR6RYWV/preview

भन्सार विभागमा थन्कियो मल, मर्कामा कृषक

काठमाडौं । भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।

भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।

भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् । किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा गोदाममा भने मल थन्किएको छ ।

गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी । गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा शुक्रवारका लागि पेशी तोकिएको छ ।

२०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी निर्वाचित भएपछि अख्तियारले उपाध्यायविरुद्ध भ्रष्ट्राचार मुद्दा रहेको भन्दै निलम्बन गर्न निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र मोहन्याल गाउँपालिकालाई पत्राचार गरेको थियो ।

तर उनको नाम जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा समावेश गरेको र उनले गाउँपालिकाको अध्यक्षको हैसियतमा केही निर्णय पनि गरेको पाइएकाले रोक लगाउन माग गर्दै रिट दायर गरिएको हो ।

रिटमा उपाध्यायविरुद्ध परेको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनी निलम्बन भए पनि जेठ ३० गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रकाशित मतदाता सूचीमा समावेश नगर्नु भनी अन्तरिम आदेश माग गरिएको छ ।

कानुनी अन्योलताले केही दिन उपाध्यायको शपथ रोकिएको थियो तर उनलाई शपथ ग्रहण नगराउँदा उपाध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधिको शपथ रोकिने कुरालाई ध्यानमा राखेर निर्वाचन आयोगले वैकल्पिक बाटोबाट शपथ ग्रहण गराएको थियो ।

जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत ४ जना विरुद्ध आरोप–पत्र दायर गरेको जनाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २०७२।०६।०२ गते गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम बिभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको छ ।

आयोगका अनुसार दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले प्रचलित कर्मचारी सेवा सम्बन्धी विनियमाली, २०६५ को अनुसूची९३ तथा मिति २०७२।०६।०२ गतेको सूचनामा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत दिने गरेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुर गरेकोले पदपूर्ति उपसमितिको संयोजक भई काम गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओली उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफा बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको चौथो दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.५८ अंकले घटेर २ हजार ६२ दशमलव ८६ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।

आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिँडिरहेको बेलामा ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

भारतमा ४१ प्रतिशतले बढ्यो कोरोना सङ्क्रण

काठमाडौं । भारतमा बुधबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्धि दर बढेको पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।
हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ ।

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

भारतमा कोरोना सुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ ।