काठमाडौं – पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा छन् ।
Month: February 2022
निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित
काठमाडौं – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताउनुभयो । म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् ।
ढुक्कले अझै खानेपानी पाइँदै
काठमाडौं – बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो ।एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुनेगरेको छ । हिउँदमा मुहान सुक्छ । असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ । फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ । “आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ”, बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भन्नुभयो, “पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ । पानीको मात्रा कम छ ।” वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ ।यहाँ नजिकमा पानीका मुहान छैनन् । अधिकांश गाउँमा खानेपानीको समस्या छ । विसं २०५८ मा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको हो । विसं २०६४ मा मात्र गाउँमा पानी पुगेको केसी सम्झन्छन् । “ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँडेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ”, उहाँले भन्नुभयो, “यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम ग¥यो, जसोतसो चलेकै थियो, अब व्यवस्थित होस् ।”एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।बागलुङ नगरपालिका–६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पु¥याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताउनुभयो । पुराना पँधेरा र कँुवाको भरमा खानेपानीको जोहो गरिँदै छ । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पु¥याउने योजना रहेको उहाँले सुनाउनुभयो ।“बर्खाको समयमा खासै समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ”, केसीले भन्नुभयो । पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । “मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्”, केसीले भन्नुभयो, “घरघरै धारा बनाउन त पानीको मुहान चाहियो ।” वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पु¥याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताउनुभयो ।
हुम्ला जिल्ला अदालतको भवन उद्घाटन
काठमाडौं – हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गर्नुभएको हो ।उहाँले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताउनुभयो । उहाँले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताउनुभयो ।कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यबसायी सदैव गम्भीर हुनुपर्ने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो ।भवन निर्माणका लागि रु दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका श्रेस्तेदार कमलकुमार आर्चायले जानकारी दिनुभयो ।
कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन
काठमाडौं – कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ ।आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ । स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सँै घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनुभयो । “सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा २४ सैँ घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”नियमितरुपमा सञ्चालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराउनुभयो ।कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्दै उहाँले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताउनुभयो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता
काठमाडौं – जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिनुभयो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् ।चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताउनुभयो । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडाँै जानुपर्ने बाध्यता रही आएको छ । यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो । पालिकाभित्रका क वर्गका अपाङग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नु्पर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताउनुभयो । त्यस्तै कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र र पालिकाभित्रका अन्य वडालाई लक्षित गरी सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आइतबार र सोमबार भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यसअघि पालिकाको कार्यालय सुरीबाट मात्रै प्रवाह हुने सेवालाई थानियको समस्यालाई मध्यनजर गर्दै भोर्लेबाट दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
काठमाडौँको – टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकले विभिन्न विषयगत समिति ९आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति० गठन गरेको छ । कूल ११ वडा रहेको टोखा साविकका झोर, महाँकाल, टोखा, धापासी र गोँगबु गाउँ विकास समिति मिलेर निर्माण भएको हो ।
सुनको मूल्य घट्यो
काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।
महोत्तरीमा गौशालाका गाईको बिजोग
काठमाडौं- हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ रु खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कुशवाहा भन्नुहुन्छ । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् ।अहिले गौशालामा करिब ३०० गाई छन् । गौशालाका गाई हेर्न पुग्नुभएका महोत्तरीकै भङ्गाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुर भन्नुहुन्छ, “सबैजसो गाईका करङ देखिएका छन् ।” गाईले हरियो घाँस नपाएको महिनौँ भएको छ । गौशाला गाईगोठ पुग्दा गाईको अवस्था देखेर द्रवित नहुने कोही हुँदैनन् ।गौशालाका कर्मचारी भने गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताउँछन् । “अभिभावकत्व लिने राष्ट्रिय सहकारी विकास बोर्डले कुनै वास्ता गर्दैन, के गरी धान्ने रु” निगौल गाई गौशाला कार्यालयका प्रमुख डा दीपेन्द्र पण्डितले भन्नुभयो । गौशाला सञ्चालनका लागि १५० बिघा जग्गा छ । जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको हो ।“गाईकै खानपान प्रबन्धका लागि जग्गा हो, जग्गामा घाँस र अन्य बाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ”, स्थानीय मनोज थापा भन्नुहुन्छ, “केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीय तहको बेवास्ताले बिजोग छ ।” निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका २१ कर्मचारी कार्यरत छन् ।गोठमा १०औँ वर्ष पालिएका गाईले बहर लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । “गोठमा थारा गाई त छन्, गाई बहाल ९गर्भवती० नहुने समस्या छ”, कार्यालय प्रमुख पण्डित भन्नुहुन्छ । गौशालामा अहिले १८ दूध दिने गाई छन् । यी गाईबाट दैनिक १२ लिटरमात्र दूध सङ्कलन हुनसकेको छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको कार्यालय प्रमुख डा पण्डितको स्वीकारोक्ति छ ।बोर्डले गाईको सम्भार र स्याहारका लागि रकम नपठाउँदा अवस्था चिन्ताजनक बनेको पण्डितको भनाइ छ । “गाईकै खानपानका पौष्टिक आहारको रु २२ लाख ऋृण तिर्न बाँकी छ”, पण्डित भन्नुहुन्छ, “अब त उधारो पत्याउन छाडे, त्यसैले गाईलाई पौष्टिक आहार खुवाउन सकिएको छैन”, यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने पण्डितको भनाइ छ ।गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत रकम आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले दिन आनाकानी गर्दै आएको पण्डितले बताउनुभयो ।
रासायनिक मल आपूर्ति अनिश्चित
काठमाडौं – कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिनुभएको छ । कृषि सहकारीमा मल नपाएपछि उहाँ मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा हुनुहुन्छ । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भन्नुभयो, “यस्तो बेलामा कसरी खेती गर्नु र मल नभए धान उत्पादन घट्छ ।कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको छ । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो ।सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट टे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउनुहुन्छ ।“यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।” कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताउनुभयो । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उहाँले बताउनुभयो ।“कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ”, उहाँले भन्नुभयो, “भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।” आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उहाँ बताउनुहुन्छ । अब सहकारीले ल्याएमा मात्र किसानले समयमा मल पाउने देखिएको छ ।रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ । बर्र्खे धानखेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्नेमा आशङ्का रहेको उहाँको भनाइ छ ।कैलालीमा १८ मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको भए पनि आधा मात्र आपूर्ति हुने गरेको छ । त्यसैले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।
नेपालगञ्जमा ढल र नाला सरसफाइ
काठमाडौं – वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिनुभयो । जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ ।ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताउनुभयो । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिनुभएको थियो ।नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।
दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौं – चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । उनको सनाखत हुन सकेको छैन ।ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।