सशस्त्र प्रहरीका इन्सपेक्टर भट्टलाई २०१ किलो माला लगाएर  अभिनन्दन

वीरगन्ज, १२ चैत । वीरगंज स्थित सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टलाई २०१ किलोको माला सहित नागरिक अभिनन्दन गरिएको छ । नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतको सशस्त्र प्रहरी बिओपी वीरगन्ज भन्सार कार्यालयमा कार्यरत रहनुभएका भट्ट सरुवा भएर सशस्त्र प्रहरी प्रधान कार्यालय मानव संसाधन व्यावस्थान विभागमा सरुवा भएर जान लागेकोले उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक भट्टलाई प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले २०१ किलोको मालाले नागरिक अभिनन्दन सहित विदाई गरेको हो ।

२०७९ साउन ३० गते सशस्त्र प्रहरी वोर्ड आउटपोष्ट (बीओपी) वीरगन्ज भन्सारमा सरुवा भएका आउनुभएका भट्टको कार्यकाल अत्यन्त सहयोगी र सौहार्दपूर्ण रुपमा बितेको र उहाँको कार्यशैली नागरिकमैत्री भएकोले नागरिक अभिनन्दन गरिएको हो ।

सरकारले सशस्त्र विओपीहरुमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको दरबन्दी कायम गरेकोले छोटो समयमा नै सशस्त्र प्रहरी निरीक्षक भट्टको सरुवा भएको हो ।

उहाँ वीरगन्जमा कार्यरत रहँदा सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको साथै स्थानीयस्तरका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागि रहनुभएको थियो ।

गोरखापत्रमा डरलाग्दो भ्रष्टाचारको आरोप,बिज्ञका नाममा ५०लाख

काठमाडौं । अरुको बारेमा सकारात्मक समाचार लेख्ने सरकारी संचार माध्यम गोरखापत्र भ्रष्टाचारको दलदलमा फसेको छ।गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको १६ महिनाको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लामो बुँदाको उजुरी परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चाहिं गैर कानूनी कार्य सहित चरम आर्थिक अनुशासनहीन कृयाकलाप गरेको भन्दै उजुरी दिइएको जानकारी हुन आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष सुवेदी सग ३७ बुँदे लिखित स्पष्टीकरण मागेपछि कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी छटपटीमा परेर नेपाली कांग्रेसकी सांसद आरजु देउवाले बनाएका आयुक्त जय वहादुर चन्दलाई होटेलमा भेटेर कुरा मिलाएको स्वयं अध्यक्ष सुबेदिले नै भन्दै हिडेका छ्न ।

गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले डेढ वर्षकै छोटो अवधिमा अनेकौं अनियमित कार्य गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । संस्थानका इमानदार कर्मचारीहरुको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीमा हाजिरी र केही पनि काम गर्नु नपर्ने गरी राखिएका सल्लाहकार र विज्ञको नाममा पचास लाख बजेट स्वाहा पारेको आरोप छ ।
कर्मचारी बिनियमावली विपरीत तह खुल्ने पदमा गैर कानूनी रुपमा करारमा नियुक्ति गरिएका कर्मचारीको पारिश्रमिक लगभग सवा करोड रुपैयाँ खर्च गरेको आरोप लगाइएको छ ।
गत १६ महिनामा अर्थ मन्त्रालयको स्वीकृति बेगर गैर कानूनी रुपमा खर्च गरेर वितरण गरिएको ओभर टाइममा गरेको चौबिस लाख खर्चका बारेमा पनि छानविन गर्न माग गरिएको छ ।
यसका साथै निमित्त प्रधान सम्पादक जनाई काम गरिरहेका पदाधिकारीलाई कार्यकारी अध्यक्षको अवशिष्ट अधिकार प्रयोग गरेर उपलब्ध गराइने गरेको मासिक विशेष भत्ता लगभग २० लाखको दुरुपयोग गरिएको भन्दै छानविन र कावाही गर्न माग गरिएको स्रोत बताउछ ।
उजुरीमा उल्लेख भए अनुसार, कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीको वहालीपछि अनयमित तरिकाले ६५ जना अधिकृत करारमा नियुक्ति गरेर अख्तियारको दुरुपयोग गरेको आरोप छ ।
गोरखापत्र संस्थानमा हाल स्थायी कर्मचारी २८०, विज्ञ९सल्लाहकार० १२ जना, करार १२३ जना र स्टीञ्जर १२५९भाषाभाषी ७६० जना रहेका छन् । ज्यालादारी बाहेक ५४० कर्मचारीहरु रहेका छन् ।
स्रोत भन्छ, गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीको नियुक्तिपछि संस्थानको लेखा परीक्षण समेत गरिएको छैन । आर्थिक वर्ष २०७७/२०७८ को लेखा परीक्षण २०७८ पुस भित्र र आर्थिक वर्ष २०७८/२०७९ लेखा परीक्षण २०७९ पुस भित्र गराई सक्नु पर्नेमा लेखा परीक्षण समेत नगरेर नियम, कानूनको उल्लंघन गरिएको आरोप छ ।
कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीको वहाली अघि बचत रहेको रु ४७ करोडमा १६ महिनामा ४२ करोड स्वाहा पारिएकाले छानविन गर्न पनि उजुरीमा माग गरिएको छ ।
२०७९ फागुन ११ गतेको मितिसम्म गोरखापत्र राष्ट्रिय संस्करण १३००० हजार, विराटनगर २५०० सय र कोहलपुर २००० प्रति गरेर जम्मा १७ हजार पाँच छापिने गरेकोमा कागज खर्च ३४ हजार देखाएर भ्रष्टाचार गरेको आरोप पनि लगाइएको छ ।
स्रोत भन्छ, गोरखापत्र संस्थानको आम्दानी घट्दो रहेको अवस्थामा काठमाडौं, विराटनगर र कोहलपुरका छपाई मिशिनहरु र कर्मचारीहरु २ घण्टा काम गरेर तलब भत्ता पचाउने गरेका छन् । वार्षिक बजेट एक अर्ब दस करोड रहेको छ भने सरकारी अनुदान लगभग पाँच करोड रहेको छ ।

त्यस्तै एकातिर गोरखापत्र छापिने करोडका मिशिनले काम नपाउने अर्कोतिर जथाभावी कर्मचारीको भर्नाले खर्च बढ्ने कार्यले संस्थान टाट उल्टिने अवस्थामा पुगेको बताइन्छ ।

कर्मचारी खर्च मासिक रु. ३ करोड, प्रशासनिक र मुद्रण खर्च पनि मासिक रु. ३ करोड र लेख रचना, भाषा, प्लेट, कागज, मसी आदि मासिक रु. ६ करोड हुने गरेको बताइन्छ ।

गुणस्तरहीन कागज र मसीका कारण गोरखापत्रको छपाई(प्रिन्ट) गुणस्तर खस्केको स्रोत बताउछ ।यतिमात्र होइन नयाँ बनाएको भवनका ठेगदार लाई यो ले र उ ले भन्दै सम्पादक परिचालन गरेको सन्दर्भले समेत बजार तातेको छ।

चैत १२ गते आइतबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

राष्ट्रपति पौडेल आज गोरखा जाँदै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान लागेका हुन्।

नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम तय भएका छन्।

गोरखकाली मन्दिर दर्शनका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

हेर्नुस् यस्तो छ कार्यसूची:

नदी किनारमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

कोशी प्रदेश नामकरण विवाद : छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ।

प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो।

प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको थियो।

सिडियोसहित २२ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी २२ कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । गृहले प्रमुख जिल्ला अधिकारीसहित ९ जना उपसचिव,जगेडामा रहेका सहसचिवहरुको पदस्थापन गरेको हो ।

सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

सूची:-

यस्तो छ ११ चैत २०७९, शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, बढी सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

चोरी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोपमा सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

विश्वकर्माले आफ्नो सुन पसलमा गौतम र परियारले बिक्री गरेको सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारसँगको सोधपुछका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

टेलिफोन महसुल घटाउन भारत सकारात्मक – मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकी छन्। चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताइन् । ‘विभिन्न सन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क महँगो छ’, उनले भनिन्, ‘यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ ।’ 

भेटमा आफूले नेपालको भन्दा कम दर नभए पनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिन आग्रह गरेको बताइन्। ‘उनीहरूले त्यो विषयलाई सकारात्मक लिनुभएको छ’, मन्त्री शर्माले भनिन्। भारतमा गएका नेपालीले मोबाइलको सीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उनले बताइन् ।

यस्तो छ आजको मौसम, मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । मौसममा बदलीदेखि वर्षाको सम्भावना रहेको हो ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

वसन्तबहादुर कुँवर आईजिपी नियुक्त

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् । 

शुक्रबार दिउँसो ४ बजे मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजैबाट अवकाश पाएपछि नयाँ आईजिपी नियुक्त गरिएको हो।  

शुक्रबारको मन्त्रीपरिषदले डिआईजी पदबाट हालसालै मात्र बढुवा भएका पाँच जना एआइजीहरुमध्येबाट वारिताको क्रमको एक नम्बरमा रहेका बसन्त कुवँरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

हालै एआइजीमा बढुवा भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुन। 

पुराना एआईजी सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि आईजीपी सिंहसँगै आजैबाट अवकाश पाउने हुँदा नवनियुक्त ५ एआईजी मध्येबाट आईजिपी बनाइएको हो।  

प्रहरी नियमावली अनुसार ३० बर्षे सेवा अवधिका कारण डिआइजी र एआजीहरुले पूर्ण अवधि काम गर्न पाएका छैनन्। सेवा अवधि सकिन लागेपछि हतारहतार गरेर उनीहरुको पदोन्नती गर्नुपर्ने र आइजिपीमा बनाउनुपर्ने बाध्यता छ। यसले प्रहरी संगठनको नेतृत्वको कार्यक्षमतामा प्रश्न उठिरहेका छन्। माथिल्लो पदको अनुभव नलिई एक पटक नेतृत्व सम्हाल्नुपर्ने अवस्था छ।

काठमाडौंमा दुर्घटनामा परि बाराका चन्दर दाशको मृत्यु

काठमाडौं । बारा घर भएर काठमाडौं बसेर मागेर गुजारा चलाउँदै आएका एकजना गोसाईं थरको मानिसको गाडिको ठक्कर बाट मृत्यु भएको छ।
बारा करैयामाई गाँउ पालिका ७ का राम अयोध्या गोसँईको छोरा वर्ष ४७ का चन्दर गोसाईको काठमाडौं तिलगंगा आँखा अस्पताल अगाडी बा १७ च ५८६ नम्बरको दूध बोक्ने गाडीको ठक्कर बाट मृत्यु भएको हो।
बिहीबार विहान ५ बजे पशुपति मंदिर छेउ डेरा बाट निकलेर माग्न जाने क्रममा मूल बाटोमा गाडीको ठक्कर बाट उनको मृत्यु भएको हो। घटना बारे परिवारका मानिसले बिहीवार साँझ मात्र जानकारी पाएका थिए। गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ।
मृतकको शव पष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ। मृतक चन्दर गोसँई विताग १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाई राम एकबाल गोसँईले बताएका छन। दुर्घटनामा सहचालकको खुटा भाचेको छ।

श्रममा उपसचिव को नेतृत्वमा मार्सल टोलि परिचालन

काठमाडौं । सचिव एकनारायण अर्यालले जहाँ जहाँ ‘कमाण्ड’ गरे,त्यहाँ आमूल परिवर्तन र सुधार भएका छन् । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा कसैले छुन र चलाउन नसकेका काला बजारी व्यापारीलाई समातेर चर्चा बटुले । संघीय मामिला तथा सामान्य प्रशासनको सचिव हुँदा कर्मचारी प्रशासन सुधारका धेरै प्रयत्न गरे । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । सो मन्त्रालयमा समेत परिणाम देखिने तहमा सुधारका गतिविधिहरु गर्दैछन् ।

मन्त्रालय हाँक्न के कस्ता योजनाहरु चाहिन्छन् ती सबै जिम्मा मन्त्रालयकै सचिवको हो । जिम्मेवारीका हिसाबले अन्य मन्त्रालयजस्तै बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने यस मन्त्रालयमा सचिव अर्यालको ‘इन्ट्रि’पश्चात् देखिने गरि काम प्रारम्भ भएका छन् । जुन कदमले गर्दा सेवाग्राहीले वैदेशिक रोजगार कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । सबै प्रकारका श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै दिन थालिएपछि अहिले सेवाग्राहीहरु वैदेशिक रोजगार कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यालय पुगेर घण्टौ लाइनमा बस्नुपर्ने पूरानो परिपाटीको अन्त्यसँगै प्रविधिको सदुपयोगमार्फत् छिटोछरितो ढंगले सेवाग्राहीले सेवा पाएका छन् । यससँगै हातमा कागजपत्र बोक्नुपर्ने अवस्था अन्त्य भएको छ, अर्थात् प्रविधिको सहयोगले ‘पेपरलेस’ प्रणाली स्थापित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित सचिव अर्यालको मन्त्रालयमा प्रवेशसँगै के के कामहरु भएका छन् त ?

सचिव अर्यालसँग मन्त्रालयमा आएपछि भएका केही उल्लेखनीय प्रगतिहरु यहाँ बुँदागत रुपमा प्रस्तुत गरेका छौँ :-

१. श्रम स्वीकृति पूर्ण रूपमा अनलाइन
वर्षौँदेखि कागजात पत्र बोकेर वैदेशिक रोजगार कार्यालय जानुपर्ने बाध्यता अन्त्य गरिएको छ । यससँगै वैदेशिक रोजगारीमा जाने नेपालीले सबै प्रक्रिया अनलाइनबाट नै गर्न सक्ने छन् । श्रम स्वीकृति अनलाइन प्रणालीमा रुपान्तरण भएसँगै मन्त्रालयका सबै खालका श्रम स्वकृति ‘फेसलेस’, ‘क्यासलेस’ र ‘पेपरलेस’ भएको छ । तर, श्रम स्वीकृति पूर्ण रूपमा अनलाइन जानुअघि विदेश जाने कामदारले सबै प्रक्रिया पूरा गर्नका लागि कागजपत्र बोकेर राजधानी नै धाउनुपर्ने बाध्यता थियो । त्यतिमात्र होइन कामदारको समय खेर जाने, आर्थिक भार पनि उस्तै थपिने, दलाल र बिचौँलियाको मारमा पर्नुपर्ने अवस्था थियो । तर, कामदारलाई पर्न गएको त्यो मारलाई मध्यनजर गर्दै पूर्ण रुपमा अनलाइन प्रणाली अपनाइएपछि पूरानो प्रणालीको अन्त्य भएर नयाँ प्रणाली सुरुवात भएको छ ।

२. बोर्डका सेवा पनि अनलाइनबाटै
श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमात्रै होइन अर्यालले मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सबै खालका सेवासमेत अनलाइन प्रणालीमा रुपान्तरण भएको छ । अब, वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा, अंगभंग र अशक्त बिरामी भएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालको सुविधा अनलाइनबाट नै प्राप्त गर्न सकिनेछ । नेपालमा रहेका पीडित कामदारका आफन्तले मृतकले पाउने रकम, शव झिकाउने प्रक्रिया, उपचारलगायतका सबै सुविधा अनलाइनबाट नै आवेदन दिन र सोधपुछ गर्न सक्ने छन् ।
साथै, बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम लिनका लागि श्रम स्वीकतिबारे बुझ्न विभाग धाइरहनुपर्ने अवस्था पनि अन्त्य भएको छ । यसबारे बिमा कम्पनीले बोर्डको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत कामदारले श्रम स्वीकृति लिएर गएको वा नगएको जाँचबुझ गर्न सक्नेछ ।

३. श्रम डेस्क हटाइयो
विदेश जाने श्रमिकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निश्चित द्वारबाट मात्र प्रवेश गर्ने बाध्यताको अन्त्य गरिएको छ । जबकि यसअघि श्रमिकहरू निश्चित द्वारबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यता रहेको थियो । मन्त्रालयमा सविच अर्यालको प्रवेशसँगै ण्विमानस्थलमा रहेको श्रम डेस्क हटाइएको छ ।

४. श्रम स्वीकृति सातै प्रदेशबाट
कामदार श्रम स्वीकृतिका लागि राजधानी काठमडौं नै आउनुपर्ने बाध्यता अन्त्य गरिएको छ । यसअघि काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा अब सातै प्रदेशबाट वितरण भइरहेका छन् । सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापनासँगै श्रमिकलाई समय र आर्थिक भार कयौँ गुणाले कम भएको छ ।

५. सामाजिक सुरक्षा कोष बलियो
सचिव अर्याल मन्त्रालयमा प्रवेश गरेको एक वर्षको अवधिमा नीतिगततर्फ पनि उल्लेखनीय सुधार भएको छ । स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको योजनामा आबद्ध हुने बलियो आधारहरु तय भएका छन् । जसका लागि कार्यविधि तर्जुमा, कोषको शाखा कार्यालय विस्तार र औपचारिक क्षेत्रको योजनाअनुरुप थप योगदानकर्ता मैत्री वातावरण निर्माण गरिएको छ । साथै, योगदानकर्ताको स्वास्थ्यतर्फको दाबी–भुक्तानी, सापटी सुविधाका लागि स्वचालित प्रणाली विकास गरी कार्यान्वयन गरिएको छ । यसैगरी योगदानकर्ताको रोगको उपचारका १० लाखसम्मको खर्च बेहोर्ने गरी कार्यविधि संशोधन गरेर सुविधाको दायरा विस्तार गरिएको छ । कर्जा तथा सापटी सुविधाको हकमा कोषमा आबद्ध योगदानकर्ताको वित्तीय आवश्यकतालाई पूर्ति गर्ने गरी योगदानकर्ता विशेष सापटी, घर कर्जा सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी गरी सापटी सुविधा पनि कार्यान्वयनमा आएको छ भने योगदानकर्ताको मानवीय र भौतिक पुँजी निर्माण हुने गरी कर्जालाई थप विस्तार र उद्यमशीलता विकासका लागि विभिन्न उपकरणमा लगानी हुने आधारहरू पनि तय गरिएका छन् ।

६. उपसचिवको नेतृत्वमा ‘मार्सल’ टोली गठन
पछिल्लो समय नेपाली कामदारलाई काम र पैसाको प्रलोभनमा विदेशी भूमिमा लगेर अलपत्र पार्ने विकृति बढ्दै गइरहेका छन् । जति मुहान सफा गर्यो उति दुषित हुने क्रम बढेपछि मन्त्रालयले यो विकृतिको अन्त्य गर्न उपसचिवको नेतृत्वमा एउटा ‘मार्सल’ टोली नै गठन गरेको छ ।
विभागमा नेपाली कामदारलाई अनेक प्रलोभन देखाएर विदेशमा लगि नेपालीलाई अलपत्र पारिएको उजुरीहरू बढ्न थालेपछि मन्त्रालयले त्यो विकृति रोक्न नेपाली प्रहरीको समेत समन्वयमा उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिएको हो । उक्त टोलीले उजुरउपर अनुसन्धानसँगै दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउनेछ । यसैगरी पछिल्लो समय भिजिट भिसार्फ पनि नेपालीहरूलाई युएईलगायतका देशमा पु¥याउने र अलपत्र पार्ने धन्दा विभागसमक्ष उजुरी आउने गरेका छन् । यससँगै यो विकृतिको पनि अन्त्य गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी ठोस कार्य बनाउन कार्यदल गठन भएको छ । पछिल्लो समय विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीमा लाने र अलपत्र पारिएको भन्दै विभागबाट इजाजत पत्र प्राप्त म्यानपावर, शैक्षिक परामर्शदाता संस्थाहरू, ट्राभल एजेन्सी र विभिन्न बिचौलियाविरुद्ध मन्त्रालयमा उजुरी पर्ने गरेका छन् । यदि कसैलाई यस्तो समस्यामा परेको खण्डमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पनि सिँधै सम्पर्क गर्न सकिनेछ । मन्त्रालयको कल सेन्टर ९७७१५९७००८ वा ११४१ नम्बरमा २४ सैं घण्टा उपलब्ध हुनेछ । र, फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ ।
७. र्‍यापिड रेस्पोन्स टिम
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि ‘मार्सल’ टोलीजस्तै साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन, गुनासो तत्काल निराकरण गर्न, क्षतिपूर्तिको सिफारिस गर्न अन्तर निकाय समन्वयका लागि ‘¥यापिड रेस्पोन्स’ टिम पनि खडा गरिएको छ । उक्त टिमले चाँडोभन्दा चाँडो प्रभावकारी ढंगले सेवा प्रदान गरिरहेको छ ।

८. आर्थिक सहायता र छात्रवृत्ति अनलाइनमार्फत
वैदेशिक रोजगारीको शिलशिलामा कामदारको अंगभंग वा मृत्यु भएमा निजको परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता र छात्रवृत्तिसम्बन्धी सेवा पनि अनलाइनमार्फत पाउन सकिने व्यवस्था ल्याइएको छ । यसैगरी नेपाली कामदारको व्यावसायिक सुरक्षा सुनिश्चित गर्न, करार सम्झौताका व्यवस्थालाई प्रभावकारी रूपमा लागू गराउन तथा विदेशमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानबारे विभिन्न १६ देशका राजदूत तथा अन्तर्राष्ट्रिय संगठनका नेपालस्थित प्रतिनिधिसँग पनि परामर्श गरिएको छ । त्यसो त कामदारलाई विदेश जाँदा कुनै बाधा, अवरोध नपरोस् भन्ने ढंगले गन्तव्य मुलुकहरूको सहयोगमा सातै प्रदेशमा सीप विकास तालिम पनि सञ्चालन गर्न प्रस्ताव अघि बढाइएको छ ।

९. इपीएस नवीकरण प्रक्रिया सुरु
लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य पनि प्रारम्भ भएको छ । कोरोना कहरले केही समस्या पारे पनि अहिले त्यो अवस्था छैन । यससँगै रोजगरा अनुमति प्रणाली (इपीएस) नवीकरण प्रक्रिया पनि अघि बढिसकेको छ । साथै, सुरक्षित वैदेशिक आप्रवासनसम्बन्धी परियोजना आगामी आर्थिक वर्षदेखि थप दुई वर्ष सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
१० वैदेशिक रोजगारीमा प्राण गुमाउनेको हितमा