गौर हत्याकाण्डका पीडितहरु न्याय खोज्दै सर्वोच्चमा 

रौतहट १४ जेठ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३ पटक देशको प्रधानमन्त्री भएर पनि न्याय दिन नसकेको भन्दै गौर हत्याकाण्डका पीडितहरु सर्वोच्चको शरणमा पुगेका छन्। घटनाको १७ बर्ष बितिसक्दा पनि राज्यले हालसम्म मृतकलाई शहिद घोषणा गर्न सकेका छैनन्, जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशकमा उनका कार्यकर्ताले क्षनभरमै हाम्रो सिन्दुर पुछे तर आँशु पुछ्ने कोही भेटिएन पीडितहरुले दुःखेसो पोखेका छन।

गौर घटनामा श्रीमानको ज्यान गएपछि न्यायको माग गर्दै पटक पटक आन्दोलन, पटक पटक धर्ना बसियो १७ वर्षको अवधिमा कसैले पनि न्यायको लागी पहल गरेन बौधिमाई नगरपालिका ८ का मृतक नर्मदेश्वर उपाध्यायको श्रीमती रुपशागर उपाध्यायले बताईन। मानविय समवेदना बिपरित जघन्य अपराधको पराकाष्ठाको ज्वलन्त उदाहरण गौर हत्याकाण्ड भएपछी माओबादी अध्यक्ष प्रचण्ड तथा पार्टीका तत्कालिन वरिष्ठ नेता बाबुराम भट्टराईले हालसम्म खासै चासो नलिएको कारण आफूहरु पार्टीे कार्यकर्ता भएर पनि थप पीडित भएकाे बिधवा उपाध्यायले भनिन उनीहरूको छोराछोरी मासुभात खाईरहेछ हाम्रो छोराछोरी लाई तरकारी भात समेत पाउन मुश्किल भएकाे छ।

यस अघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा केपी ओली प्रधानमन्त्री हूँदा पनि आफूहरु घरदेखि गौर, गौर देखि काठमाडौं भौतारिरहेका छौं सुनिदिने कोही भेटिएको छैन। आफ्नो पीडा लिएर हामी पीडित परिवार न्यायको खोजीमा छौं, मूख्य आरोपी जसपा अध्यक्ष उपेन्द्र यादव घुमिरहेका छन्। न्यायको लागी देशमा अन्य कुनै बाटो नसुझेको कारण अन्तिम आशाको किरण हामीलाई सर्बोच्च अदालतमा देखियो उनले भनिन। हामी पीडित मध्ये अहीले पाँचजना काठमाण्डौ आएका छौं मेरो श्रीमान , एकजनाको छोरा, एकजना भाई, अर्का एकजनाको छोरीको गौर घटनामा ज्यान गएको थियो हामी सबै पीडित मिलर संभवतः आजै सर्बोच्च अदालतमा उपेन्द्र यादव लगायत लाई बिपक्षी बनायर मुद्दा दर्ता गराउने तयारीमा रहेको बिधवा रुपशागर उपाध्यायले बताईन। 

के हो गौर घटना ?

२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको फिल्डमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । घटनामा बाँसको चारपाटे भाठा र हतियार समेत प्रयोग भएको थियो।

गौरभन्दा करिब १० किलोमिटर उत्तर  पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारमा  ३ महिला र ८ पुरुषको 

 गाउँभन्दा पश्चिमपट्टि बौधीदेवीको मन्दिरमा ल्याई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी मन्दिरमा बलि दिएर, आगो लगाई हत्या गरेको थियो। 

 आक्रमण पुर्वनियोजित तथा  संगठित रूपमा भएको देखिएको मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ठहर गरेको थियो। तीनजना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।  

गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए। अध्यक्ष यादव कै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरेको तत्कालीन माओवादी कार्यकर्ता तथा पीडित परिवार ले दाबी गर्दै आएका छन।

उक्त घटना हुँदा माओबादी तत्कालिन सरकारमा सहभागी थिए।सो समय नेपाली कांग्रेस नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका थिए।

घटना पछि माओबादीका तत्कालिन नेता प्रभु साहको सक्रियतामा पीडित परिवारले उपेन्द्र यादव लगायत १ सय भन्दा बढी मानीस लाई बिपक्षी बनायर जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता गराएका थिए। तर राजनीतिक घटाना भनेर कूनै सुनवाई न भएकाे पीडितहरुको भनाई छ। हाल आमजनता पार्टीका अध्यक्ष साहले गौर हत्याकान्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन पटकपटक आवाज उठाउँदै आएका छन। यसैबीच घटनाका पीडितहरु आईतवार काठमाडौं स्थित गृह मन्त्री नारायण काजी श्रेष्ठलाई भेटेर न्यायको लागी पहल गर्न आग्रह गरेका छन। भेटमा गृह मन्त्री श्रेष्ठ सकारात्मक रहेकाे टोलीमा सहभागी रामशरण यादवले बताएको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन।

सञ्जय मिश्रा

आईटी आर्मीले वैदेशिक रोजगारीमा निगरानी गर्ने

रौतहट १जेठ। प्रभू साह नेतृत्वकाे आम जनता पार्टी  निकट आईटी आर्मीले बैदेशिक रोजगारीमा निगरानी गर्ने भएको छ। आईटी आर्मीले वैदेशिक रोजगारीमा समस्यामा परेका ठगिएका पीडितको  हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको हो । 

आजपा केन्द्रीय कार्यालय काठमाडौंमा हालै बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन  गलत ठहर हुने मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाब सृजना गने उदेश्यले आर्मीका अध्यक्ष चन्द्र भुषण साहको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । 

 अध्यक्ष  साहको अध्यक्षतामा वैदेशिक रोजगार पीडित संघर्ष समिति गठन भएको छ । समितिले बैदेशिक रोजगारमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन संघर्षका कार्यक्रम गर्ने आईटी आर्मीका केन्द्रीय सदस्य नविन साहले बताए ।

पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष  प्रभु साहले बैदेशिक रोजगारमा गएका तर बिभिन्न मेनपावर एवं एजेण्टका कारण ठगिएका नेपाली श्रमिकको पक्षमा उनीहरुको हकअधिकारका लागि आवाज उठाउँन आवश्यक रहेको बताएका छन । 

केही दलाल एवं बदमास मेनपावर एजेण्टका कारण उनीहरु दुखमा समस्यामा छन् । उनीहरुको हकअधिकारको बारेमा बोलिदिने, लडिदिने आईटी आर्मीले उनीहरुको आवाज बनेर न्याय दिलाउने छ अध्यक्ष साहले भनेका छन।

सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध रही आम जनताको लोकतन्त्र प्राप्तिका लागी आईटी आर्मी अझै सक्रिय हुनुपर्ने उनले बताए । समाजमा फैलिरहेको भ्रम, द्वन्द्व र विभाजनको स्थितिलाई सुचनाप्रबिधीको माध्यमबाट नागरीकलाइ सुसुचीत पार्दै देशलाइ समृद्धीतर्फ अगाडी बढाउने उदेश्यले गठीत आइटी आर्मी आजपाको रिड रहेको रहेको उनले स्मरण गरेको जनकपुर बाट प्रकाशित आजको मधेश दृष्टि दैनिक पत्रीकामा प्रकाशित गरीएको छ।

गणतन्त्रको अवसरमा रौतहटबाट १० जना कैदी रिहा

रौतहट १५ जेठ । गणतन्त्र दिवसको अवसरमा  रौतहटका १० जना कैदी बन्दी रिहा भएका छन। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताईरहेका १० जना कैदी रिहा भएका हुन्।

रीहा हुनेहरूमा डाँका मुद्धामा कैदिजिवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्धाका कैदी रामनगर ४ सर्लाहीका  हृदय बैठा भन्ने हरिदेव वैठा, सवारी अङ्गभङ्ग मुद्धाका कमलामाई ९ सिन्धुलीका कुल वहादुर कार्की, लगायत १० जना कैदी रिहा भएकाे जेलर मणि भुषण साहले जानकारी दिएका  छन।

को होला आगामी महालेखापरीक्षक ?

काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालको कार्यकाल २०८० जेठ ८ गते सकिएको छ । हाल महालेखापरीक्षकको पद रिक्त छ । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी उपमहालेखापरीक्षक राममाया कुँवरले पाउनुभएको छ । कुँवर कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने दोस्रो महिला हुनुहुन्छ । नयाँ महालेखापरीक्षक सिफारिस हुनुपर्ने समय नजिकिँदै गर्दा आगामी महालेखापरीक्षक को होला भन्ने जिज्ञासा महालेखापरीक्षकको कार्यालयका कर्मचारी, लेखा उत्तरदायी अधिकृत तथा सरोकारवालामा उत्पन्न भएको छ ।

नियुक्तिका निम्ति कानूनी व्यवस्था

नेपालको संविधानको धारा २४० बमोजिम राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखापरीक्षकको नियुक्ति गर्ने व्यवस्था छ । संविधानमा मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पैँतालिस वर्ष उमेर पूरा भएको, र उच्च नैतिक चरित्र भएको व्यक्ति महालेखापरीक्षकका लागि योग्य हुने उल्लेख छ ।
संविधानको धारा २४१ अनुसार सबै संवैधानिक निकाय तथा सोको कार्यालय, अदालत, सुरक्षा निकाय लगायतका सबै संघीय र प्रदेश सरकारी कार्यालय तथा स्थानीय तहको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने, ५० प्रतिशतभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको संगठित संस्थाको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिका लागि परामर्श र अपनाउनु पर्ने सिद्धान्तका सम्बन्धमा आवश्यक निर्देशन दिने, महालेखापरीक्षकलाई लेखापरीक्षणको सिलसिलामा लेखासँग सम्बन्धित कागजपत्रहरु जुनसुकै बखत हेर्न पाउने अधिकार हुने, तोकिएका कार्यालय बाहेक अतिरिक्त अन्य कुनै कार्यालय वा संस्थाको महालेखापरीक्षकबाट लेखापरीक्षण गर्नुपर्ने गरी संघीय कानून बमोजिम व्यवस्था गर्न सकिने, लेखापरीक्षण गरिने निकायको लेखा संघीय कानून बमोजिम महालेखापरीक्षकले तोकेको ढाँचामा राखिने लगायतका काम, कर्तव्य र अधिकार महालेखापरीक्षकलाई तोकिएको छ ।
संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख छ । ‘संवैधानिक परिषद्ले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ सविधानमा उल्लेख छ । मृत्यु भई वा राजीनामा दिई त्यस्तो पद रिक्त भएको अवस्थामा मात्रै रिक्त भएको मितिले एक महिनाभित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गर्न सक्ने उल्लेख छ ।

महालेखापरीक्षकका लागि को उपयुक्त ?

नेपाल लेखापरीक्षण सेवाबाट सेवानिवृत्त विशिष्ट श्रेणीका कर्मचारीलाई नभई राजनीतिक दलहरुले आफूसँगको निकटताका आधारमा नेपाल प्रशासन सेवाका सचिवलाई महालेखापरीक्षक बनाई पठाउने परम्परा जस्तै बनिसकेको छ । महालेखापरीक्षकको कार्यालयमा लामो समय काम गरी उपमहालेखापरीक्षक पदमा सेवानिवृत्त भएका कर्मचारीलाई वा सेवारत भएकै मध्येबाट महालेखापरीक्षकको जिम्मेवारी दिएमा कार्यसम्पादन उत्कृष्ट हुने सरोकारवाला बताउँछन् ।
महालेखापरीक्षकले लेखापरीक्षणको माध्यमबाट मुलुकको सार्वजनिक स्रोत, साधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्च लगायत सरकारका कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्नुपर्ने हुन्छ । सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन तथा असल अभ्यासको स्थापनामा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । महालेखापरीक्षकबाट जारी हुने लेखापरीक्षण प्रतिवेदन र नतिजा मार्फत संघीय संसदले आफूद्वारा स्वीकृत नीति तथा कार्यक्रमको कार्यान्वयन र सरकारका समग्र क्रियाकलापहरु सम्बन्धमा संसदीय निगरानी गर्ने प्रचलन रहेको छ । यी जिम्मेवारी पूरा गर्न कार्यरत मध्येबाटै महालेखापरीक्षक नियुक्त गर्दा उपयुक्त र प्रभावकारी हुने विज्ञको धारणा छ । लेखापरीक्षण सम्बन्धी ज्ञानसँगै नेतृत्व क्षमता, विषयवस्तुबारेको बुझाई, इमान्दारिता र व्यवसायिकतालाई आधार मान्नुपर्ने देखिन्छ । नेपाल लेखापरीक्षण सेवामा कार्यरत विशिष्ट श्रेणीका कर्मचारीमध्येबाट सिफारिस गरिएको अवस्थामा उपमहालेखापरीक्षकहरु राममाया कुँवर, महेश्वर काफ्ले, बामदेव शर्मा अधिकारी र विन्दु विष्टमध्ये एक जना छनोट गर्नुपर्ने हुन्छ । सेवानिवृत्त भइसकेका उपमहालेखापरीक्षकहरु पनि सो पदका लागि योग्य हुन्छन् ।
राजनीतिक आस्थाका आधारमा बाहिरको व्यक्तिलाई महालेखापरीक्षक नियुक्ति गर्दा सरकारी निकायको अन्तिम लेखापरीक्षण तथा कार्यालयको कामकारवाही प्रभावकारी नहुने निश्चित छ । महालेखापरीक्षकलाई आर्थिक अनुशासन कायम गराउने गम्भीर जिम्मेवारी हुने हुँदा स्वच्छ छवि भएको, विगतमा भ्रष्टाचार, अनियमिततामा संलग्न नभएको व्यक्ति नियुक्त गर्नु अपरिहार्य छ।संघ,प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, निकाय,सार्वजनिक संस्थानको लेखापरीक्षण गर्ने जस्तो गहन अभिभारा निर्वाह गर्ने संवैधानिक अंगको प्रमुख सबैको विश्वासयोग्य हुनु पनि उत्तिकै जरुरी छ । संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि ४ विभाग, १८ महानिर्देशनालय तथा ३५ निर्देशनालयमा कार्यरत करीब ६०० जना जनशक्तिलाई प्रभावकारी ढंगले परिचालन गर्ने कार्य आफैँमा चुनौतिपूर्ण छ । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई्र), विश्वका १९३ सर्वोच्च लेखापरीक्षण संस्था तथा अन्तर्राष्ट्रिय लेखापरीक्षण समुदायसँग सम्बन्ध विस्तार, समन्वय र अन्तक्र्रिया गरी नेपालको सर्वोच्च लेखापरीक्षण संस्थालाई विश्वमा परिचित गराउन सक्ने , राजनीतिक दलको कार्यकर्ताका रुपमा काम गर्ने भन्दा इमान्दारीपूर्वक लेखापरीक्षण गर्न गराउन सक्षम व्यक्तिलाई महालेखापरीक्षकमा छनोट गर्न आवाज उठाउनु आवश्यक देखिन्छ ।

तत्काल नियुक्ति नभए के हुन्छ ?

महालेखापरीक्षक शर्माको पदावधि समाप्त भएसँगै उपमहालेखापरीक्षक राममाया कुँवरले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सहाल्नु भएको छ । प्रधानन्यायाधीशको टुङ्गो नलगाएसम्म सरकारले चाहेर पनि नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकिने देखिन्छ । यसै सन्दर्भमा कार्यवाहक महालेखापरीक्षकको शृङ्खलाबद्ध चरण चलिरहेमा श्रावण २४ गते अवकास हुने कुँवरपछि श्रावण २५ बाट अर्का उपमहालेखापरीक्षक महेश्वर काफ्लेले माघ महिनासम्म जिम्मेवारी प्राप्त गर्नसक्ने सम्भावना छ।

त्यस्तै फाल्गुन महिनादेखि उपमहालेखापरीक्षक वामदेब शर्मा अधिकारीले समेत उमेर हदका बावजुद करीब दुई वर्षसम्म कार्यवाहक महालेखापरीक्षकको भूमिका निर्वाह गर्न पाउने सम्भावना छ ।त्यसपछि पनि महालेखापरीक्षक नियुक्त नभएमा उपमहालेखापरीक्षक विन्दु विष्टले तेस्रो महिला कार्यवाहक महालेखापरीक्षककाे इतिहास रच्ने सम्भावना रहन्छ । यो बीचमा सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याएमा भने उहाँहरुमध्ये कसकसले कार्यवाहक महालेखापरीक्षककाे जिम्मेवारी पाउनुहुने हो भन्ने व्यग्र प्रतीक्षाका साथ महालेखापरीक्षकको कार्यालयभित्र चर्चा चल्ने गरेको छ।

नेपाली सेनाको लिखित परिक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाकोे लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

सेनाको सैन्य तहका लागि मागिएको विज्ञापनको लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ। सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारका नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आउनुभएको छ। त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्‍याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ।

बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गर्नुभएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो। त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ।

बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत गर्दै छ। बजेटका अङ्क अर्थ मन्त्रालयले टुङ्ग्याइसकेको छ। यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ।

पूर्वसांसद रेशम चौधरी रिहा

काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतम लगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुल मालासहित कारागार पुगेका थिए ।चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो ।

संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी, प्रहरी जवान जनक नेगी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशमलाई अभियोजन गरिएको थियो । ५८ जनाविरुद्ध अभियोजन गरिएकामा ३१ जना हालसम्म फरार छन्, २७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

रेशमसहित चार जनाले जन्मकैदको सजाय भोग्दै छन् । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो । जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । 

यस्तो छ  १५ जेष्ठ २०८०, सोमबार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्नेछ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, बजेटको अघिल्लो दिन शेयर बजारमा देखिएन उत्साह

काठमाडौं । बजेटको पूर्वसन्ध्या नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबार अवधिको तीन घण्टासम्म सकारात्मक रहेको नेप्से, सोपछिको समयमा भने घट्न थालेको हो। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोली सोमबार ल्याउँदैछ । बजेट आउने अघिल्लो दिन आज आइतबारको शेयर कारोबारमा भने उत्साह देखिएको छैन ।     

साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको हो । आज नेप्से १७.३८ अंकले घटेर एक हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।      

नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।      

नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विका सबैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

उपसचिवको नतिजा सार्वजनिक (सुचनासहित)

काठमाडौं । लोक सेवा आयोगले प्रशासन सेवा समूह उपसचिवको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, पूर्णबहादुर खत्री छनोट भएका छन् ।

त्यस्तै गिता आचार्य, किरण थापा, शम्भुप्रसाद यादव, निलकण्ठ विश्वकर्मा, किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, गिता आचार्य, पूर्णबहादुर खत्री, किरण थापा, निलकण्ठ विश्वकर्मा छनोट भएका छन् ।

सिन्धुपाल्चोकको गोल्चेमा ३.९ रेक्टरस्केलको भूकम्प

काठमाडौँ। सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

साहित्यिक पत्रकार संघले समालोचक र समीक्षकलाई सम्मान गर्ने

काठमाडौं । पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई समालोचक र दुई समीक्षकलाई सम्मानित गरिने भएको छ ।

साहित्यिक पत्रकार संघले स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा सो सम्मान प्रदान गर्ने घोषणा गरेको हो । संघले ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान–२०७९’बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने छ । ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान–२०७९’बाट समीक्षकहरु ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गर्ने निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले छ ।

वरिष्ठ साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदनू संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय गरिएको अध्यक्ष लेकालीले बताउनुभयो । पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा सम्भवत पहिलो हो ।

लागूऔषधसहित ३ जना पक्राउ

काठमाडाैं ।चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनकाे भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय

काठमाडौँ । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।

परिवारका सदस्य समेत बसेर निर्णय गर्न नमिल्ने कानुनी व्यवस्था छ । सोही कारण रेशमपत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ चौधरीलाई मन्त्रिपरिषद् बैठकमा सहभागी नगराई यो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

राजनीतिक आन्दोलनका क्रममा मुद्दा लागेर जेल परेका बाहेकलाई पनि बाँकी सजाय मिनाहाको प्रचलनानुसार माफी दिन लागिएको उनले बताए ।

परिचयपत्र देखाएर सिंहदरबार र विमानस्थलमा प्रवेश गर्न दिन चलचित्र कलाकार संघकाे माग

काठमाडाै । चलचित्र कलाकार संघले परिचयपत्रको आधारमा कलाकारहरुलाई सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन सरकारसँग माग गरेका छन् । आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई चारबुँदे माग पेश गरेको हो ।

संघले वितरण गरेको परिचयपत्रको आधारमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार र विमानस्थलको विशिष्ट कक्षमा प्रवेश दिन माग गरिएको महासचिव तथा अभिनेता सविन श्रेष्ठले जानकारी दिए । कलाकार संघले करिब ९०० जनालाई परिचयपत्र उपलब्ध गराएको छ ।

यसबाहेक भ्रष्टाचार, दण्डहीनता र अनियमिततालगायत विषयमा सरकारले गरेको कारबाहीलाई निरन्तरता दिन पनि संघले आग्रह गरेको छ । काठमाडौंको धापासीस्थित चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगका लागि पनि संघले अनुरोध गरेको छ ।

विशिष्ट चलचित्रकर्मी लगायत प्रबुद्ध नागरिक र जनसाधारणले सिभिल सहकारीमा बचत गरेको अर्बौं रकम अपचलन गरेको र उक्त रकम पीडितलाई फिर्ताका लागि पहल गर्न अनुरोध गरिएको छ ।

उक्त सहकारीमा अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र भुवन चन्दले बचत गरेको रकम फसेको बताइएको छ । उनीहरुले यसका लागि दलका नेताहरुलाई पनि ध्यानाकर्षण गराउँदै आएका छन् ।