चन्द्रनिगाहपुरमा ब्राउन शुगर सहित गुरो पक्राउ

रौतहट ११ असार । रौतहटको उत्तरी भेग पूर्व पश्चिम महेन्द्र राजमार्ग सँग जोडिएको चन्द्रनिगाहपुरबाट लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३० वर्षीय बिवेक गुराे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपि एक नारायण कोईरालाले बताएका छन्।

 चन्द्रपुर  ४ स्थित चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन शुगर बरामद भएको डिएसपि कोईरालाले जानकारी दिएका छन्। गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित उनी नियन्त्रणमा रहेको तथा जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान भई रहेको  प्रहरीले सार्वजिक गरेको छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ जारी गर्दै 

काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले असार १९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १०% अर्थात ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ।

उक्त आइपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यस्तै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ। जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन् ।रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङ्गको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४२ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ ११ असार २०८०, सोमबार आज सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा शुभ समाचार मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने र ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नजिकैको व्यक्तिबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग छ र कुनै कुराले मनमा खुसी पनि मिल्निेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा समस्या बढ्न सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज रमणीय र सुखद यात्राको योग छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सुखद् एवं धार्मिक यात्राको योग पनि छ ।

बालिका बलात्कारको आरोपमा ४७ वर्षीय पुरुष पक्राउ

काठमाडौं । उदयपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ८ केवरपानीका ४७ वर्षीय टेकमान मोक्तान (तामाङ) रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

​टेकमानले ती बालिकालाई बुधवार दिउँसो उदयपुरगढी ८ केवरपानी गडेरेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३ करोड ३३ लाख राजश्व चुहावट गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । एक ठेकेदार कम्पनीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ । 

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ । महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउने ठेक्कामा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक न्यूनतम कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरेको र त्यसैलाई स्वीकृत गरेको पाइएको छ । राजस्व रकम कम निर्धारण गर्ने मनसाय राखी मिलेमतोमा बोलपत्र स्वीकृत गरी सम्झौता प्रक्रिया अगाडि बढाएको समेत आयोगको अध्ययनमा देखिएको छ।

नदीजन्य पदार्थको ठेक्कामा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियम विपरीत छुट दिएको आरोप प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगर प्रमुख विष्टसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, नगरपालिकाका तत्कालीन राजस्व छुटको निम्ति गठित कार्यदल संयोजक तथा वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, सदस्यहरु प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर, साक्षी गोविन्दराज उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यस्तै, भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्ट र कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको जनाइएको छ । 

भवानी कन्स्ट्रक्सन प्रालिसँगको मिलोमतोमा उठाउनुपर्ने राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना कार्यदलको सिफारिसका आधारमा नियम विपरीत राजस्व छुट दिएर तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ राजस्व चुहावट गरेको अख्तियारको आरोप छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

यसैगरी, आयोगले आजै कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभूषण झा, हुम्ला अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा, सबइञ्जिनियर भीमबहादुर रोकायाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कर्णाली प्रदेश सरकारको अनुदानबाट निर्माण हुने हाइटेक नर्सरी स्थापना र सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले उनीहरूविरुद्ध रु चार लाख ३८ हजार पाँच सय ५७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । आयोगले फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा कार्की भण्डारीविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

कृषि विकास कार्यालय हुम्लाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै अनियमितता भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिएका हुन्।

कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित तत्कालीन सबइञ्जिनियर भीमबहादुर रोकाय, अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालक सुष्मा कार्कीविरुद्ध मुद्दा हालिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।

अख्तियारले भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो जफत र कारवाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ ।

जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिकावडा-८ बिजौरी स्थायी घर भई हाल तिनकुने बस्ने २७ वर्षीय सुवास चौधरी रहेका छन् । उनले शंकर घिमिरेलाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी रकम लिएको प्रहरीले बताएको छ ।

घिमिरेले वैदेशिक रोजगार विभागमा  उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए  ।

  उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले  सुवास चौधरीलाई खोजतलास गर्ने क्रममा शुक्रबार सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

पशुपतिनाथ मन्दिरको सुनको जलहरी निकालियो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ।

आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेको हो।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगि जोख्ने काम भइरहेको छ। करिब एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सिसिटिभी क्यामेरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो।

जलहरी प्रकरणको छानविन गर्न अख्तियारको टोली पशुपतिमा

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि आइतबार दिउँसो पशुपति पुगेको हो। अहिले पशुपतिनाथको मुलगेटबाट सर्वसाधरणलाई प्रवेश दिइएको छैन। 

उक्त जलहरी १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी हालेको भनिएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने महालेखाले भनेको थियो। 

त्यसपछि महालेखाको प्रतिवेदन बाहिरिएपछि यसले चर्चा पाएको हो। 

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले भने सुनमा कुनै प्रकारको बदमासी नभएको दाबी गर्दै आएका छन्। उनले सुनमा घटी आए आफू सजाय भोग्न तयार रहेको बताएका थिए।  

मन्त्रालयमा सुब्बाको शासन

काठमाडौ । सुब्बाले सिंहदरबार र त्यहाँका हाकिमहरुलाई हल्लाइदिन्छन् र हायलकायल खेलाइदिनसक्छन् भन्दा पत्याउदैनन्,जो कोही तर, यस्तै भेटिन्छ उद्योग अनि गृह मन्त्रालय, अर्थ मन्त्रालय देखी शहरी बिकास मन्त्रालयका सुब्बा सापहरु।

सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री, सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयको मसि सुक्न नपाउदै उल्टाइदिन सक्छ्न् ।

शहरी बिकास मन्त्रालयका सुब्बा युवराज गिरी मात्रैले मन्त्रालय हल्लाएनन् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेटिङ मिलाएर अध्यागमन कार्यालयमा पुगेका दर्जनौं अधिकृतहरुलाई काठमाडौं बाहिर सरुवा गरेको बताए पनि बर्षाै देखि काज मिलाएर अध्यागमनमा बसेका नायब सुब्बा तहका कर्मचारीलाई सरुवा गर्न मात्रै होइन खटाएको ठाउँमा पठाउन सकेका छैनन् ।
उपप्रधानमन्त्री श्रेष्ठले केही साता अघि एकै पटक २४ जना अधिकृतहरुको सरुवा गरेर काठमाडौं बाहिर पठाइ दिएका छन् । जसमध्ये १४ जना अधिकृत अध्यागमनबाट बाहिर पठाइएका छन् । त्यसमध्ये १० जना अधिकृत त्रिवि अध्यागमन,२ जना अध्यागमन कार्यालय,कालिकास्थान र दुई जना अधिकृत अध्यागमन कार्यालय भैरहवाका रहेका छन् ।

यस अघि बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा गृहको कर्मचारी प्रशासनसँग सेटिङ त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा पुगेका अधिकृतहरुलाई काठामाडौं उपत्यका बाहिर पठाएका थिए । यसरी खटाइएकामध्ये अधिकांशको सरुवा काठमाडौं उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका जिल्लामा पठाएको हो ।

केही साता अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले समेत रमाना नलिने कर्मचारीलाई कारवाही गर्ने मात्र बताएनन् कि कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको थियो ।तर पनि यसरी सरुवा भएर रमाना नलिई बर्षौदेखि त्रिवि अध्यागमनमा कार्यरत नायब सुब्बा टंकनाथ गौतमलाई चलाउन सकिएको छैन । उनी स्टोरको हर्ताकर्ता भएर बसिरहेका छन् । उसैगरी नासु टंकनाथ गुप्ता पनि सरुवा भएको ठाउँमा नगइ रमाना नलिइ अध्यागमनमै बस्ने अटेरी कर्मचारीभित्र पर्दछन् । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी भएपनि कम्प्युटर अपरेट महतो करिब एक बर्ष अघि देखि अ अध्यागमन विभागमा काजमा कार्यरत छन् । कम्प्युटर अपरेट राजीव महतो बारे मन्त्रालयमा सोधपुछ गर्दा २०७८ वैशाख देखि जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकमा दरबन्दी रहेका महतोको २०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको थियो भने २०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।

यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन, कानुन आकर्षित हुन्छ । न कसैले छुन वा चलाउन सक्छन् । न त कुनै परिपत्रले केही प्रभाव पर्न सक्छ ? यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन, कानुनले कम र ‘लुटतन्त्र बढी चलिरहेको छ ।

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही समयअघि अध्यागमन अधिकृत र नायव सुब्बाहरु गरी करिब दुई दर्जन कर्मचारीको सरुवा गरेको छ । सरुवालगत्तै उच्चपदस्थ पदाधिकारीहरुले ती कर्मचारी सेटिङमा त्यहाँ रहेको आरोप लगाउँदै सरुवा गर्नुपरेको स्पष्टिकरणसँगै नाम सार्वजनिक गरिदिएका थिए । तर बर्षौ अघि सरुवा भए पनि रमाना नलिइ बस्ने सुव्वा तहका कर्मचारीहरुलाई भने छुन वा चलाउन सकिएको नदेखिएपछि मन्त्रालयका कर्मचारीहरु नै अचम्ममा परेका छन्।

वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भारी संख्यामा दरखास्त खुलाएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनालाई रोजगारी दिन लागेको हो । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ ।

बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ ।

आवेदन अनलाइनबाट नै दिन सकिने छ आवेदन माग । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने छ ।

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठसहित)

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बढी हो । महानगरले चालु आर्थिक वर्षका लागि पूरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

आइतबारदेखि सुरु भएको महानगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले उक्त बजेट पेस गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।

महानगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ । साथै, महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध जनाएको छ ।

भरतपुर महानगरको बजेटको पूर्णपाठ :

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको छैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नरोकिएको जानकारी दिएका छन्। आइतबार गृह मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान नरोकिएको जानकारी दिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार चुप नलागेको बताउँदै उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला छ। तथय प्रमाणले पुष्टि भए थप पनि तानिन्छ।’

सरकारले उक्त प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ। सो प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

अनुसन्धानले केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको छ । पुर्पक्षमा थुनामा छन् र केही अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको र अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने पनि प्रष्ट नै छ’ गृहमन्त्री श्रेष्ठले भने ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ ।

दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताए ।

गृहमन्त्री श्रेष्ठले अगाडि भनेका छन्, ‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रुपमा पठाउने र सम्पति आर्जन गर्ने जुन प्रवृतिले काम गरिरहृयो त्यसको अनुसन्धान गर्दै त्यसमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कुरा । ठगी, संगठत अपराध, राज्यद्रोश र किर्तेका विरुद्ध ठोस कदमहरु अगाडि बढाइएको छ ।

सामानसहित एउटा माेटरसाइकल प्रहरीको नियन्त्रणमा

कञ्चनपुर । भन्सार छलिको सामानसहित माटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट आज आइतबार सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको भन्सार छलिको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको हो ।

प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।