पर्यटन सचिब काफ्लेले रिसोर्ट संचालक थापा लाई गरे उत्कृष्ट सम्मान

काठमाडौं । नेपाल पर्यटक गाइड संघ (Tourist Guide Association of Nepal)ले पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालनक राजन थापालाई सम्मान गरेको छ ।

राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योग्दानको कदर कर्दै उत्कृष्ट सम्मान गरेको हो । संकृति उर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले थापालाँई सम्मान गर्नुभएको हो ।

थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो ।

संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।संचालक थापाले नेपालको पर्यटन क्षेत्रमा ठुलो योगदान रहेको पर्यटन बिस्तारको क्षेत्रमा काम गर्नेहरूको धारण रहेको छ।

 यस्तो छ माघ १४ गते आईतवार आज तपाईंको राशिफल

मेष : आजको दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृष : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिएर दु :ख दिनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। गर्दै गरेको काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानी सफल हुनेछ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर बस्नु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। सानो गल्तीले भयावह रुप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। चिसोले स्वास्थ्यमा समस्या हुनसक्छ।

धनु : दैनिकी राम्रो छ। खुशी साट्ने योग छ। धर्ममा मन जानेछ। हरेक क्षेत्र अब्बल छन्। बोलीमा नम्रता देखिए परिवारको साथ मिल्नेछ।

मकर : दिन सामान्य छ। आरोप प्रत्यारोप सुन्नुपर्ने हुनसक्छ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अचानक धन खर्च हुने योग रहेको छ।

कुम्भ : दिन सामान्य राम्रो छ। धनीको छाया रहेकाले बोलीको कारण समाजमा नकारात्मक टिप्पणी हुनेछ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन बढ्नेछ। धार्मिक ठाउँको यात्रा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। बोलीमा नम्रता देखाउनु आवश्यक छ।

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार र आज आइतबार पनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो बिहीबारकै मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि गत बिहीबारकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग (सूचनासहित)

काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ।

सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

जाडो छल्न माण्डवी द्वारा ५०० परिवारलाई न्यानो कपडा वितरण

रौतहट १३ माघ। रौतहट स्थित गैरसरकारी संस्था माण्डवीले ५०० परिवारलाई जाडो छल्न न्यानो कपडा बितरण गरेको छ।
पछिल्लो केहीदिन देखि तराईमा चलेको सितलहर सँगै चिसो अत्यधिक बढेपछि माण्डवीको पहल र एफसीडीओ स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो ।
जिल्ला सदरमुकाम गौर नगरपालिका, परोहा नगरपालिका तथा इशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा शीतलहर परियोजनाअन्तर्गत करिब ५०० परिवारलाई न्यानो कपडा वितरण गरिएको संस्थाकी अध्यक्ष अञ्जु झाले बताएकी छन्।
पहिलो चरणमा आठहजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु ६ हजार ५०० सय बराबरको खाधान सामाग्रीहरु वितरणको योजना रहेको अध्यक्ष झाले जानकारी दिएकी छन्।
पहिलो चरणमा बाक्लो ज्याकेट, बाक्लो लोवर,उनीका सुइटर, उनीका मोजा, तातो पानी राख्ने १ लिटरको थर्मस, दुईकेजी फोमको सिरक त्यस्तै ६ देखि १० केजी तौल भएको कपासको सिरक,६.५ फिट लम्बाई भएको पिफम, ठूलो त्रिपाल ,हट वाटर ब्याग, डसना, ऊनको टोपी, बाक्लो मोजा, टाउजर हाइनेक, बच्चाको न्यानो कपडा, ऊनको पन्जा, चप्पलहरु बितरण गरिएको माण्डवीले जनाएको छ।
माण्डवीका अनुसार पहिलो चरणमा न्यानो कपडा वितरणको काम शुक्रवार देखि सुरुभएको छ यो सकिनासाथ दोस्रो चरणको राहत सामग्री वितरण हुनेछ।

बन्दको क्रममा पक्राउ नेताहरुलाई प्रभु साहद्वारा सम्मान

रौतहट १३ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आह्वानमा विहीवार भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ ।
शुक्रवार काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच पक्राउ पछि रिहा भएका नेता कार्यकर्ताहरुलाई सम्मान गरिएको हो ।
आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले काठमाडौं स्थित एक कार्यक्रमका विच सम्मान गरेका छन् । यस्तै रौतहटमा पार्टी जिल्ला कमिटी र बिरगंजमा पार्टीले सम्मान गरेको छ ।
बैंकिंग लुटको विरुद्ध आजपाले घोषणा गरेको बिहिवारको मधेश बन्दको क्रममा प्रहरीले मधेश प्रदेशको राजधानी जनकपुर, बिरगंज, गौर , चन्द्रपुर लगायतका स्थान बाट १०४ जना नेता कार्यकर्तालाई पक्राऊ गरेको १० घण्टा पछि रिहा गरेको थियो ।
आजपा उपाध्यक्ष एंव सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिब अरुण घिसिंग, सचिव समिना हुसैन, रौतहट इन्चार्य त्रिभुवन साह, आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबू मंसूर, बिधार्थी मोर्चाका इन्चार्ज सरोज बछाड, महिला मोर्चाका अध्यक्ष कुमारी बबिता, इन्चार्ज सिमल साह, सांस्कृतिक मोर्चाका इन्चार्ज बिजय यादव, जनजाति मोर्चाको अध्यक्ष पासांग तमांग, केन्द्रीय सदस्य राजेश साह, बिजय साह तथा आईटी आर्मीको उपाध्यक्ष निवेश यादव, रामशरण यादव, दिपलाल यादव, आमिंद्र, रामसागर लगायतका सयौं नेता-कर्याकर्तालाई सम्मान गरिएको छ ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिको आयोजनामा बिहीवार मधेश बन्दको कार्यक्रम राखेको थियो। बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले बिभिन्न किसिमका आन्दोनल गर्दै आएको छ।

 यस्तो छ माघ १३ गते शनिबार आज तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

काठमाडौ एयरपोर्ट प्रमुख र अधिकृत माथी प्रहरीको दुर्व्यवहार प्रति चौतर्फी बिरोध

काठमाडौ । त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेकाघटनालाई लिएर चौतर्फी बिरोध भएको छ। सुधारका काम गरेर अगाडि बढिरहेको एयरपोर्ट अध्यागमन प्रशासनलाई हत्तोसाहित गराउन प्रहरी लागी परेको यो घटनाले पुष्टि गरेको छ। एयरपोर्ट सुध्रेको प्रहरी हेर्न चाहादैन भन्ने बेलावखत चल्ने गरेको बहस यो प्रहरी ज्यादती पछि सत्य मान्नुपर्ने भएको छ। । तोकिएको जिम्मेवारी बहन गरिरहेको बखत त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि माथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्।

प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानमाथि त्यहाँ खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका अन्य कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
यो प्रकरण पछि कार्यालय प्रमुख गोगन बहादुर हमाल सिसिटिभी मोनिटरिङ कक्षमा ढोका थुनेर उनीमाथि समेत प्रहरीले कुटपिट गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

दुबै पक्षलाई राखेर सिसिटिभी मोनिटरिङ कक्षमा छलफल हुँदै गर्दा मोक्तानमाथि प्रहरीले हातपात गरेको र प्रहरीको ज्यादतीविरुद्ध बोल्दा कार्यालय प्रमुख हमाल माथि दुव्र्यवहार भएको र हमालको दायाँ हातमा चोट लागेपछि विमानस्थलको आगमन एरियामा रहेको प्राथमिक उपचार कक्षमा ड्रेसिङ गरिएको बताइएको छ।

अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उक्साहटमा यो घटना भएको हो कि प्रश्न गरिएको छ।

भिजिट भिसाको विषय बाहिर आएपछि नेपाल प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद बढेको देखिन्छ । बिमानस्थलमा हुने अनेकौं चलखेल गर्दै आइरहेका प्रहरीलाई अध्यागमनको सुधारको काम मन नपरे नै यो घटना भएको हो भनिएको छ।

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ ।  एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए ।

उनका अनुसार बोर्डले आगामी चैत १५ देखि २७ गतेसम्म नियमित तथा गे्रडवृत्ति परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक भइसकेको छ ।
यसवर्ष परीक्षामा सहभागी हुनेले प्रत्येक सैद्धान्तिक विषयमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान गरिएको उनले बताए । ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुनेछ ।यसवर्ष एसइईमा नियमित र ग्रेडवृद्धि तर्फ समेत गरी ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । बोर्डले कक्षा ११ र १२ मा भने यसअघि नै लेटर ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।

दुईजना लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत र मोरङको सुन्दर हरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल घुस प्रकरणमा दोषी ठहर भएका छन् ।

 मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत प्रमुख मालपोत अधिकृत लेखा महत र मोरङको सुन्दर हरैँचा नगरपालिकाका लेखा अधिकृत ढकाललाई विशेष अदालतले जनही ६-६ महिना जेल सजाय हुने ठहर गरेको हो। 

विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार दुवै अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। ताप्लेजुङ मालपोतका प्रमुख मालपोत अधिकृत पनेरु महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। 

उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो। बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घुस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। 

उता मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत ढकाल पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले चलाएको भ्रष्टाचार मुद्दामा ढकाललाई पनि विशेष अदालतले शुक्रबार दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो।

अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको छ।

बुढानीलकण्ठ नगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर अस्पतालमा सेवा करारमा कर्मचारी माग गरेको हो । 

अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।

आवेदन आह्वान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np  बाट प्राप्त गर्न सकिनेछ । 

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रहरी ज्यादती बीच मधेश प्रदेश बन्द पूर्णसफल भएको दाबी

रौतहट १२ माघ। प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको बिहीवार आंशिक प्रभाव परेको छ। राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु प्रदेशको राजधानी जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा बिहीवार बिहानै देखि टायार बालेर प्रदर्शन गरेका थिए।
पार्टी निकट आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा जनकपुरमा भएको प्रदर्शनमा महिला पुरुष गरी दर्जनौं मानिस सहभागी थिए। जबर्जस्ती पसल बन्द गराउन खोजेको तथा सरकारी गाडीमा आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद् तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्र भूषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउ गरेको थियो।
उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव लगायत पनि पक्राउ परेका थिए।
यसैगरी आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतका पनि पर्साबाट पक्राउ परेका थिए ।
रौतहटको चन्द्रनिगाहपुर गौर लगायत स्थान बाट जिल्ला इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरी लगायत २१ जना नेता कार्यकर्ता पक्राउ परेका थिए। यस्तै आजपाका कार्यकर्ताहरुले सप्तरीको रुपनीमा रागमार्ग अवरुद्ध पारेका थिए।
मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी श्याम कुमार कुशवाहाले राष्ट्रिय सभा निर्वाचनकै बीच गरिएको बन्दका कारण केही असहजता उत्पन्न भएपनि सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्।
प्रवक्ता कुशवाहाका अनुसार मधेसमा राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ८ सय ७३ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बन्दसमेतको अवस्थालाई मध्यनजर गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको थियो। पूर्व पश्चिम राजमार्गमा बिशेष निगरानी गरिएकाले बन्दको क्रममा प्रदेशमा कुनै अप्रिय घटना नभएको उनको भनाइ छ। प्रदेशभरी बाट पक्राउ परेका १०४ जना प्रदर्शनकारी लाई बिहीवार साँझ छोडिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी कुशवाहाले जानकारी दिएका छन।बन्दको कारण बजार, उधोग, शिक्षण संस्था समेत प्रभावित भएका थिए ।
आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहले को बन्दी पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्। प्रदेशको राजधानी जनकपुरमा ई रिक्सा बाहेक सार्वजनिक सवारीसाधन चलेका छैन भने सरकारी गाडीलाई प्रहरीले स्काटीङ गरेर चलाएको छ। प्रदेशको सबै जिल्लाको अवस्था उस्तै छ, सबै जिल्लामा सवारीसाधन न्यून संख्यामा चलेको छभने पसलहरु पनि विगतको तुलनामा निकै कम खुलेको अध्यक्ष साहले बताएका छन्। शान्तिपूर्ण प्रदर्शन गर्ने आजपाका पुरुष संगै महिला कार्यकर्ता माथि प्रहरीले ज्यादती गरेको उनको आरोप रहेको छ।
पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बिहीवारको मधेश प्रदेश बन्दको कार्यक्रम सफल बनाउन सहयोग गरेका पार्टी कार्यकर्ता देखि आम जनसमुदाय प्रति आभार ब्यक्त गरेका छन्। उनले नेपाली नागरिकको हकहितको लागि पार्टीले गरिरहेको कार्यक्रमहरुमा खुलेर साथ दिन आग्रह समेत गरेका छन्।
बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ । सञ्जय मिश्रा

आर्थिक सुशासनका अभियन्ता वामदेव अधिकारी आज बाट कार्यवाहक महालेखा परिक्षकको भुमिकामा

सरकारले महालेखा परिक्षको नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा कार्यवाहकको भरमा चल्दै आएको यो संबैधानिक निकायको कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्लेको ?आजबाट सेवा अबधि सकिए सगै उपमहालेखा परिक्षकको भुमिकामा कार्यरत बामदेब अधिकारीले पनि आजबाट वरिष्ठतमको आधारमा कार्यवाहक महालेखा परिक्षको जिम्मेवारीमा कार्यभार समाल्न्नु भएको छ।
पारिवारीक पृष्ठभूमि
लमजुङ जिल्लामा बुबा शिबदत्त अधिकारी र आमा चन्द्रमाया अधिकारीको कोखमा २०२५ सालमा जन्मिएर हाल काठमाडौको सरस्वोति नगर कपनमा बस्दै आउनु भएका बामदेब अधिकारी महालेखा परिक्षक कार्यालयका एक अब्बल राष्ट्रसेवक कर्मचारीको रुपमा चिनिनुहुन्छ । मध्यम वर्गिय परिवारमा हुर्किनु भएका अधिकारीले गाउँमै एसएलसी र त्रिभुवन बिश्वबिद्धालयबाट एमबिए ,बिएल उत्रिण गर्नुभएको छ । उहाँ सँग एक श्रीमती सहित दुईमात्र सन्तान ईश्वरका वरदान भनेझै एक छोरा एक छोरी छन । लमजुङ जिल्लाकै स्थानीय .माविमा पढदा देखिनै तिक्ष्ण बुद्धिका उहाँ राष्ट्रकै आशालाग्दा राष्ट्र सेवक कर्मचारी हुनुहुन्छ ।
राष्ट्र सेवामा प्रवेश
२०४६ /६/१९ मा सेवा प्रवेश गर्नुभएका उहाँले २०५४ /६/१४ गते महालेखा परिक्षकको कार्यालयमा लेखा अधिकृतको रुपमा सेवा प्रवेश गर्नु भएका उहाँ लेखा परिक्षण अधिकारी , नायव महालेखा परिक्षकहुँदै अहिले उपमहालेखा परिक्षकको रुपमा आफ्नो परिचय बनाई सक्नुभएको छ ।
सेवाभाब
झण्डै तीन दशकको राष्ट्र सेवा अनुभब बनाई सक्नुभएका उहाँले महालेखा परिक्षकको कार्यालय मार्फत मुलुकको, सुशासन जनताको सेवा र बेरुजु रहित कार्यालयको स्थापनाको अभियानमा खटिरहनुभएको छ । नेपाल सरकारको नीति, कार्यक्रम र योजना अनुसार राष्ट्र र जनसेवा कर्म, इमान्दारीता र सदाचारिता कर्मचारीको धर्म भन्ने मुल मान्यतालाई साकार पार्न अहोरात्र जनसेवामा खटिरहनु भएका अधिकारी पद, प्रतिष्ठा र आय आर्जनलाई भन्दा सुशासन र आर्थिक अनुशासन सहितको जनसेवालाई केन्द्रमा राखेर सबै राष्ट्र सेवकहरुले काम गर्नुपर्ने बताउँनुहुन्छ । उहाँले राष्ट्र सेवाको साथसाथै थुप्रै समाज सेवाका कामहरु पनि गर्नुभएको छ । महालेखा परिक्षकको कार्यालयमा रहँदा उहाँले बिभिन्न मन्त्रालयदेखि सरकारी निकायमा भएका आर्थिक अनुसाशन हिन कामलाई रोकेर आर्थिक पारदर्शितामा महत्वपूर्ण भुकिका निर्बाहा गर्नुभएको छ । आर्थिक अपराध र भ्रष्टाचारले थिलोथिलो पारेको मुलुकमा उहाँले गरेको कामले सरकारी निकायमा सुधार, राजश्व चुहावटमा नियन्त्रण र राज्यको ढुकुटि मजवुद बनाउन धेरै हद सम्म योगदान दिएको छ । आफु पदमा रहुन्जेल इमान्दारीताकासाथ राष्ट्र सेवा र आर्थिक शुसाशनमा लागिरहने बताउने अधिकारीमा मुलुकको सुशासन र समृद्धिका एक महत्वपूर्ण निधि हुनुहुन्छ । उहाँको हुटहुटी पनि मुलुकमा सुशान कायम होस, जनता सम्पन्न बनुन भन्ने छ ।
पछिल्लो समय सरकारी निकायमा बेथिति बढेको बेला उहाँ जस्ता कुसल प्रशासकलेआज कार्यवाहक र भोलिका दिनमा महालेखा परिक्षकको महत्वपूर्ण भुमिका पाउनु सबैकोलागी गौरबको बिषय भएको कर्मचारीहरु बताउँछन । राजनीतिमा पटक्कै जोडिन मन नपराउने अधिकारी सुशासन र समृद्धिका एक असल सारथि हुनुहुन्छ । उहाँको कामले शुसानमा धेरै योगदान पुग्न सक्छ । जनताले चाहेको काम गरीदिने नेता र नेतृत्व मात्र मुलुकले खोजेको सन्दर्भ र अबसरको न्यायोचित वितरणको अपेक्षा गरेका बेला उहाँ जस्ता राष्ट्र सेवकबाट मुलुकले धेरै पाउन सक्नेदेखिन्छ । उहाँ सेवा र पदबृद्धि होस, ठिक ठाउँमा ठिक प्रशासकको छनौट होस, आर्थिक अनुसाशनको अभियानले सार्थकता पावस उहाँको कार्य क्षेमतामा थप सृजनसिलता आओस, सरकारी निकायहरु आर्थिक अनुशासनमा बलिया हुन, देश र जनता सबृद्ध हुन सम्पत्ति न्युज परिवारको कामना ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।