बझाङ प्रदेशसभामा एमालेका भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् ।

भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी

भैरहवा । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन देखि चैत मसान्तसम्म० बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार राजस्व सङ्कलन भएको छ ।

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार एक सय किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्व ६९ करोड ८४ लाख ७८ हजार रुपियाँ संकलन भएको थियो । नौं महिनामा पेट्रोल आयात एक हजार एक सय किलो लिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटर भन्दा बढी फरक छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौं महिनामा ४६ हजार दुई सय ६४ किलो लिटर डिजल आयात हुँदा एक अर्व ४५ करोड २४ लाख ४० हजार रुपियाँ राजस्व संकलन भएको छ । चालु वर्षको नौं महिनामा डिजेल आयात खस्केर ३६ हजार आठ सय ३६ किलो लिटर भएको छ । चालु वर्ष चार अर्व तीन करोड १० लाख १८ हजार रुपियाँ बराबरको डिजेल आउँदा एक अर्व ५२ करोड २३ लाख २५ हजार रुपियाँ राजस्व डिजेलबाट प्राप्त भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष डिजेल पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ । यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वाभाविकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताए । गोरखापत्रबाट

बझाङ उपनिर्वाचन अप्डेटः मतगणना अन्तिम चरणमा



धनगढी । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।

क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन ।
गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।  

बहूमुल्य जडिबुटी यार्सागुम्बाको संकलन जेठ दोस्रो साताबाट


दार्चुला ।
हिमाली क्षेत्रमा पाइने बहूमुल्य जडिबुटी यार्सागुम्बाको संकलन दार्चुलामा जेठ दोस्रो साताबाट हुने भएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन अनुमति खुला हुने जनाएको हो ।
बैशाख १६ गतेदेखि यार्सा संकलन ईजाजत पत्र अपीनाम्पा संरक्षण क्षेत्रको मूख्य कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, व्याँस रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगर पोष्ट, दुम्लिङ पोष्ट र हिकिला पोष्टबाट वितरण हुने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी ईन्द्र नगारीले जानकारी दिए ।
यार्सा संकलनका लागि तीन रंगको अनुमति कार्ड जारी गरिनेछ । संरक्षण क्षेत्र भित्रका नागरिकका लागि हरियो रंगको अनुमति पत्र जारी गरिने र प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै संरक्षण क्षेत्र बाहिरका तर, जिल्लाभित्रका नागरिकको लागि पँहेलो रंगको कार्ड तथा २ हजार शुल्क र जिल्ला बाहिरका नागरिकका लागि रातो रंगको कार्ड जारी भई ३ हजार शुल्क निर्धारण गरिएको सूचना अधिकारी नगारीले बताए ।
यार्सागुम्बा संकलन गर्ने अवधी जेठ दोस्रो साताबाट असार मसान्तसम्म हुने संरक्षण क्षेत्रले जनाएको छ । यस्तै संकलन अनुमति पत्र नलिई यार्सागुम्बा संकलन गरेको भेटिएमा वा ओसारपसार गरेको भेटिएमा कारवाही हुने जनाइएको छ । दार्चुलाको मुख्यगरी व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका हिमाली क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने गरेको छ ।

इलाम उपनिर्वाचन अप्डेटः सुहाङको मत ११ हजार कट्यो

काठमाण्डौ । इलाम–२ मा २७ हजारभन्दा बढी मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको मत ११ हजार कटेको छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले ११ हजार ७८ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५ सय १२ मत आएको छ । इलाम–२ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए।

दाङमा आगलागीः २४ घर जले, ८७ लाखभन्दा बढीको क्षति

घोराही । दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीका कारण हाडबासमा २४ घरगोठसँगै पसल, चार वटा बाख्राहरु जलेर नष्ट हुँदा ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बस्ती नजिकै रहेको गाईघाट सामुदायिक वनमा लागेको राप्ती नदीको बगरमा रहेको खरकट्टी हुँदै बस्तीमा पस्दा २४ घरगोठ जलेका थिए ।

आगलागीका कारण हाडबासमा टिनले छाएका केही घरको छानो जोगिए पनि बाँकी खरका छानो भएका घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘‘दिउँसो भएको आगलागीले गर्दा २४ घरगोठ जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक विवरण सङ्कलन भएको छ । त्यस क्रममा करिव ८७ लाख बढीको क्षति हुन पुगेको छ ।’’

बस्तीमा जानका लागि मोटर बाटो पनि नभएका कारण दमकल पुग्न नसकेका कारण पनि ठुलो मात्रामा क्षति हुन पुगेको बताउँनुभयो । आगो नियन्त्रणका लागि स्थानीयले प्रयास गरेपनि नियन्त्रणमा लिन नसकेको स्थानीय इन्द्रबहादुर वली बताउँनुहुन्छ । आगलागीबाट विस्तापित परिवारलाई गाउँपालिका, मानव कल्याणलगायतका संघसस्थाबाट प्राप्त टेण्टलगायतका कपडाहर वितरण गरेर बसाल्ने काम गरिएको स्थानीय वलीले बताए ।

आगलागीबाट सीता भण्डारीको एक लाख २० हजार, कालीबहादुर ऐरीको दुई लाख, विशाल बुढाको चार लाख, नरबहादुर थापाको सात लाख, अर्जुन योगीको ३५ हजार, रुपनाथ योगीको चार लाख, शालिकराम डाँगीको तीन लाख, धर्मराज डाँगीको सात लाख, टेकबहादुर डाँगीको नौ लाख, खेमलाल खत्रीको दुई लाख हजार डाँगी, खिमराज डाँगीको छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

त्यसैगरी, मनिनाथ कँवरको पाँच लाख, दामोदर भण्डारीको छ लाख, लोकबहादुर भण्डारीको चार लाख, लालबहादुर खत्रीको पाँच लाख, चन्द्रवीर कुमालको एक लाख, यमबहादुर कुमालको दुई लाख, भीमकुमारी बोेहराको चार लाख २० हजार, भागीनाथ कँवरको एक लाख ५० हजार, कमल केसीको एक लाख ५० हजार, इन्द्रबहादुर वलीको पाँच लाख, शालिकराम वलीको दुई लाख बराबर, भेषबहादुर केसीको सात लाख, दुर्गा बोहराको एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट विस्तापित परिवारलाई राहत वितरणसँगै सुरक्षित बसोवासको व्यवस्था मिलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए । गोरखापत्रबाट

उपनिर्वाचन अप्डेटः बझाङमा २५ हजारभन्दा धेरै मतगणना, इलाममा सुहाङले कटाए १० हजार मत


काठमाण्डौ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भएसंगै बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ४ सय ६८ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् ।
इलाम–२ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ३ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत पुर्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ५ सय ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङले १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।

बझाङ उपनिर्वाचन अप्डेटः कांग्रेसको अग्रता

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना एमाले ८२ मतले पछि परेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंहले ९ हजार १६६ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ९ हजार ८४३ मत प्राप्त गरेका छन्। यस्तै, माओवादी केन्द्रका उम्मेद्वार जनक बुढाले ३ हजार ५३६ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ३९२ मत प्राप्त गरेका छन्।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, “वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ ।”

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए ।

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०५ पैसा र बिक्री दर १३३ रुपैया ६५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ५२ पैसा र बिक्री दर १४६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ४० पैसा र बिक्री दर ८ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।

तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाएपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो । 

कानुनमा तोकिएको भए सोही अनुसार कार्यान्वयन गर्न र नतोकिएको भए प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न गृहले पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ ।’

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ तथा कार्यार्थका लागि पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

आजकाे माैसम : यी स्थानमा हावाहुरीकाे सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।

लगानी सम्मेलन : पहिलो दिन दुई हजार भन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न

काठमाडौ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्नुहुँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे। 

लगानी सम्मेलन सचिवालयद्वारा आइतबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । 

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै अर्थमन्त्री वर्षमान पुनले लगानी प्रवद्र्धन र कानुनी सुधारको सन्देश लगानीकर्तासम्म पु-याउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र सरोकारवालाबीच विचार आदान–प्रदान र सहकार्यका लागि सम्पर्क विस्तार गर्ने महत्वपूर्ण अवसर जुटाएको उनको भनाइ छ । लगानीकर्ताबाट सुझाव लिने महत्वपूर्ण प्लेटफर्मका रूपमा सम्मेलन फलदायी रहेको पुनले बताए ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरुले निजी लगानीलाई प्रोत्साहित गर्न प्रतिबद्ध रहेको बताए । उद्घाटन सत्रमा नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङ, नेपालका लागि भारतीय महामहिम राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे ।

युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, आइटिसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गरेका सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरेका थिए । 

त्यसैगरी, एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्रलगायत विशिष्ट व्यक्तिहरूले सम्बोधन गरे ।     

सम्मेलनका सहआयोजक निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले सम्बोधन गरेका थिए ।

उद्घाटनसत्रपश्चात् दुई मुख्य सत्र ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन गरिएको थियो । सम्मेलनका क्रममा आइतबार दुईवटा सम्झौता भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच पनि द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाईले सम्झौतामा हस्ताक्षर गरे । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू सम्पन्न भएका छन् ।


सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ व्यक्ति सहभागी भएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सहभागी मध्ये छ सय ८० व्यक्ति विदेशी छन् । त्यसमध्ये एक सय ८६ जना भारतका र दुई सय चालिस जना चिनियाँ रहेका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । 
सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उनले सात हजार चार सय ८६ मत प्राप्त गरेका छन्

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।