सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय माहासंधको अनुसार तोलामा पाँच सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

संसद्‌को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत छलफलमा सहभागी छन् ।

काँग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने मागसहित प्रतिनिधिसभा बैठकमा पटक(पटक अवरोध गर्दै आएको छ । 

सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले यसअघि नै सहमति खोज्ने प्रयासस्वरूप काग्रेंसका नेताहरूसँग छलफल सुरु गरेको हो ।

समाजवादीका प्रदेश सचेतक पटेल द्वारा कमेडियन अमरेन्द्र लाई सम्मान

रौतहट निर्वाचन क्षेत्र नं२(ख) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य एवं नेकपा एकीकृत समाजवादी मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेल कमेडियन अमरेन्द्र यादवलाई सम्मान गरिएको छ।
कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका कलाकार यादव लाई सचेतक पटेलले सनिवार एक कार्यक्रम बीच खाँदा ओढाएर सम्मान गरेका हुन्।
कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् । रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् ।आफना कलाको माध्यमले आफना दर्जनौ प्रतिस्पर्धीलाई पछाडि पार्दै कलाकार यादवले टप ५ मा पुगेका छन् ।
तराइ मधेशबाट कमेडि च्याम्पीयन सिजन–३ मा पुग्ने यादव एक्लो कलाकार हुन ।
आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए ।

राजदेवी नगरपालिकामा पूर्ण खोप सुनिश्चिता  घोषणा 

रौतहट ३० बैशाख। रौतहटको पूर्विभेग राजदेवी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

रौतहटमा राजदेवी १६औँ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको हो ।  पूर्ण खोप जिल्ला सुनिश्चितता घोषणा गर्ने अभियानअन्तर्गत शनिबार पूर्ण खोपको सम्पूर्ण मापदण्ड पूरा गरेको राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ।

जिल्ला समन्वय समिति एवं खोप  समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आतिथ्य , मेयर भिखारी प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा १६ देखि ५९ महिनासम्मका बालबालिकालाई  खोप सुनिश्चितता भएपछि  पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य मानबको लागि नभई नहुने आधारभूत आवश्यकता रहेको बताएका थिए। शिक्षा नभए जीवन अधुरो र स्वास्थ्य राम्रो नभए जीवन सकिने भएकाले दुवै अपरिहार्य भएकाले शिक्षा र स्वास्थ्यको सुधार गर्नुुपर्नेमा उनले जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिएका छन्।

यस्तो छ तपाईंको ३० बैशाख २०८१, आईतवार आजको राशिफल

मेष : दिन राम्रो छ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

वृष : अचानक ठुलो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। कसैलाई दिएर बिर्सिएको सामान फिर्ता हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नयाँ खबर सुनेर खुशी हुने दिन छ।

मिथुन : गुरुको साथ प्राप्त हुने दिन छ। जिन्दगीको सही बाटो पहिचान हुनेछ। व्यापारमा फाइदा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सहयोगी हात भेटिने छन्। परिवारमा भने मनमुटावले गर्दा संकट आइपर्न सक्छ।

कर्कट : काम गर्नु अगाडि सोचेर निर्णय गर्नु राम्रो हुन्छ। काम गर्नु अगाडि अरुको सुझाव सुन्नु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय आएको छ। परिवारका सदस्यसँग विवाद नगर्नु राम्रो हुन्छ।

सिंह : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेट फलदायी हुँदा मन खुशी हुनेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा माया गरेका मान्छेले धोका दिनेछन्। गलत खानपान भएका साथीसँगको भेटले मन अशान्त बन्नेछ। स्वास्थयमा सुधार हुनेछ। बिहान काममा धेरै अवरोध भए पनि दिउँसोपछि केही महत्त्वपूर्ण काम बन्नेछन्।

तुला : नयाँ ठाउँको यात्रा रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। आम्दानी राम्रो हुने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको सुझाव अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिक : आफूले आफ्नो ख्याल नगर्दा रोगले दुःख दिने जोखिम देखिन्छ। भएको जोगाएर लगानी गरे फाइदा हुनेछ। लगानी गर्न आज आफू अगाडि नबढ्दा राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

धनु : आफ्नो हितका लागि संघर्ष गर्नुपर्ने दिन छ। संघर्ष सफल बन्नेछ। लगानी गरेकोमध्ये शिक्षा क्षेत्रबाट प्रगति हुने योग छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्ने देखिन्छ।

मकर : तपाईंले गरेको कामको सम्मान हुनेछ। श्रमको सम्मान हुने योग छ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनसक्छ। शिक्षामा भएको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

कुम्भ : तपाईंले गरेको राम्रो कामको जस अर्को व्यक्तिले लिने गर्छन्। नगरेको बदमासीको दोष आइलाग्न सक्छ। आज लगानीको क्षेत्रमा पैसा नलगाउनु राम्रो हुन्छ। परिवारभित्र भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्नेछन्।

मीन : खर्च बढ्ने योग छ। बिहानै अन्न दान गरेमा फाइदा हुनेछ। माता-पिताको आर्शिवाद लिएर अगाडि बढेमा सोचेको काम बन्दै जानेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

सिन्दुरेघारीका पुर्व बिद्यार्थीहरुले यसरी मनाए पिकनिक तथा मित्र मिलन कार्यक्रम (फोटो फिचर)


काठमाण्डौँ ।
रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीको श्री जन जाग्रती माध्यमिक बिद्यालयमा अध्ययनरत पुर्व बिद्यार्थीहरुको पिकनिक तथा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भक्तपुरको सुर्यबिनायक स्थित गणेश मन्दिरमा एक कार्यक्रमको आयोजना गरी आदरणीय गुरुहरुको विशेष उपस्थितिमा फरक संदेश प्रवाह गर्नेगरी भब्यताका साथ सम्पन्न गरेका हुन् ।
कार्यक्रम आयोजक समितीका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्दप्रसाद चौलागाईले संगै एउटै बिद्यालयमा पढेका साथीहरुसंग लामो समयपछि भेटघाटको अवसर जुरेको हुँदा ज्यादै खसी लागेको बताए । उनले कार्यक्रमको औचित्य तथा उदेश्यबारे प्रष्टपार्दे उनले भने– “हामीलाई बाल्यकाल देखि हातमा डोहोर्याएर अहिले यो ठाउँसम्म पुर्याउनुहुने गुरुहरुप्रति उच्च सम्मान छ । गुरुहरुले सिकाएर हामीलाई यहाँसम्म त पुगाउनु भयो अब हामीले आफैबाट समाज रुपान्तरणको लागि सत्कर्मसंग जोडिएर अगाडी बढ्नु आवश्यक छ ।”
कार्यक्रममा यस बिद्यालयका पुर्व बिद्यार्थीहको समुहले पुर्व शिक्षक तथा बिद्यार्थीलाई सम्मान गरेको छ । पुर्व शिक्षक ज्ञानप्रसाद चौलागाईं र नेत्रप्रसाद गौतम रहेका छन् भने पुर्व बिद्यार्थीहरुमा प्रतिनिधि सभा सदस्य माननीय देबप्रसाद तिमल्सिना, नेपाल सरकारका सहसचिव नवराज सापकोटा र यातायात कार्यालय भक्तपुरका कार्यलय प्रमुख दण्डबहादुर बस्नेतलाई सम्मानित गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव चौलागाईले फुलमाला, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा पुर्व शिक्षक चौलागाइले लामो समयपछि आफैले पढाएका बिद्यार्थीहरुलाई भेट्न पाउँदा ज्यादै खुसी लागेको बताए । “लामो समयपछी सबै जना एक ठाउँमा भेला भएर भेटघाट, सुख दुःखका कुराहरु एकअर्कामा साटासाट र अझै पनि केही सम्भावना र सन्दर्भका कुराहरु गर्न पाउनु ठुलो अवसर पनि हो । मैले तपाईहरुलाई पढाउदै गर्दा मैले आफुले पनि झन् बढी सिक्ने मौका पाएँको थिए । अब हामी सबै मिलेर सत्कर्मका कार्यमा जोडिएर अझ सभ्य समाज निर्माण गर्नमा जुट्ने छौँ ।” उनले भने ।
पुर्व शिक्षक नेत्रप्रसाद गौतमले यो कार्यक्रमले मनमा हर्ष बढेको बताए । आफु त्यहाँ शिक्षणमा हुँदा निम्न माध्यमिक तहसम्मको बिद्यालय रहेको र सो बिद्यालयलाई माध्यमिक तहसम्म पुगाउन आफ्नो निकै ठुलो भुमिका रहेको अनुभव सुनाए । “मैले त्यो बिद्यालयमा अध्यापन गराउदै गर्दा निम्न माध्यमिक तहबाट माध्यमिक तहमा प्रस्ताबित गर्ने बेलामा बि.सं. २०३९ सालमा शिक्षकको रुपमा गएको थिएँ ।” उनले भने
उनले आफुले सो बिद्यालयमा बिद्यालयको आर्थिक स्थिती कमजोर भएको बेलामा बिद्यालयको समस्यालाई मध्यनजर गर्दे करिब १ बर्षसम्म बिना तलब शिक्षण गरेको पनि बताए ।

सो बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधी सभा सांसद देबप्रसाद तिमलसेनाले कार्यक्रमलाई सम्बोधन गर्दे अबका हरेक दिन बिशेष बनाएर सत्कर्ममा जोडिन आवह्वान गरे । “अब हामी सबैजना मिलेर हरेक काम गर्दा सत्कर्ममा जोडिएर गरौँ । म आफ्नो तर्फबाट हुने भरपुर साथ र सहयोग गर्न तयार छु ” उनले भने ।
पुर्व बिद्यार्थी तथा नेपाल सरकाकरका सहसचिव नवराज सापकोटाले बिद्यालयमा पढेको अनुभव सुनाउदै भने– “जन जाग्रती मा.बि लाई स्मरण गरीरहेको छु मलाई आज यो ठाउँसम्म पुर्याउनमा धेरै ठुलो भुमिका निर्वाह गरेको छ । हामीले पढ्ने बेलामा बिद्यालयको स्थिती भन्दा अहिले ज्यादै बिकास भएको भएपनि बिद्यालयलाई अझ बढी आवश्यक्ताको आधारमा सक्दो सहयोग गर्न तत्पर छु ।”
साथै, कार्यक्रममा पुर्व बिद्यार्थी नवराज सापकोटाले नवराज गौरा जेहेन्दार पुरस्कारको निम्ति ३ लाखको अक्षयकोष बिद्यालयको नाममा जम्मा गर्नेगरी घोषणा गरेका छन् । सो अक्षयकोष श्री जन जाग्रती मा.बि सिन्दुरेघारीको खातामा जम्मा हुने छ भने सो रकमको ब्याजबाट प्रत्येक बर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरु तथा गरीब जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने समेत बताएका छन् ।
सापकोटाका मातापिता यज्ञप्रसाद र दंण्डकुमारीको नाममा हालसालै सिन्दुरेघारी धर्मशालामा करिब रु ८० हजारको कार्पेटिङ समेत गरेका छन् । अहिले सो स्थानमा दैनिक योगा संञ्चालन भईरहेको छ ।
उनले बि.सं. २०४१ सालमा कक्षा १० पास गरी पढाईको सिलसिलामा गाउँबाट बाहिर निस्किएको पनि बताए ।
कार्यक्रममा बिद्यालयको अवस्था बारे र बिद्यार्थीहरुलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्न भाबि योजनाहरुको बारेमा सुझावहरु पनि टिपोट भएका छन् । उक्त सुझावहरुलाई बिद्यालय संञ्चालक समिती अध्यक्ष, प्रध्यानाध्यपकलाई आयोजक समितीका संयोजक गोबिन्दप्रसाद चौलागाई लगायतको टिमले बुझाउने बताईएको छ ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको रौतहट जिल्लाको चाँदीखोला मर्दर सिन्दुरेघारीबाट पहिलो पटक अभियानको रुपमा सुरु भएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ अभियानलाई एक्यवद्धता जनाउदै पुर्व शिक्षक बिद्यार्थीहरुको समूहले आफ्नो जन्मदिन सम्झेर सुर्यबिनायक गणेशमन्दिर परिसरमा कपुर, तुलसी, ओखर, चन्दन, सुन्तला, अम्बा, अमला, कागती र विभिन्न जातका फुल समेत गरि ५० वटा बिरुवा रोपेका थिए ।
साथै, कार्यक्रममा दिवंगत पुर्व शिक्षकहरु मेघराज कोईराला, रामकुमार कोईराला, बटुककृष्ण अर्याल, रमेशप्रसाद चौलागाई, कृष्ण दुलाल र बिद्यार्थीहरु जानुका लामिछाने चौलागाई, राजकुमार श्रेष्ठ लगायतका निधन भएका बिद्यार्थीहरुको सम्झनामा चिरशान्तिको कामना गर्दे १ मिनेट मौनधारण गरी कार्यक्रमको सुर्वात गरिएको थियो ।

कार्यक्रममा म्युजिकल चेयर गेममा प्रथम हुने छात्रातर्फ उषा दाहाल, द्धितीय हुने रञ्जना तिमलसेना र छात्रतर्फ प्रथम हुने कृष्ण केसी, द्धितीय हुने उमेश चौलागाईलाई रौतहट क्षेत्र नम्बर ४ का माननिय देबप्रसाद तिमलसेनाले पुरस्कार दिएका थिए । बनभोज कार्यक्रममा साँस्कृतिक कार्यक्रमको संञ्चालन श्याम सापकोटाले गरेका थिए भने कार्यक्रमको बिधिवत उद्घोसकको रुपमा उदय मास्के रहेका थिए । कार्यक्रम टिपोटको संयोजन निर्मल नेपालले गरेका थिए । सो टिममा डा.मनोज चौधरी, मिरा दाहाल, मिना पोखरेल, बिष्णु बिश्वकर्मा, दिपक चौलागाई, दिपु अर्याल, बिकु लामा लगायत टिपोट समितीमा रहेका थिए । कार्यक्रममा झण्डै डेढ सय जनाको संङ्ख्यामा सहभागिता रहेको पुर्व बिद्यार्थी कमल श्रेष्ठले सम्पत्ति न्यूजलाई बताए ।

यो कार्यक्रमले पुर्व शिक्षक तथा बिद्यार्थीहरुलाई गहकिला र अगामी यात्रामा स्मरणयोग्य रहने सुझाव ग्रहण गर्ने अवसर मिलेको छ ।

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ।

आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेको बेला संसदीय समितिले त्यसको ‘हेडवक्र्स’लगायत संरचनाको स्थगलत अनुगमन गरेको हो।

उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवक्र्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव पनि दिएको छ । संयोजक माझीले विस्तृत अध्ययन नगरी तत्काल हेडवक्र्स सार्ने निर्णयमा नपुग्न सुझाव दिएको बताए।

संयोजक माझीका अनुसार समितिले २०७८ साल असार १ गतेको बाढीका कारण ध्वस्त भएको हेडवक्र्स क्षेत्र, अस्थायी ‘टनेल’मार्फत पानी पथान्तरण गरिएको अवस्था र पछिल्लो अवधिमा हेडवक्र्स स्थानान्तरण गर्नुपर्ने भनी विभिन्न निकायबाट सुझाव दिइएको आधारमा हेडवक्र्स स्थानान्तरण गर्ने भनिएको क्षेत्रको पनि टोलीले निरीक्षण गरेको ।

आयोजनाको लागत खर्च बढिरहेको, बाह्रै महिना काठमाडौँमा पानी पठाउन सक्ने अवस्था नरहेको, लार्के र याङ्ग्रीको पानी तत्काल आउने सम्भावना पनि नदेखिएको अवस्थामा हेडवक्र्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवक्र्सलाई पुनः सञ्चालनमा ल्याउन थप उपायको खोजी गर्नु उचित हुने सुझाव टोलीले दिएको सांसद माझीले बताए।

मेलम्चीबाट दुई हजार सात सय मिटर लामो सुरुङ बनाएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी ल्याइएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी पठाइरहेको आयोजना प्रमुख रत्न लामिछानेले बताए।

उनका अनुसार सुक्खायाममा अहिले दैनिक १७ करोड लिटर पानी गइरहेको छ । कहिलेकाहीँ १८ करोड लिटरसम्म पनि जाने गरेको छ । याङ्ग्री र लार्केसम्म जाने ‘एप्रोच रोड’ निर्माण भइरहेको र अन्य डिजाइनको काम पनि जारी छ।

आयोजना प्रमुख लामिछानेले पहिलेको मुख्य द्वार र संरचना रहेको हेडवक्र्सलाई सञ्चालन गर्दा जोखिम कायम हुने भएकाले नौ सय मिटरमाथिको सहज स्थानबाट मुहान बनाई सुरुङमार्फत मूल टनेलमा पानी पुर्याउने विषयमा सरकारलाई प्रस्ताव गरेको तर निर्णय नभएकाले कार्यान्वयन गर्न नसकिएको बताए।

मेलम्चीका स्थानीयवासीले भने आयोजना निर्माणको ठेक्का पाएको कम्पनी सिएमसीले काम गर्दाको बक्यौता नतिरेको र स्थानीयको पक्षमा गर्नुपर्ने दायित्वका काम मेलम्ची आयोजनाले नगरेको गुनासो गरेका छन् भने आयोजनाले भने सिएमसी र सरकारबीच कानुनी लडाइँ रहेकाले समस्या भएको बताएको छ।

डलरकाे भाउ स्थिर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलरकाे भाउ स्थिर छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ९७ पैसा र बिक्री दर १४७ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरुको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई बाेलाए छलफलमा

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । छलफलका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि छलफलमा बोलाएकाे हाे ।

गायक रवि ओडले प्रहरीमा गर्याे आत्मसर्मपण

नेपाल आइडल सिजन–२ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

उजुरी दिएसँगै ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पक्राउ पुर्जी दिएको थियाे ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पनि बैठक बस्ने भएकाे हाे ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

बरहथवा । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् ।

ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार राति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमान्‌लाई करेन्ट लागेको देखेपछि हतारहतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।

घटनालगत्तै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगंजका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बत्तीसपुतलीमा एक युवकको हत्या

बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो ।

उनकाे हत्याको कारण भने खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

आजकाे माैसम : यी स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।