राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विशेष अदालतका अध्यक्ष कुँवरको नजरमा अख्तियारले मुद्दा किन हार्छ ? (भिडिओ)

काठमाडौं । सार्वजनीक पद धारण गरेका व्यत्तिहरुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने धेरै जसो मुद्दा हार्ने गरेका तथ्याङ्कहरु प्राय वर्षेनी सार्वजनीक हुने गरेका छन् ।

विशेष अदालतमा अख्तियारले प्रमाण सहित दायर गरेका कतिपय मुद्दा धेरै हार्ने र राष्ट्रको हितमा नहुने धेरै विश्लेषकहरुले बताउनेसमेत गरेका छन् । अख्तियारमा कानुनका ज्ञाताहरुले जुनसुकै घटनाको गहिरो अनुसन्धान गरेर विशेष अदालतमा रिट दायर गर्ने गरेको तर हरेका वर्ष करिव ५० प्रतिशत मुद्दाहरु हार्ने गरेका तथ्याङ्क देखिन आएका छन् ।

सार्वजनिक पद धारण गरेका व्यत्तिका त्यस्ता मुद्दामा अख्तियारले हार्नुका पछाडि विविध कारण रहेकोे विशेष अदालत बबरमहलका अध्यक्ष टेकनारायण कुँवर बताउछन् ।

कुँवर भन्छन् – “न्यायको कुरा धेरै जटिल छ । अख्तियारले मुद्दा दायर गर्छ र विशेष अदालतले यसको छिनोफानो गर्ने काम गर्दछ । अहिले मिडियाको युग छ । मुद्दा पर्ने वितिकै मिडियाहरुले मुद्दाका बारेमा समाचारहरु बाहिर ल्याउछन् । तर, अनुसन्धान गर्ने कुरा र प्रमाण जुटाउने कुरा धेरै जटिल छन् । साधन स्रोत, जनशक्तिलाई तालिम र अनुसन्धान गर्दा प्रयोग गरिने आधुनिक प्रविधि र प्रणालिहरु अझै जुटिसकेका छैनन् । यस्तो अवस्थामा जे जस्तो सुविधा छन् त्यहि आधारमा अनुसन्धान भएर आउने गर्छ ।”

कानुनी जटिलता हुदै गर्दा पनि न्यायलय (न्यायाधिस)ले न्याय सम्पादन गर्दा कानुका मान्य सिद्धान्त र प्रमाणहरुलाई केलाएर त्यसका अधारमा निष्कर्ष निकाल्ने उनको भनाई छ । कतिपय अनुसन्धानमा त्रुटी हुने तर त्यसका कारण पनि रहने कुँवरको बुझाई छ ।

“साधन स्रोत जस्तो छ त्यहि आधारमा अनुसन्धान हुन्छ । अनि धेरै वर्ष अगाडिका ‘करप्सन’का केसहरु धेरै वर्ष पछाडि अनुसन्धान गर्दा प्रमाणहरु लोप भएका हुन्छन । अब, लोप भएका प्रमाण मिसलमा देखिदैन अदालतले त्यसलाई मान्यता दिदैन । यो आधारमा सफाई पाउने र ठहर्ने मुद्दाहरुको स्थिति भर पर्ने गर्दछ ।” –उनले भने ।

अहिले ‘एभरेज’मा ५० प्रतिशत मुद्दा ठहर भएका छन्, ५० प्रतिशत मुद्दाले सफाई पाएको उनको भनाई छ । उनी भन्छन्– “सतप्रतिशत विकसिक मुलुकमा मात्र हुन्छन् । जहाँ ‘टेक्नोलोजी’को धेरै प्रयोग हुन्छ । हामिकहाँ त्यस्तो स्थिति छैन त्यसो हुनाले हामिले न्याय सम्पादन गर्दा मिसिलका तथ्य, मिसिलमा संलग्न प्रमाण र कानुकाको अवस्थालाई विचार विश्लेषण गरेर गर्ने हो अनुमानका भरमा मानिसलाई दोषि ठहराउनु हुदैन । अदालतले न्याय सिद्धान्तका मान्यतालाई परिपालना गर्नुपर्ने हुन्छ ।”

“म यहाँ न त अख्तियारले गलत गरेको को भन्न सक्छु । नत अदालतले गलत गरेको हो भन्छु । भ्रष्टचार विश्वभरिनै छन् । त्यसबाट जनता आजित हुन्छन् । जनताले भ्रष्टचार सम्बन्धि समाचार सुनेपछि यसलाई ठहर भइदिए हुन्थ्यो भन्छन् । तर, कानुनका ज्ञाता र न्यायाधिसहरुले औपचारिक न्याय सम्म्पादन त न्यायपूर्ण ढंगले गर्ने गर्दछन् ।” उनले भने ।

प्रमाणविना र शंकाका भरमा कसैलाई दोषि ठहर गर्न नहुने उनको भनाई छ । तिनै शंकाहरुको यथेस्ट प्रमाण नभएको अवस्थामा सफाई पाउने हो तर, राज्यका हरेक निकायले न्याय होस, भ्रष्टचारीले सजाय पावस र निर्दोश नपरोस भन्ने चाहना राख्ने उनको ठम्याई छ ।

अख्तिायारले प्राय मुद्दाको गहिरो अनुसन्धान गरेर पर्याप्त प्रमाणका आधामा मुद्दा पेश गर्ने गरेका छन् । तर पनि कतिपाय मुद्दामा सफाई हुने गर्छ, यस्तो किन भयो होला भन्ने आम मानिसको प्रश्न छ नी भन्ने सम्पत्ति न्यूजको जिज्ञासामा उनी भन्छन्– “यो एउटा विशेषज्ञता भएको क्षेत्र हो । बाहिर जनताले गर्ने तर्क र विशेषज्ञले गर्ने तर्कमा धेरै ठूलो फरक हुन्छ । यो बुझाई सामान्यनै हुन्छ र सामान्य नागरिकले बुझ्ने त्यसरी नै हो । मैले मेरो ‘चेयर’बाट हेर्दा हामिले गर्ने विश्लेषणमा नत विगतमा न त अहिले कुनै कमि कमजोरी छ भन्ने मलाई लाग्दैन् । यदि भएको छ भने सुप्रिम कोर्टबाट सर्वोच्चमा अपिल मुद्दामा जुन पक्षले हार व्यहोरेका हुन्छ त्यो पक्ष जान्छ । त्यहाँबाट अन्तिम फैसला हुन्छ ।”

विशेष अदालतमा भ्रष्टचारका मुद्दामा भनसुनबाट उम्केका त होइन भन्ने छ भने त्यो एउटा उब्जाइएको भ्रम हो। त्यस्तो हुनै नसक्ने उनको भनाई छ ।

(यो समाचार अध्यक्ष कुँवरसँग भएको विशेष कुराकानीबाट तयार पारिएको हो । उहाँसग भएको कुराकारी तलको भिडियोमा हेर्न सकिनेछ ।)

मदन भण्डारीको आज ७३औँ जन्मदिन

काठमाडौं । नेकपा एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४(२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो।

०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

चिकित्सा शिक्षा आयोगले गर्यो माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

काठमाडौं । चिकित्सा शिक्ष आयोगले स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको छ ।

आयोगले शैक्षिक सत्र २०८१ ०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ।

बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार तोकेको छ । बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।

स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ।

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।

विनिमय दरः डलरको भाउ स्थिर रहदा युरोको मूल्य बढ्यो

विनिमय दरः डलरको भाउ स्थिर रहदा युरोको मूल्य बढ्यो

काठमाडैं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घटेको छ। त, युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५१ पैसा थियो।

बढ्यो सुनको भाउ, कसरी छ ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ।

झलनाथले भने – घनश्याम भुसाललाई सघाउने भन्ने कुरा बेकारको हो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् ।

आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले अध्यक्ष पदको दाबीबाट ब्याक भएको भन्ने कुरा बेकारको रहेको दाबी गरे ।

उनले को कसै सँग मिलेको नभई सब एकतावद्ध भएर सहमतिका साथ जाने हो भन्दै सञ्चारकर्मीसँग प्रतिकृया दिए ।

उनले आफ्नो नेतृत्वामा सहमति हुने दाबीसमेत गरे ।

एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौं महाधिवेशन आयोजना गर्दैछ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसहित खनाल र महासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

नेप्से परिसूचक लगातार ओरालो

काठमाडौं । पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । अस्ति मंगलबार र हिजो बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज बिहीबार पनि निरन्तरता पाएको हो ।
यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ रुपैयाँमा खुम्चिएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार रुपैयाँबराबर कायम भएको छ ।

बैकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव २३ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ । विकास बैंक शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४५, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त शून्य दशमलव ९५ र निर्जीवन समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको रु २२ अर्ब ७६ करोड ४१ लाख आठ सय नौ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार चार सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला ८०० रुपैयाँ घटेको हो ।

आज तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ ।

एईईको नतिजा औपचारिक घोषणा अगाडिनै सार्वजनीक, छानविन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन्। २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

तर, नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए ।

‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो’, अध्यक्ष शर्माले भने, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’

नेतृत्वमा छैन माधव नेपालको विकल्प

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १० औँ महाधिवेशन नजिकिएसँगै नेताहरु तिब्र रुपमा ढौडधुपमा देखिएका छन् । पार्टीको १० औं अधिवेशनबाट नयाँ नेतृत्व तयार पार्न शिर्ष नेताहरुको रस्साकस्सीनै देखिएको छ ।

अध्यक्ष पदमा हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनस्याम भुसाल अध्यक्षको दाबीका साथ अधि बढीरहेका छन् । घनस्यामलाई सम्मानित नेता झलनाथ खनालले सघाउने गरि दुई नेताबीच आन्तरिक सहमति भएको समाचार आएको छ । घनस्याम भुसालसँग झलनाथ खनालले अध्यक्ष बनाउने आन्तरिक सहमति हुनुअघि खनाल पनि अध्यक्षको ढौडधुपमा थिए ।

उनीहरु जसरी ढौडधुपमा छन् त्यसरीनै नेतृत्व चयन सर्वसम्मत रुपमा हुनुपर्ने रटान लगाईरहेका छन् । कसको नेतृत्वमा सर्वसम्मत कमिटी गठन हुन्छ भन्नेमा द्विविधा रहेको नेताहरु बताउछन् । पार्टीकोे महाधिवेशन १६ गते सुरु हुने कार्यतालिका छ ।

नेकपा एसका एक नेता भन्छन्– ‘ढौडधुपमा रहेका तीन जना नेता नै अध्यक्ष बन्न चाहन्छन् र सर्वसम्मत पनि चाहन्छन् । उनीहरुले सर्वसम्मतको रटान यति लगाइँदैछ कि कुनै पनि हालतमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने भनिएको छ ।’

पार्टीका नेपालकै आवश्यकता किन ?

नेकपा (एमाले)मा रहदा विद्रोह गरेर अर्को पार्टी बनाउन सफल भएका नेपालनै अध्यक्षमा बन्नुपर्ने जरुरी रहेको एक नेता बताउछन् । एमालेसँग विद्रोहको मसाललाई हात नकमाई बोकिरहने पङ्क्ति तयार पारेर आफुलाई ऐतिहासिक सावित गर्न सफल नेपाललाई नै अध्यक्ष बनाउनुपर्ने पार्टीको एउटा ठुलो पङ्ती खडा छ ।

यता नेपाल देशभरका प्रतिनिधिको चाहाना बमोजिम अब फेरि अध्यक्ष पद दोर्होयाउने योजनामानै छन् । उनी आफ्नै नेतृत्वमा एमालेबाट विद्रोह गरेकाले अब पनि दोहोरिनुपर्ने कार्यकर्ता चाहाना बमोजिम नै अडानमा रहेको उनी पक्षीय एक नेता बताउँछन् । नेपालले आफू निकट नेतालाई सबैलाई समेटेर समीकरण नै बनाएका छन् ।

विगतमा एमालेमा रहदा एमाले निर्माण विकास र सुरक्षाको कामको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुको सामुहिक नेतृत्वमा चलेको पार्टी सोचे जस्तो ठुलो भै नसकेको यथार्थलाई पनि नेताहरु स्विकार गर्छन् । तर, पार्टी समाप्त पार्न, यसको अस्तित्व नै नामेट पार्न गरिएका तमाम संगठित र शक्तिशाली कोसिसहरुका बीच पनि पार्टी टिकाई राख्न नेपालले खेलेको भुमिकालाई कसैले पनि नकार्न नसक्ने नेताहरुको बुझाई छ ।


माधव नेपाललाई नै अध्यक्ष बनाउनुपर्ने उनी निकट एक नेता भन्छन्– ‘उहाँले एमालेबाट जोखिम उठाएर विद्रोह गर्न मात्र नभई त्यस विद्रोहको मसाललाइ हात नकमाई बोकिरहने पङ्क्ति तयार पार्नु भएको छ जुन ऐतिहासिक छ । फेरी यसमा कोहि एक व्यक्ति वा समुहले जस लिने भन्ने कुरै छैन । यो पार्टीले अबलम्बन गरेको सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको कारणले हो ।’

पार्टीमा ‘परिपक्क र अनुकुल’ पनि नेपालनै

अबको १० औं महाधिवेशनबाट पनि अध्यक्ष माधव नेपालनै अध्यक्षमा दोहोरिनु पार्टीका लागि परिपक्क र अनुकुल पनि देखिएका छन् । विद्रोहको औचित्यलाई अझ घनीभूत रूपमा पुष्टि गर्नुपर्ने जिम्मेवारी पनि अझै उनमा रहेको राजनीतिक विश्लेषकहरुले बताउदै आएका छन् । सोहि हिसावले पनि नेपालनै सर्वसम्मत अध्यक्ष बन्नुपर्ने पार्टीका अधिकांस नेताहरुको भनाई छ । पार्टीका एक नेता भन्छन्–‘ देशभरबाट १८५० जना महाधिवेशन प्रतिनिधि आउने र करिव ९० प्रतिशत प्रतिनिधिहरुको नेपाललाई अध्यक्ष बनाउनु पर्छ भन्ने धारणा छ । यहिकारण पनि नेपाल अध्यक्ष बन्ने पक्का जस्तै छ ।’
नेपालले सशस्त्र द्वन्द्वमा सामेल नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर महत्वपूर्ण भुमिका निर्वाह गरेको सबैलाई जग जायरनै भएको बेला नेपाललाई जुनसुकै हालतमा अध्यक्ष बनाएरै छोड्ने एक नेताको दाबी छ ।

माधवकुमार नेपालको नेतृत्वमा अन्य नेताहरुले आफैँले खडा गरेको एउटा गौरवशाली विरासतबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेर पनि आफुलाई ऐतिहासिक सावित गरेका उनलाई नेतृत्वका साथ अगाडि बढ्नुपर्ने आवश्यकता समेत भएको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

पार्टीलाई समाप्त पार्न चाहने प्रतिगामीहरु उत्तिकै शक्तिका साथ राजनीतिमा क्रियाशील रहेको अवस्था पनि जिवितै छ । सोहि हिसावले पनि तत्काललाई अध्यक्षमा नेपालनै आन्तरिक र वाह्य दुवै हिसाबले समय सापेक्ष देखिएको राजनीतिक विश्लेषकहरु बताउछन् ।

एसईईको नतिजा सार्वजनिक, ४७ प्रतिशत मात्र विद्यार्थी पास

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन्। २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो।

आईसीसी टी–२० विश्वकपः दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई ९ विकेटले हराएसँगै आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका फाइनल पुगेको छ।

सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए।

त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११।५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदिन नैबले ९, रासिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्हालिन सकेन ।

मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए। एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ।

विनियोजन विधेय पारीत गर्न आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

त्यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।