त्रिशूलीमा वेपत्ता भएकाहरुको गोताखोरले थाल्यो खोजी

काठमाडौं । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी दुई सय जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी गोताखोर, मोटरबोट, र्‍याफ्टबोटसहित परिचालन भएको छ ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ ।

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

पहिरोले त्रिशूलीमा बगाएका ५४ जना मध्ये १७ जनाको नाम पहिचान

काठमाडौं । आज बिहान पहिरोको कारण त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम पहिचान भएको छ । प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज शुक्रबार बिहान दुईवटा बसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन् ।

यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो । वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३–०० १ ख २४९५ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएको हो ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा ती बस बेपत्ता भएका हुन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसका धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन् । उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए ।

यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ । त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३–०० १ ख २४९५ नम्बरको बसमा झण्डै ३० जना यात्रु सवार रहेको अनुमान प्रहरीको छ ।

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने भएका हुन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

नयाँ सरकार संविधानको कुन धारामा, ७६ (२) की (३) ?

विपुल अधिकारी

काठमाडौं । असार १८ गते मध्यरातमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले विगतका राजनीतिक तित्तता भुलेर नयाँ सरकार गठन गर्न तयार भए । नयाँ समिकरण तयार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारबाट नेकपा एमालेलगायत अन्य साना दलले समर्थनसहित मन्त्री फिर्ता भए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यराति गरेको सहमतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भनिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत नयाँ सरकार गठनका लागि छलफल गरेर दुई पार्टीले उक्त सहमति गरेको बुझिएको छ ।

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रचण्डले आज विश्वासको मत लिदैछन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको निम्ति सहमति बने पनि संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने या धारा ७६ (३) मा जाने विषय वहस चलिरहेको छ ।

एमाले–कांग्रेसले धारा ७६ (२) अनुसारनै आज नै सरकार गठनका लागि बहुमत हस्ताक्षर गठन गरेको छ ।

केहिदिन अघिको संसद बैठक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो । उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु ।’

नेपाली कांग्रेसका नेता शेकर कोइरालाले आफ्नो संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् । उनले यसअघि धारा २ मा सरकार गठन हुनेमा आशंका गरेका थिए ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषदको गठनको व्यवस्था छ । यो धाराको उपधारा २ मा ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ लेखिएको छ ।

धारा ७६ को उपधारा ३ मा ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ उल्लेख छ ।

यसअघि संघीय संसदमा कुनै पनि दलको बहुमत नहुँदा संविधानको धारा ७६ (२) अनुसार गत वर्ष सरकार गठन भएको थियो । हालको प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । अहिले नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच यही असार १७ गते राति भएको सहमतिअनुसार संविधानको धारा ७६ (२) मै फर्कने भन्नेमा छ । काङ्ग्रेस र एमालेबीच सहमति बन्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर छलफल गरेका थिए । र, त्यो छलफलमा राष्ट्रपतिले धारा ७६ (२) अनुसार नै आफू अघिबढ्ने भनेर वचन दिएको चर्चा चलेको थियो ।

संवैधानिक कानुनका ज्ञाताहरु सरकार बनाउने दुवै धारामा जान सकिने बताउँछन् । कोशी प्रदेशमा सरकार गठनमा भएको बिवादलाई लिएर सर्वोच्च अदालतले धारा ७६ (२) र धारा ७६ (३) दुवै धाराबाट सरकार गठन गर्न सकिने आदेश दिएकोले त्यो नजीर बनेको छ ।

राष्ट्रपतिलाई तनाब

आज प्रधामन्त्रीले विश्वासको मत लिदै गर्दा एमाले–कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत हस्ताक्षर संकलन गरिसकेका छन् । आज नै सरकार गठनका लागि दाबी पेश गर्नेसमेत बुझिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल भने कुन धारमा सरकार गठन हुन्छ भन्ने विषयमा चिन्तित रहेको बुझिएको छ । केहि दिन अगाडि सितलनिवासमा भएको एक औपचारीक कार्यक्रममा उनले यसबारे चिन्ता व्यक्त गरेको सहभागि एक जनाले सम्पत्ति न्यूजलाई बताएका थिए ।

आफूलाई राष्ट्रपति बनाइदिएकोमा प्रचण्डप्रति रामचन्द्र पौडेल ‘नतमस्तक’ रहेको बताइन्छ । तसर्थ, काङ्ग्रेस–एमालेका शीर्ष नेतृत्वको आग्रह लत्याउने अनुमान कतिपय विष्लेषकले गरेका छन् । उनले विश्वासको मत पछि शिर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिरहेको बताएका छन् ।

माओवादीको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ३ अनुरार नै सरकार गठन हुने दाबीसहितको निष्कर्ष निकालेको थियो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १)) को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका बुझिएको छ । त्यसपछि सरकार कसरी गठन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

पोखरामा पहिरोमा परेर ९ जनाको मृत्यु

काठमाडौं । पोखरामा पहिरोले एकैपरिवारका सातसहित ९ जनाको ज्यान गएको छ ।

दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा पुरिएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोमा बेपत्ताको खोजी भइरहेको बताइन्छ ।

प्रतिकात्मक तबिर

संसदीय इतिहास: प्रधानमन्त्री ‘प्रचण्ड’ले १८ महिनामा पाँचौ पटक विश्वासको मत लिदै

काठमाडौं । सायद नेपालको संसदीय इतिहासमानै पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत आज लिदै छन् । एमाले– कांग्रेसको नयाँ समिकरण बन्ने भएपछि एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेको थियो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका बुझिएको छ ।

प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि संघीय संसद्लाई लिखित आग्रह गरिसकेका छन्।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन्।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए। दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो। एकजना सांसदको तटस्थ मत रहेको थियो।

प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए। कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए। एक मत तटस्थमा परेको थियो ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए।

आजको राशिफलः असार, २८ गते शुक्रबार–२०८१

मेष
पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गीरछिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो । याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

काम जोखिमपूणर् देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतोरचम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

चितवनमा पहिरोले दुई वटा यात्रु बस बगायो, करिव ६० यात्रु रहेको अनुमान

काठमाडौं । चितवनमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् ।

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुई वसमा करिव ६० जना यात्रु भएको आशंका गरिएको छ ।

तर, ३ जना यात्रु भने बाहिर निस्किन सकेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

सामाजिक सुरक्षा सेवामा राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय हट्यो

काठमाडौं । आज बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट बाट सरकार पछि हटेको छ ।

सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको सरकारकी प्रवत्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गरेको थियो ।

किन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हतास देखिन्छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आजकल दवाबमा देखिन्छन् । औपचारिक कार्यक्रमहरुमा पार्टी अध्यक्षको ‘लूज टक‘ सुन्दा लिङ्देनलाई आफ्नो भूमिका सुचारु गर्न हम्मेहम्मे परेको निष्कर्ष कार्यकर्ताहरुले लिन थालेका छन् । पार्टीभित्र र बाहिरको भूमिकामा अध्यक्ष चुकेको हो कि भन्ने धेरैको बुझाइ छ ।

केन्द्रीय समिति, कार्यसम्पादन समिति जस्ता वैठक र भेलाहरुमा यस किसीमको आभाष हुन थालेको जस्तो देखि । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको आन्दोलन विषयक छलफलमा लिङ्देन हतास देखिएको उपस्थितिहरुले महसुस गरे । आन्दोलन, सरकार वा पार्टी निर्माणका हकमा उनले कुनै ठोस कार्यक्रम दिएनन् बरु आफ्नो बचाउमा अधिकतम समय खर्चिए ।

‘कुनै समयको तीनजना अध्यक्ष भएजस्तो समयको म अध्यक्ष हैन । म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ,’ आन्दोलन विषयक वैठकमा बोल्दै लिङ्देनले भने । आफू अध्यक्ष भएको कुरा उनले धेरै पटक भनीरहे र अनावश्यक आरोप लागेको भन्दै सफाइ प्रस्तुत गरिरहे ।

‘अध्यक्षले राप्रपाको बृहत्तर हित तथा विकासका बारेमा कुनै कार्यक्रम र रणनीति प्रस्तुत गरेनन् । पछिल्लो केन्द्रीय समिति वैठकमा अध्यक्षबाट कुनै भिजन आएन, आन्दोलनको वैठकमा समेत सोही परिदृश्य दोहोरियो । मूलतः उनको व्यवस्थापन क्षमता र अनुभवको कमी बाहिर आउन थालेको छ,’ राप्रपाका नेता बताउँछन् ।

कार्यकर्ताहरु अध्यक्षबाट ठोस गति र दिशा चाहन्छन् । सबैलाई समान व्यवहार र संरक्षण भएको हेर्न चाहन्छन् । तर अध्यक्षले कार्यकर्तालाई हप्काउने, धम्काउने मात्र गरेपछि कार्यकर्ताहरु निराश भएका छन् ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘अध्यक्षको प्रस्तुतिमा सामन्ती शासकको छनक देखिन्थ्यो । उहाँको बोलीमा ‘म नै राज्य हुँ, मैले जे बोलेँ त्यो कानून हो र मेरो हुकुम निशर्त पालना हुनुपर्छ’ भन्ने जस्तो सन्देश थियो । भिजन र कार्यक्रमभन्दा अध्यक्षले आक्रोश र कुण्ठा व्यक्त गर्नुभयो । गाउँ टोलमा सुनिने गन्थनमन्थनको तहमा पार्टी नेतृत्व उत्रिएपछि लाज लाग्यो, धिक्कार महसुस भयो ।’

लिङदेनले आन्दोलनको वैठकमा आरोपहरुको खण्डन गर्दै भने, कहिले सांसद बनाउँदा करोड खायो भनेका छन् त कहिले महिला कार्यकर्तासँग गाडी चढेर घर गयो भनेका छन् ।

उनले आफूलाई कमजोर नआक्न उपस्थित नेता कार्यकर्तालाई सचेत गराए र आवश्यक भए अनुशासनको कारवाही चलाउने पटकपटक चेतावनी दिए ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा कुनै कार्वाही नभई स्थगन भएको छ । सभामा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको हो ।

एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सभामुखको ध्यानाकर्षण गराएपछि बैठक भोलि विहान ११ बजेका लागि स्थगन भएको थियो ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उहाँले नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’

यस्तै, उनले मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने, देशको भौतिक संरचना ध्वस्त पार्ने र मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरि अहिलेको प्रधानमन्त्रीको नेतृत्व भएको भन्दै प्रधानमन्त्री कुनै पनि हिसाबले राजनीतिज्ञ नै नभएको बताए ।

नेप्सेमा हरियाली कायमै, २२ सय विन्दु पार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्सेले २२ सय विन्दु पार गरेको छ । नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको हो ।

सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबार हुने सेयर कित्ता नै दुई करोड नाघेको छ । योसँगै बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।

विहीबार बलेफी हाइड्रोपावर ९९.९९ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड ९९.९७ प्रतिशत, एनआईबीएल स्टेबल फन्ड ९९.८३ प्रतिशत, जानकी फाइनान्स ९८.७६ प्रतिशतको सेयर सर्वाधिक दरले बढेको छ ।

यता समाज लघुवित्त, साधना लघुवित्त, एनएमबी ५०, सेन्चुरी डिबेन्चर २०८८ लगायतको अधिकतम ४.५९ प्रतिशतसम्मले सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सर्वाधिक कारोबारमा आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट अगाडि छ । कम्पनीको १५ करोडको कारोबार भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयर १४ करोड ८८ लाख, हिमालयन रि १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्स १२ करोड ६८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ७९ लाखको सेयर कारोबार भएको छ ।

आज ४ बजे संसद बैठक बस्दै

काठमाडौं । आज पनि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बालुवाटारमा सीता दाहालको प्रथम स्मृति सभा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो ।

सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेनकी सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा होमिएकी थिइन् ।