सुनको मूल्य कति छ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसपाले एक महिनापछि कार्यसमिति सदस्यको नामावली सार्वजनिक गर्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि आज बिहीबार कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ ।

गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनले उपेन्द्र यादवलाई अध्यक्षमा निरन्तरता दिएको भएपनि बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न बाँकी थियो । महाधिवेशनले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न जिम्मेवारी पनि अध्यक्ष यादवलाई नै दिएको थियो ।

अध्यक्ष यादवले आज २१५ जना रहेको केन्द्रीय समितिको घोषणा गरेकोमा आफूसहित नौ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा राखेका छन् । केन्द्रीय कार्यसमितिमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबहादुर राउत र शिवलाल थापा मगर रहेका छन् । केन्द्रीय कार्यसमितिमा महिलाको संख्या शून्य छ ।

एमालेले वार्षिक कार्ययोजना बनायो

काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागले वार्षिक कार्ययोजना बनाएको छ ।

विभागको १८ औँ बैठकले २०८१/०८२ का लागि वार्षिक कार्ययोजना बनाएको हो । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना बनाएको विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

कार्ययोजना मूलतः संगठन शुद्धीकरण र सुदृढीकरणका काममा केन्द्रित रहेको ढुङ्गेलले जानकारी दिए । केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिने गरी बैठकमा प्रस्तुत कार्ययोजना परिमार्जनका साथ पारित गरिएको ढुङ्गेलले बताए ।

बैठकले विभागका प्रमुखले प्रस्तुत गर्नुभएको २०८०/०८१ को वार्षिक समीक्षा प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेद सुझावसहित पारित गरेको हो ।
बैठकले जिल्लादेखि टोल तहसम्मका अधिवेशन गर्न बाँकी कमिटीका अधिवेशन कात्तिक महिनासम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ । बैठकले २०८१ का लागि नवीकरण गरिएका पार्टी सदस्यहरूको अनलाइन अभिलेख प्रमाणीकरणका लागि प्रदेश कार्यालयमार्फत यथाशीघ्र पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन गरिएको छ ।

बैठकले जुन कमिटीमा विवाद उत्पन्न हुन्छ सोही कमिटीले संस्थागत रूपमा तत्काल समाधान गर्नुपर्ने निर्णय गरेको छ । विवाद समाधान हुन नसकेको अवस्थामा मात्र एक तह माथिको कमिटीमा पठाउनुपर्ने मापदण्ड बनाएको छ । तह नाघेर उजुरी गर्ने र जिम्मेवारीबाट पन्छिने दुवै प्रवृत्तिको अन्त्य गर्नुपर्ने बैठकको निर्णय छ ।

प्रदेशभित्रका स्थानीय तहका पार्टी कमिटीभित्रका तमाम समस्याहरू समाधान गर्न प्रदेश कमिटी अझै बढी सक्रिय र जिम्मेवार हुनका लागि ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले जनसंगठनका आधारभूत तहसम्मका कमिटी निर्माण गर्न, सदस्यता विस्तार गर्न, प्रशिक्षण गर्न, अधिवेशन आयोजना गर्न र जनसरोकारका मुद्दामा अग्रसरता लिन निर्देश गरेको छ । जनसरोकारका मुद्दालाई सम्बन्धित तहका पार्टी कमिटीले आफ्नै पार्टी काम ठानेर नेतृत्व प्रदान गर्नु आवश्यक रहेको निष्कर्ष बैठकको छ । त्यसका लागि सम्बन्धित तहका जनसंठन संयन्त्र नियमित परिचालन गर्न सम्बन्धित पार्टी कमिटीले ध्यान दिनुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले सम्बन्धित प्रदेशका केन्द्रीय स‌ंगठन विभागका सदस्यलाई प्रदेश कमिटी र जिल्ला कमिटीका बैठकमा नियमित रूपमा आमन्त्रण गर्न प्रदेश तथा जिल्ला कमिटीको ध्यानाकर्षण गराएको छ ।

फिदिम नगरपालिकाका पूर्व मेयर नेम्बाङको निधन

फिदिम । फिदिम नगरपालिकाका पूर्व मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सामान्य उपचारका लागि फलोअपमा विराटनगर पुगेका नेम्बाङ्को मृगौलामा सामान्य समस्या देखिएपछि डाइलासिस गर्ने तयारी हुँदा हुँदै उनको निधन भएको पारिवारिक श्रोतको भनाई छ ।

परिषद्ले छानविनको नाममा दुरासययुक्त कार्य गरेको रेडक्रसको आरोप

लेखनाथ सिकारू

काठमाडौँ । समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो ।

समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिए ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरी रेडक्रसको छानबिन प्रतिवेदनको नाममा मिडियाहरूमा सार्वजनिक गरेको साथै कन्फ्लिट अफ ईन्टे्रेष्ट समेत ख्याल नगरी बिज्ञको नाममा पहिला रेडक्रसमा काम गरेका ब्यक्तिलाई नियुक्ति गरि दुरासय युक्त कनम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने बताए ।

‘हामी पारदर्शी छौं । हामीमा कुनै पनि किसिमको कपट छैन,’ अध्यक्ष नेपालले भने, ‘कसैलाई पनि हामी इर्ष्याको भावनाले हेर्दैनौं । त्यसैकारण हामीले भन्ने गरेका छौं पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भए पनि उसले छलफलसमेत नगरी छानबिनको नाममा त्यस्ता काल्पनिक खालका मिथ्या र झुट समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण गराएको आरोप लगाए ।

नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडिए० लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको भन्दै राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको बताए ।

महामन्त्री श्रेष्ठले ७ प्रदेश,७७ जिल्ला ,१६ सय उपशाखा ,६ हजार बढी सर्कल र १२ लाख बढी स्वयंसेवक मार्फत बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणका काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र समुदायको जीवन रक्षाका लागि खटिरहेको बताए ।
उनले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको प्रति आपत्ति जनाउँदै केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गरे ।

वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र भएको उनको भनाई छ ।

“नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्”, “छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।” जारी बिज्ञप्तिमा भनिएको छ ।

केही दिन यता रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएको समाचार आएपछि आज पत्रकार सम्मेलन गरी विज्ञप्ति मार्फत सो को खण्डन गरेको हो ।

देउवा-ओलीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्षे केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा छलफल भएको छ ।

हिजो साझ भएको उक्त छलफलमा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको बूढानीलकण्ठ स्रोतले बताएको छ ।

करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी भएको बुझिएको छ ।

मौसम पूर्वानुमानः भारी देखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन अति भारी वर्षा हुने चेतावनी दिएको छ। मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले बुधबार साझ विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९।३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।

रिपोर्टका अनुसार जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

आजको राशिफलः कस्तो छ तपाईको भाग्य हेर्नुहोस्

मेष

प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

निणर्य लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरेररङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूणर् सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरसेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूणर् वस्तुहरूमा झुकाव बढ्नेछ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

आयो नुन एमआरपी भन्दा बढी मूल्यमा बेचे तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आयो नुन एमआरपी भन्दा बढी मूल्य लिएर बेचेमा तीन लाखसम्म जरिवाना तिराउने भएको छ ।

बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने आज एक सूचना जारी गर्दै जनाएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएपछि विभागले सूचना नै जारी गरि सचेत गराएको हो ।

विभागको सूचनामा भनिएको छ –‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ । यस विभागबाट अनुगमन हुँदा काठमाडौँ महानगरपालिका(१३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा (२) (ठ) बमोजिम अनुचित व्यापारिक कार्य गरेको मानिने र त्यस्तो अनुचित कार्यलाई सोही ऐनको दफा ३८ (ङ) अनुसार कसुर गरेको ठहरिनेछ । यस किसिमको कसुर गर्नेउपर सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।’

साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनमा प्रति केजी रु ६ वृद्धि गरेको थियो ।

२८ गते पछि मात्र मन्त्रालय र मन्त्रीको टुङ्गो लाग्छः केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भए पनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका छन् । आज बसेको पार्टीको सचिवालय बैठकमा उनले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने भन्दै त्यसबारे चर्चा गर्न हतार गर्नु नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिदैछन् । उनले विश्वासको मत नपाए नयाँ सरकार गठन हुनेछ ।

दाहालले विश्वसको मत नपाए एमाले–कांग्रेसको सहमति अनुसार ओली प्रधानमन्त्री बन्दै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल अन्यौलमाः नयाँ सरकार ७६ (२) अन्तर्गत बन्ने कि ७६ (३) ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका विषयलाई लिएर निकै अन्यौलमा परेका छन् । अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ मा भन्ने विषयमा निकै अन्यौलमा रहेको बुझिएको छ ।

शीतल निवासमा भएको एक औपचारीका कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानको कुन धारामा सरकार गठन हुन्छ भन्ने विषयमा अन्यौल रहेको बताएको उक्त कार्यक्रममा सहभागीले बताएका छन् । पौडेलले सोहि विषयलाई लिएर शीर्ष नेताहरुसँग संवाद गर्ने तयारी गरिरहेको बुझिएको छ ।

काँग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत पाइसकेको र यसबीचमा चौथोपटक विश्वासको मत लिन लागेकाले अब धारा ७६ को उपधारा ३ आकर्षित नहुने बताएका छन् ।

पौडेलले विश्वासको मतको प्रक्रिया सकिएपछि नै त्यसबारे छलफल गर्ने तयारीमा रहेको बताइन्छ । नेपालको संविधानमा धारा ७६ (४) बमोजिम विश्वासको मत लिन नसक्दा मात्र उपधारा ३ बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ ।

माओवादीको निष्कर्ष-प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ (३) अनुसारनै सरकार

काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए सविधानको धारा ७६ (३) बमोजिम नै सरकार बन्ने निष्कर्षसहतिको निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैछन् । विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने बैठकले निष्कर्ष निकालेको हो ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेका अध्यक्ष ओली नेपालको संविधान ०७६ ९२० अनुसार प्रधानमन्त्री बन्ने सहमति भएको छ। तर, माओवादी केन्द्र ओलीलाई रोक्ने ०७६ ९३० मा धकेल्न चाहन्छ।

आफूले विश्वासको मत नपाएको खण्डमा ०७६ (३) पुग्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। तर, कांग्रेस(एमालेले दुवै ७६ (२) कै सरकार बन्नेमा ढुक्क छन्।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतका लागि संविधानको कार्यान्वयन र रक्षाका पक्षमा उभिएका सबै दलहरूसँग कुरा गर्ने निर्णय भएको एक नेताले बताएका छन् ।

जनमत पार्टीका सात जना नेता निलम्बन

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बन गरेको छ ।

असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप) साह केन्द्रीय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन् ।