ओलीले जालझेल र षड्यन्त्र गरे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटना क्रम र सरकार अल्पमतमा परेको विषयमा ब्रिफिङ गरेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद भइरहेको विषयमा सार्वजनीक भएको विषय कुनैपनि सत्यता नभएको प्रधानमन्त्रीले भन्नुभएको बताएका हुन् ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बैठकमा जानकारी समेत गराएका छन् ।

म अझै पनि महामन्त्री हुँ, चाहेमा कुर्सीमा गएर बस्न सक्छु तर बखेडा गर्ने पक्षमा छैनः डा. मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बर्खास्त महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेविरुद्ध आक्रोस व्यक्त गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफु अझै पनि महामन्त्री रहेको दाबी गर्दे रविविरुद्ध आगो ओकलेका हुन् ।

उनले भने– ‘रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गर्नुभयो । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ ।’

उनले भने– ‘म झै पनि महामन्त्री हो । चाहेमा कुर्सीमा गएर बस्न सक्छु तर बखेडा गर्ने पक्षमा छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन । मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’

उनले सहकारी प्रकरणमा रास्वपाले पार्टीमा पनि समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेका छन् । रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो ।’

माधव-झलनाथ प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा पगेका छन् ।

अहिले उनीहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

कति छ आज सुनको भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

बोली फेर्दै हिँडेका शेखर – कोशी प्रदेशमा केदारलाई मुख्यमन्त्री बनाए, केन्द्रमा शंका गर्न थाले !

विपुल अधिकारी

काठमाडौं । असार १७ गते मध्यराति एमाले–कांग्रेसको नयाँ सत्तासमिकरणका लागि सहमति भए । नेकपा(एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लियो । मन्त्रीहरुले पनि राजीनामा दिए । संविधानको धारा ७६ (२) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानममन्त्री बनेका थिए ।

कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए सिधै धारा ३ मा सरकार बन्ने धेरैले विश्लेषण गरिरहेका छन् । मंगलबारको संसदमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन् ।

उनले भने, प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो । उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ । त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु ।

यता, संविधानको धारा ७६ (३) को सरकार बन्ने आशंका गर्ने कांग्रेस नेता शेखर कोइरालाले दुईदिनपछि नै आफ्नो बोली फेरेका छन् । उनले दुई दिनअघि मात्रै वर्तमान सरकार लडेसँगै ठूलो दलको नेतृत्वमा सरकार जाने बताएका थिए । कोइरालाले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्म भन्न भ्याएका थिए । उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत भेटेका थिए । त्यसपछि कांग्रेसभित्रै पनि शेखर प्रधानमन्त्रीको लाइनमा हिँडेको आरोप लागेको थियो ।

तर, मंगलबार फेरि एकाएक कोइरालाले आफ्नो बोली फेर्दे संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् ।

उनले भनेका छन् – कांग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौं । र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ । उहाँलाई संविधानले दिएको अधिकार हो ।
मिडियाहरूमा धेरै आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ ।
यो विषयमा मैले अस्ति केही कुरा राखेको थिएँ। तर, केही कुरा बङ्गाइदिनुभयो। शेखर त ७६ (३) को सरकार खोजिरहेको हो कि भन्ने आशंका बाहिर गयो। तर, मैले त सात आठ महिनाअघि देखिनै कांग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ। देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ ।

वर्तमान नजिर कोशीको, स्वामित्वकै शेखरको यसअघि कोशी प्रदेशमा कांग्रेस एमाले मिलेर सरकार बनाएका थिए । कांग्रेस नेता केदार कार्कीलाई एमालेले बोकेर सरकार बनाएको थियो ।

जबकी केदारलाई सहयोग गर्दा कांग्रेसको संस्थापन इतर पक्षमा एमालेसँग मिलेको थियो । कांग्रेसको इतरपक्षको नेतृत्व शेखरले नै गर्छन् । तर अहिले तिनै शेखर केन्द्रमा आशंका गर्दै हिँडेका छन् ।

बाढीको उच्च जोखिममा परेका जिल्लाहरु (सूची)

काठमाडौं । आज पनि देशका धेरै स्थानमा अभिरल वर्षा भइरहेको छ । यहि वर्षातका कारण बाढी पहिरोको खतरा हुने गर्दछ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला उच्च जोखिममा रहेको बताएको छ।

कोशी प्रदेशका अधिकांश जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकास्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। यी

जिल्लाका नदी तटीय क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

स्पेन युरोकपको फाइनलमा, फ्रान्स २-१ ले पराजित

काठमाडौं । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहान म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २(१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।

सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।

आज माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।

मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका जानकारी उनले दिएका छन् ।

मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहनेगरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो ।

फाल्गुनन्द सडक अवरुद्ध

झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् ।

माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन एक्स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रूपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए ।

विदेशी मुद्राको विनिमय दर, असार २६ गते बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचारः पूर्वमन्त्रीलाई ९ वर्ष कैद सजाय र २ करोड ३५ लाख जरिवाना

काठमाडौं । विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ। विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।

उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको छ । उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद र मन्त्री विजयकुमारसरह नै जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाए पनि सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले अदालतबाट भने सफाइ पाएका थिए।

गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकेको थियो ।

अख्तियारले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि ७ जनाविरुद्ध २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो ।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो ।

आजको राशिफलः कस्तो छ आज तपाईको भाग्य ?

मेष

थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातोरहरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

होटलरमोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । अध्ययनरअध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ आदित्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूणर् बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पर्द्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मौसम सक्रियः देशका धेरै ठाउँमा वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदली छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै कोसी र मधेस प्रदेशका एकदुई स्थानमा दिउँसा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

ताप्लेजुङ केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।‘यो परकम्प होइन, भूकम्प नै हो’, भूकम्पविद् डा. अधिकारीले भने, ‘तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’