सरकार नढल्दै मन्त्रीहरुले सरकारी निवास छोडे

काठमाडौं । सरकार परिवर्तनका लागि नयाँ समिकरण तयार भएको छ । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने तयारी गररेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्रीले राजीनामा नदिए पनि सरकारी निवास छोडेका छन् ।

रास्वपाका मन्त्रीहरु गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा नदिए पनि सरकारी क्वाटर छोडेका हुन् ।

गृहमन्त्री लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ ।

खाल्डोमा जमेको पानीमा पौडी खेल्दा डुवेर तीन किशोरीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुवेर तीन किशोरीको ज्यान गएको छ । आज कञ्चनपुरको पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबान भएको क्षेत्रमा ती किशोरीहरु पौडि खेल्ने क्रममा वेपत्ता भएका थिए ।

लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।

‘विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन(तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक(एक जनाको मृत्यु भएको छ’, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ४‍.६२ अङ्कले घटेर दुई हजार एक सय ३६.३५ को अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय ६ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

सोमबार बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै नौ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ ।

बाढीपहिरोका कारण हालसम्म कम्तिमा ७० जनाको मृत्यु, पाँच जना वेपत्ता

काठमाडौं । निरन्तरको वर्षाका कारण बाढीपहिरोमा परि अहिले सम्म ७० जनाको ज्यान गएको छ ।

जेठ २८ गतेबाट आज (सोमबार)सम्म कम्तिमा ७० जनाको ज्यान गएको हो । विपत्तिमा परि ८६ जना घाइते र ५ जना वेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको उनले बताए ।

उक्त अवधिमा बाढीपहिरोको नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ ।

अहिले सम्म रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ऐजेन्सीको सहयोगमा

प्रधानमन्त्री एक मिनेट पनि नैतिक आधार बस्न मिदैनः सांसद गैरे

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण नरहेको भन्दै प्रधानमन्त्री एक मिनेट पनि बस्न नैतिक आधार नरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बस्दै सांसद गैरेले राजीनामा नदिएर संविधानमा ‘प्वाँल’ पार्न खोजेको आरोपसमेत लगाएका छन् ।

संसदको आकस्मिक समयमा बोल्दै उनले भने–‘प्रधानमन्त्रीज्यू धारापानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाँल खोज्दै हुनुहुन्छ । यसरकारलाई फेरि अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ ।’

कति छ सुनको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो आइतबारको तुलनामा छापावाला सुन प्रतितोलामा रु ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ ।

बागमती सरकारबाट बाहिरीयो एमाले

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समिकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट नेकपा एमाल सरकारबाट बाहिरीएको छ ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

राजस्व महानिर्देशक बुढाको यस्तो हर्कत, आफ्नै सालो प्रयोग गरेर असुली धन्दा !

काठमाडौं । राजस्व चुहावट गरिएको आशंका लागेमा राजस्व अनुसन्धान विभागका महानिर्देशकको कार्यसम्पादन अनुसारकै तजबिजले छापामारी गर्दै सम्बन्धित ब्यक्तिलाई नियन्त्रणमासम्म लिएर अनुसन्धान गर्ने र राज्यको खातामा राजस्व दाखिला गराउने अधिकार बोकेर बसेको निकाय हो ।

तर, पछिल्लो समय राजश्व विभागका महानिर्देशकको हर्कत थाहा पाउनुभयो भने तपाई छक्क पर्नुहुन्छ । अहिले विभागका महानिर्देशक छन् चक्रबहादुर बुढा । उनले यति सम्म गर्छन की उनका कारण उनी मातहतका कर्मचारीहरु पछि तनाबमा छन् । स्रोतका अनुसार उनले कोरोना कालपछि थलिएका व्यावसायीहरुलाई धम्काएर व्यक्तिगत असुली गरेर धन्दा चलाएका छन् ।
उनको यो हर्कत छताछुल्ल हुन पुग्दा भ्रष्ट महानिर्देशकको इतिहास कायम गराउन सफलसमेत भएका छन् ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको विभाग प्रति प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहेको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालसँगको निकटताका कारण प्रीपेड सन्दर्भले नियुक्ति पाएका महानिर्देशक बुढाले विभाग आए सगै हाक्का हाक्की रकम माग्नेमा पहिलो महानिर्देशक बनेका छन् ।

यतिखेर उनी मातहतका कर्मचारी तनावग्रस्त बन्न पुगेका छन् । गल्ती गरेका निकायलाई नियन्त्रणमा लिएर राजस्व सरकारको खातामा दाखिला गराउनुपर्नेमा त्यसो नगरी उपेन्द्र शाही थरका आफ्नो सालो परिचालन गरेर अरवौं रकम संकलन गरि उक्त रकम कहाँ पुर्याउछन कसैलाई पतै हुदैन् । उक्त हर्कतका कारण कर्मचारीहरु तै चुम मै चुपको अवस्थामा पुगेका छन् ।
महानिर्देशक बुढाको यो हर्कत जानकारी पाएर पनि अख्तियार पर्ख र हेरको नितिमा देखिएको बुझिएको छ । बिलिङ काण्डमा मुछिएका महानिर्देशक बुढाले विभाग भित्रका काबिल अफिसरलाई बेवास्ता गर्दै बिचौलिया मार्फत प्रधानमन्त्री पुत्री दाहाललाई मासिक करोडौं बुझाउदै आएकोसमेत बुझिएको छ ।

बुढाले दाहालको आडमा बजारमा आफनो एकल साम्राज्य खडा गरेको छन् । बजारमा प्रतिष्ठित व्यापारी मात्रै होइन मध्यम स्तरका ब्यापारीलाई समेत उनले नछोडेको हाम्रो गोप्य स्रोत बताउछ ।

गत महिना न्युरोडका सुन पसलबाट महानिर्देशकले सालो प्रयोग गरेर पचास करोड संकलन गरेको सन्दर्भ प्रधानमन्त्रीलाई जानकारी हुँदाहुँदै पनि महानिर्देशक बुढा अहिलेसम्म जिम्मेवारीमै छन् । निर्धक्क तवरले यस्तो हर्कत देखिनु प्रधानमन्त्रीद्वारा परिचालन भएको प्रष्ट भएको छ ।

बजारमा सूचना प्रबिधि क्षेत्रमा विधि पुर्याएर काम गरेका दर्जन व्यावसाय फर्महरु पछिल्ला दिनमा तनाब झेल्न बाध्य छ्न । महानिर्देशक बुढाले सालो उपेन्द्र शाहीलाई फोन गरेर धम्काउन लाउने र पछि आफुले डिल गरेर रकम माग्ने गरेको अडियो नै बाहिर आउने तयारी भएको एक व्यावसायीले आफ्नो नाम नभन्ने सर्तमा सम्पत्ति न्यूजलाई बताउछन् ।

प्रधानमन्त्री दाहालको सत्ताको आयुसँगै जोडिएका महानिर्देशक बुढाको चुरिफुरी असार २८ गतेपछि के होला विभाग नियाल्नेहरुको प्रश्न छ ।

बजारमा व्यावसायी आतंकित हुदा प्रधानमन्त्रीले त संरक्षण गरे गरे तर सुशासनको प्रत्याभूत गराउने अख्तियारले बुढालाइ किन हतक्डी लाउदैन बिभागका एक कर्मचारीले नाम नभन्ने सर्तमा भन्छन् ।

समाचार श्रोतका अनुसार विभाग भित्र इमानदारीसाथ काम गर्ने कर्मचारी महानिर्देशकका निम्ति काडो बनेका देखिन्छन् । आशंकाको भरमा मातहतका धेरै कर्मचारीलाई सरुवा गरिसकेका उनले एकछत्र धन्दा चलाउने मुडमा विभागका कतिपय कर्मचारीको बेलाबेलामा सातोसमेत लिनेगरेका छन् ।

प्राप्त जानकारी अनुसार गरिबीको चरम पिडा झेलेका महानिर्देशक बुढाका अतित त कहालीलाग्दो छ । गाउँमा कोदो खाएर हुर्केका उनको आजभोलिको दैनिकी हेर्दा समकक्षी समेत चकित छ्न । पछिल्ला दिनमा राजस्वका गतिविधि नजिकबाट बुझ्नेहरु भन्छ्न चक्रबहादुरलाई नियन्त्रणमा लिन ढिलाइ गर्नुहुन्न ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरि, प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री पुष्पकमल दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

आज विदेशी मुद्राको मूल्य कस्तो छ ?

काठमार्डां । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा थियो।

आजको राशिफलः हेर्नुहोस तपाईको भाग्यफल

मेष

खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचाररविमर्शमा खाडल सिर्जना हुनेछ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

पारिवारिक सुखको पूणर् अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथरसहयोग प्राप्त हुनेछ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कमलायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङरसेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरघिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूणर् पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकीजस्तै : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले नयाँ बन्ने सरकार मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकीजस्तै भएको टिप्पणी गरेका छन् ।

केन्द्रीय कमिटीकव बैठकपछि पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सहमतिको भन्नु कांग्रेस–एमालेले फजुलको कुरा भएको बताएका हुन् ।

उनले भने– ‘कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिने मात्र हो । संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरेपनि कुनै पनि देशका मुख्य मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकीजस्तै हो ।’

नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको उनको प्रष्टोक्ति छ ।

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको लडाकु शिविर घोटालाको फाइल खोल्न चुनौति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर घोटालाको फाइल खोल्न चुनौति दिएका छन् । आज बसेको संसद बैठकमा शाहीले भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने विषयमा लक्षित गर्दै क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफुले साथ दिने बताएका हुन् ।

‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ ? शाहिले भने– ‘उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ । जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गछौं ।’

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१।२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।

यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।