सोमबार रातिबाट सबै सरकारी खाता एक हप्तालाई बन्द

काठमाडौं । सोमबार (भोली) देखि एक हप्ताका लासग सबै सरकारी कारोबार बन्द हुने भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए ।

‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,’ रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रापितदेखि बजेट भुक्तानी हुँदैन,’ उनले भने ।

संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलि सोमबारसम्ममा चालु आर्थिक वर्ष २०८०र८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए ।

एमालेको प्रधानमन्त्रीलाई आग्रहः तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आज बसेके एमाले संसदीय दलको बैठकमा यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) प्रतितोला एक हजार रुपैया मूल्य बढेपछि हालसम्मकै उच्च भएको हो ।

आज सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।

यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशीमा जलसहत बढ्दै गएपछि कोशी व्यारेजका सबै ढोका खोलिएको छ ।

कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण ५६ वटा ढोका खोलिएको हो ।

यहाँ उच्च सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको । नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

कोपा अमेरिकाः ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं । उरुग्वेसँग पेनाल्टी सुटआउटमा असफल भएसँगै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। आइतबार बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो।

ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओको प्रहार विफल भयो। तेस्रो नम्बरमा आएका लुइसको प्रहार पनि विफल हुँदा ब्राजिल ‘अन्तिम ८’ बाटै घर फर्किएको हो। उरुग्वेका जोसे मारियाबाहेक अन्य सबैले गोल गर्न सफल भए। निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

निर्धारित समयको ७४ औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सीमित हुन पुग्यो। नहितान नान्देजले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटियो। यो पटक राम्रो खेल पस्कन नसकेको ब्राजिल अन्तिम चारमा पुग्न असफल रह्यो। उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ। आजै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० को फराकिलो अन्तरले हराउँदै कोलोम्बिया सेमिफाइनलमा पुगेको छ।

योसँगै कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ।

पहिलो सेमीफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्नेछन्।

गण्डक ब्यारेजका सबै ढोका खोलिए

काठमाडौं । गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका खोलिएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए ।

आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज विहान ११ बजे बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।

पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो ।

आज एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेकां संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आजे बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल हुने बुझिएको छ ।

आजको विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा यी मुद्राको कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।

कोशीका ४६ वटा ढोका खोलिए

काठमाडौै । सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। निरन्तरको वर्षातका कारण पानीको बहाब उच्च भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कन्ट्रोल रुमका अनुसार आज बिहान ६ बजेसम्म ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाब मापन गरेको छ। जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटा मध्ये ४६ वटा ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ९एपपी० विपिन रेग्मीका अनुसार निरन्तर पानी परिरहेको र सप्तकोसीसहित सहायक नदीहरूमासमेत पानीको बहाब उच्च भएको छ।

पानीको बहाब उच्च भएको र अझै बढ्दो क्रममा रहेकाले सुनसरीसहित उदयपुरका जिल्लामासमेत सतर्कता अपनाउन आग्रह गरे। खासगरी सप्तकोसी नदीले अहिले कटानसमेत सुरु गरेको स्थानीयबासी बताउँछन्। केही वर्षअघि आएको सप्तकोशीको बाढीले पश्चिमतर्फ कटान गर्दा सुनसरीसहित उदयपुरका विभिन्न क्षेत्रमा भौतिक क्षति भएको थियो।

अविरल वर्षाः बाढीपहिरोले सात जनाको ज्यान गयो, सात जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी शनिबार कम्तीमा सातजनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी काभ्रेमा दुई, स्याङ्जामा तीन, काठमाडौँमा एक र दाङमा एकजनाको मृत्यु भएको हो। बाढीपहिरोमा परी कम्तीमा सातजना बेपत्ता भएका छन्।

बाढीले बागमती, गण्डकी, लुम्बिनी प्रदेशका दर्जनौँ बस्ती डुबानमा परेका छन्। डुबानमा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए।

वर्षाका कारण आएको पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्री अलपत्र परेका छन्।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। शनिबार साँझ रोशी(११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ। पहिराले पुरिएर बिरुवा गाउँपालिका(६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए। उनीहरूको घर नजिक बिहान पहिरो खसेको थियो।

काठमाडौँको नागार्जुन नगरपालिका(३ मा खसेको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ। ट्रपिकल रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका(६ घर भई हाल सोही रेस्टुरेन्टमा काम गर्ने मनोज विकको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

दाङको गढवा गाउँपालिका(५ मा गङ्दी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बताएका छन्। खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको छ।

दाङमा पहिरोमा परेर एकजना बेपत्ता भएका छन्। दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका(२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।

पर्वतको फलेवास नगरपालिका(१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन्। स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका(३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन्। वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका(७ काउरेमा पहिरामा परेर शनिबार तीनजना बेपत्ता भएका छन्। पहिरामा परेर बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दोलखाको गौरीशंकर गाउँपालिका(९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर(९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

आजको राशिफलः हेर्नुहोस् कुन राशिका मान्छेको भाग्य चम्कदै छ ?

मेष

कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचाररविमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

हाकिम वा सिनियर कर्मचारीबाट स्यावासी पाउने दिन हो । आज घरमा सम्पर्क राखी मातापिताको आशीर्वाद लिएको जाती हुन्छ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूणर् समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । छोराछोरीको क्रियाकलाप र उन्नतिरप्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमालेसंग भएको सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बन्ने दाबी गरेको छ।

संसद् भवन नयाँबानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले दुई दलबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२)बमोजिम गठन हुने दाबी गरेको हो।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको जानकारी दिए। त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय भएको उनले बताए। बैठकले कांग्रेस(एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको छ।

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशील गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर संविधानको आवश्यक संशोधन गर्ने सवालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे।

धारा ७६ (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने प्रावधान छ।

भारतमा ४ नेपालीको हत्या

काठमाडौं । भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ । भारतका सञ्चारमाध्यमका अनुसार कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको घाँटी रेटेर हत्या भएको हो ।

मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।

चीनमा २२६ मिटर अग्लो बाँध भत्कियो, ६० हजार बढीको स्थानान्तरण

काठमाडौं । चीनको हुनान प्रान्तको २२६ मिटर अग्लो बाँध भत्किएको छ । बाँधको केही भाग भत्किएपछि ६० हजार मान्छेलाई स्थानान्तरण गरिएको छ । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार तोङथिङ बाँध शुक्रबार दिउँसो भत्किएको हो ।

चीनले २३०० भन्दा धेरै उद्धारकर्ता, १५० जल सवारी प्रयोग गरेर यो समस्यासँग जुधिरहेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले सबैखाले तरिका अपनाएर काम गर्न आग्रह गरेका छन् ।

हुनान प्रान्तका सबै राजमार्ग बन्द गरिएका छन् । चीनको मध्य तथा दक्षिण भागमा मौसम बदली र वर्षा भएको तथा उत्तरी क्षेत्रमा हिटवेभ चलेको बताइएको छ । हुनानको यो बाँध दुर्घटना पनि लामो समय परेको झरीलाई एक कारण मानिएको छ ।