सुनको भाउ तोलामा १ लाख ४४ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको आज तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँकारोबार सुरु भएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अ

नेकपा एसका मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । समाजवादीका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरूले राजीनामा नदिने बताएका छन्।

समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्री छन्।

अशोक राई नेतृत्वको जसपाले पनि मन्त्री फिर्ता बोलाउने

काठमाडौं । कांग्रेस–एमालेको नयाँ समिकरणलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । नयाँ समिकरणमा भाग लिने निर्णय भएपछि पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

राजीनामा बोकेर प्रधानमन्त्री भेट्न पुगेका रास्वपाका मन्त्रीले दिएनन् राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुसहित शीर्ष नेताहरु राजीनामा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि राजीनामा नदिइ फर्किएका छन् । प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेपछि राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियार बताएका छन् ।

उनले भने – ‘प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएका छौं । संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने भएकाले राजीनामा दिएनौं ।’

नेकपा एस महाधिवेशनः माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्ने निश्चित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन जारी छ । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेका थिए । त्यसको परिणाम स्वरुप माधवकुमार नेपाल सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । अध्यक्षका लागि घनश्याम भुसालले दावी गरेपनि अध्यक्ष छोडेर तेस्रो बरियता वरिष्ठ उपाध्यक्ष दाबी गरेको स्रोत बताएको छ ।

माधवकुमार नेपालको पक्षमा प्रतिनिधिको संख्या अधिक देखिएपछि भुसाल अध्यक्षबाट पछि सरेको बुझिएको छ ।

भुसालले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपनि राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको स्रोतले जनाएको छ।

यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको बताइएको छ ।

‘जन्मदिनलाई सतकर्ममा जोडौ अभियान’: बिभिन्न जातका १३०० वटा बिरुवा रोपियो

रौतहट । रौतहटबाट सुरुआत भएको ‘जन्मदिनलाई सतकर्ममा जोडौ’ अभियान अन्तर्गत बुधबार १३ सय भन्दा बढी बिरुवा रोपिएको छ ।

तराई बिकास तथा सन्चारकेन्द्र नेपालको आयोजनामा रौतहटको सिन्दुरेघारी चादी खोला छेउमा १३ सय भन्दा बढी बिभिन्न प्रजातीको बिरुवा रोपिएको हो ।

बृक्षारोपणको सुरुवात रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका थिए । पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य समेत सुरु भएको छ । बृक्षारोपण शुरुआत गदै प्रजिअ रेग्मीले यस्तो पबित्र कार्यमा सबै जोडिन आग्रह गरेका छन् । जन्मदिनको अवसरमा अनावश्यक खर्च रोकेर यस्तो पबित्र कार्यमा सबै लाग्नुपर्ने प्रजिअ रेग्मीको धारणा थियो ।

यसैगरी नेपाली सेना रौतहटका प्रमुख सेनानी गङ्गाबहादुर बिष्टले पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य आज बाट प्रारम्भ भएको बताए । समाजिक कार्यमा सक्रियता पूर्वक सहभागिता जनाउदै आएको नेपाली सेनाले बृक्षारोपण कार्यलाइ पनि उतिकै महत्वका साथ काम गदैआएको प्रमुख सेनानी बिष्टको भनाइ रहेको थियो ।

तराई बिकास तथा सन्चारकेन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्मा,जन जागृती बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य थापा, जनजागृती माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द दुलाल, जनजागृती माबिका प्राचार्य शत्रुधन साह,क्यापसका प्रमुख अमृतकुमार केसी नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण अधिकारी,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा लगायतको उपस्थीती रहेको थियो ।

यसैगरी जीवन बिज्ञान चन्द्रनिगाहपुरका शैलेश उपाध्याय, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सशस्त्र प्रहरी सन्तपुर बेस क्याम्पकाका प्रमुख, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख,लाइन्स क्लबका प्रतिनिधि, पन्च आधारभुत बिद्यालय प्रधानाध्यापक शिक्षकहरु,सुर्योदय एकेडेमी प्रेम तुल्सी एकेडेमी बिद्यालयका शिक्षक बिद्यार्थी , सिन्दुरेघारी टोल बिकास सस्था, मुलघर कृषि सहकारी सस्थाका पदाधिकारी ,जिल्ला स्थित सन्चारकर्मी, स्थानीय समाजसेवि सर्वसाधारणले बृक्षारोपण गरेका थिए ।

सोही कार्यक्रममा बुधबार जन्मदिन परेका चन्द्रपुर नगरपालिकाका वाड नं. ९ निवासी वासुदेव अधिकारी ,मुलघर कृषि सहकारी सस्थाका सह ब्यबस्थापक तुलसा पुलामी, जन जागृती माबी सिन्दुरेघारी अध्ययनरत छात्राहरु सन्ध्या श्रेष्ठ ,सम्झना कुमारी राम र रिता साहले आफनो जन्मदिन विभिन्न जातका फुलका बिरुवा रोपेर मनाएका थिए ।

चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेको बासुदेब अधिकारीले आफनो जन्मदिनको अबसरमा बृक्षारोपण गर्न पाउदा हर्षित भएको बताएका छन । जन्मदिनको अबसरमा फजुल खर्च नगर्न समेत अधिकारीले सल्लाह दिएका छन ।

यो अभियानलाइ देश ब्यापी बनाउने तराई बिकास तथा सन्चारकेन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईले जानकारी दिएका छन । यो अभियानलाइ तिब्रता दिन गृह नगर चन्द्रपुर आएका पत्रकार चौलागाईले यो अभियानले काठमाण्डौमा पनि ब्यापकता रुप लिएको बताए । सकरात्मक सोचका साथ समाजलाइ सतकर्म तर्फ लैजान यो अभियान अपरिहार्य भइरहेको पत्रकार चौलागाईको भनाइ रहेको थियो । करिब ३ महिना अगाडी देखी यो अभियान रौतहटमा चलिरहेको छ ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी बिष्टले बगैचा निर्माणका निम्ति नेपाली सेनाले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा जजामाबी सिन्दुरेघारी का प्रधानाध्यापक शत्रुधन प्रसाद साहलाई यसपटक राम्रो नतिजा दिन सफलता हातपारेको भन्दै प्रमुख अतिथि प्रजिअ रेग्मीले सम्मान गरेका थिए ।

त्यसैगरी अभिभावकका तर्फबाट रामकुमार रोक्कालाई सम्मान गरिएको थियो । बिहान देखि चलेको सो कार्यक्रममा सिन्दुरेघारी धर्मशालाको गेट बाट अशोक र धुपिका बिरुवा रोप्दै बर्थडेपार्क सम्म लैजाने अभियानको समेत धर्मशाला अगाडि बाट सुरुवात गरिएको थियो। कार्यक्रम संचालन प्रराज चौलागाईंले गरेको सो कार्यक्रम स्थानीय समाजसेवी खडग बहादुर कार्की लगायतका प्रतिष्ठित ब्याक्तित्वहरु सयौका सख्यामा स्वतस्फूर्त अभियानमा सामेल भएका थिए।

अभियान सफल बनाउन टोल टोल मा समिति समेत गठन गरेर दर्जनौं संस्थाका प्रतिनिधित्व हुने गरि रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको जन्म दिनलाई सतकर्ममा जोडौ अभियानलाइ एक्यवद्धतासहितको हाम्रो सहभागिता लेखिएको ब्यानर बोकेर आफनो स्थानमा बृक्ष रोपिएको छ दिनभरमा १३ सय बृक्ष रोपिएको सिन्दुरेधारी टोल बिकास संस्थाका अध्यक्ष राम प्रसाद त्रिपाटिले सम्पत्ति न्युजलाई बताए ।

‘जन्मदिनलाई सकर्ममा जोडौ’ अभियान आन्तरगत रौतहटको सिन्दुरेघारी चादी खोला छेउ बृक्ष रोपण कार्यक्रम पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी गंगाबहादुर विष्ट ।
‘जन्मदिनलाई सकर्ममा जोडौ’ अभियान आन्तरगत रौतहटको सिन्दुरेघारी चादी खोला छेउ बृक्ष रोपण कार्यक्रम पछि कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ।

आज कस्तो छ ? विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.११ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।

मौसमः कुन–कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज दिनभर देशभर साधरणतया देखि पूर्णतया बदली रहेको विभागले जनाएको छ ।

देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार १२ घण्टा भन्दा समय बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत निलम्बन गरेको हो ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।

साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ । त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ ।

बैठकमा महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।

आजको राशिफलः २०८१ असार २० गते, बिहीवार

मेष

मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष

आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । प्रेमीरप्रेमिका वा पतिरपत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो । सँगै बस्नुहुन्न भने संयम भई फोनमार्फत नै भलाकुसारी गर्ने वा फकाउने काम गर्नुहोला । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन

लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरेररङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट

लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह

सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरसेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या

धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला

स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । तुजुक र अहङ्कार बढ्ने समय हो । आज जोखिमपूणर् काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक

प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु

विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर

कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ

विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता घररपरिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन

खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

राप्रपाले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरबाट युवा दस्ता तयार पार्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरीबाट बीस हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ ।

बर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरीका ६,७४३ वडाबाट प्रतिवडा कम्तिमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरुलाई राप्रपामा आवद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् ।

महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालय चावहिलमा बुधबार बसेको वैठकले देशव्यापी रुपमा प्रत्येक हप्ता मठमन्दिर सफाई गर्न राप्रपाका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका समितिहरुलाई निर्देशन दिएको छ । प्रत्येक हप्ता संचालन हुने मन्दिर सफाई कार्यक्रम दशै, तिहार र छठसम्म जारी रहनेछ ।

महामन्त्री राणाका अनुसार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिहरु र राप्रपासम्वद्ध जनवर्गीय संगठनहरुले साउन महिनासम्म काठमाडौं उपत्यकाभित्र विरोध कार्यक्रमहरु आयोजना गर्नेछन् ।

सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमितताका विरुद्धमा नगर समितिले प्रभावकारी कार्यक्रम संचालन गर्नेछ भने सो कार्यक्रमको अनुगमन गर्न पार्टीका जिल्ला अध्यक्षलाई वैठकले जिम्मेवारी दिएको छ ।

आन्दोलन परिचालन समितिले समान विचारधारा भएका दल, समूह, संघसंस्था र व्यक्तिसँग अन्तरक्रिया जारी राख्नेछ । धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारीलगायत बुद्धिजीवीसँग राप्रपाले आन्दोलनको क्रममा अघि सारेको ४० बुँदे मागका विषयमा अन्तरक्रियाहरु आयोजना गर्नेछ ।

किसानलाई मलखाद्य सहज उपलब्ध र वितरण गर्न राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले केन्द्रमा कृषि मन्त्री र जिल्लामा कृषि सामाग्री कंपनी लिमिटेडलाई ज्ञापन पत्र बुझाउनेछ ।

प्रचण्डले गीत गाएः ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले….’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरुको राजीनामा बुझ्दै गीत गाएका छन् ।

नेकपा(एमाले) बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले प्रधानमन्त्रीलाई निवासमा पुगेर राजीना बुझाएका छन् ।

राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् ।

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए ।

‘मैले एउटा गीत सम्झिरहेको छु– यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’

रास्वपाको बैठकमा ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आज महान्त्रीले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ ।

बैठक बसिरहेको पाँचौ तलासम्म प्रहरीको तैनाथी देखिन्छ ।

आजको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।

कांग्रेस बैठकः एमालेसँग सहकार्य गर्ने समझदारी अनुमोदन, प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको हो ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने विषय बैठकले अनुमोदन गरेको हो ।

रु ४०० ले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जनाएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो ।

आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि हो ।