मोदी र ओलीबीच फोनवार्ता:कोरोनाविरुद्ध लड्नको लागि एकजुट

  Sampatti News

April 10, 2020

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार टेलिफोन संवाद भएको छ ।
कोभिड—१९ को चपेटामा परि नेपाली भारत र भारती नागरिक नेपालमा रहेको सम्बन्धमा उनीहरुबिच टेलीफोन वार्ता भएको छ ।


कोरोना भाइरस विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत जानकारी दिए ।


त्यस्तै अत्यावश्वक वस्तुको आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र थप सहज बनाउने विषयमा पनि दुवै नेताबीच कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।


लकडाउनका कारण एक–अर्को मुलुकमा रोकिएका नागरिकलाई आ(आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा समेत जोड दिएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् जानकारी गराएका छन् ।
भारतमा कोरोना संक्रमणले ग्रसित हुँदै गएको छ भने नेपालमा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ ।

प्रकाशित मिति:April 10, 2020