June 7, 2022
परासी । अदालतमा गोली चलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मङ्गलापुरका २८ वर्षीय हंशराज यादव रहेका छन् ।
यादवलाई मङ्गलवार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एक जना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जानकारी दिएको छ ।
उनका अनुसार यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउन्ड गोली पनि बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:June 7, 2022
November 28, 2024