आईजीपीमा शैलेन्द्र थापा नियुक्त

  Sampatti News

July 7, 2020

काठमाडौं । नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले आज प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपी बनाएको हो ।

२२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हाल्नु भएका थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो ।

थापा २०६७ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो ।

आईजीपीमा चार वर्षको कार्यकाल पश्चाल सिधै डीआईजीबाट नियुक्त भएकोमा यस पटक भने २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त हुनुभएको छ । थापाले २०७९ बैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुनेछ । नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहनुभएको थियो ।

व्यावसायिक छवि बनाउन सफल हुनुभएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा विताउनुभएको अनुभव रहेको छ । इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेको लामो अनुभव छ । प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गर्नुभएका थापाले डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गर्नुभएको थियो ।

डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेर काम गर्नुभएका उहाँले नेपाल प्रहरीको दुई पटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालि सक्नुभएको छ ।

प्रकाशित मिति:July 7, 2020