July 30, 2023
रौतहट । रौतहटको मौलापुर नगर क्षेत्रमा लामोसमय देखि अवरुद्ध रहेको सडक विस्तार गर्न मेयर रिना साहको पहलमा डोजर चलाई बिस्तार गरिएको छ। उनको प्रयासले बर्षौदेखीको विवादित सडक विस्तारहुँदा आवतजावत सुचारु सहज भएको छ। सडक बिस्तार भएपछी स्थानियहरु खुसी भएका छन्।
मौलापुर नगरपालीका‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले डोजर लगाएर सडक विस्तार गराउन सफल भएकी छन्।
दुबैपक्ष बिच लामो छलफल पछि सहमतिको आधारमा बाटोमा परेको कैयौं पक्की घरमा डोजर लगाएर बिस्तार गरिएको छलफलमा सहभागी उपमेयर नागेन्द्र यादवले बताएका छन्।
बर्षौदेखी विस्तारमा अवरोध रहेको सडक स्थानिय सर्वसधारणको सहयोगमा मेयर साहले सडक विस्तारको काम अगाडी बढाएको छ।
डोजर लगाएर उक्त सडकमा रहेको केहि पक्की घर समेत भत्काउँदै निर्माणको काम अगाडी बढेको छ। सडक विस्तारको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन् । सडक विस्तारमा आउँने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडी बढाउँने मेयर रिना कुमारी साहले जानकारी दिएकि छन्।
सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ ।
सडकलाई विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए। पूर्व मन्त्री तथा (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले उक्त आफ्नो संसदिय निर्वाचन क्षेत्रमा सडक सञ्जाल लाई विशेष प्राथमिकता दिएका छन। प्रत्येक पालिकालाई हाई्वे कनेक्सन गर्ने उनकाे चुनावी घोषणा समेत रहेको थियो।
सञ्जय मिश्रा
प्रकाशित मिति:July 30, 2023
November 23, 2024