August 1, 2020
काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नवीन घिमिरेको समयअवधि सकिनै लागेको छ । घिमिरेको समयावधि सकिनै लाग्दा प्रमुखमा एउटा असल ब्यक्ति को खोजी हुदैछ ती ब्यक्ति समग्र बेथितिलाई सामना गर्न सक्ने हुन र त्यस्ता ब्याक्तित्व चाडैं छनोट गरि टुङ्याउनु पर्नेमा सबैको जोड देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच योग्य ब्यक्ति अख्तियारमा भित्र्याउने बिषयमा छलफल भएको बुझिएको छ। प्रशासन क्षेत्रमा संतोषजनक काम हुन सकेको छैन। लोकतान्त्रिक मुलुकमा आम मानिस निराश बोकेर बसेका छन। यतिबेला जनतामा आसको दियो बाल्नु पर्ने समय हो।केही समय अगाडि गृह मन्त्रालयमा रहेर कुशलता पुर्बक काम गरेका प्रेमकुमार राई को अभाव यतिबेलासमग्र प्रशासन क्षेत्रमा खट्किएको अनुभुति धेरैले गरेका छन । यसै सन्दर्भमा अख्तियारमा कुशल ब्यक्तिको खोजी हुदैछ भने त्यस्तो स्थानमा राई जस्ता इमानदार नतिजा दिनसक्ने ब्यक्ति लाई जिम्मेवारी दिन ढिलो गर्नु हुदैन भन्नेहरुको सपना सकार गराउनु पर्ने देखिन्छ ।राई एउटा ब्यक्ति हुनसक्छन् तर उनले समग्र मुलुकमा के पस्कन खोज्दै छन त्यो ठुलो कुरा हो। आज मुलुकले राई जस्ता स्वाभिमान भएको ब्यक्ति महत्त्वपूर्ण स्थानमा जिम्मेवारीमा रहेर काम गरिरहेको हेर्न चाहेका छ्न।
पूर्व सचिव राई गत माघमा गृह मन्त्रालयबाट अवकाश भएका थिए। राई प्रशासन सुधार चाहनेले मात्र होइन जनताले मनै देखी चाहेका ब्यक्ति हुन।
त्यस्तै, रिक्त आयुक्तहरुको पदमा जान दीलिप रेग्मी ,गजेन्द्र ठकुर प्रहरी बाट रिटायर्ड पात्रहरू समेत नियुक्त खाने लाइनमा देखिएका छ्न। यस्तो सुशासन दिने निकायमा भित्र्याउदा ब्यक्ति को( को सग नजिक छ भन्नुभन्दा नि चरित्र र बिगतका कार्यशैली हेरेर जिम्मेवारी दिन सक्दा पनि पद प्रती न्याय हुनेदेखिन्छ।
प्रकाशित मिति:August 1, 2020
November 23, 2024