September 3, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० दशमलव १६ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यस दिन निर्जीवन बीमा उपसमूहसहित ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत घटेको छ।नेप्से सामान्य अंक बढेपनि यस दिन ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.८६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रकाशित मिति:September 3, 2024
November 23, 2024