रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

  Sampatti News

September 27, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै मुकुलले यस्तो दाबी गरेका हुन्।

मुकुलले लेखेका छन्, “सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जान निश्चित छ ।”

उनले थप स्पष्ट पार्दै भने, “अब राहदानी दुरुपयोगको प्रमाणको बारेमा कुरा गरौं ।” उनले उल्लेख गरे कि रवि लामिछानेले २०७० सालको ९ फागुनमा अमेरिकी नागरिकता र सोही वर्षको २१ फागुनमा अमेरिकी राहदानी लिएका थिए । २०७१ सालको २२ जेठमा उनले नातेदार भिसामा नेपाल फर्केका थिए र २०७२ सालको १३ जेठमा पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिएका थिए ।

उनीसँग २०७२ सालको १३ जेठदेखि २०७५ सालको ४ जेठसम्म नेपाल र अमेरिका दुवै देशको राहदानी भएको देखिन्छ । यदि दोहोरो राहदानीको मुद्दा टुंग्याइएको खण्डमा, लामिछानेले भविष्यमा नेपालका कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति:September 27, 2024