उर्जा क्षेत्रका दर्बिलो खम्बा बनेर दिघायु आउदै

Nepal Cover
२८ चैत्र २०८२, शनिबार
image

काठमाडौ ।उर्जा क्षेत्रमा काम गरेर परिणाम दिने एक नाम हो दिर्घायु श्रेष्ठ, जसले विद्युत प्राधिकरण भित्र रहेर बर्षौ सेवारत हुँदा अनेकौं नतिजा निकालेको हेर्न र सजिलोसँग बुझ्न सकिन्छ ।
सेवा प्रवाह बाट काममा नतिजा नपाएका कारण जताततै नागरिकको तहमा असन्तुष्टि बढेका कारण देशमा नयाँ शक्तिको उदय भएसगै नयाँ सरकारले आफ्नो कार्यक्रम लिएर अगाडि बढेको अवस्थामा समग्र उर्जा क्षेत्रले आर्थिक क्षेत्र लाई पार्ने प्रभावका बारेमा बहस गर्न ढिलाइ गर्न्नुहुन्न भन्ने मान्यता जवर्जस्त स्थापित हुँदै गएको देखिन्छ ।
जतिबेला प्राधिकरणले लोडसेडिङ मुक्त गरेर एउटा ऎतिहासिक चर्चा बटुल्यो त्यतिबेलाका नेतृत्वदायी भुमिकामा कुलमान घिसिङले गरेकोे इमानदार प्रयासलाई नेपालीले कहिल्यै भुल्दैनन। घिसिङको अबकास सगै प्राधिकरण भित्र अर्को काममा नतिजमुखी कुलमान प्रवृत्ति खोजी भएको बताइन्छ।
जेन्जी आन्दोलनको जगमा बनेको सरकारले अब जनभावना अनुसारको शासन पद्धतिलाई अगाडि बढाउनका निम्ति पनि हरेक सस्था भित्रका नतिजा दिने इमानदार राष्ट्र सेवकको खोजी गर्न ढिलाइ गर्न हुन्न भनिएको छ।
यसैक्रममा पछिल्ला दिनमा अदालत बाट भित्र्याइएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र्देब शाक्यले परिवर्तनको मर्म अनुसार काम अगाडि बढाउन नसकेको गुनासा बढन थाले सगै त्यहाँ भित्र बाट एउटा दर्बिलो खम्बा बन्न सक्ने ब्याक्तित्वको खोजी सगै वितरण महाशाखाका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठलाई प्राधिकरण हाक्ने जिम्मा दिन ढिलाइ गर्न नहुने आवाजलाई एकाएक अगाडि बढाउन थालिएको छ।
जहाँ बस्यो त्यहा नतिजा दिएर सबैको मन जित्न सक्ने एउटा काबिल विद्युत प्रशासक श्रेष्ठ सामु पटकपटक आइपरेका चुनौतीपूर्ण अवस्थामा पनि सतिशसाल झै अडिग भै नतिजा निकाल्न भगिरथ प्रयासमा जुटदै यहाँ सम्म आइपुगेका उनै श्रेष्ठले नतिजा बिपरित कहिल्यै कसैसँग कुनै सम्झौता गरेनन।
प्राधिकरण भित्र नौ जना उपकार्यकारी निर्देशक कार्यरत रहेपनी जेष्ठताको हिसाबले कार्यकारी निर्देशक शाक्य पछि वरिष्ठ उपकार्यकारी निर्देशक श्रेष्ठ रोलक्रममा पनि यतिबेला दोश्रो वरियतामा अगाडि रहेर नै सेवामा कार्यरत छ्न । पछिल्ला दिनमा प्राधिकरणबाट महत्त्वपूर्ण निर्यणहरु हुन नसकेको मात्रै होइन उठाउनुपर्ने बक्यौता रकम असुल्न देखाएको मैनता र ढिलासुस्तीले बढ्दै गएको गुनासा चुलिएको कारण परिस्थितिले नै नयाँ नेतृत्व खोजेको अनुभुती गर्न गार्‍हो मान्नुपर्दैन।
प्राधिकरणको सुस्तगतीलाई सरकारले नजिक बाट नियालेर हुनुपर्छ एउटा काबिल कार्यकारी निर्देशक खोजिलाइ तिब्रता दिएको खबर बाहिरिएको छ। यसैबीच सरकारले जतिसक्दो चाडो नतिजा दिने अभियानमा सस्था भित्र कै दिर्घायुको नाममा सहमति जुटाइ जिम्मेवारी सुम्पे नतिजा पनि दिघायु नै हुने प्राधिकरण भित्रबाट आवाज उठाउनेहरुको संख्या दिनानुदिन बढदै जान थालेको छ ।
पुजन चौलागाईं बाट