विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुईजना पक्राउ

Nepal Cover
२० बैशाख २०८३, आईतवार
image

मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित पक्राउ परेका छन्।

शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय  मोहिदिल अलीलाई रु. १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए ।

त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको रु. ११ लाखसहित पक्राउ गरिएको उनले बताए ।दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।