काठमाडौं। बागमती प्रदेश सरकारले २ सय ४८ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।
निर्देशनालयले बिहिवार सार्वजनिक सूचनामार्फत ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा पदपूर्तिका लागि २ सय ४८ जना नर्स माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८२ असार १४ गते)ले १५ दिनभित्र अर्थात् २०८२ असार २८ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्ने निर्देशनालयले जनाएको छ ।
