काठमाडौं । सांसद महावीर पुन बालेन शाह नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेनले उनलाई विज्ञान प्रविधि तथा आविस्कार मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
पुन रास्वपाको समर्थनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ हुनेछ ।
यसैबीच, प्रधानमन्त्री शाहले गृह मन्त्रालयको जिम्मेवारीमा पनि परिवर्तन गर्दै सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेका छन् ।