न्युरोडमा पार्किङको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्यूरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्यूरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् ।

उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।

तिंकर नाका असार ११ देखि सञ्चालनमा आउने

दार्चुला । दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

चीनको तिब्बत (बुराङकाउन्टी) का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल ९वीच्याट० बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए

कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

सहकारी ठगी प्रकरणमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

काठमाडौं । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको छानबिन समिति र प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको उक्त सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौं,’ उनले भने ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् । 

विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् । 

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिककाबाट पक्राउ गरेको हो । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् ।

लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका थिए ।

२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सहकारीको बचत अपचलनसम्बन्धी जाहेरी काठमाडौं प्रहरी बृत्तमा परेको थियो ।

काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिचमा रहने जनाएको छ । त्यस्तै विभागले आज काठमाडौँ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जनाएका छ ।

यसैगरी हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा एकै चोटी रु १ हजार ७ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

तेजाबी सुन बिहिबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

 चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । 

जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । 

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न  सिफारिस गरेका अनुसार उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई आजका मितिदेखि उल्लेखित मितिसम्मका लागि कालोसूचीमा राखिदिएको हो । अब ती कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

तीन वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीमा ललितपुरको फ्रेण्डस् ट्रेडिङ कन्सर्न, काठमाडौंको बाबा माईचन्द इन्टरनेसनल, धनुषाको स्टार इन्फ्रा एन्ड डेभलपर्स रहेका छन् । बाकिँ १० कम्पनी एक वर्षका लागि तथा तीन कम्पनी २ वर्ष र एक कम्पनी ६ महिनाका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेको कम्पनीहरूको नामावली :

जनपद प्रहरी समूहतर्फका २२९ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार साँझ प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १३३.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५८ रुपैयाँ रहेको छ ।

त्यसतै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

यस्तो छ तपाईंको  १८ जेष्ठ २०८१, शुक्रबार आजको राशिफल

मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ। एउटा काम गर्दा दोहोरो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सुन्दर बन्न मन लाग्नेछ। शेयर कालोबारमा फाइदा हुने देखिन्छ। काम गर्ने जाँगर बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सानो गल्तीले बन्न लागेको काम बिग्रने जोखिम देखिन्छ। चुनौतीको सामना गर्नुपर्ने दिन छ। सामाजिक कामको आलोचना हुनेछ। प्रेममा संकट देखिन सक्छ।

सिंह : समय राम्रो छ। गुमेको धन प्राप्त हुने योग छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। धर्म र परोपकारमा मन जानेछ। सम्मान प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ।

कन्या : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। भौतिक सुख र सुविधामा मन जानेछ। निरन्तरको मेहनतले सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार सफल बन्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवाको योग छ।

तुला : जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। जुनसुकै काम गर्ने आत्मविश्वास बढेर जानेछ। शेयर कारोबारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। सोचेका सबै काम बन्नेछन्।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने दिन छ। राज्यको भयले सताउने देखिन्छ। परिवारमा झगडा देख्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

धनु : नाम र दाम कमाउने दिन छ। यात्रा सफल बन्नेछ। नयाँ योजना बनाउनु भएमा प्रभावकारी हुनेछ। परिवारको सुख प्राप्त हुनेछ। तपाईंको क्षमताको प्रशंसा हुनेछ। संगीत क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : बोलीको प्रभावमा काम बन्नेछ। तपाईंसँग अरु मानिस प्रभावित हुनेछन्। दिन मनोरञ्जनमा बित्नेछ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठुलो प्रतिष्ठा प्राप्त हुनेछ। न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मीन : दिन मध्यम छ। जति फाइदा हुन्छ उति नै सम्पत्ति गुम्ने खतरा देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो होला।आर्थिक कारोबारमा सचेत हुनु राम्रो हुन्छ। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। आफ्नो भनिएको साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ।

सरकारले गर्यो तीन सचिवको सरुवा, सिंह भए महालेखा नियन्त्रकको कार्यालयमा

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवहरूको सरुवा गरेको हो ।

प्राप्त जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, वित्त आयोगका सचिव विनोदप्रकाश सिंहको महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रक हरिप्रसाद मैनालीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।

वित्त आयोगका सचिव सिंहको डेढ महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो । उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ । महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो ।

न्याय सेवाका तीन सह–सचिव सचिवमा बढुवा

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार आयोगले बढुवाका लागि सिफारिस गरेका तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

जसमा नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता। सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपी दिने शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी गरेको हो ।

०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता दिइएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका सिरोहिया ९ हिरात बसेर हिजो बुधबार हाजिरी जमानीमा छुटेका छन् । उनी छुटेलगततै प्रहरीले तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको हो ।

दैलेखमा जीप दुर्घटना दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

क्रिकेटर सन्दीप लामिछानेकाे अमेरिकाकाे भिसा दाेस्राेपटक पनि ‘रिजेक्ट’

काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

उनले टी-२० विश्वकप क्रिकेट खेल्न भिसा एप्लाइ गरेपछि दुतावासले उनकाे आवेदन फेरि अस्वीकार गरेकाे हाे । यसअघि पनि उनकाे भिसा रिजेक्ट भएको हाे ।

बुधबार नेपाली क्रिकेट समर्थकहरुले लामिछानेलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट प्रदर्शन गरेका थिए । सरकारले अमेरिकासँग लामिछानेले भिसा पाउन पर्ने भन्दै कुटनीतिक नोट पठाएर  आग्रह गरेपनि भिसा रिजेक्ट गरिएकाे हाे ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।