धम्काएर रकम असुल्ने ४ जना पक्राउ

काठमाण्डौ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए ।

सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए ।

यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सचिव शर्माले १० बर्ष अगाडी नै त्यागेका पिआर अहिले किन बेमौसमी हल्ला ?

काठमाडौँ । हतारोको पत्रकारिताले आम पाठकलाई रनभुल्ल बनाउछ भने जस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आफू अमेरिकाको स्थायी आवासीय अनुमति (पिआर) धारी नभएको प्रष्ट पार्दा पाठक माझ खोजी पत्रकारिताले स्थापित हुने प्रतिस्पर्धामा लाग्नेहरुको निम्ति थप चुनौती बनेको बताइन्छ ।

केही दिन अगाडी शर्मासँग पिआर रहेको भन्दै अनुसन्धान भइरहेको समाचार बाहिर आएपछि उनले आफू अमेरिकाको पिआरधारी नभएको प्रष्ट पार्नुपर्ने अवस्था आए सँगै शर्माले सम्पत्ति न्यूजलाई उपलब्ध गराएका कागजात अनुसार २०७० सालमा नै उनले अमेरिकाको पिआर त्यागेको जानकारी ऊर्जा मन्त्रालयलाई गराएको डकुमेन्टले समाचारमा सत्यता नरहेको देखिन्छ ।

तत्कालीन ऊर्जा मन्त्रालयका सहसचिव रहेका शर्माले ७ असोज २०७० मा मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा विभिन्न प्रमाण पेस गर्दै आफूसँग अमेरिकाको पिआर तथा नागरिकता नभएको जानकारी गराएका समेत थिए ।

समान्य प्रशासन मन्त्रालयले २०७० असोज १ मा पत्र लेख्दै अन्य देशमा स्थायी रूपमा बसोबास गर्ने अनुमति (पिआर) तथा नागरिकता लिएका कर्मचारीहरूको विवरण मागेपछि शर्माले २०७० असोज ७ मै ऊर्जा सचिवलाई पत्र लेख्दै आफूसँग कुनै विदेशमा स्थायी रूपमा बसोबास गर्ने अनुमति (पिआर) तथा नागरिकता नभएको जानकारी गराएका थिए ।

यस्तै शर्माले काठमाडौँस्थित अमेरिकी दूतावासमा पिआर कार्ड सलेण्डरका लागि निवेदन दिएका थिए । रक्षा सचिव शर्माले सन् २०१३ सेप्टेम्बर १९ मा पिआर सलेण्डर गरेका थिए । शर्माले तत्कालीन अवस्थामा सलेण्डरको कागजातसहितका प्रमाणहरू मन्त्रालयमा पेस गरेका थिए ।

आफूले २०७० सालमै अमेरिकाको पिआर त्यागेको बताउदै भने, ‘मैले २०७० सालमै पिआर त्यागेको हुँ र सो विषय तत्कालै जानकारी गराएको थिएँ ।’ नेपाली प्रशासन क्षेत्रमा सरल अनि राष्ट्रवादी सोचका धनी शर्मा जहाँ बसे पनि अत्यन्तै इमानदारीपूर्वक लगनशील काम र नतिजा दिन सक्नेमा गनिन सक्ने प्रशासन बने तर उनलाई बुझ्दै नबुझी एकातर्फि समाचार बनाएको देख्दा एक प्रशासकले चिन्ता समेत व्यक्त गरेका छ्न्।

सरकार फेल भयोः सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टि रहेकाले सरकार असफल भएको बताइन् ।

बजेटमा सत्तारुढ दलकै सांसदको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्ने सांसद कार्कीको भनाइ थियो । उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचर किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीलाई भत्ता दिनुपर्ने बताइन् ।

‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचर आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद् सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ, उहाँहरूलाई दिइयोस् भनेर प्रस्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दुःख पाएका छन् । नेपाली युवा कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकलाई फिर्ता गर्न सकिन्छ ?, सांसद कार्कीले प्रश्न गरिन्, रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र रु भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ?

सांसद कार्कीले चाँडोभन्दा चाँडो कुटनीतिक पहल गरेर रसियामा बन्धक नेपाली युवालाई फिर्ता ल्याउनुपर्ने बताइन् । उनले गृहमन्त्री रवि लामिछानेलाई सुझाइन्, गृहमन्त्रीसँग अनुरोध, बस्तीहरूलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णतः फेल भइसकेको छ । राजीनामा गर्नुस् ।’

काठ आयातमा नीतिगत भ्रष्टाचार, दोब्बरभन्दा बढी आयात

काठमाडौं । सरकारले काठ आयातलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको भए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ । कुनै बेला ‘नेपालको धन, हरियो वन’ भन्ने गरिए पनि केही वर्ष यता काठमा परनिर्भरता ह्वात्तै बढेको छ ।

त्यसको कारण भनेको नेपाल सरकारले नेपाली काठ निर्यातमा लगाएको कर कम गर्नु नै हो । पहिला निकासी कर २ सय प्रतिशत थियो अहिले ५० प्रतिशतमा झारेको छ । जसले गर्दा नेपाली काठ भारततर्फ निकासी हुने र नेपालमा मलेसियन काठ ल्याउनलाई सहज बनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचार गर्दै निकासी कर घटाएपछि आयात कर झन् बढ्ने अवस्था बनेको हो ।

वन तथा भुसंरक्षण विभाग तथा वन व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७८-७९ मा नेपालमा विभिन्न देशबाट ७ लाख ८ हजार २ सय ९३ क्युफिट काठ आयात गरिएको छ । चालु आव २०७९-८० को वैशाख महिनासम्म १४ लाख ६ हजार १ सय ७७ क्युफिट काठ आयात गरिएको छ ।

यस हिसाबबाट एक वर्षमै नेपालले काठ आयात दोब्बरभन्दा बढी देखिन्छ । अब झन् आयात बढ्ने विभागले जनाएको छ । सरकारले काठ आयातलाई न्यूनिकरण गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । यस्तो घोषणा गरिए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ ।

काठ आयात गर्दा अन्तर्राष्ट्रिय बजार मूल्यमा एक क्युफिट बराबर करिब ४ हजार रूपैयाँ खर्च हुने गर्छ । नेपालमा एक क्युफिट काठको बजार मूल्य ४ हजार ७ सयदेखि ४ हजार ८ सयसम्म पर्ने गरेको छ । यसबाट काठ आयातमा मात्रै चालु आवको वैशाख महिनासम्म झण्डै ६ अर्ब खर्च भएको देखिन्छ । विभागका अनुसार आव २०७४-७५ मा नेपालले करिब २ अर्ब रूपैयाँ बराबरको काठ आयात गरेको थियो ।

नेपालले लाइबेरिया, इन्डोनेसिया, मलेसिया, म्यान्मार, लाओस, जर्मनी, सुरिनाम, अमेरिकालगायतका देशबाट काठ आयात गर्ने गरेको छ । सरकारले चिरान र गोलिया गरी दुई प्रकारका काठ आयात गर्दै आएको छ ।

नेपालमा वनको दीगो व्यवस्थापन गर्न सके वर्षमा १२ करोड क्युफिट काठ निकाल्न सकिने अवस्था छ । यसमध्ये २ करोड क्युफिट काठ आन्तरिक खपत हुन्छ । बाँकी १० करोड काठ निर्यात गर्न सकिन्छ । नेपालले वैज्ञानिक वन व्यवस्थापन गर्ने अवधारणा २०७० मा ल्याएको थियो तर, यो अवधारणा लागु भएको ७ वर्षमै वैज्ञानिक वन व्यवस्थापन नीति खारेज गरियो ।

वैज्ञाानिक वन व्यवस्थापनबाट अवैध किसिमबाट काठको चोरी निकासी बढेको भन्दै तत्कालीन वनमन्त्री प्रेम आलेको पालामा वैज्ञानिक वन व्यवस्थापन नीति खारेज गरिएको थियो ।

राजेन्द्र लिङ्देनले संसदमै भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेपछि…

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

बजेटमाथिको छलफलमा भाग लिँदै रोस्टममा पुगेका राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।

‘म कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। कहिलेकाहीँ रिस पनि उठ्छ तर एकछिनपछि सेलाउने र मन बुझाउने खालको मान्छेको रूपमा आफूलाई ठान्छु,’ उनले भने, ‘तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्‍यो। त्यो दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर यसरी हुर्याउने मन छ, तर यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ राख्छु।’

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेर रोस्टमको पोडियममा राखेका छन्।

लिङ्देनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको आरोप लगाएका छन्।

‘कसैको निर्वाचन क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना नपर्ने, तर एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण होरु कुन विधि र तरिकाले होरु त्यो कुरा त भन्नुपर्‍यो, थाहा दिनुपर्‍यो नि१,’ भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै लिङ्देनले भने, ‘तपाईंले यो बजेट बनाउनुसँगै विधि पनि भत्काउनु भएको छ।’

फेरि पनि निर्वाचन जित्नुपर्ने दबाबका कारण निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने बाध्यतामा मन्त्रीहरू रहेकोले निर्वाचन प्रणालीमै सुधार गर्नुपर्ने पनि उनले बताए।

रौतहटको दुर्गाभगवती गाउँपालिका बालबिबाह मुक्तघोषणा

काठमाण्डौँ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपलिकाले बालबिबाह मुक्त गाउँपालिका घोषणा गरेको छ । जिल्लाभरमा पहिलोपटक यो अभियान घोषणा गर्न सफल भएको गाउँपलिका अध्यक्ष शम्भु सिहले गाउँपालिका भित्र एकपछि अर्को गर्दे दर्जनौं जनहितका कामहरु अगाडी बढाउन सफल भएका छन् । सृजनशिलता र फरकफरकपन जनताको अहिलेको आवश्यकता हो भन्ने कुरा राम्रोसँग बुझेका युवा अध्यक्ष सिंहको पछिल्ला दिनहरूमा लोकप्रियता चुलिएको छ । सुशासनका सवालमा समझदार अध्यक्ष सिंहकै पहलमा काठमाडौबाट महालेखापरिक्षक कार्यालयबाट उपमहालेखापरीक्षक पदमराज पौडेल रौतहटका प्रजिअ हिरालाल रेग्मी लगायतका ब्याक्तित्व सहितको उपस्थितिमा गाउपालिकाको सहकार्यमा प्रशिक्षणमुलक कार्यक्रम गराएर आफनो कार्यालयका जनशक्तिलाई दक्ष बनाउन समेत लागिपरेका अध्यक्ष सिंहको नयाँ पनलाइ सबैले यतिबेला साथ दिई रहेका छन् ।

गाउँपालिका अध्यक्ष सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा बिहेवारी मानव स्वास्थ्य संगको खेलवाड भएको चर्चा गर्दै नागरिकको तहमा चेतना प्रवाह गर्दै पुरस्कारको योजना समेत ल्याएर एक भब्य कार्यक्रम गर्न सफल भएका छन् । कार्यक्रममा अध्यक्ष सिंहले उमेर नपुगी बिवाह गर्नेहरूलाई लक्ष्यित गर्दै उमेर नपुगी विवाह गर्नेहरुलाई कानुनी अपराधको भागिदार बन्नुपर्ने, बताउदै तिन बर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ–आफना छोराछोरीहरुको विहेवारी गर्न सुझाव समेत दिएका थिए ।
उनले विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा पालिकालाई बालबिवाहमुक्त बनाउन सकिएको जनाउँदै सबैको सहयोग र साथ निरन्तर चाहिएको पनि बताएका थिए ।
कमजोर आर्थिक अवस्था भएकाले छोराछोरीको उमेर नपुगी बिबाह गर्नुपर्ने बध्यतालाइ ध्यान दिदै आर्थिक सहयोग सहितको चेतना मुलक कार्यक्रममा पालिका लागिरहेको ३ नम्बर वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले बताएका छन् ।
बालबिबाहका कारण समाजमा बहुबिबाह घरेलु हिसां बढदै गएको र शारिरिक तथा मानसिक रुपमा समेत नराम्रो प्रभाव पर्ने गरेको छ । समाजिक बिकृती अन्त्य गर्नका लागी दुर्गा भगवती गाउँपालिकाले चासो देखाएपछि बाल बिबाहको अन्त्य गरी बालबिबाह मुक्त घोषणा गरिएको उनले बताए ।
कानुनमा विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) २० वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ । बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६ ९२० (ण) अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानिने छ । त्यस्तै दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश ९१०० बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुन, वा निर्वाचित हुन पाउँदैनन् ।
महिला हिसां बाल बिबाह छाउपडि प्रथाका नाममा बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरुले बर्षेनी लाखौको बजेट खर्च गर्ने भए पनि उपलब्धी मापन गर्न सकिएका हुँदैनन् ।तर रौतहटको दुर्गा भगवती पालिकाको यो अभियानले अहिले नयाँ चर्चा पाउन थालेको छ।

पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन्।

‘स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभइ विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्‍याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताए।

समावेशी आर्थिक विकासका लागि गरिएका एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडिसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताए। उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीब्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे।

‘मानव पूँजीको विकास, विशेषगरी स्वास्थ्य र शिक्षाको गुणस्तरमा विकास। त्यसैगरी गुणस्तरीय पूर्वाधार एवं जनताको जीवनस्तर परिवर्तन गर्नु नै हाम्रो प्राथमिकता हो। डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई हामीले जोड दिँदै आएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘त्योसँगै जलवायुसँग सम्बन्धित कार्य गर्ने, कमजोरलाई र सानालाई सहयोग गर्ने एवं पानी र खाद्य सुरक्षा सुनिश्चित गर्ने हाम्रो मुख्य जिम्मेवारी हो।’

‘आइडिए ९अन्तर्राष्ट्रिय विकास सङ्घ० २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ ले आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान समयमा देखापरेका अभूतपूर्व सङ्कटहरूलाई सम्बोधन गर्न उच्चस्तर प्रतिज्ञा गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘नेपालसहित आइडिए प्राप्तकर्ता देशहरू यसको बृहत प्रभाव देख्न चाहन्छ र हामी यी स्रोतहरूको महत्त्व पूर्ण क्षमतामा महसुस गर्न चाहन्छौँ।’

‘कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ’

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताए।

उनले नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गरे। उनले भने, ‘हामी धेरै सङ्कटहरूमा संवेदनशील छौं, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ।’ प्रधानमन्त्रीले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमानरूपमा प्रभावित भएको बताए।

‘हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ,’ प्रचण्डले भने। उनले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए।

प्रचण्डले एशियाका दुई ठूला अर्थतन्त्रहरू बीचको रहेको नेपाल प्रचुर जलविद्युत स्रोतहरू, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरू एवं मेहनती युवा जनसङ्ख्याजस्ता सबल अवस्थामा रहेको स्पष्ट पारे।

यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।

गृहमन्त्री लामिछानेविरूद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। यो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ।

यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो।

बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए।

न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ। रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ।

महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेतको दाबी गर्दै गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न माग गरिएको छ।

स्थानीय सरकारलाई बजेट ल्याउन भ्याइनभ्याई, दुई सय ३७ पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

काठमाण्डौँ । यतिबेला देशभरका स्थानीयतह असार १० गते भित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान अनुसार आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा अनिवार्य गर्नुपर्ने भुक्तानीदेखि नयाँ आर्थिक वर्षको बजेट तयारीसम्म एकदमै ब्यस्त भएर लागिपरेका छन् । तर यहीँ समयमा दरबन्दी अनुसार दुई सय ३७ पालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा निर्णय प्रक्रिया, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन, मूल्यांकन, आर्थिक कारोबार, खरिदलगायतका प्रक्रिया प्रभावित हुनुका साथै सेवाग्रही मारमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिका प्रमुख प्रशासकिय अधिकृत बिहीन छन् । उनीहरु नहुँदा तोकिएको पद अनुसारको कर्मचारी खटनपटन नगरिँदा स्थानीय तह अस्तब्यस्त बनेका छन् ।

देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका मध्धे अहिले नौ उपमहानगरपालिका, एक सय १६ नगरपालिका र एक सय १२ गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय छैनन् । सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी तोकेको छ, जसको खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ ।
यसैबिच, आर्थिक वर्षको अन्तमा ठूलो भुक्तानी गरिँदा त्यसमा अनियमितता हुने गरेका छन् । भुक्तानीको अवधि अब एक महिनाभन्दा कम छ । तर, यस्तो अवस्थामा पनि प्रमुख प्रशासकीय नहुँदा बेथिति बढ्ने जोखिम भने निकै छ । यसमा महालेखाको पछिल्लो प्रतिवेदनले पनि प्रश्न उठाएको छ ।

सरुवा प्रणाली व्यवस्थित बनाउन भन्दै सामान्य प्रशासन मन्त्रालयले २९ जेठ ०८० मा मन्त्रालयका तत्कालीन सहसचिव बलराम रिज्यालको संयोजकत्वमा कार्यदल गठन पनि गरेको थियो । कार्यदलले सरुवा व्यवस्थापनका विद्यमान चुनौतीसमेत औँल्याएर समाधानका सुझाव समेटिएको प्रतिवेदन ३१ असारमा तत्कालीन मन्त्री अमनलाल मोदीलाई बुझाएको थियो । कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, सरुवालाई पूर्वानुमानयोग्य बनाउने, सरुवा प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई कानुनबमोजिम सरुवा क्यालेन्डर बनाउने, अवसरको समान वितरण, कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेयरमार्फत व्यवस्थित गर्नुपर्नेलगायत सुझाव दिएको थियो । तर, प्रतिवेदन मन्त्रालयले नै कार्यान्वयन गरेन ।

हरेक प्रशासनिक अप्ठ्यारा प्रमुख प्रशासकीयबाटै सुल्झाउनुपर्ने हुन्छ । यतिवेला कार्यक्रम योजना सकेर भुक्तानी गर्ने समय छ । २० गतेपछि स्थानीय तहको भुक्तानी प्रणाली बन्द हुन्छ । यस्तो पेचिलो वेलामा कार्यालय प्रमुख नहुनुले कति अप्ठ्यारो भएको होला १ मन्त्रालयले संघीयता नै बुझेन । दरबन्दीअनुसार कर्मचारी नदिएर निमित्त पठाउने कुरामा कि स्वार्थ हुन्छ कि स्थानीय तहप्रति संघको दुरासय हो ।

प्रमुख प्रशासकीय अधिकृत बिहीन उपमहानगरपालिका

इटहरी, धरान, जनकपुरधाम, कलैया, जितपुर सिमारा, घोराही, तुलसीपुर, बुटवल र धनगढी

प्रमुख प्रशासकीय अधिकृत बिहीन नगरपालिका

फुङलिङ, रतुवामाई, सुनबर्सी, इनरुवा, महालक्ष्मी, म्याङलुङ, लालीगुराँस, चैनपुर, मादी, धर्मदेवी, खाँदबारी, षडानन्द, भोजपुर, दिक्तेल रूपाकोट मझुवागढी, चौदण्डीगढी, राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, सप्तकोशी, डाक्नेश्वरी, बोदेबर्साइन, खडक, धनगढीमाई, मिर्चैया, कल्याणपुर, सिराहा, सुखीपुर, कर्जन्हा, कविलासी, मलंगवा, बलरा, जलेश्वर, लोहरपट्टी, रामगोपालपुर, मनराशिशवा, मटिहानी, भँगाहा, बलवा, औरही, गौशाला, धनुषाधाम, मिथिला, सहिदनगर, सबैला, कमला, मिथिला बिहारी, हंसपुर, गणेशमान चारनाथ, क्षीरेश्वरनाथ, नगराइन, विदेह, महागढीमाई, सिम्रौनगढ, पचरौता, पोखरिया, माधवनारायण, मौलापुर, फतुवा विजयपुर, ईशनाथ, परोहा, राजपुर, देवाही गोनाही, वृन्दावन, गरुडा, राजदेवी, गौर, बौधीमाई, गढीमाई, राप्ती, ठाकुरबाबा, खाँडाचक्र, रास्कोट, तिलागुफा, भेरी, नलगाढ, छेडागाड, चन्दननाथ, ठूलीभेरी, त्रिपुरासुन्दरी, चामुण्डा, दुल्लु, आठबिस, छायाँनाथ, मुसिकोट, चौरजहारी, आठबिसकोट, शारदा, बागचौर, बनगाड कुपिण्डे, वीरेन्द्रनगर, भेरीगंगा, बुंगल, बडिमालिका, बुढीनन्दा, बुढीगंगा, त्रिवेणी, मंगलसेन, कमलबजार, साँफेबगर, पञ्चदेवल विनायक, दिपायल सिलगढी, शिखर, टीकापुर, लम्कीचुहा, शैल्यशिखर, महाकाली, दशरथचन्द, मेलौली, पाटन, पुर्चौडी, अमरगढी, परशुराम, बेलौरी, वेदकोट, पुनर्वास र दोधाराचाँदनी ।

प्रमुख प्रशासकीय अधिकृत बिहीन गाउँपालिका

मौवाखोला, तुम्बेवा, फेदाप, मेन्छयायेम, छथर, साल्पासिलिछो, आमचोक, भोटखोला, गढी, माप्य दुधकोशी, नेचासल्यान, लिखुपिके, चम्पादेवी, जन्तेढुंगा, केपिलासगढी, दिप्रुङ चुइचुप्पा, साकेला, रूपनी, वलान बिहुल, विष्णुपुर, महादेवा, अर्नमा, मुखियापट्टि, पिपरा, सोनमा, रामनगर, विष्णु, पर्सा, कौडेना, वसबरिया, ब्रह्मपुरी, करैयामाई, फेटा, सुवर्ण, सखुवा प्रसौनी, धोबिनी, छिपहरमाई, जिराभवानी, यमुनामाई, गोलन्जोर, हरिहरपुरगढी, दोरम्बा शैलुङ, बिगु, बैतेश्वर, लिसंखुपाखर, हेलम्बु, चौँरीदेउराली, भुम्लु, महाभारत, बागमती, तारकेश्वर, म्यागङ, गोसाइँकुण्ड, खनियाँवास, मर्स्याङ्दी, चामे, मनाङ डिस्याङ, जलजला, विहादी, कोटहिमाई, सम्मरीमाई, बैजनाथ, डुडुवा, पुथा उत्तरगंगा, कुमाख, गुराँस, नौमूले, कुसे, जगदुल्ला, काइके, हिमा, गुठीचौर, पातारासी, शुभकालिका, महावै, मुगु कार्मारोङ, सोरु, खत्याङ, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट, अदानचुली, गौमूल, स्वामीकार्तिक, हिमाली, गजन्नाथ, चौरपाटी, मेल्लेख, रामारोशन, बान्निगढी जयगढ, ढकारी, तुर्माखाँद, सायल, बोगटान फुङ्सिल, खप्तडछान्ना, मष्टा, बित्थरचिर, साइपाल, छबिसपाथिभेरा, तलकोट, दुर्गाथली, सुर्मा, अपि हिमाल, दुहुँ, मार्मा, ब्याँस, शिवनाथ, पञ्चेश्वर, डिलासैनी र दोगडाकेदार गाउँपालिका ।

सुदूरपश्चिम सरकारः करको दर हेरफेर

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ ।

करको दायरा विस्तार गर्न साधनस्रोत जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भइनसकेका स्थानीय तहमा टाँगा, अटोरिक्सा, विद्युतीय रिक्सामा कर लगाउने र उठाउने व्यवस्था गरेको हो । यसैगरी सवारीसाधन कर, दस्तुर र शुल्कमा केही संशोधन गरिएको जनाइएको छ ।

प्रदेशभित्र विद्युतीय सूचना प्रणालीमा आधारित ‘राइड सेयरिङ एप’मार्फत् सार्वजनिक सवारीसाधन प्रयोग गरी सेवा दिने संस्थाको दर्ता र नवीकरण र दुईपाङ्ग्रे सार्वजनिक सवारीसाधन करसम्बन्धी नयाँ व्यवस्था गरिएको छ ।

कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीसाधनको हकमा सवारीसाधन कर तथा नवीकरणको जरिवानामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

सामुदायिक तथा साझेदारी वनको आन्तरिक तथा बाह्य बिक्रीवितरणबाट हुने आम्दानीमा लाग्ने बिक्री शुल्कलाई क्रमशः १० प्रतिशत र २५ प्रतिशत कायम गरिएको छ । निजी तथा साझेदारी व्यवसायलाई औपचारिक अर्थतन्त्रको परिधिमा ल्याउन प्रोत्साहन गर्दै दर्ता तथा नवीकरण दस्तुरलाई कम गरिएको छ ।

नवीकरणको म्याद समाप्त भई पाँच वर्ष अवधि नाघिसकेका व्यवसायी नवीकरण गर्न आएमा जरिवानाको १० प्रतिशत लिने व्यवस्था गरिएको छ । घरजग्गा रजिस्ट्रेसनतर्फको सेवा शुल्कमा संशोधन गरिएको छ ।

प्रदेश सरकारको कूल आयको संरचनामा आन्तरिक राजस्व परिचालनको हिस्सा चार दशमलव २६ प्रतिशत मात्र छ । सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको अंश ७० दशमलव चार प्रतिशत रहेको अवस्थामा प्रदेशको स्रोत संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन कर तथा गैरकरको दायरा विस्तार गरी दरमा हेरफेर गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना, उद्यमशीलता विकास र गरिबी तथा आर्थिक असमानता न्यूनीकरणमा प्राथमिकता दिएको छ ।कृषिक्षेत्रको विविधीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण, पर्यटन क्षेत्रको पहिचान, संरक्षण, प्रचारप्रसार तथा विकास, दिगो र प्रतिफलमुखी एवं उत्थानशील भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८-८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८हजार बजेट विनियोजन गरिएको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनी बताउँछन् । ‘विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्’, उनले भने ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडौँ फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् ।

छैन मौसममा सुधारको सङ्केत

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनले भने, ‘मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।’

सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

यहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए ।

काठमाडौँबाट जहाजमार्फत लुक्ला ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो ।

लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ ।

राष्ट्रिय सभाको बैठक दिउँसो बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ः १५ बजे बस्नेछ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

त्यसैगरि “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

टी-२० विश्वकपः वेष्टइन्डिजद्धारा अफगानिस्तान १०४ रनले पराजित

काठमाडौं । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।

२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेष्टइन्डिजले फराकिलो जीत हात पारेको हो ।

जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरुले दोहोरो अंक नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई अलआउट गर्न वेष्टइन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुईरदुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो ।

पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एकरएक विकेट लिए । समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै सुपर-८ मा पुगिसकेका छन् । सुपर-८ को समूह २ मा रहेको वेष्टइन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ ।

सुनको रकम भुक्तानी गर्नेहरु खोज्दा ६ किलो नै सुन फेला

काठमाडौँ । काठमाडौँको तिनचुलीबाट पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङले तस्करीको सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । डिजिटल मुद्रा (युएसडीटी) मार्फत उनले हङकङमा रकम पठाउने गरेका हुन् ।

हङकङबाट ल्याएको ६० केजी सुनको रकम भुक्तानीकर्ता खोज्दै सीआईबीको टोली तिनचुलीस्थित गुरुङको घरमा पुगेको थियो । आइतबार उनको घर खानतलासी गर्दा ६ किलो सुन भेटिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । बोगटीले भने–‘घरमा लुकाएर राखेको सुन र ४८ लाख नगद बरामद गरेका छौँ ।’

गुरुङले धेरै मात्रामा युएसडिटी ट्रान्सफर गरेको सीआईबीका एआईजी श्याम ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने–‘उनले ६० किलो सुनको मात्रै युएसडीटी ट्रान्सफर गरेका होइनन्, ३ हजार १९४ किलोको रकम भुक्तानीमा संलग्नता देखिन्छ ।’

६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । प्रहरीले गुरुङलाई समग्र सुनमा प्रतिवादी बनाउँदै छ । तस्कर समूहले स्मार्ट वाच, पानी तान्ने मेशिन, दाह्री काट्ने मेशिन र ब्रेक प्याडमा लुकाएर सुन ल्याउने गरेका थिए । विज्ञ समूहले बरामद सामानको गहिराई विश्लेषण गरेर सो परिमाणमा सुन तस्करी भएको निष्कर्ष निकालेका हुन् ।

गुरुङको घरबाट बरामद सुनको मुद्दा छुट्टै दर्ता गर्ने र उनलाई समग्र सुनमा प्रतिवादी बनाउने एआइजी ज्ञवालीले बताए । दोस्रो चरणको अनुसन्धानमा गुरुङसहित १८ जना पक्राउ परेका छन् ।

अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको छ ।

कर्मचारीको सेवा–सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने

काठमाण्डौँ । संघीय संसद् सचिवालयका कर्मचारीको सेवा–सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक–सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा संघीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुंग्याउने सहमति भएको हो ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहान सबेरैदेखि राति अबेरसम्म काम गर्नेुपर्ने भएकाले संसद्को कार्यप्रकृति फरक रहने हुँदा कर्मचारीले गरेको श्रमअनुरूपको सेवासुविधा समयानुकूल परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको जानकारी दिए ।

‘१५ वर्षअघि निर्धारण गरिएका कतिपय सेवा–सुविधा परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबै राजनीतिक दलबीच सहमति भएको छ,’ उनले भने । संसद् सञ्चालन गर्न सरकारले आवश्यक अर्थको प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै प्रमुख सचेतक लेखकले प्राप्त बजेटलाई संसद्ले पनि मितव्ययी ढंगले खर्च गर्न सुझाव दिए ।

नेकपा ९एमाले०का प्रमुख सचेतक महेशकुमार बर्तौलाले संघीय संसद् सचिवालयका कर्मचारीले उठाएका न्यायोचित माग पूरा गर्नुपर्छ भन्नेमा सबै दलबीच मतैक्यता भएको प्रतिक्रिया दिए ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सचेतक गोपी अछामीले संसद् सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीले उठाएका आधारभूत माग अर्थ मन्त्रालयसँग छलफल गरी टुंग्याउनुपर्छ भन्नेबारे बैठकमा सबैको एउटै धारणा रहेको बताए ।