पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने

काठमाण्डौँ । आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज गर्ने गरी सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति जुटेको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने सहमति भएपछि आजैबाट पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको हो ।

‘भर्खरै वार्ता सकियो । १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ । सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गछौंं,’ चालक संघका अध्यक्ष ईश्वर लामाले भने ।

चालकहरुले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् ।

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानः अख्तियारका सचिबदेखि चर्चित कलाकारसम्मले अभियानमा एक्यवद्धता जनाउदै बिरुवा रोपे

काठमाण्डौँ । पशुपतीनाथ मन्दिरको मृगस्थलीमा आज सोमबार बृहत बृक्षरोपण गरिएको छ । धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको प्रमुख आथित्यतामा वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा सचिव दंगालले नेपालकै नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
उनले जन्मदिनलाई भड्किलो नबनाई बिदेशी रितिरीवाजलाई भित्रिन नदिन बिश्वभर नै यो अभियान पु¥याउनुपर्ने आवश्यकता रहेको तर्क गरे । यो सकारात्मक सोच समाजमा रहेका विभिन्न वर्ग तथा समुदायका व्यक्तिमा पु¥याउनुपर्ने छ’, उनले भने, ‘सबै नेपालीको जन्मदिनमा एउटा बिरुवा रोप्यो भने मात्र पनि वातावरण स्वच्छ हुने छ । यो अभियान विश्वसामु फैलिनु पर्छ ।’ समाजका अगुवाहरूले र सबैले आ–आफ्नो तर्फबाट जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाई छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट सुरुवात गरिएको कुनै ब्यक्ति तथा संघसंस्थाबाट कुनै प्रकारको सहयोग नलिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दनलगायतका बिरुवा रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले बताए । उनले अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, कलाकार, पत्रकार तथा समाजका अगुवा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।
बृक्षारोपण अभियानमा उपस्थित बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. भगवान कोईरालाले काठमाडौँमा मात्र नभई यो अभियान देशभर नै केही हदसम्म फैलिएको र अझै पनि सरोकारवाला सबै लागि पर्नुपर्ने तथा आफ्नो जन्मदिनलाई भब्य रुपमा सत्कर्म गरी मनाउन आवश्यक रहेको बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रबिन्द्र बोहोरा, नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बैंकर्सका प्रतिनिधी यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय उपभोक्ता हित संघिय नेपालका अध्यक्ष प्रेमलाल महर्जन, पुर्व मिस नेपाल सुगारिका केसी, बिश्व हिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारी, समाजसेबी बिराट मैनाली, राष्ट्रसेवक नवराज अधिकारी, दुध बिकास संस्थान बालाजु आयोजना प्रमुख गणेश यादव, काठमाण्डौँ जिल्ला प्रमुख बन अधिकृत पुष्पराज बर्तोला, बन अधिकृत क्षेत्रबिक्रम खाँण, पशुपति बिकास कोषका प्रमुख प्रशासकिय अधिकृत सिताराम रिसाल लगायतले यो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा खुसी लागेको बताए ।
प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाले सो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने बताए । साथै, नेपाल प्रहरीको तर्फबाट पनि सो अभियानमा एक्यवद्धता जनाएर आफ्नो संगठनमा रहेका प्रहरीहरुको जन्मदिनमा बृक्षरोपण गरी सत्कर्ममा जोड्ने पनि प्रतिबद्धता जनाए ।
यस्तै, कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले यो अभियानले जन्मदिन तथा अन्य शुभकार्यमा पनि समाजिक सद्भाव कायम राख्ने बताईन् । उनले भनिन्,–‘यो अभियानमा जोडिन पाउँदा ज्याँदै खुसी छु । मैले अन्य कार्यक्रम गरी बृक्षरोपण गरेपनि यो अभियानसंग जोडिएर पहिलो पटक आज बृक्ष रोपेँ । अब म आफ्ना हरेक जन्मदिन बृक्षरोपण लगायत अन्य सत्कर्म गरी मनाउँछु र यहीँ प्रेरणा बाड्न चाहान्छु ।’
अभिनेत्री रजनी केसी, मोडल तथा अभिनेता कुन्साङ बम्जन, चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायतले पनि आ–आफ्नो तर्फबाट कलाको क्षेत्रबाट पनि यो अभियानलाई थप सार्थक बनाउन अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा धर्मेन्द्र झा, सन्जिब झा, सिद्धान्त झा, श्याम सापकोटा, भिमप्रसाद सापकोटा र सुमन धिताल चौलागाईले जन्मदिनको उपलक्ष्यमा बृक्षरोपण गरेका थिए भने कार्यक्रममा उपस्थित झण्डै डेढ सय जनाले जन्मदिन परेकाहरुलाई साथ दिदैआफ्नो जन्मदिन सम्झिएर बृक्षरोपण गरेका थिए ।
पछिल्लो समयमा यो अभियानले राष्ट्रिय अभियानको रुप लिएसँगै बिभिन्न क्षेत्रहरुबाट पनि यो अभियानमा एक्यवद्धता जनाउने ब्यक्तिहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । असार ६ गते तार्केश्वर नगरपालिकामा पनि बृहत बृक्षरोपण कार्यक्रमको आयोजना गरिने पनि आयोजक संस्थाका अध्यक्ष चौलागाईले यही कार्यक्रम मार्फत जानकारी गराएका छन् ।

जन्मदिलाई सत्कर्ममा जोडौँ अभियानमा एक्यवद्धता जनाउदै प्रमुख अतिथी रहनुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिलाई सत्कर्ममा जोडौँ अभियानमा एक्यवद्धता जनाउदै बरिष्ठ मुटुरोग बिषेशज्ञ डा.भगवान कोईराला आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो जन्मदिनकाे स्मरणमा बृक्षरोपण गर्दे
‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिन स्मरण गरी पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बैंकर्स एवम् कृषि बिकास बैंकका उपमहा प्रवन्धक यज्ञप्रकाश न्यौपानेले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले आफ्नो जन्मदिनकाे स्मरणमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको उपल्क्ष्यमा पशुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे सन्जिब झा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मोत्सवमा पशुपतिनाथ मन्दिरको मृगस्थलीमा चौबिसै घण्टा अक्सिजन दिने पिपलको बृक्ष रोप्दै राष्ट्रसेवक धर्मेन्द्र झा
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै पुर्व मिस नेपाल सुगारिका केसीले आफ्नो जन्मदिन स्मरण गरी अभियानमा एक्यवद्धता जनाउदै शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै अभिनेत्री, निर्मात्री पूजा शर्मा र मोडल, अभिनेता कुन्साङ बम्जन आफ्नो जन्मदिनकाे स्मरणमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै अभिनेत्री रजनी केसीले आफ्नो जन्मदिनकाे स्मरणमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बिश्व हिन्दु महासंघकी राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले अभियानमा एक्यवद्धता जनाउदै शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे
जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै आफ्नो जन्मदिनको उपल्क्ष्यमा शुपतिनाथको पबित्र स्थल मृगस्थलीमा बृक्षरोपण गर्दे आमाको साथमा सिद्धान्त झा

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलको स-सम्मान बिदाई

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशकलाई बिदाई गरेका छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशकुमार लाल, उपनिर्देशक कुसुम शर्मा र सहायक निर्देशक सुनिताकुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरेका हुन् ।

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका छन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए ।

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह समेत गरे ।

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

गैरसरकारी संस्था बन्यो नेपालको सुशासनमा बाधक

काठमाडौं । पछिल्लो समयमा बिदेशी संघसंस्थाहरुले नेपालमा आयोजना गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधी तथा सांसदहरु अल्झिरहने हुनाले स्थानिय जनप्रतिनिधीहरु देखि लिएर सांसदहरुले जनताको हितमा काम गर्न सकिरहेका छैनन् ।
यसैबिचमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि बैठक नै खैलाबैला भई उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने सहित सांसदहरुले सुशासन समितीको बैठक बहिस्कार गरेका छन् ।
संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन । तर एनजीओले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाईसमेत आकर्षक भत्तासहित देश–विदेश घुमाउने कुरा त छदै छ । सुविधासम्पन्न होटलमा हुने गोष्ठीमा पनि एनजीओकै लगानी हुने गरेको छ ।
तर आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको खाजाको प्रायोजनसमेत एनजीओले नै गर्न भ्यायो । सभापति खतिवडा व्यक्तिगत तहमा हरेकसँग सम्बन्ध बनाउन सिपालु मानिन्छन् । उनको सिप आइतबारको बैठकमा भने उनैलाई घाँडो सावित भएको छ ।
बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा थियो ।
गृहमन्त्री लामिछानेसमेत उपस्थित बैठकका सहभागीलाई खाजा प्रायोजना गर्ने संस्था थियो, जनसंख्या र विकाससम्बन्धी विषयमा काम गर्दै आएको एलएक्सपिटीडी नामको संस्था । खाजाको प्याकेटमा चना, फलफूल, जाम–पाउरोटी, अण्डा, आलु आदि राखिएको बैठकमा सहभागी एकजना सांसदले बताएका छन् ।
बैठकमा खाजाको विशेष व्यवस्था गरिएकोबारेमा समिति सभापति खतिवडालाई कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न गरेका थिए । खतिवडाले हल्काफुल्का रुपमा लिँदै कतैबाट व्यवस्थापन गरिएको जवाफ दिएपछि थानीले यसलाई ठट्टाको विषय नबनाउन भनेका थिए ।
थानीले समितिको बैठकमा यस्तो महंगो खाजाको व्यवस्था कहिलेबाट भएको हो भनेर प्रश्न गरे। यसअघि कहिल्यै नदेखेको खाजा आएको भन्दै उनले यसबारे प्रष्ट जवाफ दिन सभापति खतिवडालाई भने । एउटा समितिले यति महंगो खाजा खुवाउन थालेपछि अरु समितिमा पनि दबाब पर्ने भन्दै थानीले धान्न नसकिने यस्ता अभ्यासलाई अघि बढाउन उचित नहुनेमा जोड दिएका थिए ।
थानीसँगै कांग्रेसका अन्य सांसदहरू सरिता प्रसाई र ईश्वरी न्यौपानेले पनि खतिवडालाई खाजाका विषयमा घेरे । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि खाजाबारेमा गम्भीर प्रश्न उठाउँदै स्पष्ट जवाफ चाहिएको धारणा राखिन् ।
उता गृहमन्त्री लामिछानेले पनि खाजामा विशेष व्यवस्था भएको देखेँ भन्दै सभापति खतिवडालाई सोधे । खतिवडाले संसद्भित्रैको कुरा भएको बताउँदै आन्तरिक ढंगले व्यवस्थापन गरिएको जवाफ फर्काए । त्यसपछि खाजा खानका लागि उनले आग्रह गरे । तर सांसदहरू चुप बसेनन्, उनीहरूले सभापति खतिवडाबाट सबै कुरा बुझेपछि बैठक नै बहिष्कार गरिदिए ।
खाजाको विषयमा समिति सभापति खतिवडाले चित्त बुझ्दो जवाफ दिन सकेनन् वा चाहेनन् । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराले खाजा एनजीओले प्रायोजन गरिदिएको खुलाए ।
बिहानै भएको बैठकमा एनजीओबाट खाजा प्रायोजन भएको थाहा पाएपछि गृहमन्त्री लामिछाने र समितिका सदस्य सांसदहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।
नेपालको सुशासनमा गैरसरकारी संस्था बाधक बनेका छन् ।

विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको छ । प्राप्त विवरण अनुसार अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्रदेश मन्त्रालय, स्थानीय तह लगायतमा सरुवा भएको जनाईएको छ ।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक सहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाइ उनीहरुको रकम अपचलन गरि फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष समेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहकी छिन् । उनी पनि हाल गोकर्णेश्वर बस्दै आएकी हुन् ।

यस्तै, सहकारीका सञ्चालक सदस्य र सदस्य, ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौं महानगरपालिका किर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दा थिए ।

उनीहरुलाई जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइयोः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । आइतवारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दे अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङदेनले अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताए । उनले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकेको बताए । उर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने समेत उनले बताए ।
अध्यक्ष लिङदेनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए ।

कबाड व्यवसायीद्धारा बिभिन्न मागसहित प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए ।
रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जनाएको छ । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।
काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ । जनप्रतिनिधिहरुले कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ ।
महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो । महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।

गृह मन्त्रालयले स्थलगत अध्ययनका लागि उपसचिवहरुलाई विभिन्न जिल्लामा खटाउने

काठमाडौँ । गृह मन्त्रालयले स्थलगत अध्ययनका लागि पाँच जना उपसचिवहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेको छ । मन्त्रालयमा सरुवा भै आएका पदस्थापनको क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले थप जिम्मेवारी दिएर विभिन्न १८ जिल्लामा खटाएको हो ।

मन्त्रालयले स्थलगत अध्ययनका लागि उपसचिव ओम प्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उपसचिव चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन र उपसचिव परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु र दाङ जिल्लामा खटाएको हो । यसै गरी उपसचिव उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र उपसचिव टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहसचिव एकनारायण अर्यालको सचिवस्तरीय निर्णयबाट उनीहरुलाई जिल्लामा खटाइएको हो । उपसचिवहरुले राष्ट्रिय परिचपत्र लगायतका सेवाहरुलाई छिटो प्रदान गर्दा के कसरी चुस्त दुरुस्त र व्यवस्थित बनाउन सकिन्छ रु भन्ने विषयमा स्थलगत अध्ययन गरी १५ दिनभित्र सर्भिस् डिजाइनसहितको प्रतिवेदन पेस गर्नुपर्ने छ । स्थलगत अध्ययनको क्रममा उपसचिवहरुले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरणसमेत गर्नुपर्ने छ ।

उपलब्ध सिमीत जनशक्तिबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्दै आएका सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीको लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौट लगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको अत्याधिक भिडभाड हुन गई समग्र कार्यालयको काम कारवाही व्यवस्थापन गर्न समस्या परिरहेको भन्ने गुनासोहरु आएपछि मन्त्रालयले उपसचिवहरुलाई स्थलगत अध्ययनका लागि जिल्लामा खटाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रशासनलाई बताए ।

पछिल्लो समय सरुवा भै आएका कर्मचारीलाई केही समय अतिरिक्त (बरन्डा) मा थन्क्याउँदै हाजिर गरेर घर फर्किने (हाटा) चलन बसाइँदै आइएकोमा आइएकोमा गृह सचिव अर्यालले यसरी आएका कर्मचारीहरुलाई थप जिम्मेवारीसमेत दिएर रचनात्मक बनाएका हुन् ।

बजेटमा विगतकै पद्धतिको निरन्तरता हुने हो भने संघीयता र अहिले बनाएका कानूनको अर्थ छैनः सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रश्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले अहिले बनाउनुपर्ने स्थानीय तह भएपनि बजेटमा संघ केन्द्रित गरिएको बताए । उनले प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा उल्लेख हुन नसकेको बताए । उनले प्रशासनमा प्रशासकीय प्रमुखहरु एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति रहेको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताए ।

सांसद खतिवडाले विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने संघीयता र अहिले बनाएका कानूनको अर्थ नहुने बताए । सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने उनले बताए ।

यस्तै, सांसद खतिवडाले सुशासन झनै कमजोर हुँदै गइरहेको समेत औँल्याए ।

चुरे संरक्षण गर्न संयुक्त प्रयास अपरिहार्य

सिराहा । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।

दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।

विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको बताए ।

चुरे तराई मधेशको संरक्षण र जनताको जीवनस्तर सुधारमा हरित अभियान बहुउपयोगी हुने उनको विश्वास छ ।

नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गरे ।

ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको बताए ।

तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणाअनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवाको सङ्कलन तथा उत्खनन् गर्नसमेत प्रधानमन्त्रीले आग्रह गरे ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ ।

सहकारी छानबिन विशेष समितिको बैठक १ बजे बस्दै

काठमाडौँ । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले जानकारी दिए । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ । समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् ।

सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणः इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाण्डौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।

यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, श्री एशिया नेट कम्युनिकेशन प्रालि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रालि, श्री यस नेट नेपाल प्रालि र श्री मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् ।

साथै, प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।