नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पायो

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।

परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पहिलो र सार्वजनिक संस्थानहरूमध्ये पनि पहिलो आइएसओ ९००१ः२०१५ प्राप्त गरेको बताए ।

आईएसओ प्राप्त भएसँगै परिषद्को नागरिक पत्र मार्फत दिइने सबै सेवाहरू र कार्यालय व्यवस्थापन एक अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ ।

नेपाल पशु चिकित्सा परिषद्ले विशेष गरी नेपालका पशु चिकित्सकहरूको लाइसेन्सिङ परीक्षा लिने, नाम दर्ता गर्ने, भेटेरिनरी पढाई हुने शैक्षिक संस्थाको नियमन गर्ने, पशु चिकित्सकहरूको क्षमता विकासका लागि निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने, भेटेरिनरी सेवाको गुणस्तरका लागि जनशक्तिहरूको आचारसंहिता कार्यान्वयन गर्ने लगायतका कार्य गर्दै आएको छ ।

पछिल्लो समय आधुनिकतालाई मध्यनजर गर्दै परिषद् पूर्णरुपमा ‘डिजिटलाइज’ भएको छ शाहीले बताए । ‘सबै सेवाग्राहीहरुले आफू बसेको ठाउँबाटै द्रुत गतिमा सबै सेवा लिने प्रणालीको विकास भएको छ,’ उनले भने ।

मधेश प्रदेशः मुख्यमन्त्री सतिशकुमारले शपथ लिए

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।

जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ ।

सप्तरी क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

सुनको भाउमा फेरि नयाँ रेकर्ड


काठमाण्डौ ।
सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।

आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रभु साहको माग ‘लागुऔषध दुव्र्यसनी नियन्त्रणबारे सरकारले के गर्दैछ ?’

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले लागुऔषध दुव्र्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । लाखौं युवाहरु लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुव्र्यसनमा परेको तर यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका समेत व्यक्त गरे ।

‘लागुऔषधको स्रोत के हो रु समातिएको नष्ट गरिएको भनिन्छ । नष्ट गरिएको भए कहाँ भएको छ रु कतै यो रिसाइकलिङ त भइरहेको छैन रु समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन रु यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु’ साहले भने, ‘यस विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । संसदलाई जानकारी गराउनुपर्छ ।’

लागूऔषधको दुव्र्यसनीले कलिला बालबालिकाको भविष्यसँग व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर परिरहेको बताउँदै उनले कानुनले प्रतिबन्धित गरेको लागूऔषध खुलेआम रुपमा बेचविखन भइरहेको भन्दै सरकारको ध्यानाकार्षण गराए ।

‘नेपालका लाखौं युवाहरु लागूऔषध दुव्र्यसनको शिकार भएका छन् । भर्खरका कलिला बच्चाहरु लागूऔषधको लतमा अगाडि बढिरहेको हामी हेरिरहेका छौं । हजारौं घर बर्वाद भएको छ । व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर पार्ने यसको नियन्त्रण किन भइरहेको छैन । नेपालको कानुनले प्रतिबन्ध गरेको लागूऔषध बेचबिखन, बिक्री वितरण खुलेआम पाइरहेको स्थिति छ । यो किन भइरहेको हो रु यसमा गृहमन्त्रीको जवाफ चाहन्छौं’ साहले भने ।

लागूऔषध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासनको भूमिकामाथि समेत साहले प्रश्न उठाएका छन् । उनले वर्षौंदेखि राज्यको संयन्त्र लागूऔषध नियन्त्रणमा खटिएपनि प्रभावकारिता नदेखिएको बताए । लागूऔषध कहाँबाट र कसले प्रवाह गरिरहेको छ भन्ने कुरा जान्न चाहेको बताए । साथै, समातिएको लागूऔषध पुन बजारमा गएको हुनसक्ने उनको आशंका छ । अध्यक्ष साहले प्रहरीले नियन्त्रणमा लिएको लागूऔषध कहाँ र कस्तो अवस्थामा, कति छ भन्ने कुरा जानकारी गराइनुपर्ने बताए । उनले यदि नष्ट गरिएको हो भने कुन मितिमा, कहाँ नष्ट गरिएको हो रु भन्दै उनले सो को विवरण माग गरे ।

‘यसको नियन्त्रणको जिम्मा पाएका छन्, कहीँ न कहीँ तिनीहरु यसमा संलग्न छन् । यत्रो वर्षदेखि राज्यको ठूलो संयन्त्र काम गरिरहेको छ, हामी जान्न चाहन्छौं, लागूऔषधको स्रोत के हो रु कहाँबाट लागूऔषध प्रवाह हुन्छ रु त्यो किन पत्ता लगाउन सकिएको छैन’ साहले भने, ‘अहिलेसम्म जतिपनि लागूऔषध समातिए, त्यसको स्टोर कहाँ हुन्छ रु नष्ट हुन्छ कि त्यसको स्टोर हुन्छ रु नष्ट भएको हो भने कति नष्ट भएको हो रु कहिले नष्ट भएको हो रु यदि स्टोर भएको छ भने कहाँ स्टोर भएको छ रु र कति स्टोर छ रु हामी जान्न चाहन्छौं । मान्छेहरुको आशंका छ, लागूऔषध कहीँ रिसाइकिलिङ त भइरहेको छैन । त्यसमा संलग्न व्यक्तिहरुले फेरि माकेर्टमा पठाउने व्यापार त गरिरहेको छैन रु भन्ने गम्भीर आशंका उत्पन्न भइरहेको सन्दर्भमा नेपाली जनतालाई जानकारी गराउन म आग्रह गर्न चाहन्छु ।’

पूर्व प्रहरी अधिकारीहरुले सुधार गृह सञ्चालन गरिरहेको र त्यसको बढ्दोत्तरी रहेको बताउँदै उनले लागूऔषधको मुहान पत्ता लगाउन नसक्नु र रोकथाम प्रभावकारी नहुनु मुलुकका लागि दुर्भाग्य हुने उनले बताए । लागूऔषध नियन्त्रण सम्बन्धि कानुन असाध्यै पुरानो भएको भन्दै उनले यसबाट समाधान ननिस्कने बताए । अध्यक्ष साहले पहिला सहर बजारमा रहेको लागूऔषध दुव्र्यसनीको विकराल अवस्था अहिले गाउँ–गाउँमा पुगेको बताए ।

‘पूर्व प्रहरी अधिकारीहरु जसले सुधार गृह सञ्चालन गरिरहेका छन्, ठाउँ–ठाउँको सुधार गृहमा बढोत्तरी हुने र त्यसको मुहान पत्ता लगाउन नसक्ने, त्यसको रोकथाम हुन नसक्ने, नियन्त्रण हुन नसक्ने र व्यापार भइराख्ने जो कन्डिसन छ, यो बिडम्बनापूर्ण र दुर्भाग्यपूर्ण छ । यसको रोकथामको लागि म माग गर्न चाहन्छु’ साहले भने ।

युवा संघमा गुटगत गतिविधीः गुटगत भेला नगर्न अध्यक्ष बिकको निर्देशन


काठमाडौं । युवा संघका संयोजक कृष्णकुमार विकले गुटगत भेला नगर्न निर्देशन दिएका छन्। सहसंयोजक नितेश पौडेलले यही शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएपछि संयोजक विकले विशेष निर्देशन दिएका हुन्।

उनले युवा संघ नेपालको नाम, झण्डा, व्यानर दुरुपयोग गरी गुटगत भेला, बैठक गरेको पाइएमा जो कोहीलाई पनि संगठनको विधानबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

‘पार्टी महाधिवेशन सफल पार्नुपर्ने बेलामा युवा संघ नेपालमा आबद्ध केही जिम्मेवार कमरेडहरूले यही जेष्ठ २६ गते युवा संघको नाममा राष्ट्रिय कार्यकर्ता भेला भनी जुन प्रकारका प्रचारहरू भइरहेका छन्। यो संगठनको आधिकारीक भेला वा कार्यक्रम नरहेकोले युवा संघ नेपालका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई जानकारी गराउँदछु, विकले विज्ञप्तीमा भनेका छन्।

पार्टी महाधिवेशन नजिकिँदै गर्दा गुटगत भेलाले पार्टी आन्दोलन र संगठनलाई कमजोर बनाउने बताउँँदै विज्ञप्तिमा भनिएको छ, यसप्रकारका गतिविधिले महाधिवेशनलाई प्रभावित पार्ने र नेता कार्यकर्ताको बिचमा असहिष्णुता पैदा गर्दछ । यसकारण युवा संघ नेपालका सम्पूर्ण जिम्मेवार नेता कार्यकर्ताहरूलाई पार्टी आन्दोलन बिरुद्ध भईरहेको षड्यन्त्रबाट सचेत हुँदै आशन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु।’

विकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा। विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ दिएका छन्।

मधेस प्रदेशः मुख्यमन्त्रीका लागि जनमतका सिंहको दाबी पेश

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका सतिश कुमार सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।

सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ५५ जना सासंदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।

उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

दाबी पेशपछि केही बेरमा नै शपथ ग्रहण हुने बताइएको छ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

बागमती प्रदेश सरकारः चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी

वाग्मती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।

आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले जानकारी दिए ।

आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ ।

वाग्मती सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड रहेको छ । रासस

शेयर बजार आज सामान्य घट्यो

काठमाण्डौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय २२ वटा कम्पनीका ८८ लाख १३ हजार कित्ता शेयर ४ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल

महोत्तरी । निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१-२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयका अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीको सहभागिता छ । कार्यक्रममा आयोगको तेस्रो रणनीतिक योजना ९२०७६(२०८१ असार० को समीक्षा गरिनुसँगै अबको रणनीतिबारे सहभागीले सुझाव दिएका छन् । कार्यक्रममा निर्वाचन प्रणालीमै परिमार्जनको आवश्यकता सहभागीले औँल्याएका छन् ।

यसैगरी निर्वाचन खर्चिलो हुँदै गएको, अनुगमन प्रभावकारी बनाइनुपर्ने, कामका लागि विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि कानुन तर्जुमा गर्न सुझाव दिएका आयोगका उपसचिव डा थानेश्वर भुसालले जानकारी दिए । अन्तरक्रियामा विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरिन सुझाव सहभागीले दिएका छन् । कार्यक्रममा आयोगका सचिव रविलाल पन्थी, सहसचिव, उपसचिव र अधिकृतको सहभागिता छ । छलफलमा प्राप्त सुझाव अबको रणनीतिक योजनामा गाभिने सचिव पन्थीको भनाइ छ ।

आयोगले मुलुकका सातवटै प्रदेशमा छलफल चलाइरहेको जनाएको छ । यसअघि लुम्बिनी र कर्णाली प्रदेशमा अन्तक्र्रिया सम्पन्न भएका छन् । अब मधेसपछि बाँकी तीन प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिएपछि रणनीति तर्जुमा लिपिबद्ध गरिने सचिव पन्थीले बताए । रणनीति तर्जुमा गरिनुअघि सरोकारवालाबिचको छलफलले आयोगका अहिलेसम्मका उपलब्धि र चुनौतीबारे जानकारी पाउनसँगै अबको रणनीतिका लागि सुझाव दिन पाउने अवसर मिलेको बारा जिल्लाबाट सहभागी हुनुभएका ज्योति साहको बताए । रासस

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने माग गर्दै आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ गर्दै

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहिबार) एक बिज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्ने जनाएका छन् । समाजिक न्याय, सुशासन सहित आम जनताको सर्वोच्चताका लागि सक्रिय आईटी आर्मी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आवाज उठाउँदै आएको संगठन हो ।

‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेंसले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पिडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाई नभएपछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’ साहले भने ।

आईटी आर्मीले २०८० साल जेठ २८ गते काठमाडौं उपत्यकामा खबरदारी र्याली मार्फत संघर्षको उठान गरेको थियो । २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे बिभिन्न माग गरेको सहितको ध्यानाकर्षणपत्र बुझाएको थियो ।

‘हामीले बिभिन्न माग गरेपनि बिडम्बना सो विषम समस्याको ठोस एवं दीर्घकालिक समाधान गर्नुकोसट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेको भान हामीलाई भैरहेको छ’ साहले भने ।

आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश÷नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।

असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने घोषणा गरेको आईटी आर्मीले जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रम बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पसविच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ। आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ डिभिजन इन्जिनियर मनीषा महर्जन र क्याम्पसको तर्फबाट इण्डष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले हस्ताक्षर गरेका हुन्।

औद्योगिक प्रतिष्ठानमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्वपूर्ण भूमिका रहने भएकाले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताए।

सम्झौतामा हस्ताक्षर भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा अङ्कुरित विचार तथा आविष्कारले राष्ट्रिय नीतिमा योगदान दिने शैक्षिक वातावरणको विकास गर्नुपर्ने बताए। “यो सम्झौता प्रस्थान विन्दु हो। अनुसन्धान, नवप्रवर्तन, व्यावसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न ‘इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भइसकेको छ।” मन्त्री श्रेष्ठले भने।

समझदारीअनुसार क्याम्पसले उद्योगमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावलीअनुसार नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्नेछ। उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीलाई खटाउनु पर्नेछ। क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीको छनोट गरी मन्त्रालयमा जानकारी गराउनुपर्नेछ।

प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन्। सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ। सर्भेक्षणमा सहभागी हुने विद्यार्थीलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ।

सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो


काठमाण्डौ ।
सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।

बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा नगरप्रमुख चिरिबाबु महर्जनले घरघरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताए।

नगरप्रमुख महर्जनले यस अभियानले जनप्रतिनिधिहरु चुनावको निम्ति भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताउनुभयो । उहाँले नागरिकहरुले दुःखका कुराहरु नगरप्रहरीमार्फत जनप्रतिनिधिहरुलाई सुनाउनसक्ने बताए ।

नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ । यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।

नगरप्रमुख महर्जनले भन्नुभयो, ‘घरघरमा नगरप्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन् । धेरै आयामहरु छन् । त्यसमध्येमा पनि हामी जनप्रतिनिधिहरु चुनावको निमित्त घरमा भोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुखदुःखका कुराहरु भन्न भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ती कुराहरु उहाँहरुले व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु ।’

प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरुको गुनासा र सुझावहरुका बारेमा बिफ्रिङ लिने बताएका छन् ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एक मात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो ।
समारोहका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठ थिए । आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताइन् । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भने एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।
‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भनिन्, ‘अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’
निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएको बताइन् । आईबी शिक्षाले विद्यार्थीको जीवनमासकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि जानकारी दिइन् । ‘आईबी शिक्षा संसारका घुम्ने पासपोर्ट मात्र होइन, स्वदेश फर्किएर मातृभुमीका निम्ती सेवा गर्ने ‘रिटर्न टिकट’ पनि हो । साथै विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो । यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ,’ उनले भनिन् ।
प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताइन् ।
यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए । ‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौं शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पुर्ण विद्यार्थीलाई मेरो आग्रह छ, ‘उनले भने, ‘विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरी आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहान्छु ।’
यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठले भने, ‘देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामी दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अभ्यस प्राप्त हुन्छ ।’
सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो । आईबी शिक्षण प्रणाली अन्तर्गत आईबीका तीन वटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एक मात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भयो । यो मुलुककै निम्ति गर्वको कुरा हो, किनभने विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् ।
विश्वव्यापी मान्यता प्राप्त आईबी एजुकेसन प्रणाली त्यसमा पनि आईबी कन्टिनम स्कुलबाट दीक्षित भएर निस्किएको यो ब्याच प्रति प्रिमियर इन्टरनेसनलले गौरव महशुष गरेको निर्देशक लिम्बूको भनाइ छ । लिम्बू भन्छिन् ‘कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त आइबी एजुकेसन स्वदेशमै प्रदान गर्ने एक मात्र कन्टिनम स्कुल भन्दा प्रिमियर गौरवको अनुभूति गर्छ ।’
आईबी शिक्षा प्रिमियरमा नै किन ?
प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । विशिष्ट श्रेणीको शिक्षा प्रदान गर्ने यस स्कुलको आफ्नै सुविधा सम्पन्न भौतिक संरचनाबाट पठनपाठन सञ्चालन हुँदै आएको छ । प्रिमियर इन्टरनेशनलले अंगालेको आईबी शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो ।
विद्यार्थीको विशेषता पहिचान गर्दै गुणस्तरीय विधि मार्फत अहिलेको समय सुहाउँदो शिक्षण प्रणालीमा अध्यापन गराउँदै आएको प्रिमियर इन्टरनेशनलमा विद्यार्थीको संख्या पनि उल्लेख्य छ । यस शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ । ग्लोबल मार्केटमा फिट हुनसक्ने दक्ष विद्यार्थी उत्पादन गर्नु प्रिमियरको लक्ष्य नै हो ।
नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वभरमै लोकप्रिय कार्यक्रम हो । आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ । आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ ।
आईबी शिक्षा ३ देखि १९ वर्षका उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबीमा ३ देखि ११ वर्षका विद्यार्थीहरूको लागि पीवाईपी, ११ देखि १६ वर्षका विद्यार्थीहरूको लागि एमवाईपी र १६ देखि १८ वर्षका विद्यार्थीका लागि डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रम रहेका छन् ।
आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीहरूको सामना गर्न सक्ने बनाउँछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको ज्ञानको अभिवृद्धि गर्दै सीप विकास गर्न मद्दत गर्छ ।
विद्यार्थीको शैक्षिक र व्यक्तिगत सफलताको लागि ‘आईबी एजुकेसन सिस्टम’ उत्तिकै प्रभावकारी सावित भएको छ । सन्तुलित साथै फराकिलो विचार प्रणालीबाट अभिप्रेरित आईबी एजुकेसनले विद्यार्थीलाई जिज्ञासु, ज्ञानी, विचारक बन्नमा मदत पुर्याउँछ । विद्यार्थीको बौद्धिक विकासका साथै शैक्षिक सफलता हासिल गर्न पनि यो प्रणाली सफल देखिएको छ । आईबी एजुकेसनबाट दीक्षित विद्यार्थीका प्रशस्तै सफल उदाहरणले यस कार्यक्रमलाई विश्वव्यापी बनाउन भूमिका खेलेको छ । सन्तानलाई स्वदेशमै रहेर ग्लोबल सिटिजन बनाउन चाहने अभिभावकका निम्ति आईबी एजुकेसन सहि गन्तव्य हुनेमा दुई मत छैन । त्यसमा पनि कन्टिनम स्कुलबाटै सन्तानलाई दीक्षित गराउन सके विद्यार्थीको उन्नत भविष्यमा महत्वपुर्ण योगदान पुग्नेछ ।

गण्डकी प्रदेशः १५ सय किलोमिटर सडक स्तरोन्नति


काठमाण्डौँ ।
गण्डकी प्रदेश सरकारले सात वर्षको अवधिमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१.२ किलोमिटर ढलान भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल पनि भएको छ । गत आव २०७९–०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।
बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुलका आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।
निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनाका सडक, मोटरेबल र झोलुङ्गे पुलका लागि रु. १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य समेत रहेको छ ।
राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।