काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयहरू:
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयहरू:
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।
तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ ।
त्यसपछिका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले पनि पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान गर्न निर्देशन दिएका थिए ।
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । जना घाइते भएका छन् ।
१९ जना बेपत्ता हुँदा अन्य एक सय ७९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरी नारायणघाट हुँदै काठमाडाैँ प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।
ठूला सवारी गुड्न दसैँको पूर्णिमासम्म रोक लगाइएको हो। खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन्। विभागले दसैँका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको जनाएको छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्। बाढी पहिरोका कारण अवरूद्ध यातायात सञ्चालनलाई सहज बनाउन गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग छलफल गरेका हुन्।
बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधिकारीबिच विपतमा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका वेला सुरक्षित यात्राका विषयमा सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
‘विपतको स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ,’ वरिष्ठ उपाध्यक्ष सिटौला भने, ‘बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।’
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले जानकारी दिए।
‘अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका वेला सुरक्षित यात्रालगायतका विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले सवारी चेकजाँचलगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ।’
गृहमन्त्री लेखकले विपतका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताए।
‘पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला आएको विपतको सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।’
काठमाडौं । काठमाडौंमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीनको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-६ घर भई हाल काठमाडौंको चमती बस्ने १९ वर्षीय नविन रिजाल,सोही ठाउँ बस्ने २६ वर्षीष अनिष महर्जन, चितवनको भरतपुर नगरपालिका-१० का २५ वर्षीया अनु तामाङ, धादिङको गजुरी गाउँपालिका-८ का ४० वर्षीय केशर स्याङतान, धादिङको थर्पुभन्ज्याङका २८ वर्षीय राजेश परियार र तनहुँको आबुखैरेनी नगरपालिका-३ का २५ वर्षीय सुवास परियार रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया वस्तीमा स्यालले आक्रमण गरेको थियो ।
आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बब्बु केवट र मुन्नालाल चौधरी, वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव घाइते भएका छन् ।
दुवै बस्तीमा बिहीबार राति स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताउनुभयो । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारका लागि लगिएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिएपछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले ९ वटा रणनीति तय गरेको छ ।
संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेको छ। यसैगरी स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन् ।
जहाँ पहिलो, बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, दोस्रो, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, तेस्रो बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि रहेका छन्।
साथै स्वास्थ्य बीमा संचालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य रहेका छन्।
हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहहरुसम्म बिस्तार भएको बोर्डले जनाएको छ। यस कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ८१,१४,५९४ जना (२८ प्रतिशत) नागरिक र २५,१४,२२० (३८ प्रतिशत) परिवार आवद्ध भएको बताइएको छ। कुल बीमित मध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमामार्फत् स्वास्थ्य सेवा लिएको उल्लेख गरिएको छ।
आ.व. २०८०/८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको पाइन्छ । हाल सरकारी र सामुदायिक गरी कुल ४७७ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको बताइएको छ ।
स्वास्थ्य बीमा बोर्डको पञ्च वर्षीय रणनीतिक मार्गचित्र
विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा हानाहान भएको छ । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।
एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् ।
चौकीतर्फबाट आइरहेको ना ४ ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् ।
सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
काठमाडौँ । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।
। यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको बीबीसीमा जनाइएको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीमा घाइतेभएकाहरूको खोजी गरिरहेका छन्।
आँधीको कारण मृत्यु हुने आधाभन्दा बढी नर्थ क्यारोलिनाका रहेका छन्। २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन यहाँ आएको सबैभन्दा घातक आँधी साबित भएको छ।क्याट्रिना आँधीले १८ सयभन्दा बढीको मृत्यु भएको थियो।
हेलेन आँधी आएको एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् । करिब ८ लाख घरहरूमा अझै पनि बिजुली नभएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन्। बाइडेनले आँधी प्रभावितहरुलाई सहयोग गर्ने वाचा गरेका छन्।
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् ।
बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेकी श्रेष्ठले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा संलग्न भएकी उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ।
सिईओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ।नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले कम्पनीको नेतृत्व गर्न पाउँदा सम्मानति महसुस गरेको बताइन्।
नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्नका लागि आफूले काम गर्ने उनको भनाइ छ।कम्पनीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले सीईओ श्रेष्ठको नेतृत्वमा कम्पनीले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तरवार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज अर्थमन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, शुक्रबार बिहान ८ बजे बोलाइएको उक्त अन्तर्वार्तामा तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।
२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।
यसअघि सर्टलिस्टमा परेका तीन जना उम्मेदवार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । तर श्रेष्ठलाई अध्यक्ष बनाउने सेटिङ भएको भन्दै तीन उम्मेदवार अनुपस्थित भएका थिए ।
गत असार तेस्रो साता मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि सुरु गरेको थियो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेर पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।
योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार शिवकुमार अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो । तर शुक्रबार अधिकारी अस्वस्थ भएका कारण अन्तर्वार्ता र प्रस्तुतिकरण रोकिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति तीन सदस्यीय सिफारिस समितिमा संयोजक डा श्रेष्ठ, सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य छन् ।
अन्तर्वार्तापछि पाँच जनामध्ये तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले आगामी सोमबारको बैठकबाट अध्यक्ष नियुक्ति गर्ने तयारी गरे पनि अन्तर्वार्ता नै रोकिएपछि पुन: बोर्ड अध्यक्ष नियुक्ति पछाडि धकेलिएको छ ।