जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, यसलाई वैश्विक स्थान निर्धारण प्रणाली भनिन्छ। पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, जीपीएस ।
जीपीएसको मद्दतले आफ्नो स्थान ट्र्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । यो अहिलेको संसारमा एकदमै महत्त्पूर्ण भाग बनिसेकको छ ।अमेरिकी नेभिगेसन प्रणालीलाई जनाउने यस प्रणालीलाई विश्वव्यापी नेभिगेसन उपग्रह प्रणाली वा रिसिभरको साथ जीपीएसको नामले पनि चिनिन्छ। यो उपग्रह प्रणालीले कम्तीमा २४ उपग्रह, एक रिसिभर र एल्गोरिदमको प्रयोग गर्छ।
यसले स्थान, वेग र समयलाई एउटै लयमा ढाल्छ। यो प्रणाली उपग्रह, ग्राउन्ड स्टेसन, रिसिभर र प्रयोगकर्ता मिलेर बनेको हुन्छ। यो प्रणालीमा उपग्रहले नक्षत्रका ताराहरूले जस्तै काम गर्छ। यसमा मोबाइल फोनजस्तै एक रिसिभर हुन्छ, जसले उपग्रहबाट आएका सङ्केतलाई अभिलेख गर्नुका साथै सङ्केत एकअर्काबाट कति टाढा रहेका छन् र त्यसको दूरी कति छ भनेर गणना गर्छ। त्यही गणनाका आधारमा कुनै पनि ठाउँको अवस्थिति पत्ता लगाउन सकिन्छ।
अमेरिकाको रक्षा विभागले सबैभन्दा पहिले जीपीएसको प्रयोग गरेको थियो। जीपीएसलाई सन् १९८३ पछि मात्र सार्वजनिक गरिएको थियो। सन् १९९० को शुरूमा जीपीएस सेवा मूलरूपमा मानव स्थिति सेवामा विभाजित गरिएको थियो, जुन मुख्यरूपमा जनताका लागि डिजाइन गरिएको थियो। त्यही समयमा सेनाले सैनिक स्थिति पत्ता लगाउन यसलाई प्रयोगमा ल्याएको थियो।
जीपीएसको सुरूवात
सन् १९५७ मा सोभियत संघले आफ्नो पहिलो उपग्रह स्पुतनिक प्रक्षेपण गर्यो । अमेरिकी वैज्ञानिकहरूले स्पुतनिकको अवलोकन गर्न थाले ।
त्यसपछि सन् १९६० मा स्पुतनिक ट्र्याकिङबाट प्राप्त जानकारी र ज्ञान प्रयोग गरेर, अमेरिकी नौसेनाले ब्यालिस्टिक मिसाइल पनडुब्बीहरूको नौसेनाको फ्लीटलाई मार्गदर्शन गर्न मद्दत गर्न पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली ट्रान्जिट सुरु गर्यो ।
पछि सन् १९६७ मा, अमेरिकी नेभीद्वारा टाइमेसन टेक्नीक विकसित गरिएको थियो । यो प्रणालीले उपग्रहमा अत्यधिक सुसंगत, सिङ्क्रोनाइज गरिएको घडी प्रयोग ग¥यो, एउटा प्रविधि जसमा जीपीएस निर्भर हुन्छ । विकास बिस्तारै भयो र यू.एस. सन् १९७८ को अन्त्यसम्ममा पहिलो चार जीपीएस उपग्रह प्रक्षेपण गर्ने श्रेय सेनालाई दिइएको थियो ।
सन् १९७२ मा रेदेयन कम्पनीसंग काम गर्ने एक अमेरेकी वैज्ञानिक डा. क्ष्इभान गेटिंगले आफ्नो पद छोडेर ग्लोबल पोजिसनिङ सिस्टमको विकास गर्न थाले, जसमा उनले वैज्ञानिक र एरोस्पेस इन्जिनियरहरूको समूहसँग मिलेर त्रि–आयामिक जीपीएसको अवधारणा विकास गर्न थाले ।
प्रारम्भ कालमा सैनिक प्रायोजनका लागि प्रयोग गर्ने गरी जीपीएस सुरू गरिएको थियो । तर सन् १९८० को दशकमा अमेरिकाले आफ्ना देशका नागरिककको प्रयोगका लागि पनि उपलब्ध गराउन थाल्यो ।
जीपीएस प्रविधि अमेरिकामा मात्र उपलब्ध छ । यो सुरुवातमा सेनाका लागि निर्माण गरिएको हो । जुनपछि आम नागरिकलाई उपलब्ध गराइयो । पहिलो आधुनिक उपग्रह १४ फेब्रुअरी सन् १९८९ मा प्रक्षेपण गरिएको थियो र जीपीएस १७ जुलाई, सन् १९९५ मा पूर्ण रूपमा प्रक्षेपण गरिएको थियो ।
जीपीएसको महत्व र प्रयोग
जीपीएसले जस्तोसुकै समय र मौसममा काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ। जीपीएसका प्रयोग मुख्यरूपमा पाँच प्रकारले गरिन्छ। को कहाँ छ , वा कुन वस्तु कहाँ पुगेको छ त्यसको अवस्थिति पहिचान गर्न, एक स्थानबाट अर्को स्थान जान वा पुग्न, वस्तु वा व्यक्तिको अनुगमन गर्न, विश्वको नक्सा तयार गर्न र वास्तविक समय पत्ता लगाउन जीपीएसको प्रयोग गरिन्छ।
विश्वभरि नै विशेषगरी सवारी साधनको अवस्था, राष्ट्रिय निकुञ्जका जलचर र थलचरको वन्यजन्तुको अवस्थालगायत क्षेत्रमा जीपीएसको प्रयोग भइरहेको छ। त्यसैगरी, हवाई सुरक्षाको अवस्थाबारे जानकारी लिन र त्यसको गतिविधि अनुगमन गर्न जीपीएसको प्रयोग गरिन्छ।
नेपालको सन्दर्भमा कुरा गर्दा जीपीएसको व्यापक प्रयोग बढेको छ। ठुलाठुला शहरमा सवारी साधनमा यस प्रविधिलाई उपयोग गरी यात्रुलाई सेवा दिइरहेका हुन्छन्। निजी सेवा प्रदायक निकायले काठमाडौंलगायत ठुला शहरमा यस्ता सेवा दिइरहेका छन्।
यस्तो सेवा प्राप्त गर्न गर्ने सेवा प्रदायक निकायमा सर्च गरेर अर्डर दिइन्छ। यसरी अर्डर दिनासाथ जीपीएसको सहायताले ती सवारी साधन हामी भएको ठाउँमा आइपुग्छन् र जान खोजेको ठाउँमा हामीलाई पु¥याइदिन्छ।
एनड्रोइड मोबाइलमा पनि जीपीएसको सुविधा हुन्छ। त्यो सुविधा प्रयोग गरेर कुनै अत्यावश्यक सेवाको अवस्थिति थाहा पाउन र आवश्यक सेवाका लागि अनुरोध गर्न सकिन्छ। यसको अतिरिक्त जीपीएस धेरै कामका लागि उपयोगी प्रविधि हो। यसको प्रयोग उद्योगहरूको सर्वेक्षण र नक्सा तयार गर्न, समय मापन गर्न, अवस्थिति वा स्थान पहिचान गर्न, र सवारी साधनलाई नेभिगेट गर्न प्रयोग गरिन्छ।