काठमाडौं । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलबाट ५० जनालाई पक्राउ गरेको छ ।
जसमा ५० जनामध्ये २ जना चिनियाँ नागरिक र १ जना फिलिपिनो नागरिक रहेका छन्। ललितपुर महानगरपालिकास्थित जाउलाखेलमा रहेको एक घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले बुधबार राति छापा मारेको थियो ।
काठमडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले वृद्धि भएको हो । आज बजार २ दशमलव ९९ प्रतिशतले बढ्दा बजार परिसूचक २ हजार ६ सय ८८ दशमलव ३८ बिन्दुमा रोकिएको छ ।
आज नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार भने सन्तोषजनक देखिएन । आज कुल १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै आज धेरै कम्पनीको शेयर बजारका धेरै लगानीकर्ताहरु मालामाल भएका छन् । आज कारोबारमा आएकामध्ये २२९ कम्पनीको शेयर वृद्धि भएको छ । त्यसो त १२ वटा कम्पनीका शेयर घट्दा ३ वटाको मूल्यमा कुनै पनि परिवर्तन देखिएन ।
काठमाडौं । सर्वोच्च अदालतले गाडीम सिट भन्दा धेरै यात्रु नराख्न अन्तरिम आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिश अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो ।
यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए ।
हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा सोलाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो ।
सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन समेत आदेश दिएको छ । त्यस्तै सर्वोच्च अदालतले चाडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग समेत गरिएको छ ।
काठमाडौं । संवैधानिक परिषद्का विषयलाई लिएर तीन शिर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको हो ।
संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका प्रचण्डसँग ओलीले झण्डै २० मिनेट एक्लै वार्ता गरेपछि देउवा पुगेका थिए ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध पाँच करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आयोगले गएको चैत २७ गते गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर पश्चात उनी निलम्बित भएका छन् ।
तर, उक्त अख्तियारको मुद्दालाई प्रभावित पार्न थापाको यति सम्मको चलाखि देखियो कि जो कोही चित खान्छ । आफुले भ्रष्टाचार गरेको कर्तुत ढकाछोप गर्न सर्लाही जिल्ला अदालतमा थापाले आफुविरुद्ध तीनवटा मुद्दा दर्ता गराएको हाम्रो समाचार स्रोतले बताएको छ । ती पनि आर्थिक लेनदेनसम्बन्धि नै । थापाले आर्थिक लेनदेनको कारोवार मिलान नगरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।
मुद्दा हाल्नेहरु थिए आफ्नै निकट सम्बन्ध भएका चेतबहादुर खड्का, सुमन थापा र हरिराम काफ्ले । चेतबहादुर र सुमनले वैशाख २४ गते र २७ गते हरिराम काफ्लेले मुद्दा दायर गरेका थिए ।
उनीहरुले कुल ४ करोड ५० हजार रुपैयाँ थापाले नतिरेको दाबी गर्दे अदालतमा मुद्दा हालेका हुन् । चेतबहादुर र सुमनले आर्थिक कारोबार मिलन नगरेको र हरिरामले जग्गाको कारोबार मिलान नगरेको विषयमा मुद्दा हालेक थिए । उक्त रकम अख्तियारले गैर कानुनी ढंगबाट लिएको सम्बन्धि मुद्दाबाट समावेश गरेको रकम भन्दा १ करोड ३३ लाख ३ हजार कम हो ।
अदालतले बादी र प्रतिबादीसँगको बयानमा निलम्बित मेयर थापाले फिरादपत्रको प्रतिउत्तरमा मुद्दा दायर गरेका तिनै जनाको दाबी स्वीकार गरेका छन् । उनले जतिसक्दो चाँडो आफुले उक्त लेनदेन मिलाउने बयान दिएका थिए । तर, यहाँनेर घटनाको ट्वीस आउछ । ज–जसले थापाविरुद्ध मुद्दा हाले उनीहरु को साइनो सम्बन्ध केलाउने हो भने सबै थापाका नजिकका साथि सम्बन्धि हुन् ।
चेतबहादुर खड्का निलम्बित मेयर थापाको सानिमाका छोरा हुन् । अर्का वादी सुमन थापा माओवादीको बरहथवा नगर समिति अध्यक्ष हुन् । भरत थापा माओवादीबाटै दोस्रोपटक बागमतीको मेयरमा निर्वाचित भएका हुन् । हरिराम काफ्ले थापाको व्यापारिक साझेदार र छिमेकी हुन् ।
हाम्रो स्रोत सुमन, चेतबहादुर र हरिरामको निलम्बित मेयर थापासँग घनिष्ठ सम्बन्ध रहेको दाबी गर्छ । मुद्दा दायर गर्ने तीनै जनाले निलम्बित मेयर थापाले भने अनुसारकै मुद्दा दायर गरेको अनुमान लगाईएको छ । स्थानीयका अनुसार अख्तियारमा उजुर परेता थापा पालिकामा निकै सक्रिय थिए ।
निलम्बित मेयर थापालाई नजिकबाट चिन्नेहरु अख्तियारले दायर गरेको मुद्दा प्रभावित गर्नकै लागि योजनाबद्ध रुपमा अदालतमा मुद्दा हाल्न लगाइएको दाबी गर्छन्। अख्तियारले थापाविरूद्ध मुद्दा दायर गरेयता उनीहरूले थापाकै पक्षका समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्ने गरेको बताइएको छ । तीनै जनाले एकै ठाउँबाट फिरादपत्र र प्रतिउत्तर पत्र तयार पारेको सर्लाहीका एक अधिवक्ताले बताए । भाषा, शैली सबै एकै रहेको बताउँदै उनले मिलेमतोमा नक्कली मुद्दा दर्ता गराएको आरोप लगाएका छन् ।
अदालतको फैसला पनि दु्रत गतिमा
आफ्नै निकट सम्बन्ध भएको साथिहरुलाई मुद्दा हाल्न लगाएर अदालतलाईसमेत प्रभावित पारेको धेरैले अनुमान लगाएका छन् । यो मुद्दामा सर्लाही जिल्ला अदालतले पनि यति छिटो फैसला गरिदियो की थापाविरुद्ध हालिएका तीनमध्ये दुईवटा मुद्दाको फैसला आइसकेको छ । चेतबहादुरले वैशाख २४ गते र हरिरामले २७ गते दायर गरेका मुद्दामा जिल्ला अदालतले असार १८ गते नै फैसला सुनाएको छ । दुवै जनाले दायर गरेको मुद्दाको फैसला एकै दिन न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलास गरेको थियो । फैसलामा मुद्दा हाल्नेहरुको पक्षमा फैसला सुनाउदै दाबी बमोजिमको रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ ।
सुमन थापाले दायर गरेको अर्को मुद्दा अहिले विचारधिन छ । उक्त मुद्दामा ४/५ पटक पेसी चढिसकेको छ । अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ ।एक पटक वादी र तीन पटक प्रतिवादीले सुनुवाइ स्थगित गराएका थिए ।
निलम्बित मेयर थापाविरुद्ध भ्रष्टचार सम्बन्धिको मुद्दा पनि अहिले विशेष अदालतमा विचाराधिन छ । यस्तो अवस्थामा विशेष अदालतले भने कस्तो फैसला गर्छ त्यो भने हेर्न बाँकी रहेको सरोकारबालाहरु बताउछन् ।
काठमाडौं । झापामा पूजाको प्रसाद खाँदा एउटा गाउँनै विरामीमा परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँका ५५ जना भन्दा धेरै विरामी भएको बुझिएको छ ।
स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद ल्याएर घरमा खानेहरु पनि विरामी परेका छन् ।
‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन्
अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ। पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ। अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।
आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ। युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको छ।
हिजो बुधबार नेपाली बजारमा युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो। यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम भएको छ।
त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा तय भएको छ। बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा थियो।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको थियो।
आजका लागि स्वीस फ्रयांक एकको खरिददर एक सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा तोकिएको छ।
सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९७ र बिक्रीदर एक सय तीन रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ।
त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ । यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ।
साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा रहेको छ । त्यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसामा कारोबार हुनेछ ।
आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ।
मेष नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । सामाजिक तथा परोपकारको क्षेत्रमा लाग्दा राम्रो होला।
बृष काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ ।
मिथुन
हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । विद्यार्थीले पढाईमा राम्रो सफलता पाउन सक्छन्।
कर्कट
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ।
सिंह सामाजिक काममा सफलता मिल्नेछ। सन्तान तथा विद्या सम्बन्धि क्षेत्रबाट सन्तोष मिल्न सक्छ।आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।
कन्या
आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुस्ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज पढाईमा मन नलाग्न सक्छ।
तुला
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विद्यार्थीले पढाईबाट सफलता हासिल गर्न सक्छन्।
वृश्चिक अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला । विद्यार्थीको पढाईप्रति रुचि नजाग्न सक्छ।
धनु
केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ।
मकर
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
कुम्भ
दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । विद्यार्थीले चाहेको नतिजा हात पार्न सक्नेछन्।
मीन व्यवसायमा क्षेत्र विस्तारका साथै राम्रो नाफा कमाउन सकिनेछ। नोकरी गर्नेहरुले सहकर्मीको सहयोग प्राप्त गर्न सक्छन् भने मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने पनि समय छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हात पार्न सक्छन्। प्रेम सम्बन्ध राम्रो रहन सक्छ।
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न चार समितिहरूको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।
यस्तैगरी, संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने बैठकले नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने छ ।
साथै आज मन्त्रालयका केही सहसचिवको सरुवा को निर्णय हुन सक्ने बुझिएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो बुझिएको छ । सम्भवत आज केही सचिवहरुको सरुवाको निर्णय हुनेछ ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं । कोमामा गएको विद्यार्थी संगठनलाई जागृत गर्न राप्रपानिकट विद्यार्थी नेताहरुले तत्काल नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् । यसका साथै महाधिवेशनको मिति तोक्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गरेका छन् ।
‘विद्यार्थी संगठन तहसनहस हुन लागेको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुने अवस्था सिर्जना हुन लागेकोमा हामी चिन्तित छौं । त्यसैल नयाँ उर्जासहित संगठनलाई बचाउन हामी एकजुट भएका छौं,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का पूर्वसंयोजक जयप्रकाश बगालले मागपत्र बुधबार बुझाएपछि भने ।
२०७९ साल फागुन २७ र २८ गते सम्पन्न राष्ट्रिय भेलाले सर्बसम्मतिमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी कमल बमलाई संयोजक नियुक्त गरेको थियो । तर, १८ महिना बितिसक्दा पनि महाधिवेशनको गर्ने कुनै काम नभएको भन्ने विद्यार्थी नेताहरुले भनाइ छ ।
‘विद्यार्थी संगठन कुनै विधि विधानमा नचलेको, कुनै माईन्युट तथा दर्ता चलानी नभएको, संगठनको कुनै कार्यालय सञ्चालन सम्बन्धि सामान्य संरचना नभएको र कार्यदिशा समेत स्पष्ट नभएको अवस्था छ । संगठनप्रति सकारात्मक विद्यार्थीहरुले सम्पर्क गर्ने ठाँउ र व्यक्ति नभएको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको छ,’ मागपत्रमा भनिएको छ ।
विद्यार्थी संगठनका पूर्वसंयोजक बगाले, पूर्वसहसंयोजक एन्टीसंर्घष राई, कोषाध्यक्ष नर्गिस थापा, केन्द्रीय सदस्यहरु लगायत २८ विद्यार्थी नेताहरुले पार्टी अध्यक्षको नाममा पार्टी केन्द्रीय कार्यालयमा मागपत्र दिएका हुन् ।
बम राप्रविसं संयोजक नियुक्त भएदेखि एउटा पनि बैठक नभएको, महाधिवेशन आयोजक समिति समेत गठन हुन नसकेको भन्दै विद्यार्थी संगठनका प्रतिनिधिमण्डलले राप्रपा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।
लिङ्देनले विद्यार्थी नेताहरुलाई समय दिएअनुरुप झापाबाट राजधानी नफर्केकोमा पार्टी सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले पत्र बुझेका थिए ।
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नियुक्त भएका नयाँ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज पदबहाली गरेका छन् ।
चौध महिना प्रजिअको कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेका यस अघिका जितेन्द्र बस्नेतको विदाई र नयाँ प्रजिअ जयनारायण आचार्यको स्वागतसहितको पदबहाली भएको हो ।
प्रजिअ आचार्यले पद बहाली गर्दै काठमाडौंको शान्ति सुरक्षाको सन्दर्भमा सबै पक्षको सल्लाह र सहयोगले मात्र सम्भव रहेको बताएका छन् । उनले आफू सबैसँग हातेमालो गरेर अगाडि बढ्ने समेत बताए ।
उनले शान्ति सुरक्षा सुदृढ बनाउने, सुशासन कायम गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने विषय आफ्नो उच्च प्राथमिकतमा रहेकोसमेत बताएका छन् । सो कार्यक्रममा निवर्तमान प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र हयाण्डओभर नोट नयाँ प्रजिअ आचार्यलाई हस्तान्तरण गरेका छन् ।
कुशल प्रशासक हुन काठमाडौंका नयाँ सिडिओ आचार्य
काठमाडौं जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एक कुशल प्रशासका रुपमा परिचिति छन् । उनी २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । उनी त्यहाँ कार्यरत रहदा देखिनै कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।
उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । २०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाउदै आफुलाई परिचति गराउदै आएका छन् ।
उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे नेपाल फर्किए । अध्ययनपछि नेपाल फर्केर उनले फेरि प्रधानमन्त्री कार्यालयमा नै उपसचिवको रुपमा खटिएका थिए ।
उनी राष्ट्रिय योजना आयोगमा २०७१ सालमा सहसचिव बनेर पोष्टिङ भए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।
आचार्य पहिलो पटक दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ सालमा पोष्टिङ भए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो प्रशासनिक अब्बलता कायम गरेका व्यक्तित्व हुन् ।
२०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कर्णालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।
गृहकै क्याडरका रुपमा परिचित आचार्य जिल्ला प्रशासन काठमाडौंमा आउदा उनको सेवा प्रवाहमा चुस्तता आउने विश्वास छ ।
नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।
आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आईपुगेको उनले बताउने गरेका छन् । उनले भन्ने गरेका छन् – म मेरो कार्यकक्षमा कहिले पनि ढोका लगाउदिन । सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस् ।
सादा जीवन उच्च बिचारका धनी प्रजिअ आचार्य चाडपर्व नजिकै आइरहेको बेलामा जिम्मेवारी समाल्ने अवसर प्राप्त भएकाले पहिलो प्राथमिकतामा कालाबजारीलाई नियन्त्रण गराउन भुमिका खेल्नुपर्ने हुन्छ जिप्रकाका एक कर्मचारीले सम्पत्ति न्यूजलाई बताए ।
काठमाडौँ । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि ड्रग्सको नशाका सुरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।
मेयर बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले प्रतिवाद गरेका हुन् ।
अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।
बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईँ काठमाडौँको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईँलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौँ खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’
तपाईँको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो १ आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २स्३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ