अमेरिकाले गर्यो डीभी रद्द गर्ने निर्णय

काठमाडौं । भोलिदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा -डीभी_ र गैर–आवासीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

नोबोल कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिएपछि त्यसको रोकथामका लागि यस्तो निर्ण लिनु परेको अमेरिकी दूतावासले जनाएको छ।

‘हामी जति सक्दो चाँडो नियमित भिसा सेवाहरू सुचारु गर्नेछौँ’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘तर अहिले कुनै खास मिति तोक्न भने सक्दैनौँ।’ यसअघि बुझाएको मेसिन रिडेबल भिसा (एमआरभी) शुल्क भने एक वर्षसम्मका लागि मान्य हुने दूतावासले जनाएको छ। ‘शुल्क बुझाएको एक वर्षभित्र जुन देशको लागि खरिद गरेको हो उक्त देशको लागि भिसा आवेदन दिनलाई प्रयोग गर्न सकिन्छ’, दूतावासले बताएको छ।

कुनै आपतकालीन अवस्था भए तत्काल दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

कलंकी–कोटेश्वर सडकमा नियम उल्लंघन गर्नेलाई १५ सय जरिवाना

काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्डमा ट्राफिक नियम उल्लंघन गर्नेलाई १५ सय जरिवाना गर्ने गरी नयाँ नियम लागू गरिएको छ । आइतबारबाट यो सडक खण्डमा चल्ने यात्रु तथा मालबाहक सवारीसाधनलाई बायाँ सर्भिस लेनबाट र तीव्र गतिमा हुँइकिने निजी तथा साना सवारीलाई दाहिने लेनबाट गुड्ने गरी नयाँ नियम लागू गरिएको हो ।

उप्त्यकाका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल (काठमाडौं), भागिरथ पाण्डे (ललितपु) र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले संयुक्तरूपमा एक कार्यक्रमकाबिच संयुक्त रुपमा रिवन काटेर नयाँ नियम सुरु गरेका हुन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोग सम्बन्धी सबै स्थानीय तहलगायत अन्य सरोकारवाला निकायलाई जिम्मेवारपूर्ण नियम पालना गर्न ट्राफिक प्रहरी खट्टाइएको बताए ।नियम नमान्ने सवारीसाधनलाई प्रहरीले एक हजार पाँचसयसम्म जरिवाना गर्न सक्नेछ ।

बरामद गरिएका मास्क साझा पसलबाट बेच्ने तयारी

काठमाडौं । राजधानीको सतुंगलमा कालोेबजारी गर्ने व्यवसायिहरुले लुकाएर राखेका मास्कहरु बरामद गरेपछि साझा औषधि पसलबाट बेच्ने तयारी गरिएको छ । बजारमा कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढेको विषयलाई मध्यनजर गर्दै सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको हो ।

बजारमा मास्कमा कालोबजारी हुन थालेपछि ४,५ रुपैयाँमा पाइने मास्कलाई केही व्यवसायिहरुले ५० रुपैयाँसम्म लिन थालेको घटना बाहिरिन थालेका छन् । यसरी कालोबजारी बढेपछि प्रहरीले सर्च अपरेसन नै चलाएर मास्क बरामद गरिरहेको छ ।

यसरी कालोबजारीका क्रममा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइने र मुद्दाको टुंगो लागिसकेपछि मात्रै जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख भएकाले बरामद गरिएका मास्कहरु बेच्न कानुनी समस्या देखिएको छ ।

तर महान्यायाधिवक्ता अग्नि खरेलले भने प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायतलाई बोलाएर बरामद भएका मास्क तत्काल बजारमा पठाउने उपायबारे छलफल थालेका छन् ।

स्रोतका अनुसार महान्यायाधिवक्ता खरेलले कालोबजारी गरेको अभियोग लागेका व्यापारीलाई अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । यससँगै राजधानीका विभिन्न स्थानमा बरामद गरिएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने बाटो खुलेको हो ।

प्रहरीले चैत्र २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो भने विष्णुमति पुल नजिकैको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको छ । लुकाइएका मास्क खोजी कार्यमा प्रहरी युद्दस्तरमा लागिरहेको बताइएको छ ।

नेता रावलले गरे ‘राजनीतिक हिंसा र माओवादी विद्रोह’ मा विद्यावारिधी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी पूरा गर्नुभएको छ ।

अछाम जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने रावलले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगको विषयमा केन्द्रित रहेर विद्यावारिधी गर्नुभएको हो ।

विद्यावारिधी पूरा गर्नुभएपछि रावलले नेपालमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ भन्नेबारे आफूले गहिरो अनुसन्धान गरेको सञ्चारमाध्यामहरुलाई बताएका छन् । उहाँले भन्नुभएको छ, ‘राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न राजनीतिक हिंसालाई कति क्रुरतासम्म लैजान सक्छन भनेर मैले अध्ययन गरेको छु,’ ‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्र निकै क्रुर भएको देखिन्छ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता समेत रहनुभएका रावलले आफ्नो थेसिसमा तत्कालीन माओवादी नेताहरुले पछिल्लो समय राजनीतिको पूरै ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आएको निष्कर्ष निकाल्नुभएको छ । नेकपामा रावल एक अध्ययनशील तथा वैचारिक नेताका रुपमा चिनिनु हुन्छ । पछिल्लो समय नेता रावल राष्ट्रियताका सवालहरुलाई निकै गम्भीर ढंगले उठाउँदै आउनुभएको छ ।

कोरोना संक्रमणपछि मेयरको मृत्यु

पछिल्लो समय विश्वभर फैलिइरहेको कोरोना भाइरसको कारण इटालीका एक मेयरको मृत्यु भएको छ । उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

विश्वमा चीनपछि सबैभन्दा बढी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २४ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

बजारमा कालोबजारीको बिगबिगी, सतुंगलबाट ६ लाख थान मास्क बरामद

काठमाडौं । प्रहरीले राजधानीको सतुंगलबाट ६ लाख थानभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १० विष्णुदेवी नजिकैको एक गोदामबाट प्रहरीले मास्क बरामद गरेको हो ।

शनिबार यता मात्रै प्रहरीले काठमाडौंबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिसकेको छ । यसअघि कपनबाट पनि १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबार साँझ सतुंगलको एक घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि प्रशासनले सिलबन्दी गरेको थियो । सिलबन्दी गरिएका बोराहरु सोमबार बिहान खोल्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क भेटिएको हो ।

सतुंगलमा प्रहरीले लुकाइएको मास्क नियन्त्रणमा लिने क्रममा व्यवसायीहरु ३४ वर्षीय सुरज गोयल र भारतको राजस्थानका २७ वर्षीय सुवास महेश्वरीलाई पक्राउ गरेको छ । सतुंगलमा मास्क लुकाएर राख्नेहरुको सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बजारमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै मास्क र सेनिटाइजरको अभाव बढेको छ भने कालोबजारीका कारण कृत्रिम अभाव सिर्जना गर्नेहरुको बिगबिगि पनि बढेको छ । योसँगै सरकारले आफ्ना सयन्त्रहरुलाई पनि बजार अनुगमनमा सक्रियताका साथ परिचालन गरेको बताएको छ ।

एकैपटक २६ सीडीओको सरुवा

गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेको छ । फागुन ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् ।

सरुवा हुनेहरुमा प्रदिप राज कंडेल , नारायण प्रसाद भट्ट ,,दिपक राज नेपाल , ज्ञान प्रसाद ढकाल, कोषहरि निरौला, केशवप्रसाद बिमली, पुष्यविक्रम पौडेल, वासुदेव दाहाल, योगेन्द्र पाण्डे, अर्जनुकुमार शर्मा, भरतकुमार शर्मा, रुद्रप्रसाद पण्डित, बद्रीनाथ अधिकारी लगायत रहेका छन् ।

कोरोना विरुद्ध सार्क राष्ट्रहरु एकजुट

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका राष्ट्र प्रमुखर तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित भिडियो सम्मेलनमा कोरोना संक्रमणबाट यस क्षेत्रका मानिसहरुको सुरक्षा गर्ने तथा आर्थिक क्षेत्रमा पर्ने असर कम गर्ने विषयमा छलफल भएको छ ।

सार्क क्षेत्रका आठ वटै राष्ट्र सहभागी भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाईरस विरुद्ध लड्नका लागि एउटा साझा कोष स्थापना गर्न प्रस्ताव गरेका छन् । उक्त कोषमा भारतले १ करोड डलर राख्ने भन्दै मोदीले यस्ताखाले अरु समस्याहरुसंग जुध्न पनि कोष काम लाग्ने उल्लेख गरे ।

मोदीले कोरोनाका कारण यस क्षेत्रको आर्थिक क्षेत्रमा पर्ने असरलाई कसरी न्युन गर्ने भन्ने विषयमा पनि एकीकृत रुपमा काम गर्न प्रस्ताव गरे । भिडियो सम्मेलनलाई सम्बोधन गर्दै प्रधामन्त्री केपी ओलीले कोरोना भाइरस विरुद्ध नेपालले गरेको तयारीको सम्बन्धमा जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म एक जना शंकास्पद देखिएकोमा उनमा पनि कोरोना संक्रमण फेला नपरेको जानकारी दिए ।

रोगको जोखिमलाई ध्यान दिँदै तत्कालका लागि विदेशीहरुलाई अन अराइभल भिसा दिन बन्द गरेको, नेपाल भित्रने यात्रुलाई ‘सेल्फ क्वारेनटाइन’ मा राख्ने व्यवस्था मिलाएको र ‘स्क्रिनिङ’ सेवा उपलब्ध गराएको पनि प्रधानमन्त्री ओलीले बताए ।

यस्तै वैदेशिक रोजगारीमा जान रोकिएको, अस्पतालहरुमा आइसोलेसन वार्ड खडा गरेको, आईसीयु सेवा बढाएको पनि उनले उल्लेख गरे ।

त्यसैगरी श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षे, भुटानका प्रधानमन्त्री लोते छिरिङ, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, माल्दिभ्सका राष्ट्रपति ईब्राहिम मोहम्मद सोलिहले कोरोना भाईरसको संक्रमणबाट उत्पन्न हुनसक्ने संकटको मिलेर सामना गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरु सवैले साझा कोष बनाउने प्रस्तावको स्वागत समेत गरेका छन् । भिडियो सम्मेलनमा पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भएका थिए ।

‘राष्ट्रबैंक भित्रकै योग्य र सक्षम व्यक्ति नयाँ गर्भनर हुनुपर्छ’

नयाँ गर्भनरको नियुक्तिमा ढिलाई भइसकेको भन्दै कोइरालाले राष्ट्रबैंकको नयाँ गर्भनर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भन्दापनि राष्ट्रबैंकको नेतृत्व लिनसक्ने व्यक्तिलाई बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो । कोइरालाले भन्नुभयो ‘कार्यकर्ताजस्तो लगाएको काम मात्रै गर्ने नभई आफ्नै विवेकले नेतृत्व गर्न सक्ने व्यक्ति राष्ट्रबैंकमा आवश्यक छ ।’

काठमाडौं । पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा राष्ट्रबैंक भित्रकै योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताउनुभएको छ । नयाँ गर्भनरको नियुक्तिमा ढिलाई भइसकेको भन्दै कोइरालाले राष्ट्रबैंकको नयाा गर्भनर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भन्दापनि राष्ट्रबैंकको नेतृत्व लिनसक्ने व्यक्तिलाई बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो । कोइरालाले भन्नुभयो ‘कार्यकर्ताजस्तो लगाएको काम मात्रै गर्ने नभई आफ्नै विवेकले नेतृत्व गर्न सक्ने व्यक्ति राष्ट्रबैंकमा आवश्यक छ ।’ पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासबाट नेपाली अर्थतन्त्रलाई जोगाउन सक्ने कुशल नेतृत्व राष्ट्र बैंकका लागि आजको आवश्यकता हो, उहाँले भन्नुभयो ।

राष्ट्रबैंकमा सरकारले आफ्नो विश्वासपात्र राख्न खोज्ने पछिल्लो परिस्थितिमा योग्य व्यक्ति चयन गरे राम्रो हुने र असक्षम व्यक्ति चयन गरे बैंकमा खराबी बढ्ने कोइरालाको भनाई छ । सरकारको आर्थिक नीति परिचालनको जिम्मेवारी सक्ने व्यक्ति नै गभर्नरका लागि योग्य हुने र यसतर्फ सरकारले ध्यान दिनेमा कोइरालाले विश्वास व्यक्ति गर्नुभयो ।

पहिले – पहिले नाम चलेका सक्षम व्यक्ति बैंकको गभर्नरमा आउने गरेको भएपनि पछिल्लो समय राजनीतिकरण हाबी हुँदै आएको उहाँको भनाइ छ । राणाले नेपाल राष्ट्र बैंकको भावी गर्भनरमा निजी क्षेत्र र अर्थशास्त्रको राम्रो ज्ञान भएको, कर्मचारी र ट्रेड यूनियनहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने, अन्तराष्ट्रिय अर्थतन्त्रको ज्ञान भएको व्यक्ति मात्रे राष्ट्र बै.कको गर्भनरका लागि उपयुक्त हुने धारणा राख्नुभयो ।

सञ्चार केन्द्र नेपालको आयोजनामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्र बैंककमा प्रथम गर्भनर हिमालय शमशेर राणाले राष्ट्र बैंकको राम्रो जग बसिसकेकाले जस्तो व्यक्ति आएपनि बेंक निश्चित पद्धती र प्रणालीबाट चलिरहेको र कमिटीबाट निर्णय हुने प्रणालीका कारण सममस्या नहुने बताउनुभएको छ । पहिले – पहिले नाम चलेका सक्षम व्यक्ति बैंकको गभर्नरमा आउने गरेको भएपनि पछिल्लो समय राजनीतिकरण हाबी हुँदै आएको उहाँको भनाइ छ । राणाले नेपाल राष्ट्र बैंकको भावी गर्भनरमा निजी क्षेत्र र अर्थशास्त्रको राम्रो ज्ञान भएको, कर्मचारी र ट्रेड यूनियनहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने, अन्तराष्ट्रिय अर्थतन्त्रको ज्ञान भएको व्यक्ति मात्रे राष्ट्र बैंकको गर्भनरका लागि उपयुक्त हुने धारणा राख्नुभयो ।

पछिल्लो समय लगानीमेत्री वातावरण बनाउनुपर्ने, कृषि , जलविद्युत र पर्यटन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने सवालमा राष्ट्रबै.कले विशेष जोड गर्नुपर्नेमा राणाले जोड दिनु्भयो ।

सञ्चार केन्द्र नेपालको आयोजना आइतबार भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्र बैंककमा प्रथम गभर्नर हिमालय शमशेर राणाले राष्ट्र बैंकको राम्रो जग बसिसकेकाले जस्तो व्यक्ति आएपनि बेंक निश्चित पद्धती र प्रणालीबाट चलिरहेको र कमिटीबाट निर्णय हुने प्रणालीका कारण सममस्या नहुने बताउनुभएको छ । पहिले – पहिले नाम चलेका सक्षम व्यक्ति बैंकको गभर्नरमा आउने गरेको भएपनि पछिल्लो समय राजनीतिकरण हाबी हुँदै आएको उहाँको भनाइ छ । राणाले नेपाल राष्ट्र बैंकको भावी गभर्नरमा निजी क्षेत्र र अर्थशास्त्रको राम्रो ज्ञान भएको, कर्मचारी र ट्रेड यूनियनहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने, अन्तराष्ट्रिय अर्थतन्त्रको ज्ञान भएको व्यक्ति मात्र राष्ट्र बैंकको गभर्नर बनाउनुपर्ने र बैंक भित्रकै व्यक्ति बनाउँदा पनि आपत्ति नहुने धारणा राख्नुभयो ।

पछिल्लो समय लगानीमैत्री वातावरण बनाउनुपर्ने, कृषि , जलविद्युत र पर्यटन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने सवालमा राष्ट्रर्बैकले विशेष जोड गर्नुपर्नेमा राणाले जोड दिनुभयो ।

कार्यक्रममा कृषि विकास बैंककका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले प्रणालीगत जोखिमबाट बैंकलाई मुक्त गर्नुपर्ने, बैंक भित्रको संरचनागत समस्याको मनोविज्ञानलाई कठोरताका साथ नियन्त्रण गर्नुपर्ने र बैंकको स्वायत्तता र स्वतन्त्रतालाई ख्याल गर्नुपर्ने र सरकार तथा दाताहरुलाई समन्वय गर्न सक्ने व्यक्ति राष्ट्र बैंकलाई आवश्यक पर्ने बताउनुभयो ।

त्यसैगरी, अर्का वक्ता राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहले राष्ट्र बैंक विशिष्टिकृत बैंकिङ्ग प्रणालीमा जानुपर्ने, बैंकिङ्ग क्षेत्रमा बढेको माफियाहरुको चलखेल रोक्नुपर्ने, उद्योग तथा कलकारखानाहरुलाई आवश्यकताबमोजिमको पूंजी परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।
‘मुलुककका सबै स्थानीय तहमा बैंकका शाखाहरु स्थापना भएपनि कार्यसञ्चालन भने भद्रगोल अवस्थामा रहेको छ । यसलाई मिलाउने चुनौती नयाँ गभर्नरको काँधमा छ’, उहाँले भन्नुभयो ।
बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले आर्थिक विकासका लागि देशैभरीका सबै बैंकहरुलाई राम्रो अभिभावकको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक विनोद गुरागाइले राष्ट्र बैंकले अझैपनि नागरिकको खल्तीमा भएको पैसा सार्वजनिक सहभागिताका माध्यमबाट पहिल्याउन नसकेको उल्लेख गर्दै लगानीका नयाँ क्षेत्र खोज्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजोपीडित बैतडीका पत्रकार महेश अवस्थीलाई उपचार वापत प्रशासक पार्वती शर्माले उपलब्ध गराएको ५ हजार रुपैया सहयोग पत्रकार टंक पन्तमार्फत प्रदान गरियो ।

जीता बराल दोषी भए हामी आफैं मुद्दा हाल्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं ।
नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो रु भन्नेबारे प्रहरी प्रशासनले अनुसन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको अयोजना गरेर शाहीले नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी बराल आफूहरुको अभियानकी जिम्मेवार व्यक्ति भएको उल्लेख गर्दै उनीमाथि लागेको आरोप सत्य प्रमाणित भए कारबाहीको लागि आफूहरुले नै मुद्दा दर्ता गराउने पनि
स्पष्ट पारे ।

उक्त प्रकरणमा देखिएको फेसबुक मेसेन्जरको संवाद पनि ‘फेक–आइडी’ बाट भएको शाहीको स्पष्टोक्ति थियो । ‘फेक–आईडी’ बनाएर घुस लिने व्यक्ति पश्कल रोकायलाई छानबिन गरी तत्काल कानूनी कारवाही हुनुपर्ने भन्दै यसबारेमा पनि उनले सरकारको ध्यानाकार्षण गराए ।

६० अर्बको एनसेल काण्ड र नागरिकता बेचबिखन गर्ने समूहलाई समेत आफूहरुले यसअघिनै पर्दाफास गराईसकेको बताउँदै शाहीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दा र आवाज उठाउँदा आफूमाथि तीनपटक भौतिक हमलासमेत भएको स्मरण गराएका छन् । सरकारले च्याउ फलाएजस्तै भ्रष्टाचारविरोधी अभियानमा विभिन्न संगठन खडा गरेर सरकारले ब्रम्हलुट मचाएको समेत उनको आरोप छ ।

यो प्रकरणमा जीता बरालको नाममा नक्कली फेशबुक आईडी बनाएर यस्तो प्रपञ्च रच्ने पास्कल रोकाया नामका व्यक्तिले धेरै अघिदेखि ठगी गर्दै आएकोसमेत शाहीले खुलासा गरे । ‘प्रहरीले तत्कालै उनलाई कारवाही नगरे हामी आफ्ै ठगी गर्ने व्यक्ति रोकायालाई समातेर प्रहरीसमक्ष लैजान्छौं ।’–शाहीको उद्घोष थियो ।

त्यसैगरी कार्यक्रममा यो प्रकरणमा नाम मुछिएकी जीता बराल जो नर्सिङ काउन्सिलकी बोर्ड मेम्बरसमेत हुन उनले आफ्नो नामबाट ‘फेक–आईडी’ बनाएर पास्कल रोकायाले घुस मागेको प्रष्टीकरण दिएकी छिन् । यो प्रकरणमा आफ्नो नाम जोडेर गलत खबर छाप्ने ‘कर्णालीखबर’ पत्रिकालाई समेत कारबाही हुनुपर्ने उनको माग छ । उनकाअनुसार उक्त अनलाईन पत्रिका पनि रोकायको नाममा रहेको खुल्न आएको छ ।

उनले रोकाया नेकपाको कार्यकर्ता रहेको र सम्पूर्ण ठूलो निकायमा पहुँच रहेको भन्दै नर्सिङ पेशामा संलग्न रहेकी चेलीबेटीसंग घुससमेत लिएको उनले स्पष्ट पारिन् । त्यसैगरी कार्यक्रममा पीडित नर्स आफूले फेसबुकमा रहेको सिटिइभिटीको ग्रुपमार्फत रोकायासित कुराकानी भएको स्पष्ट पारेकी थिईन् ।

नेपाल नर्सिङको रिजल्ट अगाडि नै रोकायसँग आफ्नो कुरा भएको उनले बताईन् । नेपाल नर्सिङ काउन्सिलमा पास गराउन चार्ज लाग्छ र तिमीले ७० हजार दिनुपर्छ भन्दै रोकायाले घुस मागेको उनको गम्भिर आरोप छ । यसो नगरे रोकायाले नर्सिङ काउन्सिलको डकुमेन्टलाई रद्द गराईदिन्छु भन्दै धम्कीसमेत दिएको उनले बतईन् ।

घुस रकम दिन नमानेपछि आफ्नो तस्बिर र गलत खबर लेखेर चरित्र हत्या गर्न खोजेको पनि ती पिडित नर्सको गुनासो थियो । ‘यस्ता प्रकारका गतिविधि गर्ने व्यक्तिलाई जतिसक्दो चाँडै कानूनकोदायरामा ल्याई कारवाही गर्नुपर्ने उनको माग थियो ।

महावाणिज्यदूत भएकै बखत सचिवमा बढुवा भएका अर्यालको कलकत्तामा सानदार बिदाइ

काठमाडौं । नेपाल सरकारले सचिवमा भर्खरै बढुवा गरेका कलकत्ताका लागि निवर्तमान नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई कलकत्ताबाट बिदाइ गरिएको छ । अर्यालले कलकत्तामा कार्यरत हुँदा उत्कृष्ट कूटनीतिज्ञको रुपमा काम गरेको भन्दै एक कूटनीतिक समारोहका बिच बिदाइ गरिएको हो ।

सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उहाँ महावाणिज्य दूतावासबाट बिदा हुनुभएको हो ।

अर्यालले आफ्नो कार्यकालमा नेपाल भारत पारवहन तथा व्यापार प्रवर्द्धनमा द्रूत, पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धति बसाउनुभएको थियो । उहाँका यस्ता कामबाट प्रभावित भएका त्यहाँका उद्योगी तथा व्यवसायीले प्रशंसा गरेका छन् ।

महावाणिज्यदूत नियुक्त हुनुअघि उहाँले काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा भुकम्पको बेला काठमाडौं मात्रै नभई देशैभरिका भुकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समन्वय गरी नागरिक हितमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

भुकम्पका बेला प्रहरी प्रशासनसँगको समन्वय, खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको उपलब्धता, कर्मचारी परिचालन, नागरिकको स्वास्थ्य तथा उपचारको समन्वयलगायतमा उहाँको विशेष भुमिका रहेको थियो ।

त्यसैगरी मकवानपुरमा प्रजिअ हुँदा उहाँकै हातबाट चेपाङ वस्तीमा पहिलोपटक नागरिकता वितरण गरिएको थियो । यस्ता कयौं कुशल कामका कारण नेपालको निजामती कर्मचारीको क्षेत्रमा अर्याल उत्कृष्ट राष्ट्रसेवकको रुपमा चिनिनुहुन्छ ।

सेवाका क्रममा राष्ट्र र नागरिकप्रति बफादार भएकै कारण अर्याललाई सरकारले सचिव पदमा बढुवा गरी काठमाडौं महानगरपालिकामा पदस्थापना गरेको छ । गृह प्रशासनको समेत गहिरो अनुभव भएका अर्याललाई काठमाडौ‌ महानगरपालिकामा पदस्थापनाले महानगरपालिका सुध्रिने अपेक्षा धेरैले गरेको भएपनि उहाँका लागि अनुभवको हिसाबले उपयुक्त जिम्मेवारी भएन की भन्ने कर्मचारीतन्त्रका केही विज्ञहरुको विश्लेषण छ ।

पूर्व सभासद अग्रवालको निधनमा पूर्व प्रधानमन्त्री नेपालद्वारा निवासमै पुगेर शोक व्यक्त

काठमाडौं । वरिष्ठ समाजसेवी तथा तत्कालीन पहिलो संविधानसभाका सभासद प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवालको निधन भएको छ । ७५ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका अग्रवाललाई पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ । शुक्रबार साँझ ११.१५ मा दिवंगत हुनुभएका अग्रवालको निवासमै पुगेर नेता नेपालले श्रद्दाञ्जली दिनुभएको हो ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका अग्रवाल जीवनको लामो समय विभिन्न खोज तथा अनुसन्धानमा सक्रिय रहनुभएको थियो । खासगरी कृषि तथा जीव विज्ञानको क्षेत्रमा खोज तथा अनुसन्धानमा सक्रिय रहनुभएका अग्रवालले विभिन्न विषयको अध्यापन गराइने युािभर्सल, काठमाडौं महिला विश्वविद्यालय र महर्षी वाल्मिकी क्याम्पसको (रौतहट, गौर) स्थापना गर्नुभएको थियो ।

समाजसेवा र शिक्षा क्षेत्रका अलवा अग्रवाल राजनीतिमा पनि उक्तिकै सक्रिय हुनुहुन्थ्यो । नेकपाका वरिष्ठ नेता नेपालको सामिप्यतामा रहेर उहाँ वामपन्थी राजनीतिमा जोडिएको पाइन्छ ।

पूर्व सभासद अग्रवालको निधनपछि वरिष्ठ नेता नेपालसहित संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का, नेकपा नेता नागेन्द्र चौधरी, सांसद सरला यादव तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाइँ लगायतले उहाँको सानेपास्थित निवासमै पुगेर श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ । नेता नेपालले शोकाकुल परिवाजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

पारिवारिक श्रोतका अनुसार शनिबार दिउँसो १ बजे अग्रवालको पार्थिव शरीरलाई उहाँका छोराहरु मनोज र दिलिप अग्रवालले दागबत्ती दिएका छन् । अग्रवालका दुई छोरा, एक छोरी राधा र श्रीमती छन् ।

अग्रवालको निधनपछि उहाँलाई श्रद्दाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता, सांसद, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु पशुपति आर्यघाट पुगेका छन् ।

भावी गभर्नर शिवाकोटीका यस्ता छन् योजना

चिन्तामणी शिवाकोटी, डेपुटी गर्भनर नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकमा ३२ वर्ष सेवा पूरा गर्नुभएका चिन्तामणी शिवाकोटी तल्लोतहबाट सेवा प्रवेश गरी नेतृत्व तहमा पुग्नुभएका व्यक्तित्व हुनुहुन्छ । विगत ४ वर्षदेखि डेपुटी गर्भनरको भुमिकामा रहनुभएका शिवाकोटी आगामी राष्ट्र बैंकको गर्भनरका लागि बलियो प्रतिष्पर्धी देखिनुहुन्छ । खासगरी नेपालको वित्तिय क्षेत्रमा वित्तिय साक्षारताको अभियान शुरु गर्ने र बैंकहरुलाई आइटी मैत्री बनाउन विशेष भुमिका निर्वाह गर्नुभएका शिवाकोटीले द्धन्द्धकालमा पश्चिम नेपालका २४ जिल्लाको कुशल नेतृत्वसमेत गर्नुभएको थियो । पछिल्लो पटक बैंकहरुबिच मर्जरको नयाँ व्यवस्था गर्नमा समेत मुख्य भूमिका निर्वाह गर्नुभएका सिवाकोटीसँग सम्पत्ति न्यूजले गरेको संक्षिप्त कुराकानी ।

तपाइँले ४ वर्षसम्म राष्ट्र बैंकको डेपुटी गर्भनरको रुपमा काम गरिसक्नुभएको छ । यो बिचमा तपाइँको सक्रियतामा कस्ता–कस्ता कामहरु सम्पन्न भए ?
चार वर्षको अवधिमा मैले डिपुटी गर्भनरको रुपमा काम गर्दा निकै सन्तुष्ट छु । यो अवधिमा नेपाल फाइनान्सियल रिपोटिङ सिस्टम लागू गरायौं । त्यस्तै बैंकहरुमा रिसपेस सुपर भिजन लागू गराएका छौं । सम्पत्ति शुद्धिकरणका लागि बैंकहरुले पेस गर्नुपर्ने गोएमएमलको सफ्टवेयर नै लागू गरिएको छ । त्यस्तै आर्टिजियस अर्थात हाइ भ्याल्यू तुरुन्त को तुरुन्तै राफ साफ गर्ने प्रणाली पनि शुरु गरिएको छ । यस्ता विषयहरु लागू गर्ने क्रममा बैंक तथा वित्तिय संस्थामा उनीहरुको ठूलो मात्रामा रकम खर्च हुने, तयारी गर्न समय लाग्ने र सफ्टवेर खरिद गर्नुपर्ने र जनशक्ति नपुग्ने भनेर लागू नगर्न अनिच्छा र आनाकानी पनि भएको थियो । तथापी हामीले उहाँहरुलाई बुझाएर यसमा सफलता प्राप्त गरेका छौं ।

यसैगरी पछिल्लो समयमा हामीले एसआइएस सुपरभाइजरी इन्फरमेशन सिस्टम पनि लागू गरिसकेका छौं । यो चाहीँ कखगघ सबै वर्गका बैंकहरुमा लागू हुन्छ । यसअन्तर्गत हामीले मुलुकका सबैखाले बैंक तथा वित्तिय संस्थाहरुले एकैपटक राष्ट्र बैंकलाई पठाउने सूचनाहरु पठाउन मिल्नेगरी सफ्टवृेरको व्यवस्था गरिएको छ । उनीहरुले विदेशि विनिमय विभाग लगायतका विभिन्न निकायहरुलाई पठाउने डाटा फरक फरक हुने र त्यो असजिलाे हुने भएकाले त्यसलाई व्यवस्थित गर्न हामीले यो डिजाइन गरेका छौं ।

यो बैंकहरुले कसरी उपयोग गरिरहेका हुन्छन ? प्रक्रिया कस्तो हुन्छ यो सफ्टवेयर प्रयोगको ?
यसमा बैंक तथा वित्तिय संस्थाहरुको आफ्नै एक्सिस पनि हुन्छ । त्यो एक्सिस प्रयोग गरेर उनीहरुले यसलाई उपयोग गर्दछन् । त्यसमा एक्सिस हुने भएपछि उनीहरुले हामीले मागेको डाटाहरु त्यहाँ उपलब्ध गराउँछन् । अनि राष्ट्र बैंकसँग पनि त्यसको एक्सिस भइरहने हुनाले बैंकहरुले पठाएको डाटा प्राप्त गर्ने गरिन्छ ।

मैले मेरो यो राष्ट्रबैंकसँगको लामो यात्रामा ननअफिसर लेवल, अधिकृतस्तर, उच्च अधिकृतस्तरमा रहेर करिब ३२ वर्ष काम गरेँ । यो अवधिमा मैले केही रिटायर्ड भइसकेका र ३० वर्षदेखि पनि काम गरिरहेका साथिहरु सबैसँग मिलेर काम गरेको छु । यो सबै आजसम्मको अनुभवबाट म के भन्न सक्छु भने म राष्ट्र बैंकका सबै विषयसँग साक्षात्कार गरेको जानकारी भएको व्यक्ति हुँ ।

तपाइँको यो ४ वर्षे कार्यकालमा राष्ट्र बैंकको व्यापारको निरन्तरता कस्तो रह्यो ?
म डेपुटी गर्भनर भइरहँदा भर्खरै भुकम्प गएको थियो । त्यो भन्दा अघि म मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा काम गरिहेको थिएा । त्यतिबेला भुइँचालो आएको बेलामा कसरी बैंकिङ व्यवसायलाई निरन्तरता दिने भन्ने अवस्था हुँदाहुँदै पनि पार गर्न सफल भयौं । फलस्वरुप आजको अवस्थामा यो राम्रै भइरहेको छ । अहिलेपनि हामी ४/५ ठाउँमा राष्ट्र बैंकको नाममा घरहरु भाडामा लिएर कार्यालय चलाइरहेको अवस्था छ ।

तपाइँ आफै संलग्न भएर मुख्य के के कामहरु भए यो बिचमा ?
यो बिचमा मेरो काँधमा थापाथली र बालुवाटारमा बैंकका ठूलो बजेटको लगानीका भवनहरु निर्माण गनुपर्ने चुनौतीको सामना गर्नुपर्यो । शुरूमा यी भवन राष्ट्र बैंकले जिम्मा लिने की नलिने भन्ने कुरा थियो । तर यो निर्माणको उच्चस्तरीय समितिको अध्यक्षता पनि मैले गरेको छु । जुन कार्य अथक प्रयासका साथ अगाडी बढाइएको थियो । यसमा पुरातत्वको मापदण्ड अनुसार काम गर्नुपर्ने चुनौतीपूर्ण काम थियो । अहिले थापाथलीमा केही काम गर्न मात्र बाँकी छ र बालुवाटारको भवनमा पनि चौथो तला निर्माणमा जुटिरहेका छौं ।

तपाइँ यो जिम्मेवारी आएपछि राष्ट्र बैंकले गरेका मुख्य कामहरु के के हुन ?
यही बिचमा एउटा इन्फस्ट्रक्चर र डेबलपमेन्ट बैंक स्थापना गर्यौं र सबैभन्दा ठूलो कुरो त यो बिचमा हामीले पुग्दै, पुग्दैन भनेको पुँजी २ अर्बबाट ८ अर्ब बनाएर सबै बैंंकहरुमा पुगेको अवस्था छ । केही जिल्ला स्तरका ससाना बाहेक सबै फाइनान्स, वित्तिय कम्पनीहरुलाई बैंकको पुँजी वृद्धी कार्यक्रममा जोड्न सफल भएका छौं । यहीबीचमा यो मर्जरको कार्यलाई पनि दु्रतताका साथ अगाडी बढायौं । जसअन्तर्गत १८५ वटा संस्थालाई मर्ज गरेर जम्मा ४१ वटा संस्थमा कायम गर्न सफल भएका छौं । १४० ४५ वटा संस्था बैंकिङ प्रणाली बाट नै हटाइएका छन् ।

हाल राष्ट्र बैंकको वित्तिय पहुँच कसरी बढेको छ ?
यो बिचमा वित्तिय पहुँच अत्यन्तै राम्ररी विस्तार भएको छ । ४/५ वर्ष अगाडी २ करोड भइरहेको खाता संख्या अहिले ३ करोडको हाराहारीमा पुगेको छ । खाता खोल्ने प्रवृत्तिमा सुधार आएको छ । आज ६० प्रतिशत नेपाली जनताहरुलाई बैंकसँग जोड्न सकिएको छ । क्रियाशील नरहेका खाताहरु बन्द गरिएका छन् । सहकारी र माइक्रोफाइनान्स बाहेक ६० प्रतिशतभन्दा बढी जनताहरुको बैंकसँग एक्सिस पुगेको छ । यो पनि यसैमा गणना गर्ने हो भने अझै ७०/८० प्रतिशत मानिसहरु बैंकमा कारोबार गर्न थालेका छन् ।

तपाइँहरुकै कार्यकालमा मुलुकमा ठूल– ठूला परिवर्तनहरु पनि भए, तिनले चाहीँ बैंकिङ क्रियाकलापलाई कत्तिको प्रभाव पारे ?
हो, हाम्रै कार्यकालमा मुलुकमा ठूला ठूला परिवर्तनहरु भए । संघीयता आयो । मुलुक ७५३ स्थानीय तहमा विभक्त भयो । ती सबै स्थानमा कमर्शियल बैंक हुनैपर्ने बाध्यात्मक व्यवस्था हामीले गरेका थियौं । जतिबेला देशैभरी २९७ स्थानमा मात्रै बैंकहरु थिए । आज ७४५ स्थानमा कमर्शियल बैंक स्थापना भइसकेको छ । बाँकी ८ स्थानमा चाँडै स्थापना गर्ने तयारी भइरहेको छ ।

४/५ वर्ष अगाडी २ करोड भइरहेको खाता संख्या अहिले ३ करोडको हाराहारीमा पुगेको छ । खाता खोल्ने प्रवृत्तिमा सुधार आएको छ । आज ६० प्रतिशत नेपाली जनताहरुलाई बैंकसँग जोड्न सकिएको छ । क्रियाशील नरहेका खाताहरु बन्द गरिएका छन् । सहकारी र माइक्रोफाइनान्स बाहेक ६० प्रतिशतभन्दा बढी जनताहरुको बैंकसँग एक्सिस पुगेको छ । यो पनि यसैमा गणना गर्ने हो भने अझै ७०/८० प्रतिशत मानिसहरु बैंकमा कारोबार गर्न थालेका छन् ।

खासगरी यहाँको राष्ट्रबैंकमा प्रवेशपछि नै यसले तिव्रता पाएको डिजिटल बैंकिङमा कत्तिको सुधार भएको छ ?
९१ लाख मानिसहरुको आज मोबाइल बैंकिङमा पहुँच विस्तार गरिएको छ । ९ लाख मानिसहरुको आज इन्टरनेट बैंकिङमा पहुँच छ । ६८ लाख मानिसहरुसँग डेबिट कार्डको पहुँच छ । र १ लाख ६४ हजार मानिसहरु क्रेडिट कार्डका पूयोगकर्ताहरु भएको अवस्था छ । अब एबिबिएस बैंकिङ,एटिएम कार्डहरुको प्रचारप्रसार भएको छ । डिजिटल बैंकिङतर्फ क्रमश हामी अघि बढीरहेका छौं । यहि बिचमा विद्युतिय कारोबार ऐन पनि लागू गर्न सफल भएका छौं । त्यस्तै विदेशि विनिमयसँग सम्बन्धित एफडिआइका कुराहरु, सटहीका कुराहरुमा हामीले सहजिकरण गरेर बेंकको व्यापार बढाउने काम गरेका छौं ।

तर ब्याजदरको नियन्त्रण राष्ट्र बैंकले आशातित सफतता प्राप्त गर्न सकिरहेको छैन भनिन्छ, सत्यता के हो ?
हामीले ब्याजदरको नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गर्दै आइरहेका छौं । नेपाल सरकारको आर्थिक वृद्धिदर उच्च गर्ने नीतिलाई सफल पार्ने गरी सहयोग गरिरहेका छौं । यसै कारण सरकारले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको छ । मूल्यवृद्धिलाई हामीले ६ प्रतिशतको टार्गेट गरेको भएपनि थोरै माथि ६.४ मा कायम गरेका छौं । यसलाई नियन्त्रण गर्ने प्रयत्नमा हामी लागिरहेका छौं ।

मूल्यवृद्धिलाई हामीले ६ प्रतिशतको टार्गेट गरेको भएपनि थोरै माथि ६.४ मा कायम गरेका छौं । यसलाई नियन्त्रण गर्ने प्रयत्नमा हामी लागिरहेका छौं ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैले गर्भनर नभएको समयमा कायमुकायम गर्भनरको जिम्मेवारी निर्वाह गरेको छु । मैले कामका सन्दर्भमा विना विवाद, विना रोकटोक अर्थात निर्णय गर्दा नहिच्किचाइकन कार्य सम्पादन गरेका छु । आज मुलुकमा कसैको गोजीमा पैसाको अभाव हुनुपर्ने अवस्था देखिदैन । भुकम्प आएर थिलथिलो भएको मुलुकलाई सहजै अवतरण गराउन हामी सफल भएका छौं ।

तपाइँले राष्ट्र बैंकको डेपुटी गर्भनर हुनुभन्दा अगाडी बैंकिङ क्षेत्रमा कहाँ–कहाँ, के के भुमिका निर्वाह गर्नुभयो ?
त्यो भन्दा अघि म तपाईलाई के भन्न चाहान्छु भने भुकम्प गइरहेको बेला म मुद्रा व्यवस्थापन विभागको जिम्मेवारीमा थिएँ । देशभरी नोटहरुलाई चेक गर्नुपर्ने, काठमाडौका ठूला ठूला बैंकका पैसाहरुलाई स्थानान्तरण गर्नुपर्ने, त्यो पैसालाई बैंक तथा वित्तिय संस्थाहरुमा बुझाएर ७५ वटै जिल्लामा बैंकिङ कारोबार जारी राख्नुपर्नेजस्ता चुनौतिपूर्ण कामलाई सफलतापूवृक सम्पन्न गर्न सक्दा खुसीको अनुभव लिएको छु ।

त्यस्तै, मुलुकमा द्धन्द्धको चरम अवस्था भएको बेलामा नेपालगञ्जको कार्यालयमा थिएँ, जहाँबाट सुदूरपश्चिम र मध्यमश्चिमका २४ वटा जिल्ला को फण्ड व्यवस्थापन हेर्थें । त्यतिबेला १ जिल्लाबाट अर्को जिल्लामा जान अप्ठ्यारो भएको बेला २२ जिल्लामा पुगेर समस्या समाधान गरिएको थियो । चन्दा आतंक र हिंसा भइरहेका बेला समेत कार्य सम्पादन भयो । तपाइँका जहान परिवार टुहुरा हुन्छन भनेर पनि थ्रेट आउँथ्यो । हामी आत्तिएनौं । राष्ट्र बैंकको ढुकुटी बचाउने कसम पूरा ग¥र्यौं । शान्तिपुर्ण अवस्थामा आन्दोलनरत साथिहरुसँग समन्वय पनि गरिएको थियो ।

तपाइँले लघुवित्त विभागमा रहेर पनि काम गर्नुभएको छ । त्यहाँको अनुभव पनि सेयर गरिदिनु न ?
मैले लघुवित्त विभागमा लामो समय काम गर्दा खासगरी वित्तिय साक्षरताको लागि युएनसिडीएफ र यूएनसिडीसँगको सहकार्यमा हामीले काम गरेका थियौं । सहयोग राष्ट्र र दाताहरुको फण्ड योजनाबद्ध रुपमा सम्पन्न गरेका थियौं । त्यो प्रोजेक्टले वित्तिय साक्षारता र वित्तिय समावेसिकरणको लागि थुपै्र कामहरु गरेको छ । शुरु शुरुमा घाटामा गएका संस्थाहरुलाई हामीले सबसिटीको रुपमा बैंकहरुलाई उपलब्ध गराइदिएको कारणले धेरे विकट ठाउँहरुमा थुप्रै बैंकका शाखाहरु खोलाउन सफल भएका थियौं ।

आजको समयमा नेपालको वित्तिय साक्षरताको अवस्था कस्तो रहेको छ त ?
आजका दिनमा नेपालको वित्तिय साक्षरता अत्यन्तै सफलिभूत भइरहेको छ । हरेक क्षेत्रबाट माइक्रो फाइनान्स, सहकारी र बैंकहरुले यसलाई अझै बढाइरहेका छन् । यो हिजोका दिनमा राष्ट्र बैंकले वित्तिय अभिव्द्धी पहुँच आयोजनामार्फत थालेको कामको गति पनि हो । यसमा अन्य फाइनान्स, सहकारी तथा वित्तिय संस्थाहरुको पनि सहयोगले आज यो झन बढ्दैछ । यो सम्बन्धमा मैले एउटा पुस्तक पनि लेखेको थिएँ । राष्ट्र बैंकले प्रकाशन गरेको त्यो पुस्तकबाट हामीले वित्तिय साक्षरता अभिवृद्धी गराउने काम पनि गरेका थियौं्र । गाउँ गाउँमा वित्तिय साक्षरता विस्तार गरेको छ । त्यसैगरी हामीले यहि कार्यक्रमलाई विस्तार गर्न हास्यव्यंग्यात्मक ६ वटा टेलिशृंखला पनि निर्माण गरेका थियौं ।

तपाइँले राष्ट्र बैंकमा कुन कुन तहमा कस्तो कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
मैले मेरो यो राष्ट्रबैंकसँगको लामो यात्रामा ननअफिसर लेवल, अधिकृतस्तर, उच्च अधिकृतस्तरमा रहेर करिब ३२ वर्ष काम गरेँ । यो अवधिमा मैले केही रिटायर्ड भइसकेका र ३० वर्षदेखि पनि काम गरिरहेका साथिहरु सबैसँग मिलेर काम गरेको छु । यो सबै आजसम्मको अनुभवबाट म के भन्न सक्छु भने म राष्ट्र बैंकका सबै विषयसँग साक्षात्कार गरेको जानकारी भएको व्यक्ति हुँ । त्यसैले राष्ट्र बैंकका विगत र विद्यमान सबै कामको अनुभव छ ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेको ११औँ दिनमा प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएका हुन्। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको बिशेष बैठक बसेको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा उत्तम शर्माका अनुसार प्रधानमन्त्रीको पेटमा पाइप राखिएकाले तीन दिनमा पुनस् आउने गरी डिस्चार्ज गरिएको हो। तीन दिनपछि पुन: चेकजाँच गरेर पेटको पाइप निकाल्ने या राखिरहने निर्णय चिकित्सकहरुले लिने भएका छन्।

पूर्णस्वास्थ्य लाभपछि ओली डिस्चार्ज भएको शर्माले बताए। प्रधानमन्त्री ओलीको ११ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छन् ।

वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन् । तारा गाउँ, वाइडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने उनले बताए ।

वरिष्ठ नेता नेपालले विकास निर्माण लगायतका आयोजना बनाउँदा दीर्घकालीन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए । छोटो समयमा नै असफल देखिने योजना बनाइएको भन्दै उनले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे । लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाइएको एरोवृजको उदाहरण दिदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालीन सोच राख्न नसकिएको उनले बताए।

त्यस्तै वरिष्ठ नेता नेपालले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाई इन्धनको मूल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराए ।