नेपालमा ३ जना काेराेना संक्रमित निकाे भए: छैटौं कोरोना संक्रमितकाे अन्तिम रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालको दाेस्राे कोरोना संक्रमितकाे अन्तिम रिपोर्ट नेगेटिभ आएकाे छ ।

चैत २० गते संक्रमण पुष्टि भएकि बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको हाे।

” महिलाकाे अन्तिम रिपोर्ट नेगेटिभ आएकाले अब डिस्चार्ज गर्ने तयारी गरिएको छ ” जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले भने ।

वृद्धलाई काेराेना  संक्रमण पुष्टि भएपछि उनलाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट  नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी हुन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री केपी शर्मा अाेलिले काेराेना संक्रमितकाे डिस्चार्ज भएकाे कुरा फेसबुकमा पाेष्ट गर्दै उपचारमा आबद्ध सबैलाई धन्यबाद समेत दिनुभएकाे छ ।


काेराेना माहामारिकाे बीचमा हावाहुरी सहितकाे अशिना पानी: राैतहटकाे बाली र मुसहर बस्तीमा ठुलाे क्षति

रौतहट । शुक्रबार राैतहटमा ठुलाे हावा हुरि सहितकाे अशिना पानी परेकाे छ ।
शुक्रवार आएको याे हावाहुरी सहितको असिना पानीले जिल्लामा लगाइएका मकै बाली , जस्ताका र टायलका घरहरूमा ठूलो क्षती भएको छ।

जिल्लाकाे अल्टोकी, सिन्दुरेघारि , बल्लेरी , मलिनटोल, खौराहा, मरधर सहित बिश्रामपुर सम्मकाे हजारौं हेक्टर जमिनमा लगाइएकाे बालि पुर्ण रुपमा क्षति हुँदा किसानहरु चिन्तित भएका छ्न्।

चेतनगरका समाजसेवी श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई बताए अनुसार जिल्लाभरी नै ठुलाे मात्रामा क्षति भएको छ भने चन्द्रपुर 9 मा सबैभन्दा धेरै नै क्षती भएकाे छ ।

प्राप्त जानकारी अनुसार लगाइएका बालीहरु र फलेका आँप लिची लगायत का फलफूलमा समेत को ठूलो संख्यामा क्षती भएको छ। त्यस्तै मुसहर बस्तीका घरहरुमा पनि ठुलाे क्षति भएकाे छ । बस्तीमा दुकानि माझि,बिनाेद माझि,इनदल माझि झिमा माझि,प्रामोद माझिकाे घर हावाहुरीले पुर्णरुपमा भत्किएको छ ।

कोरोनाको त्रासमा घरमै बसिरहेका किसानहरूले आफुले बर्षभरी खान लगाएको बालि नष्ट हुँदा रौतहटका किसानहरु थप बिपत्तिको सामना गर्नुपरेको समाजसेवी श्रेष्ठ ले बताउनु भयाे ।
एक त काेराेनाकाे कारण खेतीमा निरन्तरता दिन नसक्दा कतिपय लगाउनु पर्ने बालि नलगायर जग्गा बाँझाे हुने अवस्थामा पुगेका छन् भने कतिपय बालि लगाएको ठाउँबाट भित्राउन नपाएर नाेक्सानि व्यहोर्नुपरेको याे अबस्थामा प्राकृति विपत्तिले झन थप विपत्ति र समस्या निम्ताएकाे छ । काेराेनाका कारण बाह्य अाम्दानि ठप्प भएर समस्या बेहाेरिरहेकाे बेला वर्षाै भरि खानुपर्ने बाली नाेक्सान हुँदा कीसानहरु थप चिन्तामा परेका छन् ।

खबर सँगै पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले शुक्रबार साझ आएको हावाहुरीका कारण बालिनाली र कतिपयका घरहरूमा समेत क्षती भएको खबरले आफू दुखित भएको बताउदै क्षती ब्यहोरेका सबैलाई राहतको ब्यबस्था गरिदिन समेत स्थानीय सरकार देखी सम्बन्धित निकायको ध्यानाकषिर्त गराउने बताउनु भएको छ।

हवाहुरीका कारण कति क्षतिभयो यकिन डाटाभने अझै आउन सकेको छैन। सबैको ध्यान यतिबेला कोरोना त्रासबाट कसरी जोगिने भन्ने मै भएकोले रौतहटका किसानलाई परेको यो थप बिपत्तिप्रती धेरैकाे ध्यान जान सकेकाे छैन । काेराेना सँगै राैतहटमा परेकाे याे थप विपत्ति माथि सम्बन्धि निकायकाे ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

आज मात्रै नेपालमा काेराेना संक्रमण: संक्रकाे संख्या ३० पुग्याे


काठमाडौं । नेपालमा आज एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन् ।
आज उदयपुरमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यी १४ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसबाट एकजना निकाे भएर घर फर्किसकेका छन् भने २९ जना उपचारमा नै छन् ।
बाग्लुङकि महिलामा पनि पछिल्लाे रिपोर्ट नेगेटिभ आएकाे छ ।

सहर पसेका र विदेशिएका युवालाई गाउँमै कृषि व्यावसायमा प्राेत्साहन गर्छाै : मेयर, रीतबहादुर थापा

गुल्मी । मालिका गाउँपालिका गुल्मीले गाउँपालिका भित्रकाे जग्गालाई बाँझाे नराख्ने उद्देश्यका साथ बाँझाे जग्गा धनी र खेती गर्न चाहने किसानबीच कृषिसम्बन्ध विस्तार गर्न लागेकाे छ ।

गाउँपालिकाले पालिका भित्रका वासिन्दालाई आफुसँग भएकाे बाँझाे जग्गाको विवरण र खेती गर्न चाहनेले आवस्यक विवरण पालिकामा बुझाउन समेत आह्वान गरिकेकाे छ ।
पालिकाले बिहिवार विज्ञप्ति निकाल्दै बाँझो जग्गाको विवरण संकलन गर्दै बाँझो रहेकाे जग्गा धनिले उक्त जग्गामा खेती गराउन चाहेमा र जग्गा पाए कृषि गर्न इच्छुक कृषकले पालिकाले ताेकेबमाेजिम आवस्यक विवरण पालिकामा बुझाउन अाह्वान गरेकाे छ । साथै साेहि जग्गामा व्यावसायिक खेती गर्न चाहेमा अनुदान समेत दिने पालीकाले जनाएकाे छ ।

विवरण पेश गर्नका लागि जग्गा धनी पुर्जा प्रमाण प्रतिलिपी,जग्गा लिज वा भाडामा लिएकाे भए साेकाे स्पष्ट प्रमाण, जग्गा लिजमा दिन चाहने जग्गा धनीले साे सम्बन्धि निवेदन, नागरिकताको प्रतिलिपी र बाँझो जग्गा खेतिगर्न चाहेकाे विवरण सहितकाे प्रस्तावना यहि बैशाख १९ गतेसम्म पालिकामा बुझाउनु पर्ने छ ।
अहिले अधिकाशं मानिस कृषिमा उपेक्षित देखिएकाे कारण अब मालिका गाउँपालिकाले उत्पादनकाे ग्यारेन्टी लिएर युवालाई कृषिमा प्राेत्साहन गर्ने याेजना लिएकाे गाउँपालिका मेयर रितबहादुर थापाले बताए ।

अहिले अधिकाशं बाँझिएकाे र मान्छेहरु कृषिमा आकर्षित नभएकाे अवस्था छ, यसलाई मध्यनजर गर्दै हाल जति जग्गाहरु बाँझिएका छन् सबै संकलन गरेर यसलाई उत्पादन शिल बनाउने पालिकाकाे उद्देश्य रहेकाे मेयर थापाले बताए ।
” हामिले यसलाई युवा स्वराेजगार कार्यक्रम पनि भनिरहेका छाै । यदि युवाहरूले बाँझाे जग्गा गर्न चाहेकाे खण्डमा जग्गा लिजमा संकलन गर्नुका साथै गर्न चाहेकाे कृषिको प्रकृति अनुसार अार्थिक सहयाेग समेत गर्ने छाै । ” – उनले भने ।

उत्पादन देखि बजारिकरणसम्म समेत सहयाेग गर्ने हाम्राे याेजना रहेकाे छ । यसका लागि प्रत्येक वडामा सहकारि सञ्चालन गरिसकेका छाैं, सहकारि मार्फत सबैकामहरु सञ्चालन हुनेछ । अनुदान देखि बजार व्यावस्थापन समेतकाे जिम्मा सहकारीलाई दिएर याे याेजनालाई व्यावस्थित गराउन पालिका लागि परेकाे उनले बताए ।
” बाँझाे जग्गाको विवरण संकलन भएपछि जग्गालाई उत्पादन क्षमताकाे आधारमा विभिन्न पकेटमा विभाजन गरिने छ, जहाँ जुन किसिमकाे कृषि उत्पादन बढि हुन्छ त्यहि मात्र गरि उत्पादन गर्ने काम हुनेछ । याेजनाअनुसार एक बर्षे भन्दापनि बहुवर्षे उत्पादनलाई प्राथमिकता दिईने छ । ” उनले भने ।
उनले हिजाे खेती गरेर आज बाँझाेरहेकाे जग्गा पालिका भित्र कसैले भाेलीपनि बाँझाे राख्छ भने उसलाई करकाे दायरा फराकिलाे बनाउने समेत बताए ।
“अहिले कामकाे खाेजिमा सहर पसेका र बिदेशीएका यूवाहरुलाई गाउँकाे उत्पादनमा नै प्राेत्साहित गर्ने छाै, युवाहरुलाई बाहिर भाैतारिन दिने छैनाै । जाेस जाँगर बाेकेका हाम्रा युवाहरु हामीसँगै रहने छन्, यही व्यावसायि बनेर बस्नेछन् ।” उनले भने ।

पालिकाकाे याे कार्यले “जग्गा कतै बाँझाे त कतै खाँचाे”काे समस्या समाधान गर्नुका साथै कृषि गर्न चाहनेलाई अवसर प्रदान गरेकाे छ ।
पालिकाकाे याे सर्हानिय कार्यले जग्गा नभएर भाेकै बस्नु पर्ने तथा दिनभर काम गरेर साँझ बिहानकाे छाक टार्नु पर्ने अवस्थाकाे परिवारलाई निकै नै सहजता ल्याउने छ भने चाहेर पनि जग्गामा खेती लाउन नसकेकाकाे लागि समेत खुसि ल्याउने छ ।

स्थानीयहरुले याे अवसरकाे राम्रो सदुपयाेग गर्न सकेभने जारी विश्वव्यापी काेराेना जस्ता प्रकाेपकाे समस्या युवाहरुले विदेशमा खप्नु नपर्ने अधिकारिहरु बताउँछन् ।
यसै पनि काेराेना प्रकाेपले विदेशिएका नेपालीहरु नेपाल फर्कने क्रम बढ्दाे छ । याे अवस्थामा उनीहरु यहि अवसरलाई हात पार्ने हाे भने नेपाल आएर जागिरकाे खाेजि गर्ने नभई स्व राेजगार बन्ने ठुलाे माैका रहेकाे छ ।
गुल्मिकाे एक गाउँपालिकाबाट सुरुवात भएकाे कार्य कृषि प्रधान देश नेपालभर लागू गर्नुपर्ने अहिलेकाे आवस्यकता हाे ।

बाग्लुङकि काराेना संक्रमित निकाे भईन: डिस्चार्जकाे तयार

काठमाडाैँ । काेराेना संक्रमित भएकी बाग्लुङकि महिलाकाे तेस्रो पटककाे रिपोर्ट नेगेटिभ आएकाे छ ।
कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला निको भएकी हुन् । उनको तेस्रोपटक गरिएको जाँचको रिपोर्ट नेगेटिभ आएसँगै निकाे भएको हो । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

“उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले भने, “अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ ।”
महिला १५ दिनदेखि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको पोखरेलले बताए । हाल उनलाई उच्च रक्तचाप र दमको मात्र पुरानै औषधि चलाइएको छ ।

प्ले गर्ल अनि म

मेरो आखिझ्यालबाट देखिन्थ्यो सधै मेरो घर अगाडी को बाटो हुँदै हिड्थी उ ,
मग मग…
आफ्नो यौवनको वासना छर्दै , मलाई मक्ख पार्दै अनि मेरो बन्द भैरहेका आँखा खोल्दै, तर म जस्तो सिधा अनि सोझोलाई के थाहा…. यो बास्ना मैले त सुघ्न पनि नपर्ने हो भनेर
म जस्ता पाँच छवटा केटाहरुको मन भर्दै अनि टाईम वेस्ट गर्दै हिड्ने उनका पाईलाहरु,
मानौँ कि म पुतली थिए अनि उ बत्ती, जता उ उतै मेरा हरेक लुक्स अनि पाईला…… मलाई मात्रै थाहा छ र कस्तो हुदो रहेछ वान साइटेड लभ,
म उप्रति आकर्षित भैसकेको थिए, हरेक दिन
सयौं पटक पछि पछि गैसकेको थिए, यो बहेक म सङग उपाय केही थिएन तर चाहाना भने थियो नै मलाई पनि त फर्केर हेरन…..
एकदिन त उस्ले फर्केर पनि हेरि, अनि एक्सप्रेसन देखियो हल्का स्माइल वाला। त्यसपछि त केटो….
दिन दिनै कुर्न थाले कैले हेर्छेकि फेरि भनेर, बट…….. नेभर
म भने झन झन डेलि फलोअपमा बिजि,
अब त उस्को अत्तरले थाहा हुन्थ्यो उ आएको भनेर, तर खुट्टाको चप्पल बजेको आवाज त सुन्ने दिन गएछन…
म झन के को कम थिए र? मेरो पालो म पनि झ्यालमा बसिरहन्थे चिटिक्क बनेर, यसो म भएको ठाउँमा पनि उनको नजर कहिले काहिँ झुक्किएर त पर्छ कि भनेर….
कस्तो बिडम्बना मलाइ त भ्रममा पारेकी रैछे,
म जस्ता धेरैकेटाहरुको मुटु मारेकी सकेकि रैछे,
मेरो मन मा मात्र बस्छ कि भन्थे,
दिनै पिछे हप्तै पिछे आफ्नो डेरा सार्ने वालि रैछे।
म सोच्थे केटि भर्खर पलाएको पालुवा जस्तै छे,
उ त घर नबनाउने पानी र वालुवा रैछे,
यौवनको भोगी अनि रोगी रैछे,
साथ लिएर, आशा दिएर, पूरा नगर्ने नेताजस्तै जोगि रैछे।
आजपनि उस्को अत्तर बत्ती जस्तै छ,
तर म पुतली हैन , साङ्लो भैसके,
त्यसैले म बत्तीबाट टाढा गैसके….
म नसक्ने रहेछु बत्ती को उज्यालो सङग बाझ्न।

आजदेखि भाटभटेनी सुपरमार्केट खुल्दै

काठमाडौं । हाेम डेलिभरीबाट सेवा प्रदान गरिरहेकाे भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर खुला गर्ने भएकाे छ ।
ग्राहकको दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले  जानकारी दिए ।

कोरोनाभाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको अफिसर पौडेलले बताए ।

पौडेलका अनुसार सुपरमार्केट बिहान १ बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने उनले जानकारी दिए ।
राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहने उनले बताए ।

‘लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो’ पौडेलले भने, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’

सिभिल बैंकका शुक्रबार (आज) खुल्ला रहने शाखाहरु तालिका सहित

काठमाडाैं । काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई सिभिल बैंकले निरन्तरता दिदै आएकाे छ ।
आज लकडाउनकाे २३ अाै दिनसम्म पनि सिभिल बैंकले आफ्नाे सेवालाई व्यवस्थित तवरले सञ्चालन गर्दै आएकाे छ । यसै अनुसार सिभिल बैंकले आज शुक्रबार पनि देशभर २४ वटा शाखाबाट सेवा सुचारु गरेकाे छ ।
क्रितिपुरकाे ब्रान्च १० बजेदेखि १२ बजेसम्म खुल्ला रहने छ भने बाँकि बैैंक११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

दुई सहसचिव राई र पोख्रेलको सचिवमा बढुवा केहिको सरुवा

काठमाडौँ। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सहसचिव अर्जुन पोखरेल र सागरकुमार राईलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

इन्जिनियरिङ सेवातर्फका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । हालका नेपाल ट्रस्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय भुकम्प प्राधिकरणमा सरुवा गरिएको छ।
प्रशासन सेवातर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ।

यस अघि पोख्रेल अर्थ मन्त्रालयको लामो अनुभव सगाल्नुभएका प्रशासककाे रुपमा चिनिनुहुन्छ भने राई नेपालको सिचाइ क्षेत्रको दरिलो अनुभव सहितको प्राबिधिक कुशल प्रशासक रुपमा चिनिनु हुन्छ ।

प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

गृृह सचिव न्यौपानेद्वारा स्वास्थ सामग्री हस्तान्तरण

काठमाडौ ।गृह सचिव महेश्वर न्यौपानेले उपत्यकामा खट्ने प्रहरी र महानगरपालिकामा सरसफाइमा खट्ने कर्मचारीका लागी आबश्यक स्वास्थ सामग्री सेनिटाइजर ग्लोबस मास्क सहितका सामग्री आज हस्तान्तरण गर्नु भएको छ।

गृह सचिब न्यौपानेले उपत्यकाका डिआजी बिश्वराज पोख्रेललाई सामना हस्तान्तरण गर्दै यस्तो विषम परिस्थितिमा नेपाल प्रहरीले दिनरात नभनी आ आफ्नो जिम्मेवारी सन्तोषजनक ढ्ङले पुरा गर्नुभएको भन्दै प्रशन्सा समेत गर्नुभयाे ।

त्यसैगरि काठमाडौं महानगरपालिकाका वातावरण बिभाग प्रमुख हरिकुमार श्रेष्ठलाई पनि महानगर पालिका भित्रकाे फोहोर मैलो ब्यबस्थापनमा सहयोग तथा मद्दत पुर्याउने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको सचिब न्यौपाने बताउनुभयो ।


स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यका ट्राफिक प्रमुख भिम ढकालको समेत सहभागिता रहेकाे थियो।

गृह मन्त्रालय का सचिबले प्रदान गरेका सामाग्री कारण संक्रमणको त्रासमा काम गर्ने रास्ट्रसेवकहरुको मनोबल उच्च भएको प्रमुख जिल्ला अधिकारी दहालले सम्पत्ति न्युजसँगको कुराकानीमा सामाग्री हस्तान्तरण को जानकारी गराउदै यसाे भन्नू भएकाे हाे ।

काेराेनाबारे अफवाह फैलाउने पत्रकार श्रेष्ठलाई पक्राउ गर्न प्रेस काउन्सीललाई प्रहरीको सिफारिस

काठमाडौं  । काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको भनि अफवाह फैलाउने पत्रकार अनलाइनपत्रिका डटकमका अध्यक्ष/प्रधानसम्पादक सुविन कुमार श्रेष्ठलाई  काराबाही गर्न प्रहरीले  प्रेस काउन्सिलमा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकासित गरी सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै १५ सय केस रहेको भनि बताएको भन्ने भिडियो सेयर गर्ने व्यक्ति  अध्यक्ष/प्रधानसम्पादक श्रेष्ठ रहेको अनुसन्धानबाट खुल्न आए बताएको छ।

प्रहरीले त्यसबारे डा.राजभण्डारीसँग बुझ्दा आफूले भिडियोमा भनेजस्तै केही कुरा नभनेको र नेपालखबरमार्फत खण्डन समेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ‘उक्त अफवाहपुर्ण समाचार सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई जानकारी गराइएको’ जनाएको छ।


नेपालगञ्ज जयपुरमा क्वारेन्टाइनमा रहेका सबैजनाकाे रिपोर्ट नेगेटिभ

बाँके । नेपालगञ्जको जयरपुरमा रहेको  दशगजा नजिकै क्वरेण्टीनमा रहेका १८१ जनामध्ये १६६ जनामा गरिएको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबदुर चन्दका अनुसार नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा बिहीबार बिहान भएको र्‍यापिड डायग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हाे ।

शाखा प्रमुख चन्दका अनुसार क्वारेण्टीनमा १८१ जना बसेकोमा बिहीबार १६६ जनाको आरडीटी भएको हो । १५ जनाको पहिले नै पीसीआर जाँच भइसकेको छ । यसैगरी नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वरेण्टीनमा बसेका २४ जनामध्ये ६ जनाको पनि बिहीबार नै आरडीटी हुने भएको छ । 

बिहीबार मेगाबैंकका कुन कुन शाखा खुल्ला रहन्छन्? (तालिका सहित)

काठमाडाैं । काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई मेगा बैंकले निरन्तरता दिदै आएकाे छ ।
आज लकडाउनकाे २३ अाै दिनसम्म पनि मेगा बैंकले अाफ्नाे सेवालाई व्यवस्थित तवरले सञ्चालन गर्दै आएकाे छ । यसै अनुसार मेगा बैंकले आज बिहिवार पनि देशभर ३७ वटा शाखाबाट सेवा सुचारु गरेकाे छ ।
बिहिवार उपत्यकामा ६ वटा र बाहिर ३१ वटा शाखा खुल्ला रहेका छन् ।
शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन् ।

१५ गतेसम्म मुक्तिनाथका बैंकका शाखा कहाँ कहाँ खुल्ला रहन्छन्?

काठमाडाैं । काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न अाग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे अाग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई निरन्तरता दिनकाे लागि मुक्तिनाथ विकास बैंकले १५ गतेसम्म शाखा सञ्चालन सम्बन्धमा सुचना जारि गरेकाे छ ।

सुचना अनुसार ४ गते बिहीबार देशभर बैंकका १२ शाखा सञ्चालन हुदैन् ।
यसैगरि देशभर दैनिक कम्तीमा ९ देखी १६ वटा सम्म साखा सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने छ ।

राप्रपाका सांसदहरूले १५ दिनकाे तलब काेराेना काेषमा राख्ने

काठमाडौँ । नेपाल सरकारले खडा गरेकाे कोरोना संक्रमण, रोकथामका तथा नियन्त्रण काेषमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सांसदले १५ दिनको तलब सहयोग गरेका छन् ।
यस्ताे आपतकालिन समयमा सबैले आफुसक्दाे सहयाेग राष्ट्रलाई गर्नुपर्ने हरेक नागरिककाे कर्तव्य रहेकाे भन्दै उनीहरुले १५ दिनकाे तलब काेषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वाग्मती प्रदेशमा रीता माझी र रिना गुरुङ, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशिला शाही प्रदेशसभा सांसद सदस्य रहेका छन् ।

उनीहरुले आआफ्नो प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने राप्रपाका केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

सहयाेग स्वरुपकाे याे रकमले काेराेना विरुद्ध लड्न सरकारलाई आंंशिक रुपमा भएपनि सहयाेग पुग्ने विस्वास रहेकाे भद्राले बताए ।