सनसिटी अपार्टमेन्टमा खुसि: लगभग ३०० जनाकाे टेष्टमा सबै नेगेटिभ

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा काेराेना पुष्टि भएपछि पुरै काठमाडौं नै त्रसित बनेकाे थियाे ।
त्यसमाथि पनि साेहि अपार्टमेन्टमा बस्ने त त्रसित नहुने कुरै थिएन तर अाज २ सय ९६ जनाको टेष्ट गर्दा नेगेटिभ देखिएको छ । जसले गर्दा सनसिटीमा खुसियाली छाएकाे छ ।

अाज परिक्षण गरिएका २ सय ९६ जनाकाे र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट गरिएको हाे।र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

नगरपालिका प्रमुख कृष्णहरि थापाले भने, ‘ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
नगरपालिका प्रमुखका अनुसार सबैकाे र्यापिड टेष्ट हुने क्रम जारि छ ।

सप्तरीमा २ जनामा काेराेना संक्रमण

काठमाडौँ । सप्तरीमा दुईजनाकाे र्‍यापिड डाइगनोस्टिक टेस्ट पाेजेटिभ देखिएकाे छ ।

कोरोना फैलाउन भूमिका खेलेको आरोप लागेको दिल्लीको निजामुद्दीनस्थित तबलिगी जमातमा सहभागी भएर फर्केका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटी) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको र ५ जनाको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । एक जना भने सम्पर्कमा नआएकाे र खोजी भइरहेको उनले बताए ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका रहेको बताइएको छ ।

पोजिटिभ देखिएकाहरूलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाउने तयारि गरिएकाे छ ।

पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

काभ्रेमा पनि देखियाे काेराेना: दुइजनाकाे रिपोर्ट पाेजेटिभ

धुलिखेल ।  काभ्रेमा गरिएको र्यापिड टेष्टमा दुई जनामा कोरोना भाइरस पाजेटिभ देखिएकाे छ ।

काभ्रेकाे बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिका गरि दुई गाउँपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको रिपोर्ट पाेजेटिभ देखिएकाे हाे ।

संक्रमित हुनेमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुष र मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँकाका २१ वर्षीय एक यूवक रहेकाे पाईएकाे छ ।
बेथानचाेकका संक्रमित भारतबाट चैत ९ गते घर फर्किएकाेगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताएका छन्, भने मण्डनदेउपुर नगरपालिका संक्रमित दुवैबाट अाएकाे वडा अध्यक्ष दिलबहादुर तामाङले बताए ।

धुलिखेल अस्पतालमा साताकाे दुइ दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ । जिल्लाका स्थानीय तहरूमा २०७६ साल चैत ३० गते देखि परिक्षण सुरु गरिएको थियो । चैत १ गतेदेखि विदेशबाट फर्किएहरुको परिक्षण भइरहेको छ ।तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन । ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

सहयोगी हातलाई मनै देखी सलाम

काठमाडौं । आर्थिक अभावमा टिचिङमा उपचाररत कृष्णप्रसाद तिमल्सिनालाई पार्वती शर्मा काफ्ले र इ .जनक राज पन्तले आर्थिक सहयाेग गर्नुभएकाे छ ।

रौतहट जिल्ला मैरा निवासी सुभद्रा तिमल्सिनाका श्रीमान कृष्णप्रसाद तिमल्सिना महाराजगन्ज ,टिचिङ धाराको एक आश्रमा बस्दै हप्ताको दुई पटक दुखका साथ किड्नी डाइलोसिस गराउदै आएका थिए।

आफैमा आर्थिक अबस्था कमजोर रहेका उनीहरुको यो लकडाउन बीचमा त अबस्था झनै दयनीय रहेको जानकारी पाउना साथ मनका धनी पार्वती शर्मा काफ्ले र इ .जनक राज पन्त असज यस्तो परिस्थितिलाई छिचोल्दै उनिहरु बसेकै स्थानमा पुगि रु 15000/- (पन्ध्र हजार ) र फल फुल सहितको सहयोग गर्नुभएको छ।

सबैतिर बन्द र कोरोना त्रासले अस्त ब्यस्त बनेको राजधानीमा आइपर्ने अबरोध को प्रबाह नगरी मनै देखी असाहयहरुको पीडामा मलम लगाउन पीडित समक्ष पुग्नुहुने काफले र पन्तले देखाउनु भएको हार्दिकताको लागि मनै देखी सलाम ।” बेलुका माउन्टेन टेलिभिजनले थप बिवरण दिनेछ।त्यहाँ सम्म पुगेर समाचार सम्प्रेषण गर्नुहुने सबैलाई धन्यवाद ।” उनीहरुले भन्नू भयाे।

लकडाउन दुईहप्ताकाे लागि थप: १५ गतेसम्म


काठमाडौ । लकडाउन १५ गतेसम्मकाे लागि थप गरिएको छ । काेराेना भाइरसकाे असरलाई मध्यनजर गर्दै सरकारले लकडाउन १५ गतेसम्म गर्ने घाेषणा गरेकाे हाे ।
मंगलबार बसेकाे मन्त्री परिषद्काे बैंठकले जारि लकडाउन थप गरेकाे हाे ।
काेराेना भाइरस संक्रमण फैलन नदिनलाई ११ गतेदेखि गरिएकाे लकडाउनमा तेस्रो पटक थप गरिएकाे लकडाउन भाेली बुधबार सकिने भनियपनि काेराेनाकाे जाेखिम यथावत् रहेपछि लकडाउन थपिएको हाे ।
छिमेकि राष्ट्र भारतले पनि २१ दिनदेखि जारि लकडाउन ३ मे सम्म गर्ने निर्णय गरेकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिले देशबासिकाे नाममा सम्बाेधन गर्दै लकडाउन थप गरेकाे जानकारि गराएका हुन् ।

सनसिटिमा बस्ने दुईकाे काेराेना पुष्टिसँगै अर्थमन्त्री डा.खतिवडा जाेडिए, वास्तविक के हाे त ?

काठमाडौ । काठमाण्डौको पेप्सीकोला स्थित सनसिटि अपार्टमेन्टका तीन जना मध्ये दुईजनामा काेराेना पाेजेटिभ देखिएकाे छ भने एकजनामा नेगेटिभ देखिएकाे छ ।

परिक्षण भएकाे साे परिवारका दुई जना (आमा र छोरा ) मा कोरोना पुष्टि भएको हाे भने बुहारिमा नेगेटिभ देखिएकाे छ ।

र्यापिड टेस्ट किट मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर स्वाब परिक्षण गर्दा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु मध्ये आमा बाहेक दुई जनामा कोरोना देखिएको पुष्टि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

बेलायतबाट चैत ५ गते नेपाल फर्किएका उनीहरुमा कोरोना पुष्टि भएयता अर्थमन्त्री डा युबराज खतिवडासँग जोडिएर विभिन्न समाचार आएका छन्।
अपार्टमेन्टको वेलफेयर सोसाइटीको चैत ८ गतेको चुनावको लागि उनीहरु बेलायतबाट नेपाल आएको र उक्त चुनावमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा सचिवमा निर्वाचित भएका थिए। 

सनराइज बैंकमा कार्यरत अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा अपार्टमेन्टको ‘बि ब्लक’ को  तेश्रो तलामा बस्दै आएका छन। कोरोना  पुष्टि  भएका भनिएका परिवार ‘ए ब्लक’ मा बस्छन्। १७ तलाको पांच वटा ब्लक भएको अपार्टमेन्टमा ४०० परिवारका करिब १६०० जना बसोबास गर्दै आएका छन।

अर्थमन्त्री खतिवडा श्रीमतीलाई लिएर नातिनी भेट्न अपार्टमेन्ट पुगेको अपार्टमेन्टमा बस्दै आएको अर्को परिवारले जनाएका छन् । उनि बेला बखत आफ्नो छोराको परिवारलाई भेट्न त्यस अपार्टमेन्टमा पुग्ने गरेकाले यसलाई अनावश्यक मिडियाबाजी गर्न नहुने अपार्टमेन्टमा बस्दै आएका अरु परिवारहरु बताउछन। 

अर्थमन्त्री खतिवडा  सहित उच्च पदमा कार्यरत बैंकरहरु लकडाउनमा समेत सकृय रुपमा काममा रहेकाले उनीहरुसँगको सम्पर्कमा धेरै व्यक्ति आएको अनुमान गरिनु स्वाभाविक भएपनि मिडियाकर्मीले त्यसलाई सन्तुलित तरिकाले रिपोर्टिंग गर्नुपर्ने अपार्टमेन्टवासी बताउछन।

अपार्टमेन्टमा विदेशबाट आएका ६१ जना रहेको भन्ने सूचनाको आधारमा सोमबारसम्म अपार्टमेन्टका ६६ जनामा र्यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको कागेश्वर मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए। त्यहि परिक्षणमा बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए।  

राहतका साथै घरभाडा छुट दिने ललितपुरका घरबेटि

ललितपुर । ललितपुरकाे महालक्ष्मी नगरपालिका -२ निवासी अर्जुन राईले लकडाउनकाे असरलाई मध्यनजर गर्दै आफ्नाे घरमा भाडामा बस्ने सम्पुर्णलाई एक महिनाकाे काेठाभाडा मिनाहा सहित राहत समेत दिएका छन् ।


राईले आफ्नाे घरमा १० वटा काेठामा बस्दै आएका सबैलाई एक महिनाकाेे काेठाभाडा मिनाहा सहित राहत दिएका हुन् । जसमध्येबाट ७ वटा काेठामा भने शारीरिक अपाङ्गता भएकाहरु बस्दै आएका छन् ।


घरधनि राईका अनुसार डेढ बर्ष अघि ती अपांङ्गता भएकाहरुकै आग्रहमा उनले आफ्नाे खालि जग्गामा काेठा निर्माण गरेपछि एक वर्षयता देखि उनीहरु यहि बस्दै आएका छन् ।

” एक वर्ष अगाडि मेराे एकजना बहिनिसँग चिनजानमा रहनुभएका उहाँहरुले उपत्यकामा कसैलेपनि रुम दिन नमानेकाे र दिईहाले पनि एकदम असहजताका साथ दिएकाे बताउँदै यहाँ बस्ने टहराे बनाईदिन आग्रह गरेपछि मैले उहाँहरुका लागि काेठा तय गरेकाे हुँ । “राईले भने ।


राईले उनीहरुलाई परी आएकाे समयमा सधै सहयाेग गर्दै आएकाे ती अपाङ्गता मध्ये एकले बताए ।

लकडाउनकाे कारण सामान्य मानिसलाई समेत गुजारा गर्न ह्वाम्मे ह्वाम्मे परिरहेकाे बेला उनले यसरी सहयाेग गर्नु एक उदाहरणीय काम मात्र नभइ एक सन्देश पनि हाे । उनले आफुले सक्दाे प्रयास गरेकाे र याे लकडाउनमा परिस्थितिअनुसार सहयाेग गर्ने बताएका छन् भने बाहिर (विदेश) पनि सहयाेगकाे लागि कुरा गरेकाे समेत जनाए ।

स्वार्थ र व्यस्तताले चिनिने उपत्यकामा मनकारि राईले मावताकाे संदेशलाई दरिलाे बनाएका छन् । खालि जग्गामा आफैले टहरा बनायर उनीहरुलाई न्यून दरमा काेठा भाडामा दिनुले नै उनकाे महानता दर्शाउछ ।

राईले प्राय: विशेष दिन आउँदा उनीहरुलाई आफुसँगै राखेर खाना खुवाउने समेत गर्छन् । घरधनि मात्र नभई एक अभिभावककाे जिम्मेवारी समेत निभाउँदै आएका राई याे नयाँ वर्षका दिनमा पनि सबैलाई सँगै राखेर खाना खुवाएका थिए ।

नयाँ बर्षमा खाना खुवाउँदै


सामाजिक सेवामा सधै तत्पर रहने उनले याे भन्दा पहिला पनि धेरै क्षेत्रमा सहयाेग गर्दै आएकाे स्थानियले बताउँछन् । उनकाे याे सेवाकार्यबाट जाे काेहिपनि प्रभावित हुन्छन् । उनकाे याे कार्यबाट मानवता सन्देश जाे काेहि पनि घरबेटिले सिक्नुपर्ने अवस्था छ ।

घरधनी अर्जुन राई र उनकी श्रीमती,

लकडाउनका लागि सवारी पास अनलाइनबाटै लिन मिल्ने (विवरण भर्ने लिंक सहित )

काठमाडौं । सरकारले अत्यावस्यक सवारी साधन सञ्चालन गर्न अनलाईन मार्फत पास लिन सकिने व्यवस्था गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।
इ–पास वितरण गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभएको छ । यो प्रणाली मङ्गलबारदेखि शुरु हुने छ । उक्त पास जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा वितरण गर्नेछ ।

पास लिनका लागि यो लिंकमा गएर विवरण भर्न सकिने छ ।

http://epass.moha.gov.np/

होस्टल एसोसिएसनले क्वारेन्टाइनका लागि एक हजार बेड उपलब्ध गराउने

काठमाडौँ । नेपालका होस्टल व्यवसायीहरूले क्वारेन्टाइनका लागि बेड उपलब्ध गराउने भएको छ । होस्टल एसोसिएसनल कोरोना नियन्त्रणको लागि सरकारलाई क्वारेन्टाइन स्थल निर्माणमा सहयोग गर्ने भएकाहुन् ।
नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हान सहितको वक्तव्य मार्फत यस्तो घोषणा गरीएको छ ।
पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ, “हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ । नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।”

उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’

एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए ।

नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालका सञ्चालक समेत रहेका बरालले भने, “ होस्टलको संरचना क्वारेन्टाइनका लागी उपयुक्त हुन्छ । त्यसैले ब्यवाश्थापनमा पनि सहज हुन्छ भन्ने सोचेरै हामीले सरकारलाई सहयोग गर्ने सोच बनाएका हौँ ।”
नेपालभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौँ उपत्यकाका अलावा मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागी बेड र भवन उपलब्ध गराउने भएको हो ।

एसोसिएसन जिल्ला समन्वय समितिका संयोजक सुनिल भेटवालका अनुसार एसोसिएसन अहिले नै एक हजार बेड उपलब्ध गराउन सक्षम छ । उनले भने, “यदि आवश्यक र्पयो भने थप सहयोग गर्न सक्छौँ ।” उनका अनुसार उप(प्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत यस्तो सहयोगको तत्परताबारे जानकारी गराइसकिएको छ ।

देश कोरोना मुक्त नहुनसम्म तलब नलिने प्रधानमम्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोना संक्रमणबाट मुक्त नहुँदासम्म तलब नलिने घोषणा गर्नुभएको छ ।


नयाँवर्षका अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक आफले नलिइ ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा बताउनुभयो ।


‘आवश्यक पर्दा हुनेको गास काटेर, नहुनेलाई बचाउने त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९, प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छुु, उहाँले भन्नु भयो , ‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको बताउनु भयो । उहाँले विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट यसैगरी विभिन्न शीर्षकमा १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भएको समेत बताउनु भयो ।

सबै वर्ग र क्षेत्रको अभिभावकत्व सरकारले लिन्छः प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ)


आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

– सर्वप्रथम म यहाँहरू सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ ।

– सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई संक्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । तपाईंहरूको प्रधानमन्त्रीका रूपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

– यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरूलाई मेरो कामना छ( तपाईं र तपाईंका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको संक्रमणबाट जोगिन सक्नुहोस् – जसलाई संक्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् ! अनि, कोरोना भाइरसको विश्व महामारीबाट सिंगो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौँ ! यस भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईंहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौँ । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।

– मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई वर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौँ । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।

– यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, ट्रेकिङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।

– अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षको बारेमा विमर्श र विश्लेषण गरिरहेका हुने थियौँ ।

– समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आप्mनो विश्लेषण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ ।

– तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।

– कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौँ । मेरो पछिल्लो पटकको संबोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । मानिसको जीवन रक्षाका लागि सिंगो विश्व अहिले ‘लकडाउन’मा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् । कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । संक्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दूरीमा छौँ ।

– निःसन्देह, दुःखको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिंगो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ट रुपमा आवद्ध भएको छ । तर भौतिक रुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिंगो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– म अहिले पाँच वर्षअघिको त्यो कोलाहलपूर्ण अवस्था पनि सम्झिरहेको छु । त्यतिखेर विनाशकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए । आपूm उभिएको भुइँ घरीघरी नाचिरहेको अवस्था थियो । अस्पतालहरु घाइतेहरुबाट भरिभराउ थिए । कति उद्धारको अपेक्षामा चिच्याइरहेका थिए । कोही आफन्तको वियोगमा भावविह्वल थिए । न बस्ने ठाउँ छ, न सञ्चित गरिएका खानेकुरा बाँकी रहेको छ– घरबाट मानिस एकाएक सडकमा फ्याँकिएका थिए ।

– त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना र्गयौँ । धैर्यता र साहसका साथ उभियौँ, अघि बढ्ने प्रयास र्गयौँ । हजारौँ भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किएन दिएनौँ, संकटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौँ । त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एकएक गरी छिमल्दै गयौँ । प्राकृतिक विपत्तिका कारण नेपालीहरु भौतिक संपत्तिका हिसाबले कमजोर भए होलान्, तर मानसिक रूपमा दरिद्र चाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौँ । हामीहरुको यो साहस र धैर्यतालाई धेरैले प्रशंसा गरे, हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए । हामी नेपालीले परेको बेलामा प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु ।

– तर अहिले हामी, त्यस समयभन्दा भिन्न एक अदृश्य ‘शत्रु’ विरुद्ध युद्ध लडिरहेका छौँ । यस्तो शत्रु, जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार भएको छैन । यस्तो शत्रु, जसले हामीजस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, विकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ ।

– हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक छ । यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिँदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नु पर्छ भन्नेमा हामी सचेत हुनुपर्छ । अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।

– हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छन् । यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने म ठान्दछु । यो काम, भनेजस्तै सजिलो पक्कै छैन, तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आफ्नै भोगाइले बताउँछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

– भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशंका मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ ।

– विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ । हाम्रो देशमा संक्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्रै छ । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ ।

– हो, अहिले संक्रमणको आशंका गरिएका व्यक्तिहरुको जति परीक्षण भइरहेको छ, पर्याप्त छैन । अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा १५२ को परीक्षण गरेका छौँ । संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ ।

– तर, हामी भएका राम्रा कामहरू आफसेआफ वा संयोगले मात्रै भएका हुन् भन्ने पनि नसोचौँ । यतिसम्म पनि नभनौँ, सीमित कमी कमजोरी र हुन बाँकी कामहरु भने सरकारको अकर्मण्यताका परिणाम हुन् ।

– हामी यति त संवेदनशील बनौँ, हाल भएका कामहरु दिनरात खटिरहेका चिकित्सक, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मिहेनेतको परिणाम हो । सीमित साधनस्रोतका बाबजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणबाट पनि देख्न सकिन्छ, जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनु पर्ने कदमबारे उहाँहरु सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष प्राप्त भएको छ ।

– जति कामहरु हुन बाँकी छन्, तिनलाई तीनै तहका सरकारहरुको नेतृत्व र समन्वयमा निरन्तरता र तीव्रता दिइने छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,

– कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दूरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले हाम्रो जमानाकै सर्वा्धिक गम्भीर विश्व आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान गर्न सकिन्छ । प्रक्षेपण गरिएका तथ्यांकलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौँले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितजस्तै छ ।

– कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यस पश्चात् आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रो जस्तो उदीयमान अर्थतन्त्रलाई गहिरो धक्का दिने देखिएको छ । ‘यस महामारीबाट कूल ग्रार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ । कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आफूसम्बद्ध विभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने हुँदा समग्र मूल्यांकनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था छ ।

– हाम्रो योजना थियो( यस नयाँ बर्षमा, नयाँ वर्षको पहिलो महिनाको पूर्वाद्र्धमै रानीपोखरी उद्घाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो– धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ । सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ । गत फागुन ३ गते प्रतिनिधिसभामा मैले संबोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको संबोधनमा अपडेट गरिनेछ ।

– तर हामी महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ । हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो ।

– त्यसैले अहिले यतिबेला हामीले आप्mनो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौँ । जतिबेला हामी यस महामारीको ‘ग्राफ’लाई सीधा पार्छौं– त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीब्रता दिन ‘लगानी, लगानी अनि फेरि लगानी’को नीति अपनाउने नै छौँ । अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने ?’ भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सिफारिसको आधारमा सरकारले ‘अर्थतन्त्रको पुनरुत्थानको प्याकेज’ नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गर्ने छ ।

– यतिखेर धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह, सरकारको कामको तरिकाका बारेमा छ र साधनस्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालू बजेटको विभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको छ । यी सबै सुझावमा मेरो गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।

– मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह(भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।

– विद्यमान कठीन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव, ऐक्यवद्धता र सहयोगप्रति हामी आभारी छौँ । हामीले ब्यहोर्नु परेको क्षतिको मुकाबिला गर्न आवश्यक स्रोत जुटाउन विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशंसनीय रहेको छ । यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भइसकेको छ । यसैगरी विभिन्न शीर्षकमा विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ ।

– परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् । त्यसैले नियमित रुपमा उपलव्ध भइरहेकोभन्दा थप स्रोत साधन अपरिहार्य भएकाले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ ।

– भनिन्छ, संकटले संभावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नुपर्छ । यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिंगो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ । सरकारले यसलाई गंभीर ध्यान दिने नै छ । विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्नसक्ने जोखिममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ । कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ संभावनाहरुको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।

दिदिबहिनी तथा दाजुभाइहरू,

– कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ । सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासंभव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ । मैले पहिले नै घोषणा गरिसकेको छु– आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मी जस्ता यस युद्धको अग्रपङ्क्तिका योद्धाहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्नेछ ।

– संकटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारका रुपमा स्थापित गरेको छ । आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढगले संभाव्य संक्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारहरुको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहन्छु ।

– रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठीन भएका, अपांगताका कारण औषधी लगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र विभिन्न हिसाबले असहज अवस्था भोगिरहनु भएका बिपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरूसमक्ष स्थानीय सरकारहरु स्वयं राहत लिएर पुग्ने छन् । अप्ठ्यारोमा पर्नुभएका त्यस्ता व्यक्ति, परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

– विदेशमा रहनुभएका नेपालीहरुप्रति म संवेदनशील छु । विश्वव्यापी संकटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको छ । नेपालीलाई संरक्षण दिने र आफ्नै नागरिकसरह आधारभूत सुविधा उपलब्ध गराउने बचन दिनुभएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।

– संकटको यस बेलामा सिंगो राष्ट्र एकताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपिदिएको छ । यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जनताबाट निर्वा्चित सरकार नै सकटको सामना गर्ने नेतृत्वदायी संस्था हो । तीनै तहका सरकारहरुले सम्बद्ध सबैका सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु ।

– चैत २५ गते मैले भनेको थिएँ– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । यस महामारीको समाप्तिसँगै मानव केन्द्रित नयाँ विश्व प्रणालीका बारेमा विमर्शको पनि थालनी गर्नुपर्छ । नेपालले यसमा अग्रसरता लिने छ ।

– कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वा्धिक महत्वपूर्ण हतियार हुन् । आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन । यस घडीमा म सबैसमक्ष विशेष आह्वान गर्न चाहन्छु– अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठीन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौँ, राष्ट्रिय एकतालाई थप सुदृढ पारौँ र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र सङ्क्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं ।

– आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना महामारी विरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क होऔँ, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।

फेरि एकपल्ट यहाँहरू सबैको सुस्वास्थ्यको कामनासहित नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरै धेरै धन्यवाद ।

कैलालीमा मात्रै पाँचजनाः नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

कैलाली । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएकी महिलालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ ती महिलाको र्या्पिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ भठाएको र राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पनि पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।
अस्पतालका प्रमुख डा. तिमिल्सिनाले संक्रमितलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पठाइने तयारी भइरहेको बताए । यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको हो ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

हिजो बागलुङमा एकजना महिलामा कोरोना देखिएको थियो । र्या्पिड टेष्टमा उनमा कोरोना देखिएपछि थप परीक्षणका लागि उनको स्वाब पोखरा पठाइएको बताइएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो ।


पछिल्लो समयमा नेपालमा एकाएक संक्रमित देखिन थालेका छन् । विश्वलाई भयावह बनाएको कोरोनाबाट हामी पनि अछुतो त रहेनौ तर त्यस्तो भयावह स्थिती भने भएको छैन । तर हामीले सरकारले गरेका प्रतिबन्धहरुलाई वेवास्ता गर्यौ भने माहामारीको अवस्था नआउँला भन्न सकिदैन । विश्व भयावह भएको अवस्थामा हामीले कुनै पनि कुराको लोभ नगरी जसोतसो पानीसँगै खाएरै भएपनि लकडाउनको पालना गरौँ । आफु बचाँ र अरुलाई पनि बचाउँ । सबैलाइ सुरक्षित रहन सम्पत्ति न्यूज स–परिवार यहि बाटै आग्रह गर्दछ ।

म विश्वस्त छु, यो संकटले हाम्रो लागि अवसर ल्याउदैछः सहसचिव ज्ञवाली

काठमाडौँ । नयाँ वर्ष ०७७ को पावन अवसरमा कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले सम्पुर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सरकार मन परे पनि मन नपरेपनि यो कोरोना विरुद्धको अभियानमा सबैले हातमा हात मिलाउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नु भयो –‘यो कोभिड–१९ महामारी सत्ताको कारण जन्मिएको समस्या होइन । अहिले भएको बन्दाबन्दी सरकारले आफ्नो कुनै नीति लागू गराउन वा आफ्नो बिरुद्धको कुनै बिरोध नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञा पनि होइन । तथापि कसैलाई यो सरकार बैगुनी लागेको छ, सरकार मन परेको छैन भने पनि यो बन्दाबन्दीको पालना गरौं । बैगुनीलाई गुनले मार्ने पनि हाम्रो संस्कार हो । त्यही रुपमा भए पनि यसको पालना गरौं । आफ्नो वरिपरि बन्दाबन्दीको उल्लंघन भएको देखिए आफू सक्दो भूमिका निर्वाह गरौं ।’
यो महामारीको उद्गमस्थल र महामारीको अर्को एपिसेन्टर बन्ने गंभीर जोखिममा रहेका विश्वका दुई जन महाशक्तिको बीचमा रहेर पनि हामी आजसम्म जुन सुरक्षित अवस्थामा रहनु यो आफैमा अत्यन्त सन्तोषजनक अवस्था रहेको सहसचिव ज्ञावलीको भनाइ छ । अब अलिकति थप धैर्यता राख्यौं भने हामी सांच्चिकै संभावना र अवसरको अर्कै क्षितिजमा हुने उहाँले बताउनुभयो ।

ज्ञवालीले गैरआवसीय नेपाली प्रति चिन्ता र सहानुभूति जनाउनु भएको छ । ‘जीविकोपार्जन र परिवारको लागि लाहुर गएका हाम्रा दाजुभाई दिदी बहिनीहरु दशगजामा अत्यन्त दुरुह अवस्थामा घर फर्किने दिन कुर्दै छन् । उनीहरुलाई घर फर्काउनै पर्छ तर त्यसका लागि घर सुरक्षित गर्नै पर्छ । नेपालमा केही हुन्न वा क्यारियर छैन भन्दै अनेक उपायमा मलेक्ष भासिएकाहरु पनि यो बेला घरै भएको भए भन्दै होलान । यिनीहरुलाई पनि देश फर्काएर यिनले विदेशमा बगाएको आधा मात्रै पसिना देशमा बगाउन उत्प्रेरित गर्न सकियो भने हाम्रा गाँउ फेरि गुल्जार हुनेछन् ।’ उहाँले भन्नुभयो ।
फेसबुक लगायत सबै सामाजिक संजाल नयाँ नयाँ अडियो भिजुयल शुभकामनाले भरिएको बताउँदै सबैमा शुभकामना व्यक्त गर्नु भएको हो ।
उहाँले आफु आफ्नो जिम्मेवारी प्रति पुरा सजग रहेर आफ्ना घर, मेरो छिमेक, मेरो देशमा फैलिन नदिन आफूसक्दो प्रयाश गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । साथै उहाँले यो महासंकटबाट हामी सबैलाई बचाउन सीमित साधन स्रोत र सुबिधाका बाबजूद अहोरात्र खटिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नेपाल सरकारका सबै विशेष धन्यबाद समेत व्यक्त गर्नु भएको छ ।
यसैगरी उहाँले हरेक संकटले त्यसमा टिक्नेहरुका लागि अवसर बोकेर आउने बताउँदै यो संकटले नेपालीको लागि अवसर ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो ।

धनराज ज्ञवाली , सहसचिव, कानुन मन्त्रालय

ट्राफिकमा राष्ट्रिय गानः कोरोना भाईरस विरूद्ध लड्न सबैलाई आव्हान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरिएको आव्हान अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूबाट आज बिहान आठ बजे राष्ट्रिय गान गाईएको छ ।


ट्राफिक कार्यालयका आ—आफ्नो ब्यारेकको झ्याल ढोका वा कौसी, प्राङ्गणबाट कोरोना भाईरस विरूद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, अति आवश्यक प्रदायकका कर्मचारी, सुरक्षा कर्मी तथा ट्राफिक प्रहरी लगायतको सम्मानमा हात हातमा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाईएको र गुन्जाईएको हो ।


राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली समेत बजाईएका छन् ।
“राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्त स्वरुप हो ।

ट्राफिक प्रहरी पनि यस्तो विषम परिस्थितिमा फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ र यसले देशप्रति समर्पित हुन र जनताको सेवामा काम गर्न थप उर्जा मिलेको छ ।” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।

प्रकोपले पूर्वाधार निर्माणमा पुर्याउने प्रभाव र यसले सुधारको लागि प्रदान गर्ने अवसर

लेखक:जनकराज पन्त

विश्वलाई अहिले COVID-19 को माहामारीले आक्रन्त पारेको छ। महाशक्ति राष्ट्र देखि अतिकम विकसित देशहरु समेत यस महामारीसंग जुझि रहेका छन्। महामारी फैलिसकेको अवस्थामा अहिले सम्पुर्ण राष्ट्रको ध्यान यस महामारीलाई नियन्त्रणमा राखि यस संक्रमणको जोखिमबाट कसरी उन्मुक्त गराउने भन्ने तर्फ नै केन्द्रित छ। चिनबाट सुरु भएको यस रोग हाल उक्त देशमा नियन्त्रणमा रहेको भनिएको छ भने सम्पन्न राष्ट्रहरुको सूचीमा पर्ने अमेरिका, इटाली, स्पेन आदी देशमा यसको संक्रमण महामारीको रुपमा फैलिरहेको छ। कोरोना फैलिएका अधिकांश मुलुकहरुले लकडाउन मार्फत यस महामारीसंग जुध्ने प्रयास गरिरहेका छन्।कोरोना संक्रमण बिश्वका २०० भन्दा बढी देशमा फैलिसकेको अवस्थामा यो क्रम कुन बिन्दुमा गएर रोकिने हो सो को पूर्वानुमान गर्न कठिन रहेको भनी विज्ञहरु बताउछन्। विश्व अहिले समाजशास्त्रीय र आर्थिक दृष्टीकोणबाट हेर्ने हो भने लगभग बन्द अवस्थामा रहेको छ। कोरोनाबाट प्रभावित र अन्य मुलुकका मानिसहरु मनोबैज्ञानिक रुपमा त्रसित छन्।कोरोना भाईरसको उपचार र नियन्त्रणको लागि सयौँ बैज्ञानिकहरु क्रियाशील भइरहको देखिन्छ तथापी हालसम्म सफल उपचार विधिको पत्ता लागिसकेको छैन र तत्कालै नियन्त्रणमा आइहाल्ने सम्भावना समेत देखिदैन्।अति सम्पन्न राष्ट्रहरुले समेत ठूलै आर्थिक नोक्सानी व्यहोर्ने प्रक्षेपणका विच हाम्रो जस्तो विप्रेषणमुखी र आयातमुखी आर्थिक संरचना भएको देशमा यसले अझ बढी असर पार्ने निश्चित छ।

नेपालमा पूर्वाधार निर्माणमा हुने गरेको ढिला सुस्तीको सम्बन्धमा हामि कोहि अपरिचित छैनौँ। समयमै खरिद व्यवस्थापन गर्न सार्वजनिक निकाय अझै सक्षम भई सकेका छैनन्, भने निर्माण व्यवसायी समयमै कार्य गर्न तर्फ त्यति ध्यान दिदैनन्। सार्वजनिक खरिदसंग सम्बन्धित ऐन, नियमको पटक पटक संशोधन हुदा समेत हामिले अपेक्षा गरे अनुसारको सुधार सार्वजनिक खरिदमा पटक्कै भएको छैन। यसबाट के बुझ्दछौ भने ऐन, नियम भनेको हामिलाई निर्देशित गर्न बनाईएको एउटा कागजी साधन मात्रै हो, ऐन का दफाले, कानुनका नियमले मात्रै कुनै गाठो फुकाउन सक्दैनन्।

उच्च गुणस्तर कायम गरी समयमै कार्य सम्पन्न भएका पूर्वाधार निर्माणका कार्य हाल पनि अत्यन्तै न्युन मात्रमा रहेका छन्।अति सामान्य परिस्थितिमा समेत निर्माण व्यवसायीले विभिन्न बाहाना बाजी गरेर म्याद थप माग गर्ने तथा कार्यालयले माग भए बमोजिमको म्याद थप गरिदिने चलन हाल सम्म रहेको छ।सार्वजनिक खरिद नियमावलीमा सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले खरिद सम्झौता बमोजिमको काम समय मै सम्पन्न गर्न भर मग्दुर प्रयास गरेको, काबु बाहिरको परिस्थितिको उत्पन्न लगायतका कारणबाट काममा ढिलाइ भएको खण्डमा मात्र म्याद थप गर्नु पर्ने प्रावधान गरेको छ। यसर्थ कोरोना भाईरसको संक्रमण जोखिमको कारण भएको लकडाउनलाई काबु बाहिरको परिस्थितिको रुपमा व्याख्या गर्न सकिन्छ। चैत्र, बैशाख महिना नेपालमा निर्माण कार्यको हिसाबले अत्यन्त महत्तवपुर्ण मानिन्छ, यसै समयमा फैलिएको संक्रमणको जोखिमले थुप्रै निर्माण कार्यमा ढिलाई हुन जाने तथा यसबाट राज्यले ठूला आर्थिक हानि नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ।सार्वजनिक खरिद अनुगमन, कार्यालयद्वारा सञ्चालित विद्युतिय खरिद प्रणालीमा हाल करिव ३१७१ ठेक्का चालु अवस्था रहेको देखिन्छ, यी सम्पुर्ण ठेक्कालाई यस प्रकोपले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।कोरोना भाईरसको त्रास बैशाख महिना सम्म कम्तिमा रहिरहने सम्भावना प्रबल हुदै गईरहेको छ। बैशाख पछि प्रि(मन्सुन सुरु हुने तथा लगत्तै मन्सुन सुरु हुने हुदाँ निर्माण व्यवसायीले सो समयमा निर्माण कार्य सन्तोषजनक गतिमा गर्न नसक्ने अनुभव हामिले बिगतका वर्षहरुमा समेत भोगेको सन्दर्भमा यसको प्रभाव कम्तिमा मन्सुन नरोकिने बेला सम्म पर्न जाने देखिन्छ।हाम्रो प्रचलित खरिद ऐन, कानुनले काबु बाहिरको परिस्थिति सृजना भई म्याद थप गर्नु परेमा निर्माण व्यवसायीले क्षेति पुर्ति समेत माग गर्न सक्ने व्यवस्था रहेको छ। निर्माण व्यवसायीले समेत यस विषम परिस्थितिमा आफुलाई कुनै घाटा नोक्सान नभएको खण्डमा समेत कानुनी व्यवस्थाको गलत फाईदा उठाउने कार्य पनि गर्नु हुदैन। यो समय भनेको हामि सबैले आफ्नो(आफ्नो तर्फबाट राज्यलाई उचित सहयोग तथा योगदान पुर्याउनु पर्दछ।
प्रकोप पश्चात हाम्रो आर्थिक, सामाजिक संरचनामा केहि परिवर्तन आउने निश्चित प्राय छ।हाल रोजगारीका लागि छिमेकी मुलुक, विदेश गएका युवाहरु गाँउ तिर फर्केका छन्, राज्यमा अहिले ठूलै काम गर्न सक्ने जनशक्तिहरु एकिकृत भएका छन्, प्रकोपले दिएको यस पिडालाई हामिले अवसरको रुपमा परिवर्तन गर्न सक्नु पर्दछ।उक्त युवा पंक्तिलाई परिचालन गरी पूर्वाधार निर्माण कार्यमा लगाउन सकेको खण्डमा स्वदेशमै रोजगारीको अवसर सृजना हुने तथा निर्माण कार्यले पनि गति लिन सक्दछ।पूर्वाधार निर्माणमा जति सक्यो, त्यति मानविय जनशक्ति परिचालन गर्न सक्यो, त्यस्तो पूर्वाधारहरु दिगो, वातावरण अनुकुलन हुने तथा स्थानीय लाभग्राहीलाई अपनत्व महसुश हुने गर्दछ। अहिले सम्म हामि छिटो गर्ने बहनामा डोजरे विकास मात्रै गर्यौ, त्यसको साक्षि स्वयम हामिहरु नै छौ। त्यसले वाताबरण र प्रकृतिमा पारेको नकरात्मक प्रभावको कुनै लेखा जोखा नै छैन्।भनिन्छ यदि योजनाको तयारी कुशलता पूर्वक गरिएको छ भने त्यसलाई पचाँस प्रतिशत कार्य सम्पन्न भएको सम्झनु पर्दछ। हामिले हचुवाको भरमा योजना छनौट गरि हतारमा कार्यान्वयनमा जाँदा उक्त योजना दिगो हुदैन र राज्यलाई ठूलो आर्थिक हानि नोक्सान गर्छ भन्ने कुरा कहिक्यै सोचेनै। पहाडमा एक लेनको करिब ३।७५ मि चौडाईको कालोपत्रे सडक निर्माण गर्न कम्तिमा तिन करोड भन्दा बढी रकमको आवश्यकता पर्दछ, हरेक वर्ष सैयो कि।मि यस्ता सडकहरु वर्षाको पानि संगै बगेर जाने गर्दछ, सोचै त यसले राज्यलाई कति आर्थिक नोक्सानी पर्दछ। सैयोँ जनाता सामान्य गुजारा गर्न नसक्ने अवस्थामा रहेका छन् भने हामिले राज्यको करौडो रुपैया यसरी नै पानिमा बगाई रहेका छौँ। अब हामिले निर्माण गर्ने हरेक पूर्वाधार जनताको जिबनस्तर उकास्न तर्फ प्रेरित हुन पर्दछ।पूर्वाधार निर्माण तथा छनौट सेन्टिमेन्टको आधारमा, तदर्थबादको आधारमा भन्दा पनि आवश्यकता, औचित्यता, प्राविधिक सम्भाव्यता अध्ययन गरी लाभ(लागत विश्लेषण गरी सञ्चालन गर्नु पर्दछ।
हामिले सदियौ देखि नेपाल कृषि प्रधान देश भनेर पढ्यौ, बुझ्यौ तथर कृषि उत्पादनको क्षेत्र अहिले सम्म सन्तोषजनक स्थितिमा पुगेको छैन। हामिले कृषि र पूर्वाधारलाई जोड्ने प्रयास निकै कम गर्यौ, कृषिलाई पर्यटन हुदै सडक पूर्वाधारसंग सामञ्जस्यता गर्ने तर्फ ध्यान कहिल्यै दियनौ, त्यस कारण न कृषि उत्पादन बढ्यो न पूर्वाधार निर्माणले मान्छेको जिवनस्तरमा यथोचित परिवर्तन ल्यायो।हामीले यस्तो खाले परिवर्तनको कल्पना गर्यो कि, विद्यालय शिक्षाबाट कृषि शिक्षा, व्यवसायीक शिक्षा हटाई साना कलिला मष्तिस्कमा समेत माटो भन्ने सब्दलाई छीस् भन्ने बनायौ, पूर्वाधार निर्माण तथा सहरिकरणको नाममा भएको खेति योग्य जग्गा, जमिन, जङ्गल मासेर कंक्रिटका महल ढडायौँ, सडक नै सडक बनायौँ। हामिले निर्माण गरेका पूर्वाधारले न जनताको जिवन स्तरमा परिवर्तन ल्यायो, न हामिले खर्च गरेको रकम अनुसारको लाभ प्राप्त गर्न सफल भयौ।
यस विषम परिस्थिलाई संक्रमणको रुपमा मात्र नलिएर यसलाई परिवर्तनको अवसरको रुपमा उपयोग गर्नु पर्दछ। नेपाल कृषि प्रधान देश हो र भबिष्यमा समेत त्यही रुपमा स्थापित गर्नु पर्दछ। अबको पूर्वाधार विकास कृषि पर्यटनको विकासको रुपमा विकास गर्नु पर्दछ, जसले प्रकोपका कारण स्वदेश फर्किएका जनशक्तिलाई रोजगारी प्रदान गरोस्, सम्बृद्ध नेपाल निर्माणको सपना साकार होस्। ठूला पूर्वाधार निर्माणको नाममा विदेशि जनशक्ति भित्राउने, भएको स्वदेशि पुजिँ समेत बाहिर लैजाने कार्य गर्नु तत्कालको लागि त्यति सान्दर्भिक छैन, पहिले हामिलाई पुग्ने, खाने चिजको उत्पादन स्वदेशमा गर्न सक्षम बनौ, त्यसको लागि जनताको सहभागितामा आधारभुत पूर्वाधार निर्माण तत्काल गरौँ, त्यसको लागि आवश्यक प्रविधिको खोजि गरौँ, अनि त्यस पछी सोचौँला अन्य कुरा।
राजनितिज्ञ, कर्मचारिहरु, उद्योगी, व्यापारी र सम्पुर्ण जनताले माटोलाई माया गरौँ, माटोलाई माया गर्न सिकाऔँ र माटोसंगै रमाउन, खेल्न सकियो भने कोहि फरक हुदैन, केही बिभेद हुदैन, कसैसंग हात फैलाउनु पर्दैन, कोहो भोकै मर्दैन, आखिर सबै माटोमा मिसिनु त छदैँ छ एकदिन। प्रकृतिले हाम्रो देशलाई दिएको यति बिध्न प्राकृतिक सम्पतिको भरपुर सदुपयोग गर्न सकेमा अहिला बन्द कोठा भित्र जागेको प्रकृतिको मोह सधैलाई प्राप्त हुन सक्कला की।

लेखकको हाल कार्यरत कार्यालय: स्थानीय पूर्वाधार विभाग (DoLI), पुल्चोक, ललितपुर

इमेल: janakpant2006@gmail.com

लकडाउन र दस कर्म

✍️ रामेश्वर शर्मा भुर्तेल

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गर्दै थियो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको थियो । अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको थियो ।
भोलिपल्ट….
त्यो दिन बेलुकी निद्रा नपुगेको हो कि जस्तो भयो  बिहान सडकमा गाडीहरु गुडेको थिएन कोरोनाको कारणले त्योभन्दा पनि लकडाउन समय तोकिएको थियो। सरकारले लकडाउनको समय तोक्नु पनि घरमा ठूलो भुमरीमा अाउनु पनि एकैसाथ… पिताको सास गयो ।
‘लकडाउन’ अहिले विश्वव्यापी चर्चा र प्रचलनमा छ । यति मात्र होइन, यो शब्द अहिले व्यवहारिक रुपमै अभ्यासमा पनि छ। त्योभन्दा पनि दुखमा बुझे लकडाउन

“बिदाइ भनेको तिनको लागि मात्रै हो, जसले आँखाले माया गरेका हुन्छन् । मुटु र अन्तरआत्मादेखि माया गर्नेहरुलाई छुट्याउने कुनै चीज नै हुँदैन “

मृत्युसंग डरलाग्नु स्वभाविक हो। अधिंकास मानिस मृत्युसंग डराउँछन्। दिउँसो भन्दा राती बढी डर लाग्छ, किन? जुन कुराको यथार्थ थाह हुदैन, जुन देख्न सकिदैन, त्यसबाट डर पैदा हुनु सामान्य हो। तर साच्चैँ मृत्यु के हो?
मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।

मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।

मृत्युसँग कुनै वार्ता र सहमति हुनसक्दैन । सम्झौता हुँदैन । मृत्युुसँग कसैको पनि दोहोरो सम्वाद हुन सक्दैन । मृत्यु पूरै निरंकुश र अधिनायक हुन्छ । कस्तो विचित्रको हो यो मृत्यु । मृत्युसँग कोही पनि सामना गर्न चाहँदैन । जो पनि यसबाट परपरै भाग्न खोज्छ । मृत्यु एक्लो हुन्छ । मृत्युः शब्द सुन्नासाथ कान ठाडा हुन्छन, आङ जिरिङग हुन्छ, शरीरमा रोमाञ्च हुन्छ । पसिना छुट्छ । मृत्युः शब्दले नै कति भयावह कम्पन दिन्छ । अनि यस शब्दको यथार्थ बोध हुने त कुरै भएन । मृत्यु कस्तो हुन्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैन । अनुभव कसैलाई पनि हुँदैन–मृत्युको । अनुभव– अनुभूति र थाहाभन्दा टाढा अगम्य हुन्छ मृत्यु । अर्थात मृत्युमा पुग्ने कोही पनि फर्किदैन । सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । मृत्यु कहिले हुन्छ कसैलाई थाहा हुन्न । मृत्यु कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौ भन्ने कुरा सबैलाई थाहा हुन्छ । मृत्यु र जीवन एक अर्कोको विकल्प होइन।
डरको सबैभन्दा ठुलो कारण मोह हो। यो जीवनको मोह, जीवनसंग जोडिएका मानिस अनि वस्तुको मोह। त्यसैले मृत्युसँग डर लाग्छ। मोहको कारण। केही मानिस यस्ता भेटिन्छन् जो मृत्युसंग डर मान्दैनन। मृत्युसंग डर नमान्नेले साँच्चैको जीवन जिएका हुन्छन्, जीवन जिउने कला जानेका हुन्छन्।

संसारको वास्तविकता जानेर पनि हामीलाई होस हुदैन, जीवन छ भने मृत्यु पनि हुनै पर्छ। किनकी संसार क्षणभरको छ, परिवर्तनशील छ। परिवर्तन संसारको रित हो। जसले परिवर्तन बुझेको हुन्छ उसले जीवनको यथार्थ बुझ्नसक्छ। यो लेख पढ्नसुरु गर्नु भएको तपाइ र यो वाक्य पढ्दै गरेको तपाई एउटै हुनुहुन्न। तपाइको शरिर परिवर्तनशील छ, कोष मर्ने अनि नयाँ बन्ने प्रक्रिया प्रत्येक पल भइरहेको छ। हाम्रो सोच भने फरक हुन्छ, जे भइरहेछ सधै रहन्छ झै व्यवहार गर्छौ।

यस्ता व्यवहारको पछाडी केही कारण छन्। हामीलाई जीवनको उद्धेश्य थाह नहुनाले यस्तो सोचिन्छ। जीवनको उद्धेश्य थाह पाउन हामीलाई कुनै चाख छैन। किनकी आफै बाटो बनाउन कठिन छ, त्यसैले त हामी त सदियौं देखि अन्यले देखाएको बाटो हिड्दैछौ।
आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् ।  आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  नेपाललगायत विश्वका थुप्रै देशमा गरिने विविध किसिमका अन्त्येष्टिको एउटै उद्देश्य मृतात्माको शान्तिको कामना गर्नु नै हो ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।  मृतकको शवलाई घाटमा पु¥याई मृतकको छोरो वा परिवारको नजिकको सदस्यले आगोको दागबत्ती दिँदै सदगत गर्छ ।  आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन धर्म, परम्परा ठाउँ र जातजातिअनुसार फरक–फरक छन् ।  मृतकका नातेदारले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कारको विकास भएको मानिन्छ ।  नेपाली समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलनअनुसार काजकिरिया गर्ने चलन छ, जुन कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर जस्तो देखिन्छ ।  केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग अथवा बैकुण्ठ जाने बाटो सहज हुन्छ, सन्तानलाई धर्म मिल्छ भन्ने धार्मिक विश्वास छ ।  किरियापुत्रीले दिनहुँ नुहाइधुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडीनै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लगौटी र खाँडीको बर्को ओडी पुुस÷माघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागतीमात्र खाएर बस्नुपर्ने चलन छ ।  किरिया अवधि भर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको भुइँमा सुत्नुपर्छ ।  दिनको एक पटक एक छाक निस्तो भात खाई मृतकको नाउँमा पायस पकाइ पिण्ड दिने प्रचलन सदियौँदेखि हिन्दु संस्कारमा चल्दै आएको पाइन्छ ।  पिण्डदान मृतकको आत्मा पितृलोक नपुगेसम्म उसलाई बाटोमा चाहिने भोजनको रूपमा गरिएको विश्वास छ ।
तेह्रौँ दिनमा चलनअनुसार गाईको पुच्छर समाइ किरिया बार्ने परिवारजनले ब्राह्मणलाई शैøया दान गरेपछि मात्र मृतकको तेह्रौँ दिनको कर्म सकिएको मानिन्छ ।  मृतकका परिवारमा एक वर्षसम्म शोकमा रहेको पहिचान स्वरूप सेता लुगामात्र लगाई चोखोनितो खाने गरिन्छ ।  मानिसको मृत्यु भएको घरमा एक वर्षसम्म जुठोबार्ने चलन अझ सम्म छ ।  तेह्रौँ दिन सबै कार्य समाप्त गरेर मलामीलाई भोजन खुवाएपछि मृतक मुक्त भएर पितृ सरहको स्थानमा पुग्ने विश्वास गरिन्छ ।  त्यसपछि पनि वर्ष दिनसम्म हरेक महिनामा मासिक श्राद्ध गरिन्छ र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दान दिने चलन छ ।  गौदान गर्नुको तात्पर्य हो मृतक यस लोकबाट अर्को उच्चलोकतिर जाने बाटोमा पर्ने वैतरिणी नदी तर्न सजिलो होस् ।  वर्ष दिनको काम सम्पन्न भएपछिका वर्षमा पितृलाई मरेको तिथिमा तर्पण पिण्ड दिन वाषिर्क श्राद्ध गरिरहने प्रथा छ ।  जुठोबार्नु भनेको मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमङ्गमा परिवारका सदस्य सरिक नहुने, रगतको नातागोताभित्र बिहे–ब्रतबन्धजस्ता शुभ कर्म गर्न नमिल्ने आदि हुन् ।  एक वर्षपछि वार्षिकीमा पूजाआजा गरी जुठो फुकाइन्छ, जुठो परेको घर चोख्याउने चलन छ ।
पूर्वी नेपालको किरात, लिम्बू जातिमा लोग्ने मानिसको निधन भए चार दिनसम्म र स्वास्नी मानिसको निधन भए तीन दिनसम्म जुठोबारे पुग्छ ।  त्यहीका ब्राह्मण, क्षेत्रीभन्दा फरक प्रचलन जुठोको अन्तिम दिन लिम्बूको सगुनमा मासु र जाँडरक्सी अनिवार्य हुनैपर्छ ।  राई र लिम्बू जातिमा कोही मरेमा पहिले बन्दुक पड्काएर मलामी छिमेकीलाई बोलाउने चलन छ ।  मलामी जाँदा सबै मलामीले हात–हातमा खुाडा, खुकुरी, बन्दुक, तरबार आदि हातहतियार बोकेर आवाज निकाल्दै शव लैजाने चलन छ ।  शवलाई गाड्ने काम सकिएपछि जाड चढाउनुपर्छ ।  अशौच बार्ने विषयमा पनि अन्य जातिभन्दा जनजाति र आदिवासीमा भिन्नता देखिन्छ  ।  त्यहाँका आदिबासी राजवंशी–ताजपुरियामा किरिया बारेको व्यक्ति हाटबजार घुमेर धेरै व्यक्ति हे¥यो भने मृतक स्वर्ग जान्छ भन्ने धार्मिक विश्वास छ ।  उनीहरूको मृतकको छोरा सबै भाइ किरियामा बस्नु नपर्ने चलन छ ।  कुनै एक भाइ किरियामा बसे हुन्छ, एउटै बाबुआमाका छोरा अरू भाइले खासै चोखोनितो बस्नुपर्दैन ।
 काठमाडौँ वरपरभन्दा बाहिरका जिल्लामा अझ पनि काजकिरिया गर्ने प्रचलनमा खासै परिमार्जन भएको पाइँदैन ।  सायद समाज विकास भएकै कारण हुन सक्छ, त्यहाँको चलनभन्दा काठमाडौँको चलनमा केही सुधार भएको पाइन्छ ।  काठमाडौँमा सुधारिएको सभ्यतासँगै किरियाक्रममा पनि परिस्कृत भई केही खुकुलो हुँदै गएको छ ।  किरियापुत्रीले फलफूललगायतका सुख्खा खानेकुरा पनि खान मिल्ने चलन काठमाडौँ हुँदै गाउँतिर भित्रिन थालेको छ ।  मृतकको शव बोक्दै घाटसम्म महिला पनि मलाम जाने चलन पूर्वी जिल्ला हुँदै पश्चिमतिर सर्दै गएको छ ।  नेपालको राजधानीलगायतको मध्य क्षेत्रका जिल्लामा महिला मलामी जान वञ्चित थिए ।  त्यसमा अहिले छिटफुट सुधार आएको छ ।  आजभोलि १३ दिन क्षेत्रबास बस्ने जुन पुरानो प्रचलन छ, त्यसमा पनि कसैले सात दिन कसैले पाँच दिन गर्ने चलनको बहस हुन थालेको छ ।  यताकता यसको प्रगोग हुनु यसको परिवर्तित रूप हो ।
परिवारमा सदस्यको मृत्युु बियोगमा छट्पटिएको व्यक्तिमाथि नै शुद्ध अनि चोखोनितोको नाउँमा थोपरिएको यी र यस्ता कष्टप्रति खुलेर आवाज उठ्न सकेको पाइँदैन ।  यदि धर्म संस्कार विरोधीको आरोप नलाग्ने हो भने यस्ता परिमार्जन गर्नैपर्ने विषयमा बोलिने आवाज पक्कै पनि धेरै हुन सक्थे तर हामीलाई सामाजिक, धार्मिक जञ्जिरले बाधेको तितो यतार्थका कारण कति सुधारिनुपर्ने विकृति विसङ्गति पनि परिमार्जन हुन सकिरहेको छैन ।  अझै पनि पुराना पुस्तामा यो परिवर्तनको यथार्थ चिर्न सक्ने इच्छा एवं क्षमता नहुन सक्छ तर तिनै पुस्ताका सन्ततिले गलत कुराको विरोध गर्दै सही कुरालाई सहजताका साथ स्वीकारी अवलम्बन गर्न थालेपछि नेपाली समाजमा प्रचलित विविध संस्कारभित्रका विकृति विसङ्गति बिस्तारै कम हुँदै गएको छ ।  

म खनिजको रुपमा मरें र विरुवा बने, म विरुवाको रुपमा मरें र जनावर बनें, म जनावरको रुपमा मरें र म मानिस थिएँ । म किन डराउने ? म नमरेको चाहिँ कहिले थिएँ र ?

मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो। तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।

मृत्युलाई केहि दर्शन शास्त्रीले मानिसको भौतिक शरिर मात्रको मृत्यु हुन्छ । आत्मा कहिल्यपनि मृत्यु हुन्न भनेका छन । उनिहरको तर्क छ–मानिसको शरिर जुन चिजले वन्यो त्यो नै आत्मा हो । आत्मा र शरिर अलग हुनुनै भौतिक अर्थमा मृत्यु हो । शरिरमा आत्माको प्रवेश गरेपछि मात्र जिव बन्दछ । जिउ र आत्माको मिलन बाटनै जिवात्मा बन्छ । त्यसैले जिउ अथवा शरिर भन्दापनि सत्यचाहि आत्मा हो । हाम्रो शरिर भौतिक रुपमा मात्र रहेको हुन्छ । त्यसलाई सन्चालन गर्ने अदृष्य शक्ति आत्मा हामी भित्र रहेको छ । शरिरका सबै इन्द्रिय लाई चलाउनेनै आत्मा हो । आत्माको कहिलेपनि मृत्यु हुन्न भन्ने पनि छन । तर आत्मा केहो ? यो कस्तो हुन्छ ? कहा बसेको हुन्छ ? मृत्युको बारेमा थाहा नभए जस्तै कसैलाई पनि थाहा हुदैन । त्यसैले भनिन्छ, जुन चिज जन्मिन्छ, त्यसको मृत्यु हुनै पर्दछ । मृत्यु स्वभाविक र अपरिहार्य प्रक्रिया हो । जसलाई विज्ञानको नियमले पुष्ठि गरेको छ । तर आफ्नो मृत्यु कसैले देख्न नसक्ने भएकाले मृत्युको बारेमा कसैले सोच्नु र चिन्तागर्नु व्यर्थ छ पनि भन्ने गरिन्छ ।
आत्माप्रति विस्वास गर्नेहरु ले भनने गर्दछन, यो देखिने शरिर आत्माको खोलमात्र हो । आत्मा एउटा शरिरको मृत्यु हुना साथ अर्को शरिरमा प्रवेश गर्दछ । सृष्टि देखिनै यो क्रम चल्दै आएको छ । शरिर को विलय भएपनि आत्मा रहि रहन्छ । त्यसैको प्रभावले हामीहरु लाई अमर रहि रहने इच्छा जाग्दछ । अनि मृत्यु देखि डराउछ पनि । जुन कुरा सत्य छ त्यमा डराएर केहि हुदैन । तर पनि मानिसहरु आफु अहिले पनि मृत्यु नहुने सोच्दछन । धेरै मानिस लोभ,पाप, र कुकर्ममा तल्लीन हुन्छन । एक पटक सोचौ त मृत्युको बारेमा तपाइले कस्तो महसुस गर्नुहुन्छ । तर मृत्युको बारेमा धेरै सोच्ने चाहि नगर्नुस,किनकी मानिस जन्मेपछि सत्य भनेकै मृत्यु हो । यसलाई कसैले रोक्न, टार्न र यसबाट जोगाउन सक्दैन ।

हाम्रो संस्कृतिअनुरूप बाबुआमाको मृत्युपछि तिनका सन्तानले १३ दिन काजकिरिया गर्ने परम्परा रहिआएको छ । यो काजकिरियाकै आधारमा दाजुभाइहरूमा नजिक, टाढा, को, कति भन्ने प्रस्ट्याउनका लागि कतिले ‘हामी त १३ दिने’ पनि भन्ने गर्दछन् । तेह्रदिने भनेपछि छाक जुठै लाग्ने नजिकका रहेछन् भन्ने बुझिन्छ । हिन्दू धर्मावलम्बीमा पनि सबैमा १३ दिनको प्रचलन छैन । राई, लिम्बू, गुरुङ, मगरलगायत कतिपय जनजातीय समुदायमा बाबुआमाको मृत्युमा १३ दिन जुठो बार्ने चलन छैन । आ–आफ्नो परम्पराअनुरूप कसैले तीन दिन, पाँच दिन, कसैले तीन छाक बार्छन् । तर, यो पनि परम्पराअनुरूप फरक–फरक तरिकाले गरिन्छ । जस–जसले जुन तरिकाले गरे पनि पितृ बुझाउने कार्यचाहिँ सबैले गर्छन् । क्षेत्री, बाहुन र दलितको भने जन्मेदेखि मृत्युसम्म प्राय: सबै संस्कार एउटै हो । यी जातिमा छोरा प्रतिको अगाध चाहना पनि मृत्यु–संस्कारसँगै जोडिएको छ । जनजातिमा पनि मृत्यु–संस्कार आफ्नो प्रचलनअनुरूप प्राय: छोराले नै गर्छन् । तर, छोरी र ज्वाइँको भूमिका पनि त्यत्तिकै हुने गर्छ । कतिपय जातिमा ज्वाइँ नभई मृत्यु संस्कारको सुरुवात नै हँुदैन । यता लोकतन्त्रले जनजातिको सूचीमा पु¥याएका नेवार समुदायको मृत्यु–संस्कार पनि १३ दिनकै हुने गर्दछ । तर, गर्ने प्रक्रिया भने फरक छ । क्षेत्री, बाहुन र दलितले बाबुआमा जलाएपछि छोराहरूले घाटमै कपाल काट्छन्, नेवार समुदायमा १० दिनका दिन कपाल काट्ने चलन छ । यो पनि ठाउँअनुसार फरक छ, पहाडतिर प्राय: सोही दिन घाटमै कपाल खौरने चलन छ भने उपत्यका र तराईका कतिपय भागमा १० दिनमा मात्रै कपाल खौरिएर सेतो लुगा लगाउने चलन छ । कतिपय नेवार परिवारमा सबै छोराले कोरामा बस्नुपर्दैन । बाबुको मृत्युमा जेठो छोराले र आमाको मृत्युमा कान्छो छोरा कोरामा बस्ने गर्छन् । मधेसी र मारवाडी समुदायमा १३ दिन जुठोमा बस्ने चलन छ । जनजातिबाहेक सबैको मृत्यु–संस्कार प्राय: खोलाको छेउमा जलाएर गरिन्छ । जनजातिमा भने जमिनमुनि गाड्ने चलन छ । कतिले आफ्ना आमाबाबुको चिहानमाथि विभिन्न आकारका स–साना घर बनाएर तिनलाई विशेष बनाउने गरेको पनि देखिन्छ ।
मृत्यु–संस्कार भन्ने कुरा हामीकहाँ मात्रै होइन, विश्वमै आ–आफ्नो जातीय, धार्मिक र सांस्कृतिक परम्पराअनुरूप गरिने कुरा हो । परिवारको सदस्यको मृत्यु भएका दिन कतै मदिरासहितको भोजभतेर गरिन्छ, मृत्यु उत्सव बनाइन्छ भने कतै उक्त दिन घरमा चुलो बाल्न पनि मिल्दैन । धर्म, समुदायअनुरूपको प्रचलनमा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता राखिन्छ किनभने यो आ–आफ्नो संस्कारसँग जोडिएको कुरा हो । यसप्रकारको संस्कार कसले कति मान्ने कति नमान्ने भन्ने कुरा मानिसको स्वविवेकको कुरा हो, गर्नैपर्छ भन्ने कुनै करकाप गरेको पनि पाइँदैन । हिन्दू धर्म–संस्कार नुरूप बाहुन परिवारमा जन्मिएपछि बाबुआमाको काजकिरिया १३ दिन नै गर्नुपर्ने हो, तर नेता बीपी कोइरालाई उक्त संस्कार ठीक लागेन त्यसैले उहाँले बाबुआमाको किरिया गर्नुभएन । उहाँलाई बाबुआमाको क्रिया गरेन भनेर कसैले पानी काढेन, तेह्रदिनेहरूले कुलबाट टाढा गरेनन् । किनभने हिन्दूधर्म नै यस्तो धर्म हो जसको पालना नगरे पनि कुनै सजाय भोग्नुपर्दैन । यो स्वेच्छिक छ, हिन्दू धर्म–संस्कारमा स्वविवेकको भरपूर प्रयोग गर्न पाइन्छ । हिन्दूधर्म परम्पराअनुरूप बाहुनको छोराले लुगा फेरर खालीखुट्टा बाबुको लासलाई अन्तिम श्रद्धाञ्जलीस्वरूप दागबत्ती दिनुपर्नेमा एमाओवादी नेता प्रचण्डले कोटपाइन्ट र छालाको जुत्तामा सजिएर लालसलाम गर्नु भो । परम्पराविपरीत भयो भनेर केही आलोचना पाए पनि उहाँलाई त्यस्तो खासै फरक परेन । यस्ता केही नेताहरू छन् जसले आफ्ना बाबुआमाको काजकिरिया नगरेर भोलि आफ्नो किरिया पनि नगरे हुन्छ भन्ने सन्देश समाजलाई होइन तिनका सन्तानलाई दिएका छन् । समाज त त्यही गर्छ जो आफूलाई ठीक लाग्छ ।
मुलुक सङ्क्रमणकालमा छ, यो देशमा उठान गर्नुपर्ने र निक्र्योल निकाल्नैपर्ने मुद्दाहरू धेरै छन् । यस्तो बेलामा हिन्दूहरूको मृत्यु–संस्कार छोट्याउनुपर्ने कुरा आश्चर्यजनक रूपमा बहसमा ल्याउन खोजिएको छ । यो कसले ल्यायो ? यतिबेलै किन आयो ? खोजीको विषय भएको छ । आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा हो मृत्यु–संस्कार । यति मात्र नभई हिन्दूधर्ममा यसको आफ्नै महŒव छ । मरेपछिको संस्कार गर्दै जाँदा १० दिनपछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजकिरिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानलाई दु:ख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका कारण वर्षौं पछि आफन्तले काजकिरिया गरेका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । यसप्रकारको वास्तविकता जे–जे भए पनि मृत्यु–संस्कार आफ्ना बाबुआमाप्रतिको श्रद्धासँज्ञगै एउटा विश्वास पनि हो । तर, अहिले हामी यस्तो कुरामा बहस गरिरहेका छौँ जहाँ आफ्ना बाबुआमा मरेको कल्पना गरिन्छ र १३ दिन दु:ख भयो भनेर तीन दिन मात्र दु:ख गरूँ भनेर योजना बनाइन्छ । दु:ख–सुख भन्ने कुरा महसुस गर्ने कुरा हो । बाबुआमाप्रति कुनै श्रद्धा नभएका मानिसले उनीहरू बाँच्दै पनि कुनै सुख महसुस नगरेका हुन सक्छन् । त्यसप्रकारका मानिसले तीन दिन मात्र किन, एक दिन पनि जुठो नबार्न सक्छन् । तर, यदि कसैले चाहन्छ भने त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । मृत्यु–संस्कार भन्ने कुरा सांस्कृतिक मात्र होइन, निकै संवेदनशील कुरा पनि हो । यो राज्यले नीति बनाएर लागू हुने या गरिने कुरा होइन । आ–आफ्नो परम्पराअनुरूप चल्ने कुरा हो । कतिपयले सरकारी कर्मचारीले १३ दिन छुट्टी बस्दा राज्यलाई घाटा भएको हास्यास्पद तर्क पनि दिएका छन् । कतिले चाहिँ छोराछोरीको व्यस्तताको कुरा उठाएका छन् । तिनै बाबुआमाले जन्माएर दु:ख गरी हुर्काएर पढालेखा बनाएर व्यस्त बन्न पुगेका छोराछोरीले आफ्ना बाबुआमाको काजकिरिया गर्न समय निकाल्न सक्दैनन् भने त्यस्ता छोराछोरीले जुठो नबारेकै राम्रो ।

“हाम्रो मृत्यु कहिल्यै नसिद्धिने अनन्तसँगको विवाहोत्सव हो “

‘स्वर्ग’ र ‘नर्क’ मान्ने हो भने पुर्वजन्म र पुर्नजन्म पनि सम्भव देखिन्छ। पुर्वजन्म र पुर्नजन्म हुनु पछाडी धेरै कारण हुने गर्छन। जब सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरे उनले आफ्नो पुर्वजन्म नहुने बताएका थिए। बुद्धत्व प्राप्त हुनासाथ पुर्वजन्म अनि पुरै सृष्टीको बारेमा ज्ञान पाएका बुद्धले आफ्नो जीवनको लक्ष्य भेटेको र अब कुनै पुर्नजन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए। बर्षौंको ध्यानले उनले जीवनको यथार्थ जानेका थिए। बुद्धको अनुसार मृत्यु जीवको अन्त्य होइन। एउटा भौतिक शरिरले जीवनको सत्यको लागि गरेको प्रयत्न अनुसार अर्को जन्म निश्चित हुन्छ। उदाहरणको लागि तपाइले केही कुरा जान्न खोज्दै हुनुहुन्छ, एक दिन किताब खोज्न बिताउनुहोला, अर्को दिन एउटा किताब पढेरसक्नु होला, तेस्रो दिन सोही बिषयमा अन्यसंग छलफल गर्नुहोला, अर्को दिन सो विषयमा तपाइ ठुलो जानकार भइसक्नुहुनेछ। त्यसपछिका दिनमा तपाइले सो विषय खोजिरहनु पर्दैन। त्यसरीनै हाम्रो जन्म हुने गर्छ। प्रत्येक जन्ममा केही न केही सिकिन्छ जसले अर्को जन्ममा सहयोग गर्छ।

लाखौ योनी हुदै मानव शरिरमा आत्माको जन्महुने धेरै पुराणमा सुनिदै आएको हो। साथै आत्मा अमर हुने विषय संसारका सबैजस्तो धर्म सम्प्रदायले बताउँछन्। शरिरको उमेर भएझै आत्माको पनि उमेर हुन्छ प्रत्येक जन्ममा सिकेका कुराले आत्माको उमेर तय गर्छ। जति आत्माको उमेर बढ्दै गयो त्यति नै जीवनको यथार्थको नजिक पुगिन्छ, बुद्धत्व बाटोमा अघि बढिन्छ। आखिर मृत्यु पनि जीवनको सत्यताको लागि आत्माले खोज्ने नयाँ शरिर हो, नयाँ बाटो हो,नयाँ अनुभव हो ।

लकडाउन र मेरो घरमा भुमरी पर्नु एकैचोटि भयो
दश दिन सम्म नेपाली समाजले सिकाएको दश कर्महरु