कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा कर्मचारी सञ्चयकोषको ५ करोड सहयोग

काठमाडौं । कर्मचारी सञ्चयकोषले कोरोना भाइरस संक्रकण,रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।


विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सञ्चय कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ करोड रूपैंया आर्थिक सहयोग गरेको जानकारी गराएको छ ।


कर्मचारी सञ्चय कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्त भएसँगै बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरको हो ।

आयल निगमद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड सहयोग

काठमाडौं । नेपाल आयल निगमले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड सहयोग गरेको छ ।


विश्वव्यापीरुपमा रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकार द्धारा स्थापित यस कोषमा निगमले ५० करोड रुपैयाँ सहयोग गरेको हो ।


सरकारले कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरे अनुरुप निगम सञ्चालक समितिको बसेको बैठकबाट सोही रकम कोषलाई सहयोग गर्ने निर्णय गरेको हो ।


बिहीबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिसकेको निगमले जानकारी दिएको छ ।