सांसद गिरीलाई देश निकाला गर्न चौतर्फि दबाब

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृले पटक पटक राष्ट्र विरोधि अभिव्यक्ति दिएपछि जनताले देशनिकाला गर्न दबाब दिईरहेका छन् । भारतले नेपालको भूमि लिपुलेकमा निमार्ण गरेको बाटो उद्घाटन गरेपछि जनता आक्रोसित भएका थिए । सरकारले पनि जनताको माग र आफ्नो स्वाभिमानलाई सम्बोधन गर्दै लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्यो ।
सरकारले नयाँ नक्सा सार्वजनिक पश्चात नेतृ सरिता गिरीले भारतसँग सल्लाह नगरी नक्सा सार्वजनिक गरेकोमा विमत देखाउँदै पटक पटक लिपुलेक र लिम्पियाधुरा नेपालको नभएको दाबि गर्दै आएपछि उनी विवादमा परेकी छिन् ।
उनीले नेपालको विपक्षमा अभिव्यक्ति दिदै संसदमा समेत हिन्दी भाषा प्रयोग गरेपछि नेपाली जनता उनीमाथि खनिएका हुन् । साथै उनले पत्रकार ऋषि धमलासँगको अन्र्तवातामा लिम्पियाधुरा नेपालको भूमि हो भन्ने प्रमाण माग्दै भारतीय भएको दाबी समेत गरेकि थिईन ।
उनका यस्ता अभिव्यक्तिको जवाफ दिँदै सांसद गंगा चौधरीले उनलाई चेतावनि समेत दिँदै आएकि छिन् । उनले भारतिय चेलीको दादागिरी नेपालमा नचल्ले बताउँदै आएकि छन् ।

राजनीतिक नेता, पत्रकार, व्यवसायी देखि चिकित्सकसम्मले गिरीको अभिव्यक्तिमाथि कडा प्रतिक्रिया जनाएका छन । राप्रपा अध्यक्ष कमल थापाले उनीले संसदमा रहने नैतिकता गुमाएको बताएका छन । उनले भनाइ फिर्ता लिने वा संसद पदबाट राजिनामा दिने दुइ मध्येको एक विकल्प रोज्नुपर्ने बताएका छन ।
उनलाई नेपाली जनताले राष्ट्रघातीको संज्ञा दिँदै तुरुन्तै देशनिकाला गर्नुपर्ने माग गरेका छन् । प्राध्यापक समेत रहेका चिकित्सक डा सुधांशु केसीले लिम्पियाधुरासहितको नेपालको नक्सा होइन भनेर भारतीय पक्षको वकालत गर्ने गिरी कुन आधारमा संसदमा रहिरहने भन्ने प्रश्न गरेका छन ? केसीको प्रश्न तल हेर्न सक्नुहुन्छ ।
त्यस्तै पर्यटन व्यवसायी प्रदीप आचार्यले पनि गिरीलाइ तत्काल देश निकाला गर्न माग गरेका छन् । उनले गिरीले दिएको अभिव्यक्ति संविधान विपरित रहेको भन्दै भाजपाका नेताको भन्दा तल्लोस्तरमा देशकाविरूद्धमा टिप्पणी भएको बताएका छन । उनले गिरी माथि राज्यद्रोहको मुद्वा लगाएर भारत फर्काउनुपर्ने बताएका छन ।
यस्तै पत्रकार हेमराज सिललालले पनि लिम्पियाधुरा नेपालको होइन भन्ने गिरीको नागरिकता खोसेर बिहार पठाउनु पर्ने माग गरेका छन ।
साथै राप्रपाका अध्यक्ष कमल थापा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनरार गरुङले पनि उनलाई राष्टि घातिको संज्ञा दिएका छन् ।

बाँकेका २९ जना संक्रमितले कोरोनालाई जितेर आज घर फर्किए

काठमाडौं । बाँकेका २९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्र र राप्तिसोनारी गाउँपालिकाको आइसोलेनमा उपचार गराइरहेका २९ जनाले कोरोनालाई जितेर आज डिस्चार्ज भएका हुन् ।

पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि कृषि विकास बैंक तालिम केन्द्रबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाबाट ७ जना डिस्चार्ज भई घर जान लागेका हुन् ।

दार्चुलामा एकै दिन १० जनामा कोरोना संक्रमण

दार्चुला । दार्चुलामा एकै दिन १० कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १० पुरुषको पीसीआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।
जिल्लाको शैल्यशिखर नगरपालिकाका ३४, ३०, २७, २९, २०, १७, २० र २१ वर्षका ८ जना, लेकम गाउँपालिकाका ४२ वर्षीय १ जना र महाकाली नगरपालिकाका २८ वर्षीय १ गरी १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि जनस्वास्थ्य अधिकृत भट्टले जानकारी गराउनु भयो ।


यसअघि जेठ ८ गते महाकाली नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो । जिल्ला अस्पताल दार्चुलामा उपचाररत उहाँको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको र तेस्रो पटक पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

बुटवलमा पाँच जनाको सामुहिक हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
गएराति सुर्खेतका एक जना व्यक्ति स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाइृ हत्या गरेका हुने, हत्या हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर रहेका छन् ।


घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी प्रहरीको नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वयमले स्वीकारेको प्रहरी दाबी छ ।

तर, उनले किन र केका लागि हत्या गरे भन्ने कुरा भने अझै नखुलेको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

कोरोना संक्रमितको आईसीयूमा नै मृत्युः संक्रमणबाट मृत्यु हुनेको संख्या १५

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार भरतपुर महानगरपालिका वडा नं. ११ का कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय वृद्धको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो ।


उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

जागिरबाट निकालिएपछि आत्माहत्याको प्रयास गरेका युवाको उपचारको क्रममा मृत्यु

कैलाली । जागिरबाट निकालिएपछि पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।


साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजी बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा सख्त घाइते भएका थिए ।

उनलाई घाईते अवस्थामा हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कजेलमा उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
को उपचारका क्रममा मृत्य भएको हो ।

पछिल्लो २४ घण्टामा ३१४ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयमा नव नियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
यो संगै नेपालमा कोरोनासंक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
आजसम्म १ लाख ९ सय ७१ जनामा कोरोना परिक्षण गरिएको छ । निको भएर घर जानेको संख्या ४ सय ८८ रहेको छ भने १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

न्याय सेवाका दुई सचिव सहित ८४ जनाको बढुवा

काठमाडौं । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले दुई सहसचिव र ८५ नासुलाई क्रमशः सचिव र अधिकृतमा बढुवा गरेको छ ।
अर्थ मन्त्रालयमा कानुन अधिकृत सहसचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारी सहित सचिवमा बढुवा गरेको छ ।
यस्तै, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीको पनि सचिवमा बढुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ ।
आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका ऋषिराज भण्डारीलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले चार जना उपसचिव र १५ जना अधिकृतको सरुवासमेत गरेको छ । उच्च अदालत, तुल्सीपुरका उपरजिस्ट्रार प्रेम खड्कालाई जिल्ला अदातल, रोल्पाको स्रेस्तेदारमा सरुवा गरिएको छ ।

यस्तै, उच्च अदालत, दिपायलको महेन्द्रनगर इजलासका उपरजिस्ट्रार तीर्थराज भट्टलाई बाँके जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ। सर्वोच्च अदालतका इजलास अधिकृत जगतबहादुर पौडेललाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको रजिस्ट्रारमा सरुवा गरिएको छ।

जिल्ला अदालत, बाँकेका स्रेस्तेदार यदुराज शर्माको कञ्चनपुर जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ ।

दुईथान बन्दुक सहित दुई युवा रंगेहात पक्राउ

सिराह । सिरहामा दुई थान बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाइ विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६९ वर्षीय कुल बहादुर पुर्वछाने र वर्ष ६२ का तिलक बहादुर थापाका रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतवार गोलबजार नगरपालिका वडा नं—३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा, बारुद सहित पक्राउ गरेको छ ।
घटानको बारेमा विशेष अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमणः प्रदेशमा संक्रमितको संख्या साढे ६ सय भन्दा बढी

सुर्खेत । सोमबार(आज) कर्णाली प्रदेश १६ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

यो सहित प्रदेशमा संक्रमिटको संख्या ६ सय ५७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले आज थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएको बताए ।

मलेसियाबाट नेपाल आउन चाहने नेपालीले अनलाईन फारम भर्नुभर्ने

काठमाडौँ । नेपाली दुतावास, मलेसियाले नेपाल र्फकन चाहने नेपालीलाइृ विवरण फारम भर्न ह्वान गरेको छ ।
केही समय अघि नेपाली दूतावास, मलेसियाले नेपाल फर्कन चाहेका नागरिकहरूका लागि अनलाइन विवरण भर्न दिएको थियो । तर त्यो विवरण पुर्ण नभएकाले पुन ः पछिल्लो पटक भर्न दिइएको विवरण अनुसारको फारम भर्न अनुरोध गरेको छ । अघिल्लो विवरणमा थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड—१९ को बढ्दो प्रभाव समेतलाई मध्य नजर गरेर नयाँ विवरण लिनु परेकोले आवश्यक सबै जानकारी समेट्ने नयाँ फारम भर्नुभर्ने भएको दुतावासले जनाएको छ ।
यसरी फारम भरेर नेपाल फर्कनेहरूले नेपाल जाने हवाई भाडा, होटेल क्वारेन्टाइन र स्थानीय यातायातको खर्च भने आफै व्यहोर्नु पर्नेछ । फारम भर्न दिइएको लिङ्कमा https://docs.google.com क्लिक गर्न सक्नुहुन्छ

सल्यानमा बन्चरो प्रहार गरि श्रीमानको हत्या

सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को बन्चरो हानि हत्या हत्या गरेकी छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन् ।

आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने बन्चरो प्रहारगरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार घाईते भएका घर्तिको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको बताए ।
घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ ।

करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


कपिलवस्तु महाराजगंज नगरपालिका—९ शिवभारी बस्ने वर्ष ३० कि आसिमा खातुनको सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले खातुनको घटना स्थानमै ज्यान गएको जनाएको छ ।

काेराेनाका कारण थप एक जनाकाे मृत्यु : संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ पुग्याे


पोखरा । कोरोना भाइरसका कारण स्याङ्जाका एकजना पुरुषको पोखरामा  मृत्यु भएको छ ।

संक्रमण पश्चात पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
स्याङ्जा वालिङका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।

मृतक मृगौला, उच्च रक्तचाप, सुगर लगायतका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाइएको वालिङ नगरपालिकाले जनाएको छ ।