बुटवलबाट पाल्पा जाँदै गरेको ट्याक्सी पल्टँदा गुल्मीका चालक गम्भिर घाईते

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी पाल्पाको माथिल्लो सिद्धबाबास्थित सडकबाट तिनाउ खोलामा खसेको छ ।

लु१ज ४०९३ नम्बरको ट्याक्सी शुक्रबार दिउँसो करिब तीन बजे सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ट्याक्सिमा सभार अर्थात चालक गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकाश अर्याल गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्याक्सीमा एकजना मात्र सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि

काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ।
योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो ।

हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् भने, क्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

कोरोना नियन्त्रणमा सरकार असफल भयोः जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार कोरोनो नियन्त्रणमा असफल भएको आरोप लगाएको छ ।


पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आज (शुक्रबार) विज्ञप्ती जारी गर्दै सरकार नागरिकको माग सुन्नुको साटो दमनमा उत्रिएको आरोप लगाउँदै कोरोना नियन्त्रणमा उचित जिम्मेवार नभएको आरोप लगाएको छ । शान्तिपूर्ण आन्दोलनमा दमन हुनु सरकारको हेपाहा प्रवृत्ति भएको जसपाको आरोप छ ।


‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ”
यसरी जसपाले कोरोना नियन्त्रणमा सरकार असफल भएको दाबी गरेको छ ।

कान्ति बाल अस्पतालको ओपिडी टिकट अनलाइनबाट लिन सकिने

काठमाडौँ । कान्ति बाल अस्पतालको टिकट अनलाईनबाटै काट्न सकिने भएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले अनलाइनबाट ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ ।

शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेका हुन् ।

एन्ड्रोइड मोवाइलमा ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ नामक एप्स डाउनलोड गरी अनलाइन सेवा मार्फत टिकट बुक गर्न सकिने अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए ।

उनले भने, ‘हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोरबाट कान्ति चिल्ड्रेन्स हस्पिटल नामक एप्स डाउनलोड गरी सेवा लिन सक्ने छन् । अब केही समयपछि हामी आइएसओ स्टोर र अस्पतालको वेभसाइट कान्ति चिल्ड्रेन हस्पिटल डट जिओभि डट एनपी मार्फत टिकट बुक गर्न मिल्ने व्यवस्था गरिरहेका छौँ।’

अनलाइनमार्फत ओपिडी टिकट लिएकाहरुले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पैसा तिरेको स्वीकृत गराइ सेवा लिन सक्नेछन् ।

यस्तै ओपिडी टिकटको दर ५० रुपैयाँ कायम गरेको छ भने अनलाइन दर्ता शुल्क पहिलो पटकलाई थप ३० रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जितेको छ ।
लामो अदालती मुद्दापछि इटालीको ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ ।
गत सेप्टेम्बर २०१८ मा तनहुँ जलविद्युत लिमिटेडका पक्षमा इटालीको इन्टेन्सा सन्पाओला एसपीएले आफ्नो ग्राहक ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सीएमसी दे रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)लाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

यसैबीच, एनआईबीएलले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत लिमिटेडका तर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करारअन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त र्गयो । इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि एनआईबीएलले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दै रकम भुक्तानीका लागि अस्वीकार र्गयो ।

एनआईबीएलले तनहुँ जलविद्युत लिमिटेडको मागलाई बैंक ग्यारेन्टीको सर्त मुताबिक तत्कालै भुक्तानी गर्न बाध्य थियो ।

यद्यपि, लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ ।
यसरी यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै एनआईबीएलाई इटालियन बैंकबाट प्रभावकारी रूपमा बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न निश्चित आधार प्राप्त भएको छ ।

काठमाडौं । लकडाउनमा उपभोक्ताबाट ठगीको गुनासो आएपछि सरकारले ई—कमर्श कम्पनीलाई छानविन गर्न सुरु गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले अनलाइन व्यापारको कार्यविधि बनाएर ई—कमर्श कम्पनीहरूलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएको हो स्रोतले जनाएको छ ।
कानून नहुँदा ठगीमा संलग्न कम्पनीलाई कारवाही गर्न असहज भएपछि कार्यविधि बनाउन लागिएको विभागले बताएको छ।

खासगरी, लकडाउन अवधिमा उपभोक्ताको गुनासो बढी आएपछि सरकारले ई(कमर्श कम्पनीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

लकडाउन अवधिमा वाणिज्य विभागमा अनलाइन व्यापार कम्पनीविरुद्ध ५० भन्दा बढी उजुरी परेको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए।

बढी मूल्य लिएको र झुक्याएर सामान बेचेको भन्दै उजुरी परेपछि लकडाउन अवधिमै १५ वटा अनलाइन व्यापार गर्ने कम्पनीलाई कारवाही गरेको आचार्यले जानकारी दिए। भने, “१५ कम्पनीलाई कारबाही गरेका छौं। त्यसबाट १३ लाख ९० हजार रूपैयाँ जरिवाना संकलन गरेका छौं।”

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनलाइन कम्पनीको नाममा ठगी बढेपछि कानूनी दायरामा ल्याउने प्रक्रिया शुरू भएको बताए।

“ठगी प्रक्रिया बढेपछि कानूनी दायरामा ल्याउनका लागि आवश्यक पर्ने कार्यविधि बनाउँदैछौं। बनेपछि आपूर्ति मन्त्रालयमा पठाउँछौं”, सुवेदीले देखापढीसँग भने।

विभागका निर्देशक शिवराज सेढाईंले अनलाइन कारोबारलाई कानूनी दायरामा ल्याएर प्रतिस्पर्धी, मर्यादित र उपभोक्तामैत्री बनाउने लक्ष्यका साथ ई(कमर्श कानून तर्जुमा गर्न लागिएको जानकारी दिए।

विभागका प्रवक्ता आर्चायले पछिल्लो समय अर्कै उद्देश्यसहित स्थापना भएका कम्पनी अनलाइन व्यापारतर्फ लागिरहेको बताए।

उनले वाणिज्य विभागमा दर्ता हुनुपर्नेमा दर्ता समेत नभएको जानकारी गराए। भने, “प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएका केही कम्पनीहरू अर्कै कामको उद्देश्यसहित स्थापना हुने गरी अनलाइन व्यापारको काम गर्ने गरेका छन्।”

ती कम्पनीलाई उद्देश्यअनुरूपको काम गराउनका लागि पनि कानून बनाउनुपरेको उनको भनाइ छ।

पछिल्लो समय युवापुस्ताहरू अनलाइनमार्फत ठगिँदै आएका छन्। वाणिज्य विभागका अनुसार प्रविधिमा पहुँच हुने भएकाले युवापुस्ताहरू बढी ठगिँदै आएका छन्। यस्तै, अनलाईमार्फत ठग्नेमा समेत युवाहरू नै बढी सहभागीता रहेको बताइएको छ।

अनलाइनमार्फत् खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री, शृंगार सामग्री लगायतका वस्तुको विक्री वितरण हुँदै आएको छ।

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या१ सय ९१

नवलपरासी गण्डकी प्रदेशमा शुक्रबार दोस्रोपटक थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाईनमा रहेका १८, ३२, ५८ र ५९ वर्षीय चारजना पुरुषमा कोरोना संक्रमण भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी गराउनुभएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

उपचाररत बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजमा बिरामीका आफन्तले गरे तोडफोड

चितवन । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका एक किशोरका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोफोड गरेका छन्। तर डक्टरले भने शल्याक्रिया भईरहेको बताए ।
उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । उहाँले तोडफोड गर्ने तीन जनालाई पक्राउ गरेको बताउनुभयो ।

उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ ।
कलेजका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेले अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको बताउनु भयो ।

डक्टर न्यौपानेले हाल उनको सघन उपचारकक्षमा उपचार भइरहे पनि बुझ्दै नबुझी मृत्यु भएको भनेर आफन्तले अस्पतालमा तोडफोड गरेको उनले बताए। उनले आफन्तिले कोही कसैको लहैलहैमा लागेर यस्तो गरेको हुन सक्ने बताएका छन् ।

गण्डकी प्रदेशमा थप ३७ जनामा कोराना संक्रमण,प्रदेशमा संक्रमितको संख्या १सय ८८

काठमाडौँ । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान प्रेस विज्ञप्ति निकाल्दै स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।

स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका १८ जना, वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक बालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा.विनोदविन्दु शर्माका जानकारी गराउनुभयो ।

त्यसैगरी, संक्रमित हुनेमा पर्वतको कुस्मा नगरपालिका–१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष छन् । अर्का एक जनाको उमेर खुलेको छैन। ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका रहेका छन् ।

तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए। सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १८८ पुगेको छ ।

शनिबार(भोली) बैंकहरु खुल्ला रहने

काठमाडौं । शनिबार (भोली) बैंकहरु खुल्ला रहने भएका छन् । सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक विदा र भोली शनिबार परेको भएपनि राष्ट्र बैंकले पुर्णकालिन रुपमा बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।


क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको बताए । ढकालका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।

बाग्लुङमा बन्दुकसहित ६ जना पक्राउ

बाग्लुङ । बाग्लुङमा पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित छ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान र सोही ठाउँका ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट एक थान भरुवा फेला पारेको हो ।


प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

कुवेतबाट थप १ सय ५० नेपाली आउँदै

काठमाडौं । कुवेतबाट आज थप १ सय ५० नेपाली आउन लागेका छन् । कुवेतमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने क्रममा आज थप १५० जना नेपाली आज र्फकदै छन् ।

सरकारले बुधवारबाट कुवेतमा रहेका नेपालीहरुलाई स्वदेश र्फकाउन थालेको हो । बिहीबार मात्रै ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको थियो । सरकारले प्राथमिकताका आधारमा छनोट गरेर शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।


स्रोतका अनुसार कुवेतबाट नेपाली बोकेर विमान उडिसकेको छ,११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने छ । ।

विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।
उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ यस ५० कोरोना संक्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो को जानकारी गराउनु भएको हो । जसमध्येमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

बन्दीपुरमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु


तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका—६ साराङघाटमा बुधबार राति ट्याक्टर पल्टिँदा एकको जनाको मृत्यु भएको छ ।

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा एक्कासी ट्याक्टर पल्टिजा सोहि ट्याक्टरमा काम गर्ने एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

रुकुम घटनामा थप दिनजना पक्राउ


मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । सोती गाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।
फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

पाटन अस्पतालमा मेसिन चोरीमा संलग्न दुई चिकित्सक पक्राउ


काठमाडौं । चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जावलाखेलको चोरीमा संलग्न रहेको अभियोगमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने बताउन भयो ।


पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन १७ जेठमा हराएको सूचना थियो । सोही दिन बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए ।
अस्पतालका नर्सले बताएको हुलियाका आधारमा प्रहरीले खोजि गर्दै जाँदा उनीहरुलाई पक्रिएको हो ।
बाँकि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।